March 25, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

समग्र फिल्ममा आखाँको भूमिका छायाँकन विद्याले गरेको हुन्छ

सुस्मीता खत्री, छायाँकार


छायाँकारका रुपमा नेपाली कला क्षेत्रमा ख्याति कमाएको नाम हो सुस्मीता खत्री । उहाँ आफ्ना प्रस्तुतिमार्फत तारिफ बटुलिरहनुभएको छ । ‘एउटा राम्रो र सफल सिनेमा बन्नका लागि छायाँकारको पनि भूमिका महत्वपूर्ण हुन्छ । निर्देशन, स्क्रिप्ट, अभिनय गर्ने व्यक्ति या हामीले देखाउन चाहेको दृश्य, प्रयोग गरिएको प्राविधिक सामाग्री त्यो सबै आ–आफ्नो ठाउँमा महत्व रहेको हुन्छ । तर, त्यसलाई कसरी आफ्नो क्यामेरामा क्याप्चर गर्ने भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ’ भन्नुहुने सुस्मीतासँग डायरी एक्सप्रेसका लागि शारदा देवी सापकोटाले गर्नुभएको कुराकानीः–
० यो क्षेत्रमा कसरी आउनुभयो ?
मलाई क्यामेराको सानैदेखि सौख थियो । म सानैदेखि क्यामरा चलाउने गर्थे । घरमा भएको क्यामराले म भिडियोहरू खिच्ने काम गर्थे । यो मेरो रुचीको क्षेत्र थियो र पछि यसैलाई आफ्नो प्रोफेसन बनाए ।
० यहाँले धेरै प्रस्तुतिमा सिनेमाटोग्राफी गर्नुभएको छ, एउटा प्रस्तुति सफल हुनुमा सिनेमेटोग्राफरको भूमिका कस्तो रहन्छ ?
सिनेमा, डकुमेन्ट्री, सर्टमुभी, म्युजिक भिडियो निर्माण भनेको सामुहिक अर्थात टिमवर्क कार्य हो । सबैले राम्रो गर्न सक्दा नै एउटा राम्रो प्रस्तुति बन्ने हो । हामी कहाँ धेरै कुराको समस्या हुन्छ जसका कारण चाहेर पनि चलचित्रको कथाले मागेको कुराहरू समावेश गर्नुपर्ने हो त्यो सकिरहेको हुँदैन । निश्चय पनि तपाईंले भने जस्तै एउटा राम्रो र सफल सिनेमा बन्नका लागि छायाँकारको पनि भूमिका महत्वपूर्ण हुन्छ । निर्देशन, स्क्रिप्ट, अभिनय गर्ने व्यक्ति या हामीले देखाउन चाहेको दृश्य, प्रयोग गरिएको प्राविधिक सामाग्री त्यो सबै आ–आफ्नो ठाउँमा महत्व रहेको हुन्छ । तर, त्यसलाई कसरी आफ्नो क्यामेरामा क्याप्चर गर्ने भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । सबै राम्रो हुँदाहुँदै पनि राम्रो रुपमा क्यामेरामा क्याप्चर भएन भने त्यसको के अर्थ, होइन र ? त्यसैले सिनेमेटोग्राफरको भूमिका तपाईं आफैँले मूल्यांकन गर्न सक्नुहुन्छ । कुन क्यामेरा युज गर्ने, लाइट कसरी मिलाउने, कसरी क्याप्चर गर्दा अझ राम्रो आउँछ भन्ने कुरा सिनेमाटोग्राफरलाई थाह हुन्छ । उसले आफूले जानेको, बुझेको र अध्ययन गरेकोबाट साथै प्राविधिको भरपूर प्रयोगबाट राम्रो दृश्य क्याप्चर गर्न सक्छ । जसरी मानव जीवनको विशेष अंग आँखा हो, त्यसरी गरी एउटा समग्र फिल्ममा आखाँको भूमिका छायाँकन विद्याले गरेको हुन्छ । समग्र फिल्मलाई निर्देशकको ‘पोईन्ट अफ भिऊ’ बाट आम दर्शक माझ पु¥याउने काम छायाँकारको हो ।
० प्रविधिको फड्कोमा हामी कहाँ छौ जस्तो लाग्छ ?
हाम्रा प्रस्तुतिले पनि समयसँगै कोल्टे फेर्दै छन् । नेपाली फिल्म इन्डस्ट्रजिमा लगाानी गर्ने क्रम बढेसँगै नयाँ टेक्नोलोजी भित्राउने क्रम जारी छ । फिल्मका सबै विद्याहरू उत्तिकै महत्त्वपूर्ण मानिन्छ । त्यस मध्यको छायाँकन विधा अझ महत्वपूर्ण विधा हो । समग्र कथावस्तुलाई रिलको माध्यमबाट दर्शक माझ पु¥याउने काम छायाँकारको हातमा रहेको हुन्छ । एउटा फिल्म उत्कृष्ट हुनुमा छायाँकारको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । हामीकहाँ पछिल्लो प्रविधि प्रयोग भइरहेका छन् ।
० राम्रो प्रस्तुतिका लागि चाहिने पक्ष ?
मलाई के लाग्छ भने सबैभन्दा पहिले ब्यानरको कुरा आउँछ । राम्रो ब्यानरले कलाकारदेखि प्राविधिक आ–आफ्नो विधामा सबै चलेकालाई लिन्छन् । लोकेसन छनोटमा ध्यान दिन्छन् । अर्को कुरा स्क्रिप्ट राम्रो हुनुप¥यो । हामी प्रिमेकिङमा जब छलफल गर्छौं, स्क्रिप्टका विषयमा छलफल गछौं । सिनेमा कस्तो बनाउने भन्ने विषयमा क्लियर दिशानिर्देश स्क्रिप्टले गर्ने गर्दछ । एउटा सिनेमा राम्रो र सफल बन्नमा सम्पूर्ण टिमको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । सुटिङमा जानुभन्दा पहिले नै सबै पक्षलाई सुक्ष्मरुपले अध्यायन गर्न जरुरी हुन्छ ।
० सिनेमा क्षेत्रमा प्रायः केही न केही ‘इस्यु’मा विवाद भइरहेको देखिन्छ नि ?
यो क्षेत्र भनेको ग्ल्यामर क्षेत्र हो । अन्य क्षेत्रको भन्दा यस क्षेत्रमा भए गरेका कुराहरूले अलिक धेरै नै चर्चा हुन्छ । केही त सुजबुझको पनि कुरा होला मैले यस्तो बोल्दा भविष्यमा त्यसको असर कस्तो हुन्छ भन्ने ज्ञान नहुनु र अर्को कुरा हामी कहाँ तिललाई पहाड बनाएर प्रचार गरिन्छ । जसले धेरै पटक सिनेकर्मी लज्जित हुनु परेको छ । यो क्षेत्र मनोरञ्जनको क्षेत्र भएकोले छिट्टै हल्ला हुने गर्दछ र साम्य पनि ।
० तपाईं आफू त एकखालको स्थान बनाउन सफल हुनुभएको छ, नेपालमा सिनेमाटोग्राफरको अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
मलाई के लाग्छ भने मुख्य कुरा आफूमा खुबी हुनुप¥यो । प्रविधिको ज्ञान हुनुप¥यो । अर्को तपाईंले उप्कायाउनुभएको सिनेमाटोग्राफरको अवस्थामा चाहिँ म त राम्रो भएको पाउछु । यो कोरोना कालमा केही अप्ठयारो देखिए पनि अब विस्तारै सहज हुँदै छ । फेरि पनि यो बीचमा केही काम त भएका छन् । कोरोना काल अघि हामीकहाँ महिनामा १२ वटा फिल्म बने गर्थे । वर्षमा सरदर १४४ वटा फिल्म बन्ने गरेको थियो । त्यसैगरी जातीय फिल्म पनि त्यति नै बन्ने गरेका छन् साथै म्युजिक भिडियो पनि उतिकै बन्ने गरेका छन् । अन्य डकुमेन्ट्री र सिरियलहरू पनि त्यतिकै छन् ।
० आफूलाई कत्तिको सफल छायाँकार मान्नुहुन्छ ?
आफैँले आफैँलाई सफल भन्दा पनि मेरो क्रियशन बोल्ने कुरा हो । मेरो क्रियशनले राम्रै तारिफ बटुलिरहेका छन् । म सफलमात्रै होइन, म आफूलाई भाग्यमानी पनि ठान्छु । किनभने मैले छोटो अवधिमा उल्लेख्य उपलव्धि हासिल गरेको छु । मेरो क्षमता भएर दिनानुदिन माग बढ्दो छ । यो पेशामा होमिएपछि व्यस्त नै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.