May 2, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

यहि किसिमले गिट्टी, बालुवा र ढुंगाहरु निकासी गर्ने हो भने तराई मरुभूमिमा परिणत हुन्छ

लालबाबु प्रसाद यादव दोस्रो संविधानसभा–२०७० का सभासद साथै निवर्तमान राष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिक सल्लाहकार



वि.स. २०१३ साल वैशाख १ गते माघिपुर–१ रौतहटमा जन्मुनुभएका लालबाबु प्रसाद यादव दोस्रो संविधानसभा–२०७० का सभासद साथै निवर्तमान राष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिक सल्लाहकार हुनुुभयो । राजनीतिक शास्त्री यादवले मानव अधिकार, प्रजातन्त्र, राजनीतिक प्रणाली, संघीयता र विदेश नीतिका विषयमा कृतिहरु प्रकाशन गर्नुभएको छ । अहिले निवर्तमान राष्ट्रपति भण्डारीले प्रमाणिकरण नगरी रोकेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानु अघि नै राष्ट्रपति रामचन्द्र र्पौडेलद्वारा पुनः प्रमाणिकरण गर्न पेश गरिएको छ । साथै प्रधानमन्त्री दाहालले गिट्टी बालुवा र ढुंगाहरु भारतमा निकासी गर्ने गरी सम्झौता गर्न लागेको भन्दै चौतर्फि आलोचना भएको छ । मूख्यगरी यिनै विषयमा डायरी एक्सप्रेसका तर्फबाट नारायण प्रसाद शर्माले राजनीतिक शास्त्री यादवसँग आइतवार गरेकोे टेलिफोन वार्ताको मूख्य अंशः
० शुक्रवार मन्त्रीपरिषद्को निर्णयबाट प्रधानमन्त्री पुष्पकमल दाहाल यहि जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा जानु अघि निवर्तमान राष्ट्रपतिले प्रमाणिकरण नगरी फिर्ता गरीदिएको नागरिकता विधेयक प्रमाणिकरणका लागि फेरी चलखेल सुरु गरिएको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
नेपाली नागरिकलाई नागरिकता दिनुपर्दछ । गृहमन्त्रालयका अनुसार ३५ देखि ४० लाख नेपाली नागरिक नागरिकताबाट बन्चित भएको भनिन्छ । त्यसमा मधेसमा चाहिँ ७–८ लाख जनसंख्या बाँकी छन् । अहिले मधेशका लागि हो भन्दै हौवा नै चलाइएको छ । यो पनि अध्यनकै विषय हो । दोस्रो कुरा नागरिकता नभई नहुने कुरा हो । तर, जुन सरकारले विधेयक पेश गरेको छ संविधानको भावनासँग मेल खाँदैन । संविधानको मूलमर्मलाई नै मिच्ने काम त गर्नुभएन । निवर्तमान राष्ट्रपतिले विधेयकमा सच्चाउनुपर्ने विषयमा प्रष्ट पारिसक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता हाम्रो देन हो भन्नुहुन्छ । संविधानको धारा ११ मा प्रष्ट लेखिएको छ, प्रादेशिक पहिचानसहितको नागरिकता भनेर लेख्न किन गाह्रो भयो त ? विदेशी बाबु छन् भने कसरी पत्ता लगाउने त्यो त आमाको गोपनियताको अधिकार हो । ५० प्रतिशत महिलाहरुको सम्मानको चुनौति बनेको छ । यस्तो कुराहरु पनि मिलाएर ल्याउन पनि नसक्ने ? तत्कालिन सार्वभौम सत्ताका तथाकथित सातदलका नेताहरु आफु गल्ति गर्ने र अरुलाई दोष दिने गर्नुभएको छ । त्यसैले विदेशीलाई खुशी पार्नुभन्दा नेपाल र नेपालीलाई खुशी पानुपर्छ । यहाँ त एक पक्षले नागरिकता विधेयकलाई सहि भन्ने अर्को पक्षले विरोध गर्ने ? त्यसमा के छ ? उहाँहरुले त बुझनु पर्ने नि ?
० प्रधानमन्त्री दाहालले ढुंगा, गिट्टी र बालुवा भारतमा निकासी गरेर ब्यापार घाटा कम गर्ने योजनामा हुनुहुन्छ । यहाँले यसलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
अहिले नीति तथा कार्यक्रममा नै झिटी गुन्टा निकासी गर्ने भनेर उल्लेख गरिसकिएको छ । हामी सिद्धान्तमा एक मुठी माटो पनि एता उति जानु हुँदैन भनिरहन्छौं । यहि किसिमले निकासी गर्ने हो भने तराई मरुभूमिमा परिणत हुन्छ । हामीहरु कसलाई खुशी पार्न यस्ता काम गरिहेका छौं ? यसका निमित्त नागरिक समाज बुझेर यथास्थिति भन्दा माथि उठ्न आवश्यक छ । सिभिल सोसाइटीहरु पनि समाजको निमित्त हुनुपर्छ । पार्टीको होइन जनताको हुनुपर्दछ । तपाईहरु मिडिया पनि नेपाल र नेपालीको हितमा अघि बढ्नुपर्दछ । कुन मिडिया इण्डिपेन्डेन्ट छ भनेर मैले भनुँ ? मिडिया पनि वाच डग हुनुपर्नेमा भएका छैनन् । कांग्रेस निकटका मिडियाहरु एमालेलाई गाली गर्ने र एमाले निकटका मिडियाहरु कांग्रेसलाई गाली गर्ने अवस्था छ । मिडिया त्यो खालको हुनुहुँदैन । मान्छेमा निरासा बढिरहेको छ । त्यसैले विदेशीलाई खुशी पार्नुभन्दा नेपाल र नेपालीलाई खुशी पानुपर्छ । यहाँ त एक पक्षले नागरिकता विधेयकलाई सहि भन्ने अर्को पक्षले विरोध गर्ने ? त्यसमा के छ ? उहाँहरुले त बुझनु पर्ने नि ?
० नेपालको विदेश नीति किन सरकार आएसँग आफुखुशी ब्याख्या गरिन्छ ? त्यसले गर्दा अप्ठ्यारो स्थिति आएको हैन ? विदेश नीति त जो आए पनि फरक नहुनु पर्ने हैन ?
बिल्कुलै सहि भन्नुभयो । हामी पढेलेखेका विद्धानहरु नै यसमा विभाजित छौं । कोहि नेशनलिष्ट हुन्छन् अन्य कुरामा मतलबै राख्दैनन् । म भन्दा जान्नेहरु हुनुहुन्छ । उहाँहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नै चहानुहुन्न ।
० राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा जानुभयो । तथापि मेडिकल बोर्डको सिफारिस विनै र मन्त्रीपरिषद्को कुनै निर्णय पनि भएन । उहाँ जाँदा श्री एयरको एम्बुलेन्समा ६२ लाख कबुल गरिएको सुनियो । तथापि कसले ब्येहोरेको हो जनताले सूचना पाउन मिल्दैन ?
यसमा मैले मानवीय हिसावमा लिएको छु । उहाँ ‘अल अफ सडेन’ बिरामी हुनुभयो यहाँका डाक्टरहरुले अलिक अप्ठ्यारो माने । उहाँको जीवन रक्षाका लागि देशले भारतमा मात्रै हैन अमेरिका पनि पठाउनुपर्छ । राष्ट्रपतिलाई राष्ट्रले नै खर्च गरेर उपचारका लागि पठाउनुपर्दछ । हामी हरेक कुरामा नकरात्मक मात्रै लिन्छौं । तथापि म नेपाली कांग्रेस पनि होइन । हाम्रो राष्ट्रपतिलाई हामीदे सम्मान गर्नुपर्छ ।
० राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा सम्बन्धी ऐन २०७४ को दफा ९ मा त मेडिकलबोर्डको सिफारिसमा मात्रै उपचार सुबिधा पाउने भनिकन स्पष्ट लेखिएको छ नी ? उहाँ पनि ऐन भन्दा माथि त होइन । फेरी क्याबिनेटबाट पनि निर्णय भएकै छैन ।
क्याबिनेटले पठाएको हो । ठूला ठूला विषयमा नहेरेर हामी साना तिना कुरामा अल्झिएका मात्रै र्छौं । राष्ट्रपति अहिले नेपाली कांग्रेसको हौइन, तनहुँको पनि होइन, सिंगो नेपालको हो ।
० प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणबाट हामीले के आशा गर्न सकिन्छ ? मेरो विचारमा यो विषयमा हामीहरु लिबरल हुनुपर्दछ ।
अहिले सीमा विवाद, नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदनको विषय, एयर रुटको विषय, कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय, भैरहवा एयरपोट र त्यसको एयर रुटका विषयमा ठोस कुरा गर्नुपर्दछ । तर, मूख्य कुरा चाहिँ “फिजिकल भ्वाईलेन्स”हरु भइरहेका छन् । एक केजी चिनी लिन गएका नेपालीहरुलाई भारतीय एसएसबीका जवानहरुले मनपरी कुटपीट गरेका हुन्छन् । भैरहवा, वीरगञ्ज लगायतका ठाउँहरुमा स्थानीय जनताहरु असुरक्षित भएर जीवन बिताएका छन् । यस्तो असुरक्षा भइ नै रहँने हो भने सरकार किन चाहियो भन्ने जनतामा प्रश्न उठिरहेको छ । यी कुराहरु कसरी राख्नुहुन्छ ? जनता पहिला सुरक्षित हुनुपर्दछ । पर्साको ठोरीमा काम गर्न गएका हाम्रा चेलीबेटीलाई नै गलत नियतले हेर्ने र सीमाका गुण्डाहरुबाट असुरक्षित अवस्थाको सामाना गर्नुपरेको छ । यसलाई सामान्य विषयको रुपमा लिइन्छ । तर, यो सामान्य होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.