January 13, 2026

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पतंजली योगपीठ नेपालमा काण्डैकाण्ड


रामदेवका नाममा शालिकरामको बितण्डा

०७३ पुस २५ गते नै शालीकराम सिंहको कर्तुत डायरी एक्सप्रेस साप्ताहिकमा बाहिर आएको थियो । तर पनि नियामक निकायले सुनेनन् । अहिले ठ्याक्कै अख्तियारले फन्दामा पारिदियो बदमासी गर्ने अपराधिहरु पानीनि गएपनि नछुट्ने रहेछन् भन्ने नेपाली कहावत अहिले चर्चित पतन्जलीको हदबन्दी लगाएको जग्गा काण्ड सम्बन्धि विषयले खुलासा गरेको छ ।


२०७३ साल पुस २५ गते डायरी एक्सप्रेस साप्ताहिकमा प्रकाशित मूख्य ब्यानर समाचार
काठमाडौं । कुनै भीभीआइपीको घरमा जस्तै २४सैं घण्टा प्रहरी सुरक्षामा रहेर मासिक रूपमा ५० औ करोडको जग्गा खरिद गर्दै आएका शालीकराम सिंह अध्यक्ष भनिएको पतंजली योगपीठ नेपालमा विवादस्पद् काण्डहरू घट्दै आएपनि प्रशासनको ध्यान पुग्न सकेको छैन । उनले भारतका योग गुरु रामदेव यादव (बाबा रामदेव) को नाम भजाएर नेपालमा विभिन्न खालका गैर कानुनी काममा संलग्न रहँदै आएका छन् । यो संस्था सीडीओ कार्यालयमा समेत हालसम्म दर्ता समेत गरिएको छैन । सामान्य मानिसले सञ्चालन गरेको कुनैपनि सस्था दर्ता नगरी सन्चालन गरेको खण्डमा तुरुन्तै सजायको भागिदार हुन्छ । तर, रामदेव यादव र उपेन्द्र महत्तोको नाम भजाएर यो संस्था हालसम्म पनि दर्ता नगरिएको हो । यो अवस्था देखेर स्थानीयबासीहरू छक्क परेका छन् । एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महत्तोको साथ पाएपछि दर्ता नै गर्नुनपर्ने भएकाले उक्त संस्थाका स्वघोषित अध्यक्ष शालीकराम सिंह भने पुर्व राजाहरू जस्तै ऐन, कानुन र संविधान भन्दा पनि माथि रहेको भान स्थानीय बासिन्दाले गर्दै आएका छन् । रामदेवलाई कंग्रेस आईको सरकारले भने करौडौं कर छली गरेको भन्दै छानबिन गरेको थियो । तर, बिजेपीको सरकार आएपछि भने उनी मोदीका सल्लाहकार जस्तै भएका छन् । बहुराष्ट्रिय कम्पनीको विरोध गरेर भारतमा चर्चामा आएका रामदेवले नेपालमा भने विभिन्न कम्पनीले उत्पादन गरेका सामानहरू आफ्नो छाप लगाएर म्याद नाघेका सामानहरू विक्री गरेका छन् । कतिपय सामानहरू रिप्याकिङ गरेर नयाँ मिति टासेर बेच्ने गरिएको गुनासो आए पनि पहुँचकै भरमा कार्वाही गरिएको छैन । अर्थात पतञ्जलीका नाममा बहुराष्ट्रिय कम्पनीको अवधारणा अनुसार नै नेपालको बजारलाई हस्तक्षेप गरेका छन् । भारतमा एक सय जना धनाढ्यको सूचिमा रहेका उनी र उनका सहयोगि बालकृष्ण आचार्य (सुवेदी) को सामान बेच्ने बजारको रूपमा नेपाललाई प्रयोग गर्ने निश्चित भएको छ । रामदेवका नेपाल प्रमुख भनिएका ंिसंहले मण्डिकाटारमा १४÷१५ रोपनी जग्गामा आश्रम बनाएका छन् । उक्त आश्रम बनाउनका लागि एक दर्जन व्यक्तिहरूको घर किनिएको थियो । तर दर्ता नभएको आश्रममा कुनै जग्गा खरिद गर्न नमिलेपछि विभिन्न व्यक्तिहरूको नाममा राखिएको छ । साथै उक्त आश्रममा एक दर्जन भन्दा बढि युवतीहरू सेवा र सत्कारका लागि भन्दै राखिएका छन् भने भूकम्प पीडित भन्दै ३० जना बच्चाहरू राखेका छन् । आश्रममा राखिएका बच्चाहरू सिंहका माग्ने कमण्डलु हुन्् । आफु मधेसी हुँ भन्दै उनले तत्कालीन राष्ट्रपति लाख रूपैया पनि नपर्ने खाना ख्वाएर सबै रकम हजम बनाएका छन् । तर एक जना कर्मचारी भन्छन् उक्त खाद्यन्न कुलेश्वरबाट खरिद गरिएका म्याद नाघेका र रिप्याकिङ गरी ल्याएका पुराना सामान थिए । सिंहले कहिले काँही देखाउनकै लागि पनि हरिद्धारबाट आएका ट्रकका सामान मण्डिकाटारमा अनलोड गराउने गर्दछन् । केहि खाद्यन्न बाडिएको भनिएपनि आफैले सदस्य बनाइएका धनाढ्य एकल महिलाहरूलाई मात्रै लाइनमा राखेर तस्बिर खिचाइने गरिएको छ ।


को हुन् शालिकराम सिंह ?
जनकपुरका बिहार कुण्डका स्थायी बासिन्दा सालिकराम गिरिजा प्रसाद कोइराला कोइरालाको प्रधानमन्त्री हुँदा सहयोगीका सुजाता रामबरण यादवलाई दैनिक खाना खान बोलाउने गरेका थिए । तर राष्ट्रपतिबाट बारिरिएपछि भने यादवको अन्ततः अयोग्य नै ठहरिए लोकमान सर्वोच्चको फैसलाले राज्यलाई यसरी भयो अरबौं फाइदा आउँजाउँ कमि भएको छ । सिंहले पूर्व प्रधानमन्त्री तुल्सी गिरीको पुरानो घर खरिद गरेका छन् । उक्त घरमा हाल शान्तिमन्त्री सीतादेबी यादब बसेकी छन् । सीता देवी पनि भारतमै जन्मेकी अंगिकृत नागरिकताधारी हुन् । त्यसैले उनीसँग नज्दिगी बढेको हो । क्यासीनोका पारखी सिंह युवतिहरू राखेर ऐस र आरामका साथ रिसोर्टमा पुग्ने गरेको एक जना आश्रमकै कर्मचारीले नाम नबताउने शर्तमा भने । आश्रममा भारतीय दुतावासबाट सहयोग स्वरूप प्राप्त गरेको एम्बुलेन्स पनि छ । तर, वरपरका छिमेकीहरू त्यो प्रयोग गर्न पाउँदैनन । भूकम्प पीडितका नाममा हरिद्धारबाट ल्याइएको भनिएको १० औ ट्रक दाल, चामल र तेल कामै नलाग्ने बनाएर मण्डिकाटारकै आश्रममा गाडीएको छ । रामदेवले भूकम्प पीडितहरूका लागि भनेर २० करोड रूपैया सहयोग रकम पठाएका भएपनि सिन्धुपाल्चोकका जनतालाई १० रूपमा मण्डिकाटारको घरमा बस्ने गरेका थिए । उनले पहिलो पटक सुजाता मार्फत नै रामदेबलाई भेट्ने मौका पाएका हुन् । सिंह अहिले त्यही संस्थाका नेपालका अध्यक्ष भनेर चिनाउँछन् । अहिले टेलिफोन गर्ने वित्तिकै शालीकराम कहाँ प्रहरीका हाकीमहरूले विशेष सुरक्षा कमाण्डो नै पठाउने गरेका छन् । भारतीय दुतावासको कृपापात्र बनेका सिंहले पहुँचकै भरमा प्रहरीका हाकीमहरूलाई सार्वजनिक रूपमा आमाचकारी गाली गर्ने गरेका छन् । अहिले अरबपति व्यापारी उपेन्द्र महत्तो समेतको संलग्नता भएपछि सिंहलाई कुनै कानुनले नछुने अनुमान सबैको छ । युवतीहरू कालो सिसाका गाडीमा बसेर सिंहसँग घुम्ने गरेका हुन्छन् । धार्मिक कार्यक्रममा घाटीभरी रुद्राक्ष भिर्ने सिंहले अन्य समयमा भने कोट पाइन्टमा सजिने गरेका छन् । आफुलाई इन्जिनियर भनेर परिचय दिने उनले धेरै लगानी सुजाता कोेइरालाकै रहेको जानकारहरू बताउँछन् ।


श्रीमतीलाई आफुसँग राखेर श्रीमान् गायब बनाउने अपराधिक कार्य

सिंहका सहयोगीका रूपमा काम गर्दै आएका एक जना शर्मा थरका व्यक्तिलाई हाल गायब बनाइएको छ । उनकी श्रीमती अत्यन्त राम्री भएकीले श्रीमान्लाई गायब बनाई एउटा घर किनिदिएर सिंहले आफ्नै राखेको संस्थाकै सदस्यले बताए । अहिले शर्मा जिबित छन् कि छैनन् कसैलाई थाह छैन । यो अवस्था हेर्दा पञ्चायतकालमा सहायक मन्त्री बनेका स्याङजाका खड्ग बहादुर गुरुङले तीनवटा विवाहित श्रीमती पश्चात एक जना व्रिटिसका लाहुरेकी श्रीमतीलाई संगै नै हिडिरहेको अवस्थामा राणाशासनको समयमा जस्तै गरी डिभोर्स गर्न लगाएर आफैसँग विवाह गरेका थिए । जबकी गुरुङले परिवार नियोजन समेत गरिसकेका थिए । एक जना त्यही कार्यरत कर्मचारीले हाम्रा प्रतिनिधिसँग बताए ।


एकल र धनी महिलाहरू योगपीठमा सदस्य
पतञ्जली योगपिठ नेपालमा धनी र एकल महिलालाई मात्रै सदस्य बनाउने प्रथामिकतामा राखिने गरेको स्रोतले बतायो । अहिले ५०० भन्दा बढि एकल र धनी महिलाहरूलाई आश्रमको सदस्य छन् । उनीहरू आश्रममा निमित्त सुरक्षा कबचका रूपमा प्रयोग गरिन्छन् । कुनै कार्यक्रममको समयमा एकै साथ उपस्थित हुने र महिलाहरूलाई सजिलै प्रभावमा पार्न सकिने भन्दै एक जना कर्मचारीले रहस्य खोले ।


योगपिठका नाममा ल्याइएका सामान विक्रीमा

भूकम्प पीडित बच्चा र आश्रममा कार्यरत कर्मचारीका नाममा ल्याइएका सामनहरू पनि सिंहले बेच्ने गरेका छन् । उनले देखाउनका लागि तीप् बच्चाहरू हरिद्धारसम्म पनि भ्रमण गराएको स्रोतले बतायो । बच्चाहरूलाई पनि खाना बस्न र शिक्षाका लागि मापदण्ड बमोजिम हुन नसकेको स्थानीयहरूहरूको गुनासो छ ।


सम्पत्ति शुद्धिकरण विभागको वेवास्ता
स्रोत बिनाको अरबौ को सम्पत्ति जम्मा गराएका सिंहलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत कुनै कार्वाही गरेको छैन । विभागले सुस्त गतिमा काम गरेका कारण यस्ता खालका माफियाहरूको मनोबल बढेको बुद्धिजिबिहरू बताउँछन् । सिहको रहनसहन कुनै राजर्सी महाराजको भन्दा कमि नभएको भएपनि उनलाई सम्पत्ति छानविन आयोगले पत्र समेत काटेको छैन । विदेशी लगानीका लागि पनि योगपिठले स्वीकृती लिएको छैन । त्यसो त कतिपयले रामदेवको भन्दा पनि सुजाताको सम्पत्ति नै लुकाएर शालिकराम जग्गा किनिरहेको बताएका छन् । सुजाताले काठमाडौ ं मेडिकल कलेज स्वीकृतिका लागि मात्र पनि एक करोड रूपैयाँ घुस खाएकी थिइन । दर्ता किन नगरिएको हो भनेर उनको संस्थाको फोन नम्बर ०१४३७१२४४ मा सम्पर्क हु ँदा आफुहरूले कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता गरेको लेखाका कर्मचारी हरि भण्डारीले बताए । तथापि उनले शालीकराम सिंहले घटाएको काण्डका बारेमा भने व्यक्तिगत कुरा भन्दै प्रतिक्रियाका लागि पन्छिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.