July 9, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

वैदेशिक रोजगार विभागमा अनेक धन्दा


विष्णु प्रसाद होमागाई
काठमाडौं । वैदेशिक रोजगार विभागमा अहिले जसरी पनि पैसा कमाउ र रमाउ भन्ने प्रवृति कर्मचारीहरुमा देखा परेको छ । राज्यले रोजगारीका लागि पठाएका पीडितहरु उजुरी लिएर त्यहाँ पुगेपछि न्याय पाउला भन्नु “आकाशको फल आँखातरी मर” जस्तै बनेको छ । घुस रकम मातहतका कार्यालयमा बुझाएर गएका भनिएका अधिकांश कर्मचारीहरु दलालसँग मिलेर करोडौं रकम कमाउने दाउँमा लागिरहेका छन् ।


सामान्य मानिसहरुले न्याय पाउनु त कुरै छैन । डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधि विभागमा पुग्दा एक जना निर्देशक उपेन्द्र पौडलले महानिर्देशकको कार्यालय भएको भवनको प्यासेजमै एक जना वैदशिक रोजगार ब्यवसायी महिलालाई अश्लिल हर्कत गरेका थिए । उनले अन्य कर्मचारी र सेवाग्राहीकै सामुु ति महिलाको गालामा चिमोटेका थिए । जेष्ठ २८ गते बुधबार दिनको चार बजेको समयमा उनले आफु मातहतका कर्मचारीलाई निर्देशन दिँदै “उ मेरो बहिनी हो मेनपावर वाली उसको जुनसुकै काम पनि तुरुन्तै गरिदिनु” त्यसपछि ति जनजाती जस्तो देखिने महिला लजाएकी थिइन् । कार्यालयमै यसरी अश्लिल हर्कत गर्न मिल्छ भनि जनपक्षिय मिडिया सञ्चालक मञ्चको संयोजक प्रकाश रोकायाले प्रश्न गर्दा उनले मेरी बहिनी हुन् जे गर्न पनि पाउँछु भन्ने रुखो जवाफ दिए । तर, ति महिला उनको आफ्नै बहिनी नभएको कार्यालय स्रोतले बतायो । मञ्चका अध्यक्ष रोकायाले महानिर्देशक कमल प्रसाद भट्टराईसँग यस बारेमा प्रश्न गर्दा बुझेर जवाफ दिने बताए पनि पछि फोन नै नउठाएको बताईन्छ । डायरी एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशनार्थ प्रतिक्रियाका लागि अश्लिल हर्कत गर्ने निर्देशक पौडेललाई प्रश्न गर्दा उनले समाचार नछाप्नु आएर भेट्नु भनेका थिए ।


पछिल्लो समयमा श्रम स्वीकृति शाखामा काम गरेका पौडेलले रातको १२ बजेसम्म पनि कार्यालयमै बसेर वैदेशिक रोजगार व्यवसायीसँग भलाकुसारी गर्ने गरेको बताईन्छ । बुधबारै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानका स्वकीय अस्विर खानसहितको टीम पीडितको उजुरी दर्ता गराउन खोज्दा निर्देशक लवराज जोशीले दूव्र्यवहार गरेको यो प्रतिनिधिलाई बताएका थिए । बाँकेका १३ जना युवाहरु कुबेत जानका लागि दलालले रकम लिएर अलपत्र पारेपछि उजुरी पश्चात सभापति खानका स्वकीय विभागमा पुगेका हुन् । तथापि विभागका निर्देशक जोशीले उल्टै पीडितका तर्फबाट उजुरी लिएर गएका आधिकारिक ब्यक्तिलाई नै धम्की दिए । यस विषयमा विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसँग पनि यो समूहले गुनासो राखेका थिए ।


विभागमा उजुरी शाखामा छलफल गर्दा कर्मचारीहरु पीडिततर्फ भन्दा वैदेशिक रोजगार व्यवसायीहरु प्रति बफादार भएको प्रष्ट देखिन्थ्यो । फ्रि भिसा फ्रि टिकट भनिए पनि विभागको शून्य अनुगमनका कारण अहिले पनि वैदेशिक रोजगारमा जाँदा बेरोजगार युवाहरुले तीन लाख भन्दा बढि रकम तिर्न बाद्य छन् । पीडितलाई विभागमा दलालहरुले कर्मचारीकै सामु हप्की दप्की गरिरहेका हुन्छन् । मासिक रकम उठाएर पोल्टा भरेका कर्मचारीहरु नतमस्तक देखिन्छन् । श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई रकम बुझाएर आएको हो उठाउनुपर्छ भन्दै कर्मचारीले पैसा मागेर हैरान बनाएको एक जना रोजगार व्यवसायीले नाम नबताउने शर्तमा प्रष्ट पारे । प्रत्येक कार्यालयमा पैसा असुल गराउनका लागि निर्जला राउत नाम गरेकी महिलालाई श्रममन्त्री भण्डारीले पठाउने गरेको मन्त्रालय अन्तर्गतको एक कार्यालयका कर्मचारीले बताएका छन् । मन्त्रीसँग सिधा सम्पर्क भएका वैदेशिक रोजगार व्यवसायीहरु महानिर्देशकलाई धम्क्याएर काम गरिरहेका हुन्छन् । त्यसैले जनताको करबाट तलब भत्ता खाएका कर्मचारीहरु पीडितका पक्षमा कहिल्यै पनि काम गर्न चाहदैनन् र गर्ने वातावरण पनि दलाल माफियाकै कारण असम्भव बन्दै गएको छ ।


डायरी एक्सप्रेस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.