July 7, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हाम्रो व्यवसायको बीमा गरिएको छैन

ज्वाहरि लाल बलामी, बिक्री केन्द्र प्रमुख, इन्द्र सरोवर मत्स्य व्यवसायी संघ


तपाईको जन्म कहाँ भएको हो ?

म मार्खु गाविसमा जन्मेको हुँ । हाल इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा पर्दछ । म अहिले ६१ वर्षको भएँ । २०३९ साल नियमित रुपमा यो व्यवसायमा जोडिएको छु ।


यो संघमा कति जना संलग्न हुनुहुन्छ ?
यो जलविद्युत निर्माण भएपछि २०३९ साल देखि व्यवसाय सुरु भएको हो । सुरुमा मत्स्य विकास केन्द्र स्थापना भयो । आयोजना बनेपछि अधिकांश कृषकहरुको जग्गा जमिन डुबानमा पर्न गयो । लामाचौर गाबिस पुरै डुबानमा प¥यो । धेरैजना हेटौडामा बसाई सराई गरे । यहाँ बस्नेहरुले विकल्प के गर्ने भन्ने विषयमा रोजगारीका लागि माछा पाल्ने इच्छा छ कि छैन भनेर मत्स्य विकास केन्द्रबाट सोधियो । यसरी २०३९ सालमा ३७ जना सदस्य बने । त्यसपछि मत्स्य विकास केन्द्रबाट भुरामाछा उपलब्ध गराइयो । केन्द्रबाट हामीलाई तालिम पनि दिइयो । पछि माछाको उत्पादन राम्रो भएको समयमा २०५० साल भाद्रमा आएको ठूलो बाढीले पुरै बगायो । यसरी उक्त समयमा २०÷२५ लाखको माछा बगाएको थियो । तथापि केहि रकम क्षतिपुर्ति पनि पाइयो । त्यसपछि हामीले २०५५ सालमा मत्स्य व्यवसायी संघ दर्ता गरेका हौं । यसरी हामीले एक घर एक शेयरका हिसावले सदस्य बनायौं ।


सुरुमा कति रुपैयाका दरले शेयर बनाउनुभयो त ?
सुरुमा हामी ३७ जनाले पाँच हजारका दरले सदस्य बनाएका थियौं । त्यसपछि सदस्य बन्नेहरुले १० हजारका दरले बन्नुपर्ने व्यवस्था मिलाएका हौं । यसरी ३०७ जनाको मत्स्य व्यवसायी संघ बनाएका हौं । हामीले ३०७ जनालाई वार्षिक एकमुष्ट रुपमा १८ देखि २० हजार रुपैयासम्म बोनस पनि बाडेका थियौं । त्यसपछि २०६६ सालमा शेयर खोल्यौं । अहिले मत्स्य व्यवसायी संघमा छ सय ८५ शेयर सदस्य छन्् ।


आयोजना प्रभावित क्षेत्रमा कति घरधुरी छन् ?
यो क्षेत्रमा झण्डै ४७/४८ सय घरधुरी रहेका छन् ।


अहिले वर्षेनी कति बोनस बाड्नुहुन्छ ?

हाम्रो इन्द्र सरोवर मत्स्य व्यवसायी संघमा अहिले मात्रै पाँच÷ छ हजार बोनस बाड्न सफल भएका छौं पहिले पहिले यो तालमा माछाहरु खुबै फस्टाएका थिए । तर, अहिले त्यस्तो छैन । किनकी दाना पुगेको छैन ।


एक आर्थिक वर्षमा कति किलो माछा उत्पादन हुन्छ ?
हामीले सुरु सुरुमा ५५ देखि ५७ हजार किलो माछा वार्षिक उत्पादन हुने गर्दथ्यो । पछि ४० देखि ४२ हजार मात्रै माछा वार्षिक रुपमा उत्पादन हुन थाल्यो । अहिले प्राकृर्तिक दाना पुग्दैन । ताल वरपर खेतीपाती गर्ने विषादी छर्ने गरिँदा उत्पादन कमि भएको हो । अहिले त २७ ÷२८ हजार केजी मात्रै वार्षिक रुपमा उत्पादन हुन्छ ।


तपाईहरुले संघमार्फत विज्ञहरु राखेर उत्पादन बढाउनका लागि कुनै सल्लाह लिनुभएको छैन ?
विज्ञहरु ल्याएर सल्लाह लिने काम त भइरहेको छ । तर, तालको पानी घटबढ भइरहँने, तालको वरपर बाटो बनाउँदा माटो बगेर तालमा आउने कारणले ताल पुरिँदै गयो । साथै माछाको लागि खानेकुराको अभाव हुन गयो । हामीले माछाका भुरा राख्न सुरुको अवस्थामा ५ ५ को केज बनायौं । पछि ५ ८ को केज बनायौं । यसरी पाल्दा पनि राम्रो हुन सकेन । त्यसपछि खोल्सामा जाली बनाएर पाल्न लागियो । यसो गर्दा पनि त्यति राम्रो भएन । हिलो र फोहोर भएपछि भुरा मर्छन । गत साल भदौ १२ गतेको बाढीले पनि धेरै माछाहरु बगायो । त्यसैकारण धेरै गाह्रो भइरहेको छ । हिउँदमा पानी कम हुने र वर्षायाममा ओभरफ्लो भएर माछा भाग्ने हुँदा समस्या छ ।


माछा व्यवसायमा बीमाको व्यवस्था कस्तो छ ?
हाम्रो व्यवसायमा बीमाको कुनै व्यवस्था गरिएको छैन । संघमार्फत पहल हुनुपर्दथ्यो ।


माछा कुन महिनामा बढि उत्पादन हुन्छ ?
असार, साउन र भदौ यो तीन महिनामा माछा बढि उत्पादन हुन्छ ।


तपाईहरु कहाँ कुन कुन जातका माछाहरु पाइन्छन् ?
हामी कहाँ सिल्भर, विकेट, रहु, नैनी, ग्रासकार्पलगायत सात थरीका माछाहरु पाईन्छन् । स्थानीय माछाहरु पनि पाईन्छन् ।


माछामा कुनै रोगहरु लागेर नोक्सानी हुने अवस्था कत्तिको रहन्छ ?
सिल्भर माछामा कत्ला झर्ने फंगस रोग लाग्छ । त्यो रोग लागेको खण्डमा माछा भुसुक्कै हुन्छन् । फंगस कुन समयमा आउँछ यादै हुँदैन । यसको लागि पोटास प्रयोग गर्नु भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.