April 19, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

विशिष्टता प्रस्तुत गर्नु आफैँमा चुनौती हो

संगीता खत्री, कलासम्पादक


नेपाली कला क्षेत्रमा सम्पादनको रुपमा आफ्नो कार्यका मार्फत ख्याती कमाउन सफल हुनुभएको छ संगीता खत्री । उहाँले आफ्ना क्रियशनमार्फत चर्चा बटुल्न सफल हुनुका साथै यो क्षेत्रमा पु¥याएको योगदानस्वरुप विभिन्न मान सम्मान, पुरस्कार र अवार्ड चुम्न सफल हुनुभएको छ । उहाँले ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘एकल महिला’, ‘धोका’, ‘नियत’, ‘जातभात’, ‘विमला’, ‘काजल’, ‘परदेशी’, ‘व्यथा’, ‘तीजको व्यथा’ जस्ता प्रस्तुतिमा आफ्नो क्रियशनमार्फत तारिफ बटुल्न सफल हुनुभएको छ । भोगाइ, परिवेश र प्रभावलाई सिर्जनाको आधार बताउनुहुने संगीता खत्रीसँग डायरी एक्सप्रेसका लागि शारदा देवी सापकोटाले गर्नुभएको कुराकानीको संक्षिप्त अशं ः–

० पर्दा पछाडि रहेर यहाँले उत्कृष्ट कार्य गर्दैं आउनुभएको छ, एउटा कला सम्पादकको मूल्यलाई के ले निर्धारण गर्छ, नेपाली कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?


मूल्य या त कुनै नयाँ कुरा सिक्दा हुन्छ या त बिर्सिएको याद पुनः फर्काउन खोज्दा हुन्छ । मलाई के लाग्छ भने समय र बितेको समयले बोकिरहने कलाको दृष्टिकोण नै सबैभन्दा महत्वपूर्ण हो । मेरो रुचीको क्षेत्र हो यो । बिस्तारै बुझ्दै र अध्ययन गर्दै यो क्षेत्रमा आए । म यस्तै २००९ देखि यो क्षेत्रमा आएकी हुँ ।


० अहिलेसम्म के कति काम गर्नुभयो ?
सर्ट मुभी र म्युजिक भिडियोहरूमा काम गरे, चलचित्रको कुरा भइरहेको छ । तर, म सर्ट मुभी र म्युजिक भिडियोमा नै आफूलाई व्यस्त राख्दै आएकी छु । ठूलो पर्दामा पनि अब छिट्टै नै काम गर्ने सोचमा छु । धेरैसँग कुरा चाहिँ भइरहेको छ ।


० यतिबेला के गर्दै हुनुहुन्छ ?

विगत डेढ वर्षदेखि कोरोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित भएका छन् । हामीलाई पनि यसले नराम्ररी प्रभावित बनाएको छ । फेरि पनि या ेबीचमा केही कामहरू भएका छन् । यो अप्ठ्यारोको बेलामा केही सामाजिक कार्यमा आफूलाई संलग्न गराएँ । केही नयाँ नयाँ कुराहरुको खोज अध्ययनमा आफूलाई ब्यस्त बनाएँ । बालबालिकाका लागि सहयोग हुने खालका कामहरू गरे । अब पछिल्लो समय केही सहज भएको छ । फेरि हामी काममा जुटेका छौ । आशा गरौ अब पूर्ववत अवस्थामा हामी छिट्टै फर्किने छौ ।


० कला क्षेत्रमा आउनका लागि केले प्रेरित ग¥यो यहाँलाई ?

मैले माथि पनि भने मेरो रुचीको क्षेत्र हो यो । रुचीको क्षेत्र भएका हुनाले यो क्षेत्रमा केही उल्लेखनीय कार्य गरांै भन्ने लागिरहन्थ्यो । पहिलादेखि मुभिहरू हेर्र्थेे, कसरी बनाउँछ भन्ने जिज्ञासा हुन्थ्यो ? पछि सिक्दै बुझ्दै जाँदा मैले यो भन्दा राम्रो गर्न सक्छु भन्ने लाग्यो र यो क्षेत्रमा तानिए ।


० तपाईंले यो क्षेत्रमा रहेर सम्पादन गरेका प्रस्तुति मध्ये केहीको नाम लिनुपर्दा ?
थुप्रै छन् केहीको नाम लिनुपर्दा मैले ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘एकल महिला’ ‘धोका’ ‘नियत’, ‘जातभात’, ‘विमला’ ‘काजल’, ‘परदेशी व्यथा’, ‘तीजको व्यथा’लगायतका रहेका छन् ।


कतिको गाह्रो छ यो क्षेत्रमा ?
हरेक क्षेत्रमा राम्रो प्रस्तुति दिनु भएको जटिल काम नै हो भन्ने लाग्छ । फेरि तपाईं कसरी लिनुहुन्छ आफ्नो कामलाई भन्ने हो । सामान्य त सबैले गर्ने गर्छन् केही सिकाइ पछि । त्यसमा विशिष्टता प्रस्तुत गर्नु आफैँमा चुनौती हो । म हरेक मेरा काममा विशिष्टता प्रस्तुत गर्ने कोशिसमा हुन्छु । हरेक काममा केही उल्लेखनीय प्रस्तुत गरौं भन्ने लाग्छ । सायद त्यही भएर नै होला भन्ने लाग्छ मेरा कार्यलाई मन पराइएको छ । मलाई पनि सुरु सुरुमा गाह्रो थियो, अहिले सहज छ । सिक्दै गएपछि सहज हुन्छ । गाह्रो त गाह्रो काम नै हो यो । कसरी अझै राम्रो गर्ने भन्ने हुन्छ हरेक प्रस्तुतिमा ।


० दर्शकमाझ आफ्ना प्रस्तुतिलाई पु¥याउँदा केमा बढी फोकस हुन जरुरी छ ?

मलाई के लाग्छ भने राम्रो कामका लागि नै फोकस हुनुपर्छ । समय दिएर काम गर्नुपर्छ । सर्टहरू मिलाउनु पर्छ । क्वालिटीमा ध्यान दिनुपर्छ । कलरमा ध्यान दिनुपर्छ ।


० कतिको च्यालेन्ज छ ?
राम्रो प्रस्तुतिका लागि यसमा मात्र होइन हरेक क्षेत्रमा त्यतिकै च्यालेञ्ज रहन्छ ।


० तपाईंको भविष्यको योजना ?
मैले यही क्षेत्रमा नै आफ्नो सपना र विपना एक गरेर अघि बढिरहेकी छु । यही क्षेत्रमा अझ उत्कृष्टता हासिल गर्ने योजना रहेको छ । अझ राम्रो गर्ने योजना छ । यही क्षेत्रमा विशेष पहिचान कायम कसरी गर्ने भनेर हरसमय तल्लिन रहन्छु । यो क्षेत्रबाटै मेरो आफ्नो पहिचान जुन स्थापित भएको छ त्यसलाई अझ व्यापक र विस्तारको योजनामा छु ।


० तपाईंको यस बाहेक अन्य के कुरामा रुची छ ?

मेरो रुचीको क्षेत्र नै यही हो । मेरो प्यासन भनेको यही क्षेत्रमा हो । यसबाहेक अभिनयमा पनि रुची राख्छु ?


० भविष्य कस्तो देख्नुहुन्छ ?

राम्रो छ नि । प्रोफेसनल भएर काम गर्नुप¥यो । बुझेर सिकेर आफूले राम्रो गर्छु भनेर लाग्दा राम्रो छ ।


० तपाईंले गरेका काम मध्ये आफैँलाई मन परेको काम ?

आफूले गरेका काम सबै राम्रा लाग्छन् । तर, जहिले पनि यो भन्दा अझ राम्रो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । सबै राम्रै लाग्छ मलाई त । तर ‘एकल महिला’को काम आफैँलाई राम्रो लागेको काम हो ।


० के कुरामा सोख राख्नुहुन्छ ?

