January 22, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चीनमा भैंसीको मासु निर्यात सम्बन्धी महत्वपूर्ण सम्झौता


दुई सय मिलियन डलर अर्थात भण्डै २७ खर्बको चिनियाँ लगानी /१० हजार नेपालीलाई रोजगारी


प्रधानमन्त्री केपी शर्मा ओलीकोे २०८१ साल मंसिर १७ गते देखी चार दिनका लागि औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच थर्मल प्रशोधित रागोको मासु चीन निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर भएको थियो । कृषि र भैंसीपालनको क्षेत्रमा यो सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा हो । गत सोमबार पुष १ गते नेपाल र चीनका दुई व्यवसायीबीच भैसीको मासु चीनमा निर्यात गर्ने विषयमा एमओयु गरिएको छ । उक्त एमओयु कार्यक्रममा नेपालको तर्फबाट हिमालयन फूड इन्टरनेशनल प्रा.लि.का प्रमख डा. नविन शर्मा र सांघाई जीयान फूड कम्पनी लिमिटेडका निर्देशक कियान फेङ दाई बीच सम्झौतामा हस्ताक्षर भएको छ । यो परियोजनाबाट १० हजार जना नेपालीहरुले प्रत्यक्ष रुपमा रोजगारी पाउँनेछन् । कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारी, भूमिसुधार तथा सहकारी मन्त्री बलराम अधिकारी, सांसद राजन दाहाल, नेपालका लागि चीनका राजदूत छेन सङ, पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहाल, कृषि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, पशुपंछी विकास मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्र, परराष्ट्र मन्त्रालयका का.मु.सचिव अमृत बहादुर राई, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


भैंसीपालन व्यवसायले नेपालको निम्न सामाजिक–आर्थिक तहको जनसंख्यामा समृद्धि ल्याउनुका साथै महत्वपूर्ण भूमिका सक्छ । चीनले मुख्यतय ब्राजिल, अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डबाट वार्षिक २७ लाख टनभन्दा बढी गाईको मासु (नेपालबाट बफ बराबर) आयात गर्छ । सम्झौताका समयमा दिएको जानकारी अनुसार २०० मिलियन डलर (झण्डै २७ अर्ब) लगानी गर्ने योजना रहेको बताईन्छ । नेपालमा लगानी गर्ने यी चिनियाँ व्यवसायीको लगानीमा चीनभर ६ हजार स्टल रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।
सरकारले सक्रिय निगरानी, सामूहिक खोप र रोगको प्रकोपको रिपोर्टिङ समावेश गर्ने रोग नियन्त्रण उपायका कार्यक्रमहरूसहित केही क्षेत्रहरू छुट्याउन जरुरी छ । जनावरलाई रोगमुक्त क्षेत्रमा मात्र हुर्काउनुपर्छ वा अन्यत्र हुर्काएमा कम्तिमा अन्तिम ३ महिनासम्म रोगमुक्त ठाउँमा राख्नुपर्छ । नेपालमा हाल ६ वटा मध्यम आकारको बधशाला छ । आधुनिक सुविधाका लागि लगानी गर्नका लागि युएस डलर ५० मिलियन भन्दा बढी लाग्छ जुन यस क्षेत्रमा संलग्न व्यवसायीहरूको दायरा बाहिर छ ।


सन् २००० मा स्थापना गरिएको सांघाई जियान फूड कम्पनी लिमिटेडका निर्देशक छियान फेङ दाई हुन् । यो चीनको एक प्रतिष्ठित सार्वजनिक कम्पनी हो जसको पूँजी १.६ बिलियन अमेरिकी डलर छ । यसले हिमालयन फूड इन्टरनेशनल (एक नेपाली कम्पनी, अनुमानित २०११) सँग साझेदारी गर्नेछ र अमेरिकी डलर २० करोड (झण्डै २७ अर्ब) को पुँजी लगानी गरिने छ । कुनै पनि विकसित देशको मापदण्डमा पुग्न सक्ने पूर्ण स्वचालित वधशाला निर्माणमा ५० युएस मिलियन डलर प्रयोग गरिनेछ । बाँकी १५ करोड अमेरिकी डलर युवा उद्यमी र ग्रामीण कृषकहरूसँगको साझेदारीमा भैंसी पालनमा प्रयोग गरिनेछ ।


