January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

प्रधानमन्त्रीले ओलीले गरे मन्त्रीमण्डल पुनर्गठन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनःगठन गरेका छन् । मन्त्री नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बनाएका छन् । २०७२ सालको नेपालको संविधान विदेशीको इशारामा जलाउने राजेन्द्र महत्तो ओली सरकारका उपप्रधानमन्त्रीमा नियुक्ति पाएका छन् । प्रधानमन्त्री ओलीलाई मधेश विरोधीको आरोप लगाएका कथित मधेशबादी नेताहरु उनैको क्याबिनेटमा बसेर राज्यको दोहनमा अवसर प्राप्त गर्ने भएका छन् । सरकारमा अहिले तीन जना उपप्रधानमन्त्री बनेका छन् । जसपाबाट शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसै गरी उपेन्द्र यादवको समूहबाट महन्थ ठाकुरको समूहमा आएका विमल श्रीवास्तव पहिलो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । उनी कानूनमन्त्री हुँदा राम्रो काम गरेका काबिलमन्त्री मानिन्थे । तथापि चिकित्सा विज्ञानका लागि वंगलादेश पढ्न जाने छात्राहरुको विषयमा बोलेको कुरालाई लिएर विवाद भएपछि राजिनामा दिएका थिए । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् । त्यसै गरी उपप्रधानमन्त्री महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । बाहिरिनेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि विदा भएकी छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
स्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन
१. प्रधानमन्त्री केपी शर्मा ओली रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
२. विष्णु पौडेल उपप्रधानमन्त्री, अर्थ
३. राजेन्द्र महतो उपप्रधानमन्त्री, शहरी विकास
४. रघुवीर महासेठ उपप्रधानमन्त्री, परराष्ट्र
५. शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री
६. कृष्णगोपाल श्रेष्ठ मन्त्री, शिक्षा
७. बसन्तकुमार नेम्वाङ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
८. लीलानाथ श्रेष्ठः मन्त्री, कानून न्याय तथा संसदीय मामिला
९. शरतसिंह भण्डारी मन्त्री, ऊर्जा
१०. अनिल झा मन्त्री, खानेपानी तथा सरसफाई
११. विमल श्रीवास्तव श्रम तथा रोजगार
१२. उमाशंकर अरगरिया मन्त्री, वन तथा वातावरण
१३. लक्ष्मणलाल कर्ण मन्त्री, भूमि व्यवस्था
१४. चन्दा चौधरी मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१५. एकवाल मियाँ मन्त्री, युवा तथा खेलकुद
राज्यमन्त्रीहरु
१६. चन्द्रकान्त चौधरी राज्यमन्त्री, ऊर्जा
१७. रेणुका गुरुङ राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.