July 9, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भेडाहरुलाई मालिकले कहिले समाजबादको चटक, कहिले लोकतन्त्रको चटक त कहिले राजतन्त्रको चटक देखाउँछन्

1 min read


प्रा.डा. राजेन्द्र बिमल भाषाशास्त्री


२६ मार्च सन् १९४७ मा आमा सुशीला देवी र बाबु कुशेश्वर लाभको सन्तानको रुपमा जन्मनुभएका प्रा.डा. राजेन्द्र बिमल भाषाशास्त्री हुनुहुन्छ । कथा, नाटकलगायतका दर्जनौं पुस्तकका लेखक बिमल एक जना विद्धान ब्यक्तित्का रुपमा चिनिनुहुन्छ । हुनतः डा. बिमललाई मुर्ख दिवसमा मैथली समाजले महामुर्खको उपाधि पनि दिएको छ । स्पष्ट वक्ता र कसैसँग मोलाहिजा नगर्ने बानीका कारण उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका उच्च पदमा पुग्न सक्नुभएन । तथापि राजनीतिक क्षेत्रमा देखिएको अन्यौलको अवस्थामा चिरफारका लागि भाषाशास्त्रीको आँखाले कसरी हेर्नुभएको छ ? यिनै विषयमा नारायण प्रसाद शर्माले उहाँसँग गरेको छोटो अन्र्तवार्ताः


तपाई एक जना भाषाशास्त्रीको दृष्टिमा अहिलेको राजनीतिलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
वर्तमान अवस्थामा राजनीतिक दृष्टिकोणले हेर्दा मलाई २००७ साल देखिको सम्झना हुन्छ । नेपालको राजनीतिमा जहिले पनि नेताहरुले संक्रमणकाल भन्दै आए, तर, दूर्भाग्य नेपालको इतिहासलाई हेर्दा कहिल्यैपनि राजनीतिक स्थिरता भएन । यो नै अत्यन्तै दूर्भाग्यपूर्ण अवस्था हो ।
सबैभन्दा ठूलो कुरा मानसिक रुपमा नेपाल कहिल्यै पनि स्वतन्त्र राष्ट्र रहेन । जहिले पनि शक्ति राष्ट्रसँग समिकरण मिलाउनुपर्ने बाध्यतामा रहँन गयो । अहिले झन जटिल बन्न पुग्यो । पहिले दक्षिणको शक्ति र उत्तरको शक्ति गरी गरी दुईवटा शक्ति थिए । जसलाई मैले आसे र पासे भन्ने गरेको छु । तेस्रो शक्ति आसे पासे पछि आकाशे भन्ने गरेको छु । आकाशे शक्ति भनेको युरोपियन युनियन र अमेरिकी शक्ति इत्यादी हुन् । । त्यो शक्ति ‘नेशनलिटी’ जुन समयमा टर्कीका राष्ट्रपति कमन त्वसा थिए, उनले १९१९ देखि फ्रेन्च क्लोनीको विरुद्धमा आन्दोलन सुरु गरेका थिए । उनलाई एक जना पत्रकारले सोधे, तपाईसँग देश बनाउने के योजना छ, टर्कीलाई कस्तो बनाउँनुहुन्छ ? भन्दा उनले भने ‘म पूर्वाधारको विकास होस् भन्न लाग्दिन । मिलिटरी पावरको बढोत्तरी हुन्छ भन्नेमा पनि लाग्दिन । म सबैभन्दा पहिले राष्ट्रियताको विकासका लागि लाग्छु ।’ किनकी राष्ट्रियताको विकास भएन भने कुनैपनि काम हुन सक्तैन । अहिलेसम्म कति अस्थिरता छ ? एक वर्ष दुई वर्ष र तीन वर्षसम्म शासन व्यवस्था चलेको छ । पाँच वर्ष पनि टिकेका छैनन् । किनभने ‘वाइज स्कलरहरु’ भएनन्, इमान्दार नेताहरु भएनन् साथै राष्ट्रका निमित्त मरिमेट्ने, कठोर परिश्रम गर्ने जनताहरु भएनन् । त्यसैले एक खालको अन्यौलको अवस्था सिर्जना भयो । जुन दूर्भाग्यपूर्ण हो । शासन व्यवस्था बदलिनु भनेको गोमन सर्पले काँचुली फेरे जस्तै हो । गोमन सर्पले काँचुली फेर्दैमा त्यसको विष जाँदैन । हामीले कम्युनिस्ट शासन, माओवादी शासन, राजाबादी शासन जे भने पनि केहि हुँदैन । जुन देशमा जनतामा चेतना हुँदैन । त्यो चेतनाहीन राष्ट्रको गर्भबाट भेडाहरु मात्रै जन्मन्छन् । तीनै भेडाहरुले सुरक्षाका लागि मालिकहरु खोज्दछन् । मालिकहरु पनि भेडाका हितका लागि हैन सत्तालोलुप हुन्छन् । स्वार्थी हुन्छन् र जुधाउँछन् । भेडाहरुलाई मालिकले कालन्तरमा कहिले समाजबादको चटक, कहिले लोकतन्त्रको चटक त कहिले राजतन्त्रको चटक देखाउँछन् । तर, भेडाहरु जहिले पनि भेडा नै रहन्छन् । देशको मूलभूूत समस्या गरिबी, भ्रष्टाचार, युवाहरुको विदेश पलायन हुने क्रम, लागू औषधमा फस्ने, बलात्कार बढ्ने जस्ता जनताका तमाम मूलभूत समस्याहरु चटकेले चटक देखाए जस्तै भएका छन् । यसरी हामीलाई त ‘सिस्टम अफ गर्भमेन्ट चाहिन्छ’ । राम्रा मानिसहरु जुन व्यवस्थामा हुन्छन्, यी समस्याहरु जसले समाधान गर्छन् त्यहि व्यवस्था नै राम्रो हुन्छ । चेतनाहीनताले गर्दा अहिले झनै चर्कोरुपमा उठको छ । तरंग उत्पन्न भएको छ । पहिला राजसंस्थालाई तिनै भेडाहरुले फाले । अहिले फेरी राजा आउ देश बचाउँ भन्नेहरु पनि तिनै भेडाहरु छन् । त्यसको कारण राष्ट्रियता विकास हुन सकेन ।


राष्ट्रियता विकास हुन नसक्दा दूर्भाग्यपूर्ण अवस्था बनेको हो ?
हो, यसैकारण एउटा देशको नेताले भ्रष्ट देश (Corrupt Country ) भनिदिन्छ । नेपाल कसरी भ्रष्ट देश हो ? Most of the politician are corrupt भन्न मिल्छ । यो बुद्धको अपमान हो । जुन देशमा गौतम बुद्ध जन्मिएका छन् । मिमांसा, शांक लगायत महान परम्परा दिएको छ । यस्तो महान जीवन दिएको देशलाई किन भ्रष्ट भनिएको हो ? किनकी हामीले देशमा राष्ट्रियताको शिक्षा दिन सकेनौं । हामीले झण्डाको महत्व बुझाउन सकेनौं । जसले त्यहि झण्डालाई जलाउने प्रयास गरेका छन् । संविधान संशोधन नगरी जलाऔं भनिन्छ । यो चाहीँ किन भएको छ ? जनतामा चेतनाका अभाव छ । नेताहरुले जानीजानी भेडा बनाउन खोज्ने ? यो देश गरिब र अशिक्षित होइन । गरिव र अशिक्षित बनाइएको हो । उनीहरुलाई शिक्षासँग कुनै मतलव छैन । अन्यथा किन अंशबण्डा गर्थे ? यो विश्व विद्यालयमा यो पद, प्रज्ञा प्रतिष्ठानमा यो पद भन्दै किन अंशबण्डा गर्थे ? यस्ता विकृति र बेथितिहरु आउनुमा ऋचष्कष्क या ल्बतष्यलष्ष्तिथ (राष्ट्रियताको अभाव) नै हो । जुन जनता, नेता र बुद्धिजिबीमा अभाव हुन पुग्यो । सबै बुद्धिजिबीहरु राष्ट्रलाई एउटा दिशा दिनुपर्नेमा नभई लाभको पदमा पुग्नका लागि कसरी विश्व विद्यालयको उपकुलपति, राजदूत वा अन्य कुनै पदमा लैजालान् कि भनेर लागिपरेका छन् । जुन प्रतिस्पर्धा हो, त्यसमा राष्ट्रले अभिभावक, रोलमोडेल पाएन । जुन अत्यन्तै चिन्ताजनक अवस्था हो । यसको विकल्प के हो त ?


देश विधिमा जान नसक्नुमा संविधान हो कि नियति हो ?
संविधानमा त विकृतिको निवारणका कुराहरु न लेखिएका छन् । गरिबी र समावेसीका नाममा आफ्ना मान्छेहरु राख भनिएका छन् । संविधानमा त्रुटी भएको छ भने त सच्याउन सकिन्छ । संविधान असंशोधनीय हुँदैन । अर्को कुरा जसरी दलका नेताहरु गुटउपगुटमा विभाजित भएका छन्, यिनीहरु आफुलाई प्रजातन्त्रवादी भनेपनि जीनमा देखिएको छैन । यदि साच्चिकै उनीहरुमा प्रजातान्त्रिक संस्कार भएको भए त एउटै पार्टी हुनुपर्दथ्यो । उनीहरुको व्यवहारमा त प्रजातन्त्र कहिँ कतै पनि छैन । कुनै बहस गर्नुभयो र विरोध गर्नुभयो भने राता राता आँखा गरी निलौला जस्तो गरिदिन्छन् । कहाँ छ डेमोक्रेसी ? डेमोक्रेसी भनेको त सबैको कुरा सुन्नु हो । जैन धर्ममा भनिन्छ स्यादवाद ।
कम्युनिस्ट भनिन्छ चरित्रमा कहाँ छ ? कुन कम्युनिस्ट नेताले गरिबी र गरिबको पक्षमा हेरेका छन् ? कोरोनाका समयमा दुलोमा पसेर नेताहरु गरिबलाई एकमुठ्ठी चिउरा पनि दिएनन् । त्यसैले यिनीहरुमा साच्चिकै राष्ट्रप्रेमको भावना हुने हो भने, हाम्रा जीवनका मूल्यहरु श्रेष्ठ छन्, भनेर बुझाउन सकियो, हाम्रो राष्ट्रको महानता कसरी कायम राख्न सकिन्छ ? भनेर दूरदृष्टि ल्याएर हामीले सरकारलाई सुझाव दिन सक्छौं त्यो खालको राष्ट्रप्रमी विद्धानहरु संगठित हुना सकेनन् । विद्धानहरु पनि पथभ्रष्ट भए त्यसैकारण देश अभिभावकविहिन भयो । यो अभिभावकविहिनताको अवस्थामा लालपुर्जा उसको र भोगचलन छिमेकीको भइरहेको छ । त्यसैले हाम्रा नाममा लालपुर्जा छ भोगचलन अर्कैको छ ।


योग्य र इमान्दार मानिसलाई कसरी नेतृत्वमा पु¥याउने त ?
जनचेतना नभए केहि पनि हुँदैन । जुन देशमा जनचेतना छैन, त्यहाँ भेडाहरु मात्रै जन्मन्छन् । हामीले जनचेतना कसरी जगाउँने ? राष्ट्र र राष्ट्रियताको विषयमा कसरी बुझाउने ? त्यसैले अहिले मैले सानो प्रयास गरेको छु । डा. राजेन्द्र बिमल प्रतिस्ठान गठन गरेर राष्ट्रिय एकताको पक्षमा भएकाहरुले साझा मञ्च पाउन भन्नका लागि कसरी राष्ट्रिय गौरबलाई सम्बर्धन गर्ने ? भन्ने विषयमा एक जुट कसरी हुन सकिन्छ ? भनेर अनुसन्धान गर्न आवश्यकता अनुभव गरेको छु । जनतामा चेतना अभिवृद्धिका लागि चिउरा र मासुमा बिक्ने जनताहरुलाई गुलाम बनाएका छन् । नेताहरु नेतालाई पैसा, मासु चिउरा दिएर भोट जितेर आउँछन् । भ्रष्टाचार गरेर आउँछन् तर, मञ्चबाट भ्रष्टाचारको विरोध गर्छन । कानून बनाउने गर्छन् आफै भ्रष्टाचार गर्छन् । त्यहाँबाट फुरी एक करोड वा दुई करोड दिनुस् भन्दै मधेसबाद, फलानो बाद भन्दै लम्पसार पर्छन् । कसरी भ्रष्टाचार गर्ने ठाउँमा पुगिन्छ त्यो उपया अप्नाउँछन् । मन्त्री बनेपछि विदेशीको पाउँमा लम्पसार पर्छन् । हामीलाई शासन लम्बाईदेउ भन्दै शासन सत्ता विक्रीमा छ । जनता विक्रिीमा, नेता पनि विक्रीमा छन् । यो भयावह अवस्था छ । तपाई हामी जस्ता मानिसहरु पनि विचलित हुनुपर्ने अवस्था आएको छ । त्यसैले संगठित रुपले प्रयास गर्न सक्नुपर्दछ ।


एक थरी मानिसहरु दलका नेताहरुको व्यवहारबाट आजित भएर राजा ल्याउनुपर्छ भन्दै हिडेका छन् । कसरी समाधन होला त ?


मूल समस्या भनेको गरिबी, अशिक्षा, अन्धविश्वास, बलात्कार, भ्रष्टाचारका काण्डहरु वाइडबडी, ललिता निवासलगायतका काण्डहरु हुन् । जुन नदोहोरिउन् । विदेशमा गएर रेमिटान्समा मात्रै बाच्ने अवस्था सिर्जना भएको छ । त्यसका निमित्त कसरी मुक्ति पाउने ? त्यो जनताले सहज पहुँच पाउँछन् । बच्चाहरुमा लागू औषधको लत बसेको छ । विदेशी आइएनजीओहरुले मानसिक रुपमा कोलोनाइज्ड ((उपनिवेश) बनाएका छन् । यसरी मेन्टल कोलोनाइएजेनबाट कसरी मुक्ति पाउँने ? यि सारा प्रश्नमा ध्यान दिन सकिएको छैन ।


कुन तन्त्र उपयोगी होला त अबका दिनहरुमा ?
हाम्रोमा अभिभावक तन्त्रको आवश्यकता छ । जसलाई गार्जिएनोक्रेसी भनिन्छ । हामीले राजतन्त्र, प्रजातन्त्र र कम्युनिस्ट शासन पनि हेरेका छौं । संसारबाट कसरी असफल भए त्यो पनि देखेका छौं । विकृतिहरु पनि देखेका छौं । त्यसैले तेस्रो विकल्पका रुपमा यो अभिभावकतन्त्रको अवधारण ल्याएका छु । विश्व विद्यालयमा लिडरसीप डेभ्लपमेन्ट फ्याकल्टी हुनुपर्दछ । त्यसमा चाहिँ केहि अनिवार्य विषयहरु पनि हुनुपर्दछ जस्तै नैतिक विज्ञान । जसमा सैद्धान्तिक र व्यवहारिक मुल्यांकन, सैनिक प्रशिक्षण हुनुपर्दछ । हाम्रा स्वास्थ्यमन्त्री फिता काटेर उद्घाटनमा हिड्दैमा ठीक्क छ । देशभरमा कतिवटा स्वास्थ्य चौकी छन् थाह हुँदैन । शिक्षामन्त्री छन्, उनलाई पनि केहि थाह हुँदैन । जलस्रोत मन्त्रीलाई त्यहाँको अवस्था थाहै हुँदैन । जक्तिवटा मन्त्रालय छन् । त्यतिवटै मूख्य विषय राखेर ज्ञान दिइन्छ । यसरी नेशनालिटी, मोरालिटी, सैनिक तालिम आदी कुराहरु चाहिएको छ । विश्व विद्यालयमा मेट्रिक मात्र पास गरेको छ भने गाउँ सभासदसम्म, स्नातकसम्म पढेको छ भने गाउँपालिका र नगरपालिकाको प्रमुखसम्म, एमए पास गरेको छ भने सांसदसम्म बन्न सक्ने योग्यता हुनुपर्दछ । जुन विषयमा विज्ञता छ । मन्त्री बनाउँदा उसैलाई दिनुपर्छ । अहिले त खाली लस्कर लगाएर सलामी मात्रै खाने बानी हट्नुपर्दछ । जसरी पत्रकार भएर तपाईले घरघरै चहानुपर्छ त्यसैगरी काम गर्नुपर्छ । जागिरेहरु १० देखि ५ बजेसम्म काम गर्छन् मन्त्रीचाहिँ फिता काटेर बस्छन् । नो करप्सन नो डेमोक्रेसी भनेर भन्ने गरेको छु । मन्त्रीमा ग्लामर नहुने हो भने चुनावमा कोहि पनि उठ्दैन । तब नै मन्त्री र प्रधानमन्त्री बन्न खोज्छन् ।


नागरिकताको विषयमा तपाईको धारणा के छ ?
अहिले यहाँ पनि घर छ । अमेरिकामा पनि घर छ । यो पनि राष्ट्रियता हो ? दोहोरो नागरिकता तुरुन्तै बन्द गर्नुपर्छ । समावेसिता, किन चाहियो ? हाम्रो जस्तो देशमा संस्कार दिने नेताहरु नै हाम्रा अभिभावक हुन् । त्यसका लागि कुन नेतालाई पाच्य होला ? विकल्प यहि नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.