October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

टिपेर ल्याएका आफ्ना मान्छेहरुलाई राख्ने यो खालको पंगु राजकीय व्यवस्थालाई सुधार गर्नुपर्छ

रामचन्द्र अधिकारी अध्यक्ष, विश्व हिन्दू महासंघ, राष्ट्रिय समिति, पूर्व सांसद, नेपाली कांग्रेस


० तपाई धर्मनिरपेक्षताको विषय संविधानमा संशोधन गर्नुपर्ने भन्दै विश्व हिन्दू महासंघ र नेपाली कांग्रेसको महासमितिमा पनि लबिङ गरिरहँनुभएको छ कहाँ पुग्यो अभियान ?
हाम्रो निकै नै जटिल अभियान हो । किनकी नेपालमा सदियौं देखि बिभिन्न जात जाती, धर्म र सम्प्रदायका मानिसहरु बसोबास गरेको ठाउँ हो । यहाँ धर्म निरेपक्ष भन्ने विषय संविधानमा आइसकेपछि पश्चिमा ईसाईहरु बढि नै प्रोत्साहित भए । धर्म परिवर्तन गराउने, गौहत्या गर्ने कामहरु गरिए । धर्म परिवर्तन गराउँन कानूनी रुपमा निषेध गरिएपनि खुलेआम भइरहेको छ । प्रहरी प्रशासनले पनि चासो दिएको छैन । नेताहरु रमाईरहेका छन् । किनकी भोलिका दिनमा धार्मिक द्वन्द्वको खत्तरा बढिरहेको छ । हामी मिलेर बसिरहेको समाजमा बिभिन्न जातजातिहरुलाई भड्काउने सनातन हिन्दू धर्मका विरुद्ध उक्साएका छन् । बिभेद र शोषण भइरहेको छ भनिन्छ । यसरी उनीहरु नबुझिकन पश्चिमाहरुको दास र गोठाला हुने अवस्थातर्फ गइरहेका छन् ।
हामी सनातन हिन्दूहरुले आफ्नो धमर्, लामा वा पण्डित जो सुकैले पनि नराम्रो बोल्दा हामीले खबरदार गर्न सक्छौ । तर, इसाई भएपछि त्यसको पाश्चर वा पादरी कसैले पनि बोलेको खण्डमा कहिल्यै पनि खण्डन नै गर्न सक्तैनन् । बस भने बस्ने र उठ भनेको खण्डमा उठ्ने नै हो । ईसाइ बनाउन पहिला सुरुमा झुक्याएर लैजान्छन् । पछि पढाई दिन्छु, स्वास्थ्य उपचार गराई दिन्छु भन्दै त्यसपछि प्रत्येक शनिवार मानिसहरु जम्मा गराएको दुई चार महिना पछि यशुको सित्तैमा खानु हुँदैन भनेर हरेक हप्ता लेभी उठाउन लगाईन्छ । यसरी नेपालमा मात्रै त्रिश्चियनका नाममा मासिक एक अर्ब र वार्षिक रुपमा १२ अर्ब रुपैया लेभी उठ्ने गरेको छ । इसाईहरुले नेपालीकै पैसाले चलखेल गरी उनीहरुले खाईपाई गरिरहेका छन् । जनतालाई झुक्याएका छन् । यशुको नाम लिएपछि रोग लाग्दैन भनिएको छ । यशुको नाम लिए पछि नै क्रिश्चियन धर्म भएका देशमा पनि थ्ुप्रै अस्पतालहरु छन् साथै नर्श र डाक्टरहरु नै छन् । यशुको नाम लिने बित्तिकै यो अवस्था हुने भए यो अवस्था किन हुन्थ्यो । अहिले सम्पूर्ण हिन्दूहरु ओमकारमय भएर आएको छ । पछिल्लो समयमा अमेरिकामा सात लाख मानिसहरु एकै दिन हिन्दू धर्ममा प्रवेश गरेका थिए । पढेलेखेका भनिएका बुज्रुकहरु जो बाइबल र कुरानहरु पढेका छन् । त्यसबाट अलमल गराउने कुरा मात्रै रहेछ । वास्तविक तत्व त पूर्विय दर्शनमा मात्रै रहेछ भनिरहेका छन् । नासाका वैज्ञानिकहरुले सबैभन्दा उत्कृष्ट भाषा संस्कृत रहेछ भनेर प्रमाणित गरिसकेका छन् । अमेरिकालगायतका संसारका अतिसम्पन्न देशहरुमा संस्कृत विश्व विद्यालयहरु खोलेका छन् । योगका विश्व विद्यालयहरु खोलिएका छन् । ध्यान र साधनाका केन्द्रहरु खुलेका छन् । हामी कहाँ वा संसारभर नै वास्तविक शान्ति ल्याउने हो भने हिन्दू धर्म नै अति फराकिलो छ । यो धर्मले “सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया” भन्छ । हाम्रो एक ईश्वरवाद होइन । हामीले ३३ कोटी देवी देवतालाई मान्छौं । हामी सिंगो रुखलाई पुजा गर्दछौं । उनीहरु केबल हाँगालाई मात्रै पुजा गर्छन् । हिजोका केहिले गल्ति गरेर बेद महिला र शुद्रहरुले पढ्न हुँदैन भने । प्राचिन अवस्थामा त्यो थिएन । बीचको कालखण्डमा संकुचित बनाइयो । त्यसलाई हामीले ब्यापक बनाउँदै छौं । बेद भनेको ज्ञानको खानी हो । असल मानिस बन्नका लागि मूल ग्रन्थ बेदको अध्यन गर्न जरुरी छ । यो अनिवार्य रुपमा सबैले पढ्नुपर्दछ । ज्ञानी र ध्यानी भए मात्रै असल मानिस बन्न सक्छ । हाम्रो संविधानमा धर्म निरपक्षता भनिएको छ । हाम्रो पहलले हिन्दू राष्ट्र भनेर लेखियो भने त्यो नै ठूलो हुनेछ । धार्मिक समानताको हिसावले सबै जनालाई जोड्ने महान कार्यमा हामी लागेका छौं ।