कम्पनीले कृषकहरूलाई राम्रो नाफा हुने दर रेटमा पशु खरिद गर्नेे ग्यारेन्टी गर्नेेछ । कम्पनीले प्राविधिक सीप, औषधि र खोप प्रदान गर्नेछ । हाल नेपालमा साना पाडापाडी सहित करिब ३० लाख भैंसी छन् । हाम्रो योजना मासु उत्पादनको लागि वार्षिक रूपमा ४ लाख रागो पठाउन सक्ने संख्या १० मिलियनमा पु¥याउने छ । मुख्यतया रोग नियन्त्रण र प्रमाणीकरण प्रक्रियाका लागि सरकारबाट आवश्यक सहयोग चाहिन्छ ।
कम्पनीले कृषकहरूलाई नाफा हुने दरमा पशु किनेर ग्यारेन्टी लिनेछ । कम्पनीले प्राविधिक सीप, औषधि र खोप प्रदान गर्नेछ । हाल नेपालमा साना पाडो पाडीसहित करिब ३० लाख भैंसी छन् । नेपाललबाट मासु उत्पादनको लागि वार्षिक रूपमा ४ लाख रागो पठाउन सक्ने संख्या १० मिलियनमा पु¥याउने छ । मुख्यतया रोग नियन्त्रण र प्रमाणीकरण प्रक्रियाका लागि सरकारबाट आवश्यक सहयोग चाहिन्छ ।
यसरी वार्षिक १.५ बिलियन अमेरिकी डलर बराबरको ५००० जनावरको मासु निर्यात हुनेछ । पशुआहारा उत्पादन देखि भैंसी पाल्ने र विश्व मापदण्डको वधशालामा प्रशोधन गर्नेसम्मका धेरै अवरोधका बाबजुद रागाको मासु निर्यातलाई सम्भव बनेको हो । तिब्र बसाई सराईबाट सुनसान भएको गाउँलाई जीवन्त बनाउन, हरियो, पर्यावरण मैत्री र बस्न योग्य ठाउँमा रूपान्तरण गर्नका लागि यो परियोजना साच्चिकै कोशेढुंगा हुनेछ । यो परियोजनाबाट तीन लाख मानिसहरूको बसाइँसराइ रोक्न सकिने विश्वास छ । साथै चीनसँगको व्यापार घाटालाई ५० प्रतिशतमा झार्नेछ ।

छिमेकी देश चीनसँग अरुपनि सहयोग लिने गरी काम गर्नेछौं
बलराम अधिकारी, मन्त्री, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण

छिमेकी मुलूक नेपाल र चीनको बीचमा बिभिन्न समयमा सम्बन्धहरु जोडिएका छन् । ति सम्बन्धले हाम्रो भौगोलिक सम्बन्धहरु हार्दिकताका साथ अघि बढेको हाम्रो इतिहास छ । इतिहासलाई जोड्ने क्रममा चीनलाई आवश्यक पर्ने कुराहरु उत्पादन गरी छिमेकी मुलूकलाई सहयोग पु¥याउने ऐतिहासिक परम्परा नै हो । त्यसै अन्तर्गत दुई देशको बीचमा भरखरै हाम्रा प्रधानमन्त्री चीन भ्रमणमा जाँदा चीनलाई आवश्यकता पर्ने रागोको मासु निर्यातका लागि सम्झौता हुँदा धेरै कुरालाई सहयोग पुग्छ भन्ने मलाई लाग्छ । यसरी यो सम्झौताले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । यस सम्बन्धलाई पुल बन्नका लागि चीनको जीयान फुड कम्पनी र हिमालयन फूड इन्टरनेशनल प्रालिबीच हस्ताक्षर हुँदा हामीलाई साछी राखिएको छ । तपाईका उत्पादन खरिद गरी सहयोग गर्न तयार छौं भनि चिनियाँ पक्षले हस्ताक्षर गरेका छन् । अन्यत्र मुलूकको हेर्दा हाम्रो देशका पशुहरु निरोगी छन् । किनभने हाम्रो देशमा हिमालयको हावापानी भएकै कारण जुनसुकै अवस्थामा जहाँसुकै पनि टिक्न सकिने अवस्था छ ।
यसका लागि हामीले ध्यान दिनुपर्ने विषय भनेको उत्पादित क्षेत्र कहाँ हो ? त्यसका लागि विचार हुन जरुरी छ । खोरेत रोगका विषयहरु छन्, घास उत्पादन देखि लिएर त्यसलाई ब्यवस्थित गरी कार्य थालनी गर्नुपर्छ । भोलिका दिनमा हामीले उदाहरणीय काम गरी दिएको खण्डमा छिमेकी देश चीनसँग अरुपनि सहयोग लिने गरी काम गर्नेछौं । नेपाल सरकार छिमकी मित्रहरुले हार्दिकताका साथ अर्पण गरेको विषयलाई जुन सुकै कार्यक्रममा पनि सहयोग पु¥याउनका लागि सदैव तयार नै छ । हामीले भोलिका दिनमा अझ बढि सरलता प्रदान गर्नेछौं । अहिले चीनले धेरै टाढाबाट मासु आयात गरेको छ । हामी चीनसँग सीमा जोडिएको छिमेकी जहाँ हिडेरै जान सकिन्छ, उसले जानकै लागि सहजता प्रदान गरेको पनि छ । पास र भिसाको समस्या समाधान गरिदिएको छ । हामीले त पहिचान गरी दुबै देशबीच जान र आउन खुला गरिदिएको खण्डमा दुबै देशबीचको व्यापारमा अझ वृद्धि हुन्छ । यो सम्झौताले भोलिका दिनमा उदाहरणीय बनाउने छ भन्ने विश्वास गर्दछु ।

पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्र
रामनाथ अधिकारी मन्त्री, कृषि तथा पशुपन्छी विकास

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भैंसीको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको छ । यो नेपाल र चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको छ । नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई राँगा र भैसीपालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको बिद्धितै छ । हामीले यो हावापानीमा उत्पादन गर्ने नेपालको मौलिक उत्पादनको मात्रा धेरै नहुने भए तापनि यसको महत्व अत्यन्त ठूलो छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दूध तथा मासुबाट पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा राँगाभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दीगो उत्पादन तथा उपलब्धता सुनिश्चित छ साथै हामीले नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ । नयाँ पुस्ता प्रविधि मैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नविन प्रविधिहरुको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ ।
विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको छ । हाम्रा गाँउ बेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामिण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पु¥याउन सहज भएको छ र यसरी उत्पादन भएका सामग्री वृद्धिहुँदा यिनको बजारीकरणको चुनौती समेत थपिएको छ । यस सन्दर्भमा हामीले नेपाली उपभोक्ताका अतिरिक्त विदेशमा सभावित बजार पहिचान गरी विक्री वितरण हुने वातावरण बनाउन समेत आवश्यक छ ।


नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको छ । नेपाल आज दूध तथा मासुमा आत्मनिर्भरता तर्फ उन्मुख हुँदा यहाँ उत्पादित राँगा भैसी तथा खसी बोकाको मासु र दूध तथा दूधजन्य बटर लगायतका पदार्थ निर्यातको सम्भावना बढेको छ ।
नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको संभावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्न उत्सुक भएका छन् । किसानले उत्पादन गरेका राँगोको मासुको गुणस्तर सुनिश्चित गरे पश्चात आम नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ ।
हामी हाम्रो कारण हाम्रा छिमेकीहरु लाभान्वित हुन भन्ने चाहन्छौं । यसका लगि हामी नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौ । यसका लागि पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ संकल्पित छौ ।


हामी छलफल गरिरहेको वस्तु मासुको गुणस्तर उत्पादन हुने स्थान देखी खपत हुने स्थानसम्म नै कायम राख्न जरुरी हुन्छ । यसका लागि वैज्ञानिक आधारलाई पालना गर्दै नेपालमा असल पशुपालन अभ्यासको पालना तथा असल अभ्यासबाट मासु उत्पादनका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गरेको छ ।
हामी पशुका रोगको नियन्त्रण गर्न जोनिङ्ग लगायतका विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादन सहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको छ ।
नेपाल र चीनबीच विगतमा घाँसको निर्यात गर्न भएको हेलेज सम्बन्धी प्रोटोकल सम्झौता एउटा ऐतिहासिक विन्दुको रुपमा रहेको छ । यससँगै हामीले पठाउँदा चीनको स्वसाशित क्षेत्र तिब्बतमा हिउँदमा पशुलाई खानेकुराको आपूर्तिमा केही सहजता हुने हामी अनुमान गर्न सक्छौ ।
आज किसानमा आधारित भैसीपालन आयोजनाका साथै स्वचालित वधशालाको घोषणाहुँदा उत्पादनको शुरु विन्दुबाट अन्तिम विन्दुसम्मका क्षेत्रमा नेपाल तथा चीनका व्यवसायीबाट कार्य शुरु हुन लागेको छ । मैले वुझेसम्म चिनियाँ जनता राँगाको मासुका बिभिन्न परिकार मन पराउछन् । हामी यस्ता परिकार सुरक्षित रुपमा तपाईहरुलाई उपलब्ध गराउन आतुर छौ । यस आयोजनाको सफल कार्यन्वयनसँगै नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ बढ्ने छ। हामी यस क्षेत्रमा थप सफल चिनियाँ लगानीको अपेक्षा गर्दछौं ।
म नेपाली लगानीकर्ताहरुलाई यस क्षेत्रमा व्यवसाय विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न अनुरोध गर्दछु । साथै यस क्षेत्रमा पारस्परिक सहयोग सहित आउन सक्ने यस्ता सहकार्यका लागि सधै तत्पर हुन समेत अनुरोध गर्दछु । यससँगै हामीले आगामी दिनमा पशुजन्य उत्पादन लक्षित गरी व्यापार सहजीकरणका लागि कर महशुल लगायतका द्विपक्षीय व्यापारमा असर गर्ने विषयमा समेत थप अध्ययन सहित कार्य गर्न म नेपाली मित्रहरु तथा यसमा आवश्यक सहजीकरणका लागी महामहिम मार्फत चिनिया पक्षलाई अनुरोध गर्दछु । सुरुवात हैन सफल बनाउनु नै महत्वपूर्ण हो

सुरुवात हैन सफल बनाउनु नै महत्वपूर्ण हो
नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छङ सङ


सर्वप्रथम राँगोका मासु निर्यात हस्ताक्षर समारोहका लागि धन्यवाद दिन चाहन्छु । यो गेमचञ्जर आयोजनाका लागि त्यति सहज थिएन । यसका लागि झण्डै १५ वर्ष समय लाग्यो । म यहाँ दुई वर्ष अघि आएको थिएँ । यो आयोजनाका लागि नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको अन्तिम समयमा सम्झौता हुन सक्यो । यसले हामीलाई अत्यन्तै खुशी बनायो । यो महत्वकांक्षी आयोजनाका लागि सांघाई जीयान फूड कम्पनी लिमिटेडका निर्देशक कियान फेङलाई विशेष धन्यवाद दिन चाहन्छु । यो गेम चेन्जर आयोजनालाई हामीले निहालिरहेका थियौं । यहाँ दुई मन्त्री र सचिवहरु यो कार्यक्रममा बस्नुभएको छ । उहाँहरुको शिष्टाचार भेटमा निर्यातका लागि केहि बुँदाहरुमा छलफल भएका थिए । यस प्रकारको पहिलो प्रोजेक्टको कार्यन्वयन हुँदैछ । यसका लागि कठोर मेहनत गरी आयोजनालाई सफल पार्नुहुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
यसका लागि धेरै मेहनत गर्नुहुने नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई पनि धन्यवाद दिन चाहन्छु । सबैभन्दा महत्वपूर्ण विषय के हो भने यो परियोजनाका लागि सम्झौता भएको छ । यसलाई सुरुवात हैन सफल बनाउनु नै महत्ववपूर्ण हो । वास्तवमा यो आयोजना नियमित रुपमा काम गरी सफल बनाउनुपर्दछ । हामीलाई नेपाली पक्षबाट निरन्तर सहयोगको खाँचो छ । दुई मन्त्री, सचिव, महानिर्देशक लगायत सबैजनाको सहयोग आवश्यक छ साथै मिडियाकर्मीहरुको पनि विशेष सहयोगको खाँचो छ ।
हामीले चिनियाँबजारमा अहिलेसम्मकै उच्च मूल्य पाउने छौं


हामीले चिनियाँ बजारमा अहिलेसम्मकै उच्च मूल्य पाउँनेछौं

डा. नविन कुमार शर्मा, प्रवन्ध निर्देशक, हिमालयन फूड इन्टरनेशनल प्रालि


यो कार्यक्रमको मूख्य हिरो नै चिनिया राजदूत महामहिम छङ सङ हुनुहुन्छ । हाम्रो लागि यो एकदमै ठूलो अवसर हो । हामी एकदमै खुशी छौं । हामीलाई मन्त्रालय, बैंक, उद्योगलगायत सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । चिनियाँहरुले आफ्नो डिनरका लागि बफको आइटम एकदमै मिठो गरी खाने गर्दछन् । २.७ बिलियन रुपैयाको मासु चीनमा प्रति वर्ष सयुक्त राज्य अमेरिका, अष्टे«लिया, न्यूजिल्याण्ड, अर्जेन्टिना, उरुग्वेलगायतका देशहरुबाट सप्लाई हुने गर्दछ । नेपालीहरुले यसका लागि अहिलेसम्मकै उच्च मूल्य पाउने छन् । यो नै हाम्रो ठूलो अवसर हो । हामीले यसका लागि विगत १५ वर्षदेखि नै प्रयासरत थियौं । यो प्रोजेक्ट कुनै बैंकको ऋणबिनै लगानी गरिएको छ । हामी कहाँ विद्युत आयोजना, सिमेन्ट उद्योग सञ्चालनका लागि ५० मिलियन डलर लगानी पनि बैंक ऋणबाट सुरु गरिएका छन् । हामीले सम्झौता गरेको कम्पनीका चीनभर ६ हजार आउटलेटहरु छन् । जीयान फुडका निर्देशक छियान फेङ सुरुमा शिक्षक पेसामा आवद्ध हुनुहुन्थ्यो । ढिलो गरी व्यापारमा छिर्नुभएका उहाँले अहिले ६ हजार आउटलेटहरु बनाउनुभएको छ । । यसैकारण पनि हामीले चीनमा बफको उच्च मूल्य प्राप्त गर्ने भएका छौं ।
सन् १९१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बफ मिट सप्लाईका लागि तत्कालिन विदेशमन्त्री सुस्मा स्वराजलाई चीनमा पठाएका थिए । तथापि सप्लाई हुन सकेन । त्यसै गरी पाकिस्तानका प्रधानमन्त्रीले पनि चिनियाँ अधिकारीसँग अनुरोध गरेका थिए । त्यो प्रयास पनि सफल हुन सकेन । तथापि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोध चीनले स्वीकार गरी सम्झौंता नै गरिएको छ । हाम्रा लागि अत्यन्तै गौरवको विषय हो । यो हाम्रा लागि गेमचेञ्जर आयोजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.