February 4, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भारतीय साम्राज्यवादको स्वार्थअनुरुप काम गर्दै आएका महतोले देशलाई बहुल राज्य बनाउनु भनेको विभिन्न जातीय र क्षेत्रीय राज्यमा विभाजन गर्नु हो ः नेकपा मसाल

मोहन विक्रम सिंह, महामन्त्री, नेकपा मसाल

काठमाडौं । नेकपा मसालले कामचलाउँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीमा नियुक्त गरेका राजेन्द्र महतोले आफु “बहुल राष्ट्रिय राज्य अभियानमा रहेको” भनि दिएको अभिब्यक्तिबाट देश उच्च राष्ट्रघातको स्थितिमा पुगेको जनाएको छ । पार्टीका प्रवक्ता राम प्रकाश पुरीद्धारा जारी विज्ञप्तीमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाको लागि समेत संघर्षको स्थितिलाई बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिएको छ । जारी विज्ञप्तीमा भनिएको छ ।
“काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले आÇनो पार्टीका लामो समयदेखि सक्रिय रुपमा योगदान दिइरहेका व्यक्तिहरुलाई उपेक्षा गर्दै भारतपरस्त तत्वहरूलाई सामेल गरेर मन्त्रीपरिषदको पुनर्गठन गरेका छन् । उनको मन्त्रीपरिषदमा रहेका धेरैजसो व्यक्तिहरुले देशलाई विखण्डन गर्ने नीतिको वकालत गर्दै आएका छन् । त्यो कुरा आÇनो मन्त्रीपदको सपथ लिइसकेपछि राजेन्द्र महतोले आफू “बहुल राष्ट्रिय राज्य अभियानमा रहेको” भनी दिएको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । यसरी देशलाई बहुल राज्य बनाउनुको अर्थ विभिन्न जातीय र क्षेत्रीय राज्यमा विभाजन गर्नु हो । मधेशवादी संगठनहरुले पहिलेदेखि नै नेपालमा बहुलराज्यको लागि माग गर्दै आएका छन् र त्यस अनुसार तराईलाई विखण्डन गरी तराई र पहाडलाई बेग्लाबेग्लै राज्य बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । त्यस प्रकारको मुख्य उद्देश्य नेपाललाई विघटन गर्ने नै हो । त्यो कार्यलाई सफल पार्नका लागि उनीहरुले भारतीय साम्राज्यवादको इच्छा अनुसार आÇना गतिविधिलाई सक्रिय बनाउँदै नेपालको संविधानमा समेत संशोधन गर्ने प्रयत्न गर्दै आएका छन् । नेपालको संविधानमा भारतीय साम्राज्यवादी स्वार्थ पूरा हुने प्रकारको व्यवस्था नभएका कारणले त्यो संविधानलाई जलाउने, तराईलाई पहाडबाट अलग्याउने र भारतीय साम्राज्यवादी स्वार्थअनुरुप काम गर्दै आएका त्यस प्रकारका तत्वहरुलाई अहिलेको ओलीको पुनर्गठित सरकारमा प्राथामिकता दिइएको छ । देशका लागि यो गम्भीर खतरा हो । देशको अखण्डता र सार्वभौमिकताका विरुद्ध विगतदेखि नै क्रियाशिल रहँदै आएका तŒवहरूको उद्देश्य पूरा गर्नको लागि अहिलेको मन्त्रिपरिषद्को गठन भएको छ । यसबाट ओली पूरै भारतपरस्त भएको कुरा प्रष्ट हुन्छ ।
अहिले केपी ओलीको पुनर्गठित सरकारको स्वरुपबाट यो कुरा प्रष्ट हुन्छ कि ओलीको प्रतिगमनकारी कदम विभिन्न आन्दोलन र संघर्षका उपलब्धिहरूलाई समाप्त गर्ने दिशामा अग्रसर ता छ नै, तर त्यसका साथै त्यो उच्च राष्ट्रघातको स्थितिमा पुगेको छ । त्यसप्रति सजक रहेर प्रतिगमनका विरुद्ध संघर्ष गर्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाको लागि समेत संघर्षको स्थितिलाई बढाएर लैजानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । हाम्रो यो कुरामा विश्वास र जोड रहँदै आएको छ कि नेपाली जनताको एकता र बलबाट नै प्रतिगमनकारी एवम् राष्टघाती तŒवहरूलाई परास्त गर्दै देशको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न सम्भव हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.