May 18, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

छिमकी देशमा पालित पोषित मानिसले नेपालभित्र राम्रो गरेको छ भनेर कसरी भन्ने ?


राजेन्द्र सिंह रावल, पूर्व मूख्य मन्त्री सुदूरपश्चिम प्रदेश तथा पोलिटब्यूरो सदस्य नेकपा एमाले


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चौतर्फी घेराबन्दीमा छन् । बिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता परिवर्तन हुने हल्ला चलाएको छ । अर्थात आफु सत्तामा जान हत्तारमा छ । आफ्नै पार्टीका केहि नेताहरुको असहयोग, सरकार साझेदार दलका नेताहरुको असन्तुष्टिका कारण प्रधानमनत्री ओली हैरानीमा छन् । त्यसै गरी शिक्षक आन्दोलन, चिकित्सकहरुको आन्दोलन पनि लामो समयदेखि क्रोनिक बनिरहेको छ । माग पुरा गर्न संविधान नै संशोधन गर्नुपर्ने अवस्था छ । जनतालाई दिनुपर्ने डेलिभरीमा पनि सरकार सुस्त छ । यिनै विषयमा सुदूर पश्चिमका पूर्व मूख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलसँग गरिएको छोटो कुराकानीः


दुई ठूला दल मिलेर सत्तामा जाँदा स्थायित्व हुन्छ, संविधान संशोधन गरिन्छ भनिएको थियो । तर, नौ महिना पुग्दा नपुग्दै सरकार फेरबदलको समय पुगेको हो ?
मुलतः संसदको संरचना टाउको गनेर हुन्छ । अहिले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर झण्डै दुईतिहाई संसद सदस्यको मतबाट सरकार चलेको छ । यो सरकार बन्नुको पछाडि देशमा भइरहेको अराजकता, धक्का, क्रमभंग जस्ता कथित नायक प्रचण्डपथ सत्ताका लागि जे पनि गर्न तयार थियो । गणितिय समिकरण देखाएर म्याजिक नम्बर छ भन्दै देखाउने गरियो । उहाँले कुकुर र हाडको खेल खेल्नुभएको कुरा आम जनता र पार्टीहरुले बुझेको देखेपछि मुलुकमा स्थिरता, सुशासन, समृद्ध नेपाल, सुःखी नेपाली भन्ने आकांक्षालाई पूर्णता प्रदान गर्नका निमित्त वर्तमान सरकार बनेको हो । यो सरकार बनाउने प्रस्ताव सत्ता गठबन्धनमा रहँनुभएका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नुभएको हो । उहाँले ‘डग एण्ड बोन’ को खेलमा प्रचण्डसँग आजित भएर यो मुलुकलाई स्थिरता र सुशासन चाहिन्छ भन्ने लाग्यो । साथै नीतिगत रुपमा बिचौलियाहरुलाई परास्त गर्दै राष्ट्र निर्माणमा दूर दृष्टिलाई निश्चित फ्रेमवर्क बनाएर अघि बढ्नुपर्छ । निर्वाचनमा भोलिका दिनमा छुट्टाछुट्टै आफ्नो घोषणापत्रसहित लड्नेछौं भनेर गठबन्धनको अभ्यास गरिएको हो ।


अहिले सत्ता साझेदार नेपाली काग्रेसका नेताहरु गगन थापा, शेखर कोइरालाहरुबाटै सरकार परिवर्तन गर्नुपर्छ भनेर आलोचना भइरहेको छ नी ?
यो विषयमा उहाँहरुको नेता पार्टी सभापति शेर बहादुर देउवा विदेशबाट फर्किएर विमानस्थल आउने बित्तिकै प्रष्ट पार्नुभएको छ । गठबन्धनमा कुनै समस्या नै छैन । यो सत्ता गठबन्धन वि.स. २०८४ को निर्वाचनसम्म नै जान्छ भनेर स्पष्ट पारिसक्नुभएको छ ।


कुलमानलाई हटाउने विषयमा, शिक्षकको आन्दोलनका विषयमा सरकारको आलोचना भएका छन् नी ? मन्त्रीहरु बर्खास्त भएका छन् । केहिले राजिनामा दिएका छन् । यस्तो अवस्थामा सरकार लोकप्रिय बनेको छ कि लोकप्रियता घटेको छ ?
नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । हिजो ओलीलाई गफाडी भन्थे । धराहरा ठडियो । चार र छ लेनका सडकहरु बनेका छन् । पूर्वाधारहरु बनिरहेका छन् । बिग्रेका र भत्किएका संरचनाहरु बन्दैछन् । हिजोका सरकारले बिगारेका र भत्किएका सडकहरु अहिले धमाधम निर्माणका प्रक्रियामा छन्् ।


सरकारको गुड गभर्नेन्स फेल भएको हो ?
यो विषय मैले स्वीकार्दिन । सानो गल्ति गर्ने बित्तिकै हामीले कारबाही गरेका छौं । सुदूरपश्चिम प्रदेशमा पनि अडियो आउने बित्तिकै मन्त्री हटाएका छौं । केन्द्रमा मन्त्री हटाउँदा हामीले सिफारिस गरेका पनि होइनौं । उहाँकै पार्टीको क्याबिनेट मन्त्री छन् ।

कान्छाराम (पूर्ण बहादुर तामाङ) ले त ओलीलाई ढाल्नैपर्छ भन्दैछन् नी ?
उहाँले भन्ने बित्तिकै ढल्ने भए त ढलिसक्थ्यो नी ?

प्रचण्डले संसदीय दलको बैठकमा देउवाले फोन गर्नुभयो केहि छ । पछि छलफल हुन्छ भन्नुभएको थियो ?
प्रचण्डलाई सत्ता बाहिर बस्न सक्ने बानी परेको छैन । उहाँले निर्वाचन नै नलडी ८२ सिट सित्तैमा प्राप्त गर्नुभयो र त्यसलाई क्यास गर्नुभयो । हामीले देखिरहेका छौं । अहिले पनि रञ्जित रेले बोलेका कुरा बाहिर आएका छन् । उहाँलाई सबैजनाले चिनिसकेका छन् । उहाँका बारेमा मैले बोल्नु नै पर्दैन ।


प्रचण्डले त ओलीलाई जसरी पनि आउट गरौं भनिरहँनुभएको छ ?
उहाँलाई ओलीको नाम नलिइकन खाएकै पच्दैन । दिनमा १० पटक नाम लिनुपर्छ ।


सँगै मर्ने सँगै बाच्ने भनेका मानिसले धोका दिए भनिरहँनुहुन्छ ?
उहाँले सरकार ढाल्ने त के कुरा पखेटा पनि हल्लाउन सक्नुहुन्न ।


अब पनि कम्युनिस्ट पार्टीबीच ध्रुबिकरण हुँदा प्रचण्डसँग त्यस्तो कुनै गठबन्धनको सम्भावना छैन ?
जबसम्म वैचारिक कुरा नैतिक मूल्य र मान्यताका आधारमा राजनीति हुन्छ । एक माघले जाडो जाँदैन । उहाँ करेक्सन गर्ने मानिस हो कि होइन हामीले देखिसकेका छौं । उहाँ कम्युनिस्ट हो कि होइन ? छिमकी देशमा पालित पोषित मानिसले नेपालभित्र राम्रो गरेको छ भनेर कसरी भन्ने ? उहाँका सारा कुराहरु छताछुल्ल भएका छन् । यसकारण उहाँ कम्युनिस्ट आन्दोलनको मानिस हो भन्न पत्याउनै गाह्रो भयो ।


अहिले आम मानिसहरुमा जुन निरासा देखिन्छ कारण के हो ?
पहिलो कुरा त अहिले आएर बाहिरबाट ‘सो कल’ टिप्पणी प्रस्तुत गरिएका छन् । ‘हाइब्रिड वार, फेक वार, क्यापिटल फ्लाइट, इन्कन्भेसनल वार’ नेपाल भित्र भएका छन् । उत्तर र दक्षिणमा दुई ठूला देश छन् । उनीहरुले कसरी आफ्नो पोलमा पार्ने ? भन्ने कुरामा छन् । हामीले असंलग्न परराष्ट्र नीतिमा चल्छौं भनिरहेका छौं । हाम्रा लागि दुबै छिमेकीलाई साथमै लिएर चल्छौं ।


तपाईले बाहिरबाट गरिएको निरासाको खेती हो भन्नुभयो तर, सरकार र राजनीतिक पार्टीलाई जनताले त्यहि रुपमा हेरेको जस्तो देखिदैन ?
बाहिरबाट आएर हाम्रो देश कसैले बनाउँदैन । हाम्रो धरातलीय यथार्थ के हो भने हामी कम विकसित देशका बासिन्दा हौं । हामीले आफ्नो गोल गर्दा राष्ट्रिय सूचकहरु, स्थानीय सूचकहरुका आधारमा अघि बढाउनुपर्छ । यहाँबाट पलायन भएका मानिसहरुले त्यहाँको सुबिधा देखेर नेपाललाई परिकल्पना गर्दा हामी कहाँ छौं भन्ने धरातलीय यथार्थ देखेका छैनन् । त्यसमा पनि कुनै गन्तब्य, विचार र संगठानात्मक सिद्धान्त नभएका हाहुको भरमा काम गर्नेहरु देशमा भित्रिएर के गरे ? भन्ने कुरा देखिहाल्नुभयो ।


पाईको पार्टी अध्यक्ष माथि त अत्याधिक आलोचना छ ? एमाले भनेको भ्रष्टहरुको पार्टी हो भनिएको छ ?
उहाँले गरेका धेरै कामका कारण अन्तर्राष्ट्रिय उचाई प्राप्त गरेकाले यो अवस्था आएको हो । हामी माथि जब बिपक्षीहरुको आक्रमण बढ्छ हामी सहि बाटोमा रहेछौं भन्ने बुझ्नुपर्छ । तथापि हाम्रो गन्तब्य समृद्ध नेपाल र सुखि नेपाली नै हो । उहाँ बोलेको कुरा पुरा गर्ने मानिस हो । राष्ट्र, राष्ट्रियता र स्वाधीनताका लागि आफ्ना सबै स्वार्थ त्याग गरेर शतिशाल झै उभिने व्यक्ति हो ।


अहिले शिक्षक आन्दोलन भएको झण्डै २७ दिन भइसकेको छ । परीक्षा सारिएको छ । तपाई के भन्नुहुन्छ ? के शिक्षक मात्रै जिम्मेवार हो कि राज्य पनि ?
नेकपा एमाले शिक्षकबाटै बनेको पार्टी हो । म पनि शिक्षक नै हुँ । मैले अहिलेसम्म यस्ता शिक्षक देखेको थिइँन । केपी ओली भन्दा पहिले कोहि प्रधानमन्त्री थिएनन् ? नयाँ संघीय गणतन्त्रको संविधान आएको पनि यत्ति धेरै वर्ष भयो । त्यसका लागि पनि अभ्यास भएका छन् । उहाँले रिजल्ट आउटकम भएन भन्नुभयो । त्यसलाई खिसीट्युरी भन्ने ? यो सत्य कुरा हो । शिक्षकहरुलाई इन्फेयरिटी गर्ने होइन इन्करेज गर्ने हो ।
तपाई शिक्षकहरुले उठाएका मागको विरुद्धमा हो ?
मान्छेको मुख हेरेर कुनै निर्णय हुदैन । नीति बनाउँदा राष्ट्रका पक्षमा बनाउनुपर्छ ।


प्रचण्डले ब्याक नहुनुस् भन्नुभएको छ ?
शिक्षक आन्दोलनको संयोजक नै प्रचण्ड हो । आन्दोलनमा त नेगोशियसन हुन्छ । शिक्षा मन्त्रीले बोलाउनुभयो, गेटमा पास आएन भन्दै फिर्ता हुनुभयो । पठाइएका गेट पास मिडियामा छापिएका छन् । मूख्य कुरा इमान्दारिता हो । हामी निष्ठापूर्वक काम गर्नुपर्छ ।


उहाँहरुमा विश्वास भएन त ?
वीन वीन एप्रोचमा जानुपर्छ । त्यसका लागि सरकारसँग वार्तामा नै नजाने भन्ने हुन्छ र ?


उहाँहरुले त ऐन बनाएर मात्र घर जान्छौं भन्नुभएको छ त ?
ऐनका विषयमा ५६÷५७ वटा दफामा छलफल चलिरहेको छ । संसदमा पेश हुनुपर्ला । त्यसपछि सदनमा छलफल हुन्छ ।


अहिले चिकित्सकहरु आन्दोलनमा छन् । शिक्षक आन्दोलनमा सबै छन् । नेकपा एमाले त शिक्षक, चिकित्सक सबै जना बिरोधी भयो ?
प्रधानमन्त्री केपी ओलीलाई कामै गर्न नदिने भयंकर षडयन्त्र भइरहेको छ । कसैको स्वार्थमा परिचालित त भएका छैनन् भन्ने शंका हामीलाई हुन थालेको छ । केहि मानिसहरु परिचालित हुन सक्छन् ।


अहिले पछिल्लो विकसित घट्नाक्रमले राजा खोजिरहेको त हैन ?
यो देशमा नमिता सुनिता काण्ड घटाउने, राजदरबार नरसम्हार फेरी निम्त्याउने ? चेलीबेटीका अस्मिता लुटाउने ? अहिले कसै कसैका फोटोहरु पनि प्रदर्शन गरिएका छन् ।


राजाका पक्षमा जनमत बढेको हो ?
आन्दोलन कस्तो छ भन्ने त देखिएको छ नी । नफर्किने विषयमा बहस हुन जरुरी नै छैन । यो हाइब्रीड वारलाई हामीले नहेरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.