३० वर्ष अघि ठगी योजनाका नाइके अहिले सुशासन समितिको सभापति
1 min read
विष्णु प्रसाद होमागाई
काठमाडौं । ३० वर्ष अघि अर्थात २०५० साल चैत्र २८ गते विशेष प्रहरी विभागले किर्ते कागजात प्रयोग गरी जापानी दुतावासमा भिसा प्रक्रियाका लागि पठाउने मूख्य अभियुक्त रामहरि खतिवडालाई पक्राउ गरेको थियो । सरकारी मुखपत्र गोरखापत्रले २०५० साल चैत्र २९ गते प्रकाशन गरेको समाचार अनुसार उनी तत्कालिन आवास तथा भौतिक योजनामन्त्री बल बहादुर राईका निजी सचिव थिए । तर, मूख्य अभियुक्त खतिवडाले तिब्बती शरणार्थीहरुलाई नेपाली बनाई नागरिकता र राहादानी लिने व्यवस्था मिलाउँदै भिसा नोट बनाएर अकुत सम्पत्ति कमाएकोमा कुटनीतिक नियोगबाट कारबाही गर्नुुपर्ने भन्दै उजुरी परेपछि खतिवडालाई हटाइएको थियो । अहिले खतिवडा ओखलढुंगा जिल्लाबाट संघीय संसद सदस्यमा निर्वाचित भइ राज्य ब्यवस्था तथा सुशासन समितिमा सभापति छन् । २०७० सालको निर्वाचनमा पनि ओखलढुंगाबाटै निर्वाचित भएका थिए ।
२०५० साल चैत्र २८ गते ठगी योजनामा पक्राउ परेका मूख्य नाइके खतिवडासहित सहित दाङका कुमुद शर्मा र ओखलढुंगाकै कैलाश बास्कोटा थिए । शर्मा पेसाले पाइलट र बास्कोटा भुकम्प क्षेत्र पुनःनिर्माण तथा पुनः स्थापना आयोजनाका खरिदार पदमा कार्यरत थिए ् । नौ जनालाई जापानमा गैर कानूनी तरिकाले पठाउनका लागि खतिवडाले आफुलाई हटाईसकेको मन्त्री बलबहादुर राईको हस्ताक्षर किर्ते गरी भिसा सिफारिसका लागि दुतावासमा पत्र पठाएका थिए । खतिवडाले आफुले सिफारिस गरेका व्यक्तिहरुले भिसा प्राप्त गरेर जापान पठाएबापत प्रतिव्यक्ति पाँच लाखका दरले कमिसन प्राप्त गर्ने योजना रहेको थियो । जापानी दुतावासका द्धितिय सचिवलाई शंका लागि पत्रचार गर्दा यो विषय बाहिर आएको हो । संयोगले खतिवडालाई पक्राउन गरी किर्ते केसमा थुनामा पठाउने खेमराज रेग्मी पनि नेपाली कांग्रेस पार्टीमा कार्यरत छन् । नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका रेग्मी भ्रष्टाचार विरुद्धको अभियान्ताका रुपमा परिचित व्यक्ति हुन् ।
जापानमा मानव तस्करी धन्दा गरी किर्ते कागजातका आधारमा नौ जनालाई भिसा प्रक्रियाका लागि पठाइएको र शंका लागि भूकम्प पुननिर्माणका कर्मचारी भए नभएको बुझ्दा नक्कली रहेको खुल्न आएको थियो । सरकारी कागजात किर्ते गरी खतिवडाले दीपक, इन्जिनियर सुमित्रा श्रेष्ठ, फिल्ड अफिसर, आनन्देश्वर खड्का र श्रीमती विष्णु बानियालाई सुपरभाइजर हुन् भनि सिफारिस गरिएको थियो । हुन त खतिवडा केहि वर्ष अघि भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङका छोरा …को घडी चोरी गरेको भन्दै चर्चामा आएका थिए ।
तिब्बतीलाई भिसा नोट बनाएर अमेरिका पठाउने गरेको गम्भीर आरोप
२०५० साल चैत्र २९ मा सरकारी मुखपत्र गोरखापत्रमा प्रकाशित समाचार यस्तो छः
खतिवडाको ठगी योजना
गोरखापत्र समाचारदाता । काठमाडौं, चैत्र २८ गते । किर्ते कागजात खडा गरी जापानी भिसा प्राप्त गर्न खोजेको अभियोगमा विशेष प्रहरी विभागले तीन जनालाई पक्राउ गरेको छ ।
विशेष प्रहरी विभागले यस काण्डमा पक्राउ गरेको मूख्य अभियुक्त ओखलढुंगाका रामहरि खतिवडा नेपाली कांग्रेसका कार्यकर्ता हुन् र आवास तथा भौतिक योजना मन्त्रीका निजी सचिव रहिसकेका छन् । अन्य अभियुक्तहरु दाङका कुमुद शर्मा र ओखलढुंगाका कैलास बाँस्कोटा छन् । शर्मा पेसाले पाइलट रहेको बताईन्छ भने बास्कोटा भूकम्प क्षेत्र पुनर्निमाण तथा पुनस्थापना आयोजनाका खरिदार हुन् र खतिवडाकै गाउँले हुन् ।
अभियुक्त रामहरि यस अघि पनि तिब्बतीहरुलाई अवैद्य शरणार्थीका रुपमा नेपाल भित्राउन सहयोग गरेको भनि चर्चामा थिए भने पत्रपत्रिकाद्धारा उनीमाथि बिभिन्न भ्रष्टाचारका आरोप लगाइएपछि मन्त्री बल बहादुर राईले आफ्नो निजी सचिवबाट निकाल्नुभएका बुझिएको छ । अभियुक्तहरुले भिसा प्राप्त गरेर जापान पठाएबापत प्रतिव्यक्ति पाँच लाखका दरले प्राप्त गर्ने योजना रहेको बताइएको छ ।
विशेष प्रहरी विभागका प्रमुख खेमराज रेग्मीका अनुसार मूख्य अभियुक्त रामहरि खतिवडाले आयोजनाका पाँच जना कर्मचारी तालिमका लागि जापान पठाउनुपर्ने कारण देखाई भिसाका लागि जापानी दुतावासमा जाली कागजात पेश गरी भिसा लिन खोजेको अभियोगमा बयान लिइएको र उनकै बयानका आधारमा अन्य दुईलाई पनि पक्राउ गरिएको कुराको पुष्टि गर्नुभएको छ ।
शुत्रबाट ज्ञात भएअनुसार अभियुक्त खतिवडाले आयोजनामा कार्यरत आफ्नै गाउँले कैलास बाँस्कोटासँग आयोजनाको छाप समेत लगाएको चिठी लेख्ने प्याड प्राप्त गरी आयोजनाका पाँच जना कर्मचारी जापानमा तालिम लिन जानुपर्ने भएकाले भिसा पाउनका लागि दुतावासमा निवेदन दिएका थिए । जापानी दुतावासका सम्बन्धित अधिकारीले कागज नपुगेको भनि परराष्ट्र मन्त्रालयको सिफारिस ल्याउन भनेपछि रामहरिले आवास तथा भौतिक योजना मन्त्रीको निजी सचिवको सिफारस पत्र पेश गरे । दुतावासका सम्बन्धित द्धितिय सचिवले शंका लागि आयोजना प्रमुख शशि बहादुर थापासँग सोधपुछ गर्दा श्री थापाले आफ्नो पनि जापान तालिममा जाने कुनै निर्णय नभएको अवगत गराउनुभएको थियो । यो मामिलालाई तत्कालै सम्बन्धित मन्त्रीसमक्ष जानकारी गराई यसबारे तुरुन्तै अनुसन्धानका लागि विशेष प्रहरी विभागमा निर्देशन गरिएको थियो । अभियुक्तद्धारा भिसा प्राप्त गर्ने प्रयास गरिएकाहरुमा दीपक, इन्जिनियर सुमित्रा श्रेष्ठ, फिल्ड अफिसर र आन्न्देश्वर खड्का र श्रीमती विष्णु बानियालाई सुपरभाइजर हुन् भनि सिफारिस गरिएको छ । जबकी उनीहरु आयोजनाका कर्मचारीहरु पनि होइनन् । पछिल्ला दुई पदको आयोजनामा दरबन्दी नै छैन । सम्बन्धित सुत्रका अनुसार रामहरि यो प्रयासमा सफल भएको भए बाँकी चार जनालाई पनि जापान पठाउने कोशिशमा थिए । उनले भुकम्प क्षेत्र पुनः स्थापना तथा पुनःनिर्माण आयोजनाले नौ जनालाई नै तालिममा पठाउने निर्णय गरेको र तत्काललाई पाँच जनाको सिफारिस गरिएको पत्रक् दुतावासमा पेश गरेका थिए ।