January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पत्रकार महासंघ केन्द्र, काठमाडौं र मोरङको अध्यक्षमा महिला नेतृत्व

नेपाल पत्रकार महासंघले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । महासघ केन्द्रमा प्रेस चौतारी र युनियनको संयुक्त गठबन्धनको प्यानलबाट निर्मला शर्मा विजयी बनेकी छन् । महासंघको निर्वाचन यही मंसिर २८ गते भएको थियो । प्रेस चौतारीमा आवद्ध शर्माले निकटतम प्रतिस्पर्धि रमेश विष्टले भन्दा १०७९ बढि मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भइन् । शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए । अध्यक्ष पदमा देवी प्रसाद सापकोटा र एलएस लामासहित चार जना उमेद्वार प्रतिस्पर्धामा थिए । सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए ।
केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् । उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए । महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । उनी प्रेस युनियनमा आवद्ध छन् । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार श्रमजिबी पत्रकार जन्मदेव जैशीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत पाए । सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए । सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए ।
सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए । सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए । सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए । कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् । प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए । केन्द्रीय सदस्यमा कोको निर्वाचित भए ?
कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ मत र शंकर खरेलले ४४२ मत, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्णले ३७६ मत प्राप्त गरी विजयी भए । बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भए । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३३० मत, केवी रानाले ३८१ मत प्राप्त गरी विजयी भए । लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० मत र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भए । कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित निकाले ।सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३०० मत प्राप्त गरी विजयी भए । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४०० र सविता शर्माले ४८७ मत भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित निकालेका छन् । खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुङ्गानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् । मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८१० मत प्राप्त गरी निर्वाचित भए । महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।
दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घामगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्तीमगर निर्विरोध निर्वाचित भएकी थिइन् । मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७ र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भए ।लेखा समिति संयोजकमा शर्मा प्यानलका केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका ध्रुव कुमार रावलले २ हजार ४२० मत पाए । लेखा समितिकै सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गणेशप्रसाद बन्जाडेले २ हजार ३६५ मत पाए । लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाल्दा उनको निकटतम प्रतिस्पर्धी लक्ष्मी चौधरीले २ हजार ५४२ मत पाइन् ।

माओवादी निकट प्रेस सेन्टर आक्रमक
माओवादी निकट प्रेस सेन्टरले शहरी क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ । जसमा काठमाडौंलगायतका जिल्लामा नेपाली कांग्रेस र एमाले निकट प्रेस युनियन र प्रेस सेन्टरको महागठबन्धनलाई पनि परास्त गरेको छ। केन्द्रीय समितिमा हालसम्म वीरेन्द्र वली (प्रतिष्ठान प्रदेश), सूर्य सुवेदी (उपत्यका प्रदेश), अर्जुन पन्त (उपत्यका प्रदेश), रीता बुढाथोकी (निर्विरोध निर्वाचित भए । त्यसै गरी प्रदेश अध्यक्षहरुमा कृष्ण सारुमगर (बागमती प्रदेश), रोयल आचार्य (एशोसियट प्रदेश), . टेनिस रोका (उपत्यका प्रदेश), त्यसै गरी जिल्ला अध्यक्षहरुमा . शोभा अर्याल (काठमाडौं), रामहरि कार्की (ललितपुर), .खुबिना सुनारी मगर (रोल्पा), . गोपाल रेग्मी (रुकुम पश्चिम), . वसन्त बाँठा मगर (रुकुम पूर्व), . निर्मल घिमिरे (बर्दिया), डिलाराम भुसाल (कपिलवस्तु), डिल्लीराज रावत (सल्यान), . राम थापा (बागलुङ), . पूर्णप्रसाद चौलागाईं (जुम्ला), . केशवप्रसाद पौडेल (रसुवा), महेश दास (महोत्तरी), अमर सुनार (दैलेख) आधा आधा कार्यकाल गर्ने गरि, . एकराज गिरी (झापा), ओम प्रकाश खनाल (पर्सा), छन् ।