० धर्मनिरपक्षताको माग २०६२/०६३ सालको जनआन्दोलनमा राखिएकैै थिएन । नेपाल कांग्रेस पार्टी किन धर्मनिरपेक्षता बनाउन लागि प¥यो त ?
यसमा गम्भीर विषयहरु छन् । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई हामीले धर्म निरेपक्षता बनाएको भोलिपल्टै भेट्यौं । धर्मनिरपेक्षताका विषयमा नतः पार्टीमा छलफल गरिएको छ नतः क्याबिनेटमै । यो दस्तावेज कतैपनि देखाइएन । रातको १२ बजे नै धर्मनिरपेक्ष शब्द प्रवेश गराएर अर्धनिन्द्राका सांसदलाई ताली लगाउँन लगाइयो । धेरै जसो सांसदहरु निदाएका थिए । उनीहरुलाई भोलिपल्ट मात्रै थाह भयो । साथै धर्मनिरपक्षताको अर्थ पनि गलत लगाइयो ।


० यो धर्म निरपेक्ष शब्द कहाँबाट आयो ?
नेपालमा धर्मनिरपेक्षको अर्थ गलत लगाइयो । कुनै समय बेलायतमा पादरी र पोपहरुले धर्मको नाममा आफ्नो हैकम चलाएका थिए । साथै चरम शोषण गरेका थिए । त्यसैकारण धर्म र राजनीति फरक चिज हो यसलाई छुट्टाउनुपर्छ भनेर सेकुलारिजम (धर्मनिरपेक्ष) को रुपमा विकास गरिएको हो । धर्मनिरपेक्षको भनेर राज्यको धर्म हुँदैन भनेर जुन ब्याख्या गरियो त्यो नै भयंकर ठूलो मुर्खता हो । राज्यको धर्म भनेको उसको जनता प्रतिको जिम्मेवारी बोध हो । यस प्रकारको गलत ब्याख्याकै कारण मुलूक गलत बाटोतर्फ गएको हो ।


० धर्मको नाममा आएका एनजिओ र आइएनजिओको प्रभाव हो संविधानमा राखिएको सेकुलारिजम् ?

हो, त्यो पनि प्रभाव हो । यसको कसरत हिजो राजा पृथ्वी नारायण शाहको पाला देखि नै इसाईहरु नेपालमा घुसपैठ गर्न खोजिरहेका थिए । उहाँले त्यो समयमा भन्नुभएको थियो ‘फिरंगीहरुलाई देशमा बस्न दिएको खण्डमा नेपाली जनतालाई बिभाजित गर्दछन् ।’ त्यसैकारण इसाईहरुलाई डाँडा कटाउनुभएको थियो । यसरी फिरंगीहरुले २४० वर्ष पछि त्यसको प्रतिशोध साध्दै पृथ्वी नारायण शाहको शालिक तोडफोड गरे । अपमान गरे । नेपालीहरु बहकाउमा लागेर उनीहरुकै पक्षमा लागेँ । अहिले हाम्रो राज्य पद्दति नै हाम्रो मौलिकतामा अडिएको छैन, विदेशीको इशारामा नीति निर्माण अबलम्बन गरिएको छ । हामीले हाम्रो मौलिकतामा ढालेर साधन र संस्कृतिलाई कसरी उपयोग गर्ने बेरोजगारी समस्या कसरी हल गर्ने ? युवाहरुको यो पलायन रोकेर कसरी सम्मानजनक जीवनयापन गर्ने ? भन्ने विषयमा मार्गचित्र (रोडप्याप)को तयारी गरेका छौं । यसबाट कस्तो राज्य व्यवस्थाको अवलम्बन गर्ने ? अर्थ, कृषि र शिक्षा नीति कस्तो हुने ? यि सबै विषयमा परिमार्जन गरी सम्पूर्ण नेपाललाई नै परिमार्जित र मौलिकतामा आधारित देश बनाएर छुट्टै पहिचान बनाउनुपर्छ । हाम्रो मनोभावना उच्च छ ।


० तपाई २०५१ सालमा नेपाली कांग्रेस पार्टीको निर्वाचित सांसद हुनुहुन्छ । तपाईको मार्गचित्रमा नेपाली कांग्रेस हिड्छ त ?

म लोकसेवा पास गरी स्थायी कर्मचारीको रुपमा नेपाल सरकारको जागिर खाएको मान्छे हुँ । नियुक्ति भएको ४÷५ वर्षमा जागिर र जवानी छाडेँ । हामी निष्ठाको राजनीति गरेका थियौं । त्यो बेलामा देशमा बहुदल आउँला र सांसद बनौला भन्ने पनि अपेक्षा थिएन । जीवन नै प्रजातन्त्र र लोकतन्त्रका लागि समर्पण गरिएको थियो । मरे मरिएला वा बाचे पनि बाचिएला भनेरै पार्टीमा लागेका हौं । अहिले राजनीति नै ब्यापार र उपभोगको साधन भएको छ । त्यसैले गर्दा यस्तो भएको हो ।


० त्यसो भए यो ब्यवस्था नै खराव हो त ?
राजनीति आफै खराव होइन, यसका पात्रहरु खराव हुन् । अहिले त फटाहाहरुले राजनीति गर्ने हो भन्ने भएको छ । राजनीति असल चिज हो । यो नीतिको राजा भएका कारण नै परिस्कृत गर्नुपर्दछ । हामी देशभक्त र इमान्दार बन्नुपर्दछ ।


० अहिले शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण एउटा पार्टीको बहुमत आउने सम्भावना नै छैन । यसैकारण संविधान संशोधनको लागि तपाईको पार्टी नेपाली कांग्रेसले किन पहल गर्दैन त ?
हो, यो एकदमै आवश्यक र मार्मिक कुरा हो । हाम्रा नेताहरुमा कसरी गठबन्धन गरेर सुबिधा लिने र पदमा पुग्ने बाहेक दूरगामी सोँच केहि पनि देखिँदैन । बिपी कोइरालाले आठ वर्ष जेलमा बस्दा र निर्वासित भएर आठ वर्ष नै विदेशमा बस्दा पनि नेपाल राष्ट्रलाई टिकाउन राजसंस्थाको आवश्यकता छ भन्नुभएको थियो । यसरी बिपी कोइराला आफु पीडामा हुँदा पनि राजसंस्थाको कहिल्यै पनि बिरोध गर्नुभएन । नेपाली कांग्रेस र राजतन्त्र सँगसँगै हिड्नुपर्छ भन्नुहुन्थ्यो । दरबारले पनि उहाँ जस्तो देशभक्त लोकतन्त्रबादीलाई अराष्ट्रिय तत्व भन्न पुग्यो । तर, चाकरीबाज,
अवसरवादी र ध्रुतहरुलाई देशभक्त भनेर बिभाजन गरे । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले पनि यहि बिभाजनको रेखा कोरे । राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रहको माध्यमबाट आफुले रोजेको व्यवस्था पाउन सकिने भन्दै त्यसका लागि बहुदल र निर्दल भनेर जनमत संग्रहको प्रस्ताव ल्याए । जनमत संग्रह पनि गरियो । निर्वाचनमा जालझेल भयो । जनमत बहुदलको पक्षमा थियो तर, निर्दलको पक्षमा परिणाम आयो । २०३३ सालमा बिपीले राष्ट्रिय मेलमिलाप भनेर राजशक्ति र जनशक्ति मिलेर देश जोगाउनुपर्छ भन्ने उहाँको धारणा थियो । २०३८ सालको निर्वाचनमा बिपीले नेपाली कांग्रेसलाई पार्टीगत रुपमा नै राजाको सक्रियतामा प्रवेश गराउँ भन्दा दरबारले मानेन । यसरी बिपीको सल्लाह र सुझाव नै दरबारले मानेन । उहाँले पञ्चायती व्यवस्थालाई फराकिलो बनाउने पक्षमा हुनुहुन्थ्यो । बिपीले राजाकै नेतृत्वमा पार्टीलाई अग्रसर गराउँ भन्दा दरबारका हार्डलाइनरहरुले प्रवेश गर्न दिएनन् । वि.स.२०३६ सालमा तत्कालिन राजा विरेन्द्रले जनता र राजा एक बनाएर लैजान खोजेको व्यवस्था पनि वि.स २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा बाहिर नै राखियो । यसरी हामीहरु दूरगामी लक्ष्य भन्दा पनि तत्कालकै नेता बनेर फाइदा लिन र चर्चामा आउँदा गम्भीर अप्ठ्यारोमा छौं ।


० यहि संविधानमा भएका शासकीय स्वरुप र निर्वाचन पद्दतिका कारण कुनै पनि एक दलको बहुमत नआउने र सरकार सधै अस्थिर भइरहने अवस्था छ । नेपाली कांग्रेस पार्टी संविधानको खारेजी वा संशोधन कुन लाइनमा जानुपर्छ भन्ने लाग्छ ?

हामीले खारेजी नै भन्दा त यो संविधान धेरै ठूलो कसरतबाट बनाइएको हो । त्यसका खराव बुँदाहरु सच्चाएर सहि कुराहरु राख्ने हो । यो संविधान भनेको बेदको वाक्य होइन कति पटक परिवर्तन पनि भइसकेको छ । अहिले मूख्य अवरोध भनेकै समानुपातिक सांसद हुन् । जहाँ निर्वाचित सांसदहरु हुन्छन्, तिनीहरुको थलो प्रतिनिधिसभा बन्नुपर्छ । समानुपातिकको थलो राष्ट्रिय सभा बन्नुपर्दछ । जहाँ ल्याउनै पर्ने ब्यक्ति आउन सकून । अल्पसंख्यक, जनजाति, पिछडिएकाहरु जातजातिहरु, संसदमा पहुँच पु¥याउन नसक्नेहरुका लागि समावेसी अपर हाउस बनाउनुपर्छ । तर, तल्लो सदनलाई जननिर्वाचित थलो बनाउनुपर्छ । टिपेर ल्याएका आफ्ना मान्छेहरुलाई राख्ने यो खालको पंगु राजकीय व्यवस्थालाई सुधार गर्नुपर्छ । यसमा नेपाली कांग्रेसले पहल गर्नुपर्दछ ।


० नेपाली कांग्रेसमा युवाहरुले आफ्नो स्पेश नपाएको गुनासोहरु तिब्र छ । यथास्थितिमा रमाउन चाहने जमातको पुरानो पुस्ताले कहिले विश्वास गर्ला त ?
बिहान सूर्य उदाउँदा अन्यले अध्यारो हटाएर आउने त होइन । सूर्य उदाएपछि अध्यारो आफै हट्छ । युवाहरुले पनि आँट गर्नुपर्छ । दूरगामी सोच राखेर पार्टी भित्रको गुटबन्दीमा नफसी देशको साझा नेता बन्ने आँट र साहस गर्नुपर्छ । आज नभए भोलि अवश्य पनि सुधार गर्न सकिन्छ । सत्ता र पदमा लोभिएर आफ्नो सिद्धान्तलाई छाड्नुहुँदैन । सिद्धान्तमा अडिन सकेमा लोकप्रिय नेता बन्छ । देश र जनताको पक्षमा अन्यायको विरुद्धमा बोल्न सक्ने नेतालाई पद चाहिँदैन । भारतमा जय प्रकाश नारायणको कुनै पद नै थिएन । तर, उनी सर्वोच्च नेता थिए । सबैले नेता मान्थे । सहि बाटो, सहि लाइन र दिशा लिएको खण्डमा मान्छे स्वतः ठूलो हुन्छ । हाम्रा नेताहरुमा पद नभई नहुने रोग छ । बिस्तारै सद्बुद्धि आउँला भन्ने अपेक्षा छ । देश सुधार्नका लागि बाहिरका मान्छे बोलाएर भएन यहि बसोबास गर्नेहरुलाई नै मिलाएर लैजानुपर्छ । हामी त्यहि जमर्कोमा छौं ।


० अहिलेको जो सँग बढि पैसा उसैले निर्वाचनमा टिकट पाउँछन् । र जितेर पनि आउँछन् । यस्तो खालको ठेकेदारी प्रथा सबै दलमा मौलाएको छ । तपाई जस्तो प्रजातन्त्रको लागि आजिवन समय बिताएको नेताले के भन्नुहुन्छ ?
यो भन्दा बढि विकृति र बिसंगतिमा म के थप्न चाहन्छु भने २०४६ साल पछि नै केहि न केहि विकृति र बिसंगतिहरु त आएकै हुन् । तर, माओवादी द्वन्द्व र २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन पछि यस्ता घेरा बनेकी ठगेर, लुटेर खाने गरियो । चाहे कांग्रेसको तरुण दल होस्, माओवादीको वाइसीएल, एमालेको युवा संघ वा राप्रपा नै किन नहोस्, मेहनत होइन ठग्ने र लुट्ने जमात तयार गरिएको हुँदा मुलूक यो अवस्थामा पुगेको हो । जुन अति नै पीडादायी बनेको छ ।


० अन्तमा केहि भन्नु छ कि ?
हाम्रो यो अभियान देशभक्त र धर्मप्रेमी छ । यो देशलाई बचाउनु पर्छ भन्ने जिम्मेवारी पनि छ । हिमाल, पहाड तराईका जहाँ सुकै बसोबास गर्नेहरु किन नहुन् ती दाजुभाइ दिदी बहिनीहरुलाई धर्म संस्कृतिका माध्यमबाट सबै क्षेत्रका जनतालाई मिलाएर राष्ट्रिय एकताको सन्देश दिनुपर्छ । राजनीतिक पार्टीले जनतालाई विभाजित गरेका छन् । हामी धर्म र संस्कर्तिका माध्यमद्धारा जनताको भावनालाई कदर गरी देश र धर्म जोगाउने अभियानमा लागि परेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.