म अलिक घुम्न रुचाउँछु, रमाइलो गर्न रुचाउँछु ।


० सम्पादन गर्दा चाहिने मुख्य कुरा के बुझ्न जरुरी हुन्छ ?
मुख्य कुरा यसको थिम बुझ्न जरुरी छ ।


० यो क्षेत्रमा आउन चाहने नयाँका लागि ?

राम्रो छ, बुझेर पढेर आउँनुहोस् भन्न चाहन्छु । आफूमा खुबी भयो भने तपाईं अवश्य राम्रो गर्न सक्नुहुन्छ ।


० एउटा श्रव्य दृश्य सामाग्रीमा सम्पादनको कस्तो भूमिका रहन्छ निर्देशक तथा छायाँकारले खिचेर ल्याएका दृश्यलाई काटने र जोड्ने काम मात्रै हो ?
तपाईंले भने जस्ते विलकुलै होइन । एकदमै होइन । निर्देशक तथा छायाँकारले खिचेर ल्याएका दृश्यलाई सिलसिलेवार कथामा ढाल्ने महत्वपूर्ण जिम्मेवारी फिल्म सम्पादकको हुन्छ । अहिले फिल्मलाई कस्तो बनाउने भनेर निर्देशकहरूले सम्पादकसँग पनि सल्लाह लिने गरेका छन् । काट्ने र जोड्ने काम मात्रै सम्पादन होइन । फिल्मको स्क्रिप्टदेखि नै काम गर्न थालिएको छ ।
हामीकहाँ सम्पादन गर्नेहरूको अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
अहिले फिल्म निर्माणको क्रम बढेसँगै प्राविधिकले पनि राम्रो आम्दानी गरिरहेका छन् । सम्पादनको काम गर्दा आर्थिक रूपमा पनि सक्षम हुने अवस्था आएको छ । धेरै राम्रो छ । पछिल्लो समय कोरोना संक्रमणका कारण ठूलो पर्दाका चलचित्र कम बनेका भएपनि सर्ट भुमि, सिरियल, टेलिचलचित्र, हास्य सिरियल, म्युजिक भिडियामा तथा अन्य दृश्य सामग्रीमा राम्रा फिल्म सम्पादकहरू व्यस्त नै रहेको पाउँछु म ।


जीवन के हो  ?
जीवन एक सुन्दर उपवन हो । मलाई लाग्छ जीवन उत्सुकता, जिज्ञासा र खोजी हो । यस्तै सेवा, सद्भाव र अनुभूतिको संग्रह हो ।


तपाईंलाई क्रियशन गर्ने पे्ररणा कहाँबाट प्राप्त हुन्छ  ?
सिर्जना गर्न समाज र परिवेश मूलरूपमा अस्पृश्य प्रेरणा हुन् । जो भौतिक दृश्यजस्तो हुँदैन । लहड, रहर र आवश्यकताले निष्पत्ति हुने गर्दछ । जसरी वनकुञ्जभित्रबाट कोइलीको मीठो स्वर आउँदा हाम्रो ध्यान त्यतै जान्छ । मानौं हामी प्रेरित भयौं ।


सिर्जनाको आत्मा केलाई मान्नुहुन्छ ?
खास सिर्जनाको आत्मा त्यसको प्रभाव, आकर्षण र सामथ्र्यलाई मान्दछु । शिल्प, कारिगरी र नयाँ निजत्वलाई मान्दछु । कुनै सिर्जनाले आममान्छेलाई आकर्षित ग¥यो भने त्यही हो आत्मा ।


तपाईंको सिर्जनाको आधार के हो ?

मेरो वा कसैको पनि आधार उही हुन्छ । भोगाइ, परिवेश र प्रभाव । योभन्दा चौथो गृहमा कसैले टेक्न सक्दैन । व्याख्या, बहस र पैरवी आ–आफ्ना हुन सक्छन् ।


अन्त्यमा ?
यो बसाई र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद । मेरा केही कुरा र यो क्षेत्रका केही कुरा तपाईंको पत्रिकामार्फत पस्किने यो अवसरका लागि आभार प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.