February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जबसम्म यो गठबन्धन रहिँरहन्छ, जनताले दुःख पाईरहन्छन्

इश्वरी रिजाल, सांसद संघीय संसद तथा नेता, नेकपा एमाले


दोलखामा जन्मनुभएका ईश्वरी रिजाल अहिले संघीय संसद सदस्य हुनुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य रिजालसँग समसामयिक विषयमा डायरी एक्सप्रेस साप्ताहिकका तर्फबाट ना।ायणप्रसाद शर्माले गरेको टेलिफोन वार्ताः


० भरखरै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिपक्षी दलको एक जना सांसदको हैसियतले यसलाई कसरी मुल्यांकन गर्नुभएको छ ?
महाभारत युद्दमा कसले ग¥यो भनेर प्रश्न गर्दा बर्बरिकले यो त कृष्णले मात्रै गरेको देख्छु अर्जुनले पनि गरेको जस्तो देख्दिन, भनेका थिए । त्यस्तै अहिलेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस पार्टी मात्रै देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त कम्युनिष्ट पार्टीका हुनुहुन्छ । प्रधानमन्त्रीले ल्याएको कार्यक्रम राष्ट्रपतिबाट बाचन गरिएको हो । तर, यो नीति तथा कार्यक्रम प्रधानमन्त्रीले ल्याएको जस्तो केहि पनि देखिदैन ।


० त्यसो भए यो नीति तथा कार्यक्रम पराम्परावादी नै देखियो ?

हो, नीति तथा कार्यक्रम नल्याई नै हुँदैन । किनकी संर्वधानिक बाद्यता नै छ । केहि गर्नुपर्दछ भनेर यो नीति तथा कार्यक्रम ल्याइएकै हैन । देशमा समस्या छ । राष्ट्र संकटतर्फ उन्मुख छ । यो संकटको सामना गर्ने गरी किन नीति तथा कार्यक्रम आएन ? देशमा संकट भइरहँदा सरकार भने देश लयमा फर्कन लाग्यो भन्दैछ । विदेशी रकम बचत भयो भन्दैछ । देशमा कुनैपनि चिज आयत नगरेपछि भएको रकम बचत हुँदैन त ? देशमा संकट र समस्याहरु नै छैनन् भने जस्तो गरी नीति तथा कार्यक्रम ल्याइएको छ । यो नीति तथा कार्यक्रमहरुमा नेकपा एमालेले विगतमा ल्याएका राम्रा कामहरु डिलिट गरी त्यसभित्र नेपाली कांग्रेसका मूल्य मान्यता, सोँचहरु हावी भएर ल्याइएको नीति तथा कार्यक्रम हो ।


० यो नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न सक्तैन ?
अहिलेको संकटलाई यो कार्यक्रमले कसरी सम्बोधन गर्न सक्छ ? अहिले विश्व स्तरमै आर्थिक संकट देखा परेको छ । तर, यसमा आफ्नै विशिष्टताहरु छन् । सबै ठाउँमा उस्तै समस्याहरु छन् भन्ने विषय होइन । मूख्य कुरा कोरोना भाइरस र रुस युक्रेन युद्द होला तर, त्यो मात्रै सबै होइन । त्यहाँको सरकारको लार्पाबाहीका कारण देशको अर्थतन्त्र संकटमा परेको छ । केपी ओलीले सरकार छाड्दा देशमा कोरोना भाइरसको संकट थिएन र ? त्यो समयमा शेर बहादुर देउवालाई छाड्दा वा अर्थमन्त्री जनार्दन शर्मालाई अर्थतन्त्र बुझाउँदा आकांडा कस्तो थियो ? विश्लेषण के हो ? यो गठबन्धन सरकारले बिताएको समय र हिजो केपी ओलीले त्यहि समयमा गरेका कामहरुको तुलानात्मक अध्यन गरौं न । यो गठबन्धनले तुलना त के मात्रै गरेको छ भने ‘एक्ला एक्लै चुनाव लड्नु हुँदैन । किनकी एमालेसँग जनताहरु खुशी छन्’ । राजेश हमालसँग किन मानिसहरु खुशी हुन्छन् ? नारायण गोपालसँग मानिसहरु किन खुशी हुन्छन् ? उनको स्वरकै कारणले होइन ? गठबन्धनले केपी ओलीले गरेका राम्रा कामहरु, लिएका दृष्टिकोणहरु, आर्थिक क्षेत्रमा लिएका कतिपय कामहरुबाट जनता खुशी छन् भन्ने मात्रै हो । निष्कर्ष पनि ठीकै भयो । गठबन्धनबाट उनीहरु ठूलो भएपनि जनमतबाट त एमाले नै ठूलो भयो नी । यसैबीचमा यो सरकारले गरेका गलत कामहरुबाट नेपालको अर्थतन्त्र यो अवस्थामा आएको हो । देशमा भयावह स्थिती आउने अडकल बाजीहरु भइरहँदा यसलाई सामना गर्ने गरी सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रममा भेटिदैन । योे नीति तथा कार्यक्रममा नयाँ केहि पनि देखिदैन ।


० सरकारले नक्कली भुटानी प्रकरणमा त कारबाहीको दायरामा ल्याउने प्रशंसनीय काम गरेको छ नी ?

पहिलो कुरा यस्ता अपराधहरु समयकालमा बाहिर आउँछन् नै । अपराध सधै छिपाउन सकिदैन । जति छोप्न खोजे पनि चाहेँ सरकार र सरकारमै बसेका ठूला मान्छेहरुले नै किन नगरुन्, अपराध बाहिर आउँछ । यो अपराध सरकारले खोतलेर निस्केको होइन आफै निस्किएको हो । सरकारमा बसेको बेला घट्ना बाहिर आएपछि नागरिक समाजलाई देखाउनकै लागि पनि गरिएका कामहरु हुन् । नेपाल प्रहरीले यसै कारण कारबाही अघि बढाएको हो । सरकारले के भएको हो भनेर बत्ति बालेर खोजेको प्रकरण होइन । हेर्दा जानुहोला यो सरकारले संगठित अपराध बाहिर ल्यायो भन्नु भयो, तर, कतिलाई बाहिर ल्याउँछ । हेर्दै जाउँ कतिजनालाई बाहिर ल्याउँछ ? आफै छिप्दैनथ्यो । यो त जसरी पनि खुला हुन्थ्यो, भयो । कारबाहीको प्रक्रियामा गयो ।


० २०४९ सालमा तत्कालिन मन्त्री बलबहादुर राईको हस्ताक्षर गरी ६ जनालाई जापान पठाएको प्रकरणमा रामहरि खतिवडालाई पक्राउ गरी अनुसन्धान गर्न भनिएको थियो । अहिले अमेरिकी दुतावासले निर्देशन दिएर मात्रै सरकारले बल्ल यो संगठित अपराधको पटाक्षेप गरायो । अपराध नियन्त्रण गर्न सधै विदेशीले नै भन्नु पर्ने हो त ?
विगतका घट्नाहरु के के भए भन्नु भन्दा पनि यो संगठित अपराधको जालो संसार भरी नै जोडिएको हुन्छ । जसरी सज्जन मान्छेहरु संगत सबै ठाउँतिर जोडिएको हुन्छ, अपराधीहरुो पनि संगत एक आपसमा जोडिएकै हुन्छ । अपराधीहरुलाई कारबाही हुनुपर्छ भन्ने प्रतिबद्धता बोकेको सरकार हुनुपर्दछ भन्ने नै हो । एक समयसम्म सरकारले यो समय पाउनुपर्छ । कतिपय समय नमिल्दा अपराधीहरु पनि कारबाहीको भागी हुन सक्छन् । नेकपा एमालेको समयमा ३३ किलो सुनको तस्करी नेकपा एमालेले बाहिर ल्याएको हो । तथापि त्यहि पनि केपी ओली सरकारले भ्रष्टाचार ग¥यो भन्ने हौवा फिजाइयो । त्यसका लागि स्थायी सरकार र अपराधिहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रतिवद्धता बाकेको सरकार बन्नुप¥यो ।


० प्रसंग बदलौं निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता गरिदिनुभएको नागरिकता विधेयक अहिलेका राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न लाग्नुभएको छ । तपाई के भन्नुहुन्छ ?

राष्ट्रपतिले प्रमाणिकरण नगरी सदनमा पठाउनुपर्दछ । किनकी हिजोको राष्ट्रपतिले जुन सरकारले प्रमाणिकरणका लागि पठाएको विधेयकलाई प्रश्न गरी पठाउनुभएको थियो । त्यसमा कुनै पुनःविचार नगरी सरकारले जस्ताका तस्तै पठायो । पूर्व राष्ट्रपतिको प्रश्नमा अहिलेका राष्ट्रपतिले विचार गर्नुपर्दैन ? अनुत्तरित प्रश्नको उत्तर खोज भन्नुभएको थियो । अहिलेका राष्ट्रपतिले यो विषय पुनः सदनमा पठाउनु उपयुक्त हुन्छ ।


० राष्ट्रपति पौडेल भारतमा उपचारका लागि गएर आएपछि नागरिकता विधेयक प्रमाणिकरणको प्रसंग आयो । यसका छिमेकीको दवाव र प्रभाव भयो भन्ने आशंका गरिन्छ नी ?

शंका त गर्न सक्लान् । म चाहिँ त उपचार गर्न गएका राष्ट्रपति जो नीति तथा कार्यक्रम बाचन गर्न पनि कष्टकर ढंगबाटै आउनुभयो, त्यसैले आम मानिसले शंका गरे जस्तो त्यस्तो शंका गर्दिन । जुन कारणले गर्दा विधेयक प्रमाणिकरण भएको थिएन, त्यसको बारेमा बहालवला राष्ट्रपतिले अध्यन गर्नु सम्म ठीकै हो ।


० अहिलेको शासकीय स्वरुपका कारण एउटै दलको बहुमत नआउने र अस्थिर सरकार बनिरहँने हुँदा राम्रो काम गर्न कठिन हुने र आम मानिसहरुमा निरासा बढ्ने अवस्था छ । यसका निमित्त संविधान संशोधन गर्नुपर्छ कि भन्ने लाग्दैन ?
संविधान त गतिशील हुन्छ । आवश्यक र औचित्यका आधारमा संशोधन पनि हुन सक्छ । जस्तै केपी ओली प्रधानमन्त्री हुँदा हाम्रो गुमेको भूभाग जोडेर नेपालको नक्सा प्रकाशन गर्न सफल भयौं । संसदबाटै पास भयो । तर, अहिले शासकीकय स्वरुपमा पुनःविचार गर्नुपर्छ भन्ने मान्यतामा नेकपा एमाले छैन र व्यक्तिगत रुपमा म पनि छैन । राजनीतिक अस्थिरताका जरो अन्तै छ । शासकीय स्वरुपका कारण एक दलको बहुमत नआउने कुरा अर्कै हो । किनकी यहाँको राजनीतिलाई अस्थिर बनाउने विषयमा एउटा तत्वले खेल खेलिरहेको छ । एउटै दलले बहुमत ल्याएको अवस्थामा पनि बेइमान तत्वहरुले खेल खेल्दा राजनीतिक स्थायित्व हुँदो रहेनछ । इतिहास हेर्दा नेपाली कांग्रेसले २०४७ पनि मात्रै दुई पटक बहुमत ल्याएको छ । तथापि वीचमै मध्यवधिमा जान बाद्य भयो । हाम्रा पार्टीले पनि पार्टी एकता गरेर भण्डै दुई तिहाई मत ल्याएकै थियो । त्यो समयमा पनि जनतालाई राम्रो डेलिभरी दिएको थियो । एउटा तुफान सिर्जना गरी राजनीतिक अस्थिरता खडा गरियो । त्यसैले हामीहरु शासकीय स्वरुपमा परिवर्तन गर्नुभन्दा पनि नेकपा एमालेलाई एउटा शक्तिको रुपमा विकास गर्ने अभियानमा छौं । त्यसका निमित्त हामीले नेपालमा दुई पोलर (ध्रुव) को रुपमा ब्याख्या गरेका छौं जुन बामपंथि शक्ति र दक्षिणपंथि शक्ति । बामपंथि शक्तिको नेतृत्व नेकपा एमालेले गर्छ, दक्षिणपंथि शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्छ । यसरी दुई सिद्धान्त र मान्यताका बीचमा प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यतामा हामी छौं । तथापि नेकपा एमालेले सोचे जस्तै जनमत नआएपनि हामी यु घेरा, सी घेरा पनि नभएर ओ घेरामा थियौं तथापि जनमतबाट ठूलो पार्टी बन्यो । अब नेकपा एमालेको नेतृत्वमा राजनीतिक स्थिरताको जरुरत छ भनेर जनताहरु कन्भिन्स भए भने यहि शासकीय स्वरुपमा बहुमत ल्याउन सकिन्छ । अब नेपाली कांग्रेस र नेकपा माओवादी एक्लै होइन सधै गठबन्धन नै गरेर निर्वाचनमा जान्छ भन्ने नेकपा एमालेको निस्कर्ष छ । नेकपा एमाले कमजोर भयो भने मात्रै नेपाली कांग्रेस एक्लै चुनाव लड्नेछ । यहि शासकीय स्वरुप अन्तर्गत नेकपा एमालेले बहुमत ल्याउँछ भन्ने हाम्रो पूर्ण विश्वास छ । त्यहि जाँगरमा टेकेर हामीले मिसन ग्रासरुप अभियान सञ्चालन गरेका हौं ।


० मिसन ग्रासरुट अभियानमा सोचे जस्तो उत्साह भएन । नविकरण र नयाँ सदस्यता लिन उत्सुक भएनन् भन्ने कुरा आयो नि ?
त्यो पनि केहि होला । सामाजिक र गणित, राजनीतिक गणित र अंकगणित उस्तै होइन । सामाजिक विज्ञान, राजनीतिक विज्ञान र गणितिय विज्ञान फरक फरक विषयहरु हुन् । सामाजिक विज्ञानमा मानिसका भावनाहरु जोडिएका हून्छन् । उसका समस्याहरु जोडिएका हुन्छन् । हामीले सोचे जस्तो हुँदैन । म रसुवामा थिएँ । बागमती प्रदेशमा रसुवामा धेरै पार्टी सदस्य नविकरण भए । म रिपोर्ट बुझाउन नपाउँदै नविकरण भयो भन्दै पछि मात्रै रिपोर्ट गरिरहँनुभएको थियो । दोलखामा त्यो समयमा संगठित सदस्यता नविकरण थोरै थियो तर, अहिले फटाफट भइरहेका छन् । संगठित सदस्यता नविकरण पनि हाम्रो मिसन ग्रासरुट अभियानमा थियो । तर, त्यो मात्रै सबै होइन । तथापि मिसन ग्रासरुटका कारण संगठित सदस्यताको महत्व मानिसले बुझे । यसलाई नविकरण गर्नुपर्छ भन्ने बुझाई बन्यो । हामीले असारसम्ममा संगठित सदस्य र शुद्धीकरण बिस्तार भनेर अर्को अभियान चलाएका छौं । कम्युनिस्ट पार्टीको महत्व कस्तो छ । नेकपा एमालेको सदस्यताका महत्व के छ ? कम्युनिस्ट पार्टीमा के गुण हुनुपर्छ भन्ने महत्व हामीले बुझाउने छौं । जुन निरन्तर चलिरहन्छ ।


० अन्तमा थप केहि भन्नु छ कि ?
जनता सचेत हुनुपर्छ । गणबन्धनका तर्फबाट जस्तो नीति तथा कार्यक्रम आएको छ । विद्यमान संकट मुक्त गर्ने प्रक्रियाबाट आएको छैन । अहिले गठबन्धनले नीति तथा कार्यक्रममा समाजबाद उन्मुख भनिएको छ । कसको मुख तर्फ उन्मुख हो ? कुन दलको मुखतर्फ उन्मुख हो ? यसरी जनतालाई गुमराहमा पार्ने गरिएको छ । जबसम्म यो गठबन्धन रहिँरहन्छ, जनताले दुःख पाइरहन्छन् । त्यसकारण हामी जागरुक हुनुपर्छ रनेकपा एमालेको अभियानमा साथ दिनुपर्छ भन्ने आब्हान गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.