पत्रकार महासंघमा को कहाँबाट विजयी भए ?
पत्रकार महासंघ काठमाडौंमा प्रेस सेन्टरकी अर्याल विजयी
देशभरमा धेरै सदस्य आवद्ध भएको ठूलो संगठन पत्रकार महासंघ काठमाडौंमा नेकपा माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार शोभा अयौल भारी मतको अन्तरमा विजयी बनेकी छन् । अर्यालले ४१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धि पुस्कर बस्नेतले २२२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अन्य उम्मेदवारहरु रामचन्द्र बस्नेतले ४३ र गंगा बरालले ७१ मत प्राप्त गरे । १०६४ मतदाता रहेको काठमाडौंमा ७७७ मत खसेको थियो । त्यसै गरी उपाध्यक्षमा प्रेस सेन्टरकै सहयोगमा हेम बहादुर राना (कमल)ंले २६६ मत ल्याएर विजयी बने उनका प्रतिस्पर्धि गोबिन्द गिरीले २४५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस सेन्टरकी क्रान्ति न्यौपानेले ४१३ मत प्राप्त गरी विजयी बनिन् । उनका प्रतिस्पर्धि सीतामाया पौडेलले २१८ मत मात्रै प्राप्त गरिन् । सचिवमा युनियनका रमेश बोहोराले ३४३ मत प्राप्त गरे उनका निकटतम् प्रतिस्पर्धि बुद्ध योञ्जन लामाले ३०३ मत मात्रै प्राप्त गरे । खुला सहसचिवमा विक्रम रत्नले २८२ मत र समावेसी सहसचिवमा ईश्वरी अधिकारी (इशा)ले ३८३ मत प्राप्त गरिन् । प्रेस चौतारी र युनियनका उम्मेदवार रामचन्द्र कार्कीले ३०१ मत ल्याएर कोषध्यक्षमा बाजी मारे खुला सदस्यमा अंकध्वज परियारले २९४, अनिशा जयन्ती श्रेष्ठले ३३२, ऋग देवकोटाले २७८, गोबिन्द कुमार शर्माले २९२, नेत्र बहादुर बस्नेतले २७०, चेत नारायण बेल्बासेले २९६, मञ्जु घिमिरेले २५४, यमराज सुबेदीले ३१५, समावेसी सदस्यमा अनिसा निरौलाले ३४३, जनजातीबाट बिनिता डंगोल निबिरोध निर्वाचित भएकी थिइन भने दलितबाट गणेश बि.क. र अन्यबाट जगदीश प्रसाद अधिकारीले २६८ मत ल्याएर निर्वाचित भए ।


देशभरमा धेरै सदस्य आवद्ध भएको ठूलो संगठन पत्रकार महासंघ काठमाडौंमा नेकपा माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार शोभा अयौल भारी मतको अन्तरमा विजयी बनेकी छन् । अर्यालले ४१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धि पुस्कर बस्नेतले २२२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अन्य उम्मेदवारहरु रामचन्द्र बस्नेतले ४३ र गंगा बरालले ७१ मत प्राप्त गरे । १०६४ मतदाता रहेको काठमाडौंमा ७७७ मत खसेको थियो । त्यसै गरी उपाध्यक्षमा प्रेस सेन्टरकै सहयोगमा हेम बहादुर राना (कमल)ंले २६६ मत ल्याएर विजयी बने उनका प्रतिस्पर्धि गोबिन्द गिरीले २४५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस सेन्टरकी क्रान्ति न्यौपानेले ४१३ मत प्राप्त गरी विजयी बनिन् । उनका प्रतिस्पर्धि सीतामाया पौडेलले २१८ मत मात्रै प्राप्त गरिन् । सचिवमा युनियनका रमेश बोहोराले ३४३ मत प्राप्त गरे उनका निकटतम् प्रतिस्पर्धि बुद्ध योञ्जन लामाले ३०३ मत मात्रै प्राप्त गरे । खुला सहसचिवमा विक्रम रत्नले २८२ मत र समावेसी सहसचिवमा ईश्वरी अधिकारी (इशा)ले ३८३ मत प्राप्त गरिन् । प्रेस चौतारी र युनियनका उम्मेदवार रामचन्द्र कार्कीले ३०१ मत ल्याएर कोषध्यक्षमा बाजी मारे खुला सदस्यमा अंकध्वज परियारले २९४, अनिशा जयन्ती श्रेष्ठले ३३२, ऋग देवकोटाले २७८, गोबिन्द कुमार शर्माले २९२, नेत्र बहादुर बस्नेतले २७०, चेत नारायण बेल्बासेले २९६, मञ्जु घिमिरेले २५४, यमराज सुबेदीले ३१५, समावेसी सदस्यमा अनिसा निरौलाले ३४३, जनजातीबाट बिनिता डंगोल निबिरोध निर्वाचित भएकी थिइन भने दलितबाट गणेश बि.क. र अन्यबाट जगदीश प्रसाद अधिकारीले २६८ मत ल्याएर निर्वाचित भए ।



कास्कीमा प्रेस चौतारीका बराल


नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा प्रेस चौतारीका माधव बराल विजयी भएका छन् । सम्पन्न मतगणनामा प्रतिस्पर्धी राजेन्द्र अधिकारीलाई नौ मतको अन्तरले पराजित गर्दै बराल बिजयी भएका हुन् । बरालले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठवन्धनबाट र अधिकारीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका दिए । कुल २०५ मत खसेको कास्कीमा विजयी बरालले १०५, अधिकारीले ९६ मत प्राप्त गरे । बराल प्रेस चौतारी नेपाल कास्कीका पूर्वअध्यक्ष एवं महासंघ कास्कीका निवर्तमान सचिव पनि हुन् । अधिकारी महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । कास्कीका बराल र अधिकारीबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएकोमा सोही बमोजिम नै मत परिणाम आएको छ ।
यसैगरी उपाध्यक्षमा ९० मत प्राप्त गर्दै माधव रेग्मी विजयी भएका छन् । उनका दुई प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल अथकले ३५ मत प्राप्त गरे । रेग्मी प्रेस युनियन कास्कीका पूर्व उपाध्यक्ष हुन् । यसैगरी महिला उपाध्यक्षमा १०१ मतका साथ कञ्चन थापा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी विनाकुमारी थापाले ८७ मत प्राप्त गरिन् ।
यस्तै सचिवमा भूपाल गुरुङ १०२ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत प्राप्त गरे । सहसचिवमा मधु अधिकारी ११८ मतका साथ विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत प्राप्त गरे भने समावेशी सहसचिवमा धनबहादुर गुरुङ (सुमन) १२६ मतका साथ विजयी हुँदा दिलप्रसाद गुरुङले ७२ मत प्राप्त गरे । यता कोषाध्यक्षमा राजाराम पौडेल ११७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० प्राप्त गरे । कार्यसमिति सदस्यमा कविता घर्तीमगर १०१, सुरेश सुनार १४३, अर्जुन (सुशान्त) गाहा १५१, गौरव त्रिपाठी १४३, राजु गिरी १३२, बालकुमारी पौडेल १२९, सन्तोष सुवेदी १२८, रिखिराम जिसी ११७, तुलसीराम सुवेदी १०७, निराजन अधिकारी १०६, पुष्पराज दाहाल १०४ मतका साथ विजयी भए । साथै कार्यसमिति सदस्यमा पुनम थापा मगर र सूर्य परियार निर्विरोध निर्वाचित भएका थिए । यता, राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट) १२४, दिननाथ बराल ११६, कृष्णमणि बराल १०९, भरत कोईराला १०८, राजबहादुर गुरुङ १०८ मतका साथ विजयी भएका छन् । मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता समेत हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक समेत रहेका बताइएको छ ।


. सोलुखुम्बुमा युनियनका दर्नाल

सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भएका छन् । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गरे । सोलुखुम्बुमा १७ वर्षपछि प्रेस युनियन नेतृत्वमा फर्किएको हो । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरे । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता समेत हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक समेत रहेका बताइएको छ ।


ललितपुरमा प्रेस सेन्टरका कार्की
काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले २४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत ल्याए । यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदानको गएराति अन्तिम मतपरिणाम आएको हो ।

पत्रकार महासंघ भक्तपुरमा युनियन र चौतारीका शिल्पकार
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन् । सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भए । त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय भए ।



चितवनमा चौतारी र युनियनका पराजुली
नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य अत्यधिक मतका साथ निर्वाचित भएका हुन् । सदस्य (आदिवासी जनजाती)मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित)मा सरोज उपरकोटी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । सदस्य (महिला)मा अस्मिता पराजुली र सदस्य (खुल्ला)मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

मकवानपुरको अध्यक्षमा युनियन र चौतारीका अधिकारी
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन् । नयाँ नेतृत्वका लागि शुक्रवार भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेकी अञ्जली थापालाई ९ मतान्तरले पराजित गर्दै अधिकारी पत्रकार महासंघ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले ४५ मत प्राप्त गर्दा सेन्टरबाट उम्मेदवार बनेकी अञ्जली थापाले ३६ मत मात्र प्राप्त गरेका थिए। त्यसैगरी अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोष्टराज अधिकारी (कुमार) ले २० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा धुर्व्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५५ प्राप्त गर्दा गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरेका थिए । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी भावना रिजाल निर्वाचित भएकी छिन् । उनले ५५ मत ल्याउदा युनियन चौतारीकी साझा उम्मेदवार बनेकी प्रतीक्षा न्यौपानेले ४४ मत पाइन् ।
महासंघको सचिवमा सेन्टरबाट इन्द्र प्रसाद बन्जारा (रमेश) दुलाललाई हराउँदै केशव समर्पण सुवेदी विजयी बनेका छन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बन्जाराले ३१ मत प्राप्त गरे। त्यसैगरी सहसचिव (खुल्ला) मा शिव प्रसाद चौलागाईं विजयी भएका छन् । विश्वराम अधिकारीलाई ३६ मतले पछि पार्दै चौलागाईंले चुनाव जितेका हुन् । उनले ६५ मत प्राप्त गर्दा अधिकारीले ३९ मत पाए । यस्तै,सहसचिव समावेशीमा सन्नु रिजाले ५८ मत प्राप्त गरी रुपा गुरुङलाई हराएकी हुन्। गुरुङले ४० मत प्राप्त गरिन् । त्यस्तै, सदस्यहरूमा सरोज पौडेल ६५, रविन ढुङ्गा ५९, श्रीराम अर्जुन दाहाल ५७, श्यामलाल दुलाल (गणेश) ५३, सुमन दुलाल ५२, अनिल मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सदस्य महिलामा स्मीता अर्जेल (४८) र सदस्य आदिवासी जनजाति सदस्यमा सानुमाया गुरुङ (४९) मधेसीमा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् । सदस्य दलितमा संजीव विक (४७) मत सहित निर्वाचित भएकी छिन् ।त्यस्तै केन्द्रीय परिषद् सदस्यमा नवराज शर्मा र सुजन विडारी निर्वाचित भएका छन् । शर्माले ५१ मत र विडारीले ४५ मत ल्याई निर्वाचित भएका हुन । प्रदेश परिषद् सदस्यमा ६ जना र दलित केन्द्रीय परिषद् सदस्यमा १ जना यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


रौतहटको अध्यक्षमा युनियन र चौतारीका कार्की विजयी

नेपाल पत्रकार महासङ्घ रौतहट शाखा अध्यक्ष पदमा सञ्जय कुमार कार्की बिजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनको गएराती प्रकाशित अन्तिम मत परिणाम अनुसार कुल १५ मत ल्याएर कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेपाल प्रेस युनियनका उम्मेदवार कार्की अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी द्धय प्रेस चौतारी नेपालका उमेदवार उत्तम कुमार उपाध्याय र प्रेस मञ्चका रवीन्द्र प्रसाद साहलाई तीन तीन मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन्।
उपाध्याय र साहले १२ र १२ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार समाजबादीका मदन ठाकुर (धनञ्जय) ले मात्र ६ मत प्राप्त गरी सबै भन्दा पुच्छार रहेका छन् । उपाध्यक्षमा प्रेस सेन्टरका उमेदवार डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका थिए । सचिवमा प्रेस चौतारीका गौतम श्रेष्ठ २६ मत ल्याएर निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह(सचिवमा खुला तर्फ जीतेन्द्र श्रीवास्तव २४ मत र समावेशी तर्फ दिनेश यादवले २६ मत प्राप्त गरी निर्वाचित भएका छन्
कोषाध्यक्षमा सञ्जय कुमार सहनी २४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यस अघि नेपाल पत्रकार महासंघ रौतहट शाखाको केन्द्रिय पार्षदमा चौतारीका,शैलेन्द्र गुप्ता, प्रदेश पार्षदमा चौतारीका रमेश तिमलसिना, शाखाको महिला उपाध्यक्षमा चौतारीकी बिना श्रीवास्तव महिला खुला तर्फ रश्मी पटेल, झल कार्की, पुरुष खुला तर्फ उमेश यादव र आदिवासी जनजाति बाट प्रकाश श्रेष्ठ लगायत निर्बिरोध निर्वाचित भएका थिए ।
शुक्रवार सम्पन्न निर्वाचनमा मतदाता लाई प्रभावमा पार्न अनेक जालझेल गरिएको थियो । नेपाल पत्रकार महासंघ रौतहट शाखाको नेतृत्वको लागी शुक्रवार भएको निर्वाचनमा सत्त प्रतिशत कुल ४५ मत खसेको थियो ।


.धनुषामा युनियन र चौतारीका साह विजयी
धनुषा । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गरे । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गरिन् ।
सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गरे । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाए । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाए । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।
प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भएकी छिन्भने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित भएका छन् ।


झापाको अध्यक्षमा गिरी
पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित एका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिए ।
अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भए । यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसकेका थिए । महासंघको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे । महासंघको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।


धनकुटाको अध्यक्षमा खवास
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको १३ औं अधिवेशनले सर्वसम्मतरुपमा जिल्ला कार्यसमिति चयन गरेको छ । महासंघको १३ औं अधिवेशनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको अध्यक्षमा विदुर खवास सर्वसम्मतरुपमा चयन भएका छन् । यसैगरि शाखाको उपाध्यक्षमा डण्डीकेशर कट्टेल(रबिन) चयन हुनुभएको छ ।
यसैगरि शाखाको महिला उपाध्यक्षमा सर्मिला राई चयन हुनुभएको छ । शाखाको सचिवमा हरिवहादुर लम्जेल चयन हुनुभएको छ । महासंघको खुल्ला सह सचिवमा इश्वर थापा चयन हुनु भएको छ भने सह सचिव(समावेशी) तर्फ विश्वराज श्रेष्ठ चयन हुनु भएको छ ।
यसैगरि कोषाध्यक्षमा नारायण कुमार आठपहारिया चयन हुनुभएको छ । यसैगरि महिला सदस्यमा चांदनी राई, दलित सदस्यमा विशाल लम्जेल, आदिवासी जनजातीमा सफलमान राई, अन्य समाबेशी सदस्यमा अजय सन्तोषी राई सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।
यसