January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

‘नेपालसँग कुटनीतिक सम्बन्ध भएका देशहरुसँग नेपालीहरु वृटिश र भारतीय सेनाका तर्फबाट बहादुर भन्दै लडिरहेका छन्’

पदम बहादुर गुरुङ, सभापति गेसो


गोरखा सैनिकलाई बेलायतले गरेको विभेद विरुद्धमा निरन्तर आवाज उठाउने एक जना योद्दाको नाम हो पदम बहादुर गुरुङ । बेलायती सेनामा भर्ति भएर त्यहीका नागरिकहरुको तुलनामा अत्यन्तै कम तलब र पेन्सन प्राप्त गर्दै आएका गोरखा सेनाहरुको आवाजलाई निरन्तर रुपमा उहाँले उठाउँदै आउनुभएको छ । विभेदपूर्ण व्यवहारमा परेका निमुखा नेपाली गोरखालीहरुको आवाज उठाउँदै आाएको गोरखा भु.पु. सैनिक संघ (गेसो)का संस्थापक सभापति पदम बहादुर गुरुङ अहिले पुनः सोहि पदमा निर्वाचित हुनुभएको छ । यसै विषयमा केन्द्रीत भएर डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट नारायण प्रसाद शर्माले सभापति गुरुङसँग गरेकोे छोटो अन्तर्वार्ताः


० तपाईहरुको आन्दोलन कुन चरणमा पुगेको छ ?
आन्दोलन वृटिस सेनाका नेपालीहरुमा अधिकार ल्याउनु थियो । त्यो हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियानमार्फत विश्वकै सामु कुरा राखियो । यसरी बेलायतमै गएर बेलायती अर्कमन्यताका विरुद्धमा मुद्दा लडेर उनीहरुको जस्तै अधिकार हामीले पाइसक्यौं । दोस्रो चरणको हाम्रो आन्दोलन भनेको प्रथम विश्व युद्ध र दोस्रो विश्वयुद्धमा जातिय नरसंहार गरी बेपत्ता पारिएका नेपालीहरुको सम्बन्धमा अहिलेसम्म पनि आफ्ना नागरिक बचेर पठामउने नेपाल सरकारले चासोसम्म पनि देखाएन । वृटिसले मृतकका परिवारलाई मानवीय क्षतिपुर्ति दिनुपर्दछ भनेर हालसम्म पनि सार्वजनिक गरेन । अर्थात दुबै देशको मिलेमतोमा विश्वयुद्धमा नरसंहार गरिएका ८० हजार भन्दा बढि नेपालीहरुको बारेमा हालसम्म पनि सार्वजनिक गरिएन । तिनै नेपालीहरुको चीर शान्ति तथा सम्झनामा हामीले गण्डकी प्रदेशको स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १, साल्मेडाँडामा विश्वको अदितिय, नेपालको राष्ट्रिय गौरव, विश्वकै सरोकार रहेको बहुउद्देश्यीय योजना गोरखा समाधि हाम्रै लगानीमा बनाउँदै थियौं । त्यो समाधिको डिजाइन वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गर्नुुभएको थियो । रिमालको डिजाइन अनुसार निर्माण सम्पन्न हुन सक्यो भने नेपाल र वृटिशको विश्व सामु पोल खुल्ने भएका कारण सम्पन्न गर्न नदिन वृटिशको आडमा नेपाल सरकारले राज्यकोष बाट पाँच करोड बजेट निकासा गरी डाँका शैलीमा अतिक्रमण गरी ठेकेदारलाई जिम्मा दिइयो । यसरी प्रत्यक्ष रुपमा देखिने गरी नोक्सानी पु¥याइयो । यसरी त्यो परियोजनालाई थाती राखेर गेसो आन्दोलनबाट जानकारी भएसम्म नेपाल र बेलायत सरकारले नेपाली जनतामाथि गरेका षडयन्त्रहरु जनता सामु सार्वजनिक गर्नका लागि तेस्रो चरणको आन्दोलन सुरु गरेका छौं । मेरो गेसो आन्दोलनमा सक्रिय भएको २७ वर्षको आन्दोलनबाट निकालिएको र नेपालका संघीय प्र्तिनिधिसभाका सांसदज्यू लगायतका सम्पूर्ण ब्यक्तित्वहरुलाई मैले पुस्तकका रुपमा देखेका कुराहरुलाई प्रष्ट पारेको छु ।
नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र होइन । मैले वृटिसलाई रक्त पिसासु जातिवादी सैतानहरु हुन भनेको छु । गैर सैनिक नेपालीहरुलाई युद्धमा होमेर नरसंहार गरेका कारण उनीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लाग्छ । हामी यो अभियानमा लाग्दैछौं । हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडाको समाधिस्थलमा कार्यालय राखेर आन्दोलनको सुरुवात गर्दैछौं ।


० वृटिस सरकारले तपाईहरुले उठाएको आन्दोलनको माग सम्बोधन गरेको भन्दै बेलायती भूपुसैनिकहरुलाई आवासीय सुविधा दिने भनेर भन्यो । त्यसबाट समग्रमा झनै नोक्सानी भयो भनिन्छ नी ?
गेसोले मुद्दा जितेपछि वृद्धाअवस्थाका गोरखा सैनिकहरुले आवासिय भिसा पाए, उनीहरु त्यहाँ बस्दा नोक्सान छैन । उनीहरु नेपालमा धेरै दुःख पाएका थिए । उनीहरुले नेपालमा जत्ति पेन्सन पाएका थिए, उनीहरुका छोरी बुहारी बेलायतमा गएपछि मासिक एक जनाले कम्तिमा ५०/६० हजार मासिक बचाउँछन् । जुन बिप्रेषण नेपालमा आउने गरेको छ । यहाँ ६० वर्ष बाच्नेहरु त्यहाँ ७० वर्ष बाच्छन् । त्यहि नै ठूलो उपलब्धी हो ।
बेलायती सेनामा भर्ति भएर जसरी संस्कार बिहिन र अशिक्षित बनाएर नेपाल फर्काएको थियो । वृटिशले ६÷७ कक्षा सरह पढाएर नेपाल फर्काएपछि सिंगो राष्ट्रलाई नै भार बनाएको थियो । गेसो आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी नै संस्कार विहिन बनाइएका युवायुवतिहरुलाई बेलायतमा जाने अवसर पाउनु नै हो । अहिले हाम्रो गेसो आन्दोलनबाट बेलायत गएका बुढाबुढीहरु मात्रै २० हजार छन् । तर, बेलायतमा बसेका अन्य नेपालीहरु मात्रै १३ लाख जत्ति नै छन् । अहिले पनि लाखौ जना नेपालीहरु अमेरिकामै बसेका छन् । उनीहरुले सम्पत्ति कमाएर नेपाल पठाएका त छैनन् । बरु यताबाट बेचेरै लगेका छन् । १५÷२० हजार बुढाबुढाहरुको के कुरा ?
नेपाल सरकारसँग हिम्मत छ भने वृटिश सैनिक क्याम्प नेपालमै राखेर भर्ति भई जानेहरुले नत कमाई पठाउँछन् । नत फर्केर नै आउँछन् ।


० त्यसका निमित्त त गोरखा भर्ति केन्द्र बन्द गर्नुप¥यो । कम्युनिस्ट पार्टीका नेताहरुले गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्छ भन्थे । अहिले सरकारमा गएपछि त भुसुक्कै भुले नि ?
हेर्नुहोस्, ‘बास्तवमा आज नेपालमा सरकार भनेकै नेता र नेता भनेकै सरकार हो’ । नेपालको अहिलेको वास्तविक समस्या के हो ? जुन दिनमा नेपाली भूमिका वृटिश सैनिक क्याम्प राख्ने अनुमति दिइयो, त्यसपछि नेपाल सार्वभौम राष्ट्र हो कि होइन ? प्रश्न यहाँ नेर छ । सार्वभौमिकता छ जन्म दिने आमा भन्दा पनि ठूलो हो । आफ्नो धर्ति माताको छातीमा टेकेर वृटिशको सैनिक कवाज खेलिरहेको छ । अर्कोतिर वृटिश सैनिक शासकले नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाएर वृटिश सेनाका नेपालीहरुले हालसम्म लडिरहेका छन् । नेपालसँग कुटनीतिक सम्बन्ध रहेका वृटिश सेनाका नेपालीहरु बहादुर भन्दै लडिरहेका छन्, भने असंलग्न पराराष्ट्रनीतिको औचित्य के रह्यो ? दुई विशाल छिमेकी राष्ट्रहरुको वीचमा बसेर विश्वका कुटनीतिक सम्बन्ध भएका देशमा वृटिश सेनामा भर्तिभएका नेपालीहरु लड्न पठाउनु पनि हाम्रो कुटनीतिक सम्बन्ध हो भन्नुप¥यो ।
सबैभन्दा खत्तरा के हो भने दुई बिशाल छिमेकीको वीचमा बसेर नेपालले अर्को एक छिमेकीको सेनामा भर्ति भएर अर्को छिमेकीसँग लड्न मिल्छ ? यि सत्तासिनहरुले के खोजेको हो ? १९६२ मा किन चीनले माफी दियो मलाई थाह छैन । अब पनि रोजगारीका लागि भनेर भारतीय सेनामा भर्ति हुन जानु बिल्कुलै गलत हो । नेपाली बहादुर भन्दै भारत र चीनको सीमामा लड्न जाँदा नेपाल बच्छ ? नेपाल सावैभौम राष्ट्र हो भन्नका लागि नेपाली नागरिकलाई भारतीय सेनामा पठाएर चीनसँग भिडाउने, कस्तो नीति हो ? यो त वृटिशको नीति हो । निमुखा जनतालाई ढाटेर सरकारले महिला, जनजाति र राष्ट्रियता भन्नु बकम्फुसे कुराहरु मात्रै हुन् । यो जनतालाई ठगेको मात्रै हो । त्यसैले हामी गेसोको तेस्रो आन्दोलनको चरणमा छौं । जसलाई विश्वब्यापी बनाउँदैछौं । नेपाली नागरिकलाई विश्वका सेनामा लगेर लडाउने यीनको हैसियत के होृ ? नेपाली भूमिमा वृटिश सैनिक क्याम्प राखेर कसरी सार्वभौम सत्ता सम्पन्न देश हुन्छ ? नेपाल त वृटिशको उपनिवेश हो भन्नुप¥यो । राष्ट्रियता, सार्वभौमिकता, भन्दै बेलायतको प्रजातन्त्रको ब्याख्या गरेर नेपाल र नेपालीलाई ऋणको बोझमा टाउको उठाउनै नसक्ने गरी दलदलमा फसाइएको छ । हामी त अहिले टाउको उठाउनै सक्ने अवस्थामा छौं । हाम्रो जीवन त अहिले कसाईले दशैमा काट्न तयारीमा राखेको खसीको जस्तो बनेको छ । कति बेला खोरबाट थुतेर घाटीमा तरबारले हान्ने हुन् । अहिले दुई छिमेकीबीचमा गडबढ हुने बित्तिकै १९६२ सालमा बाचे जस्तो अवस्था हुने छैन । छु मन्तरको जादु लगाएर चीनले छाडिदिए मात्रै हामी बाच्नेछौं । बहादुर गोरखा भनेर हामीहरु चीनका विरुद्धमा लड्दा हामीलाई छाड्ला र ? अहिले युक्रेनलाई हेरे पुग्छ, कस्तो हालतमा छ ? अबका दिनमा यसरी शासन चलाउन भने पाइदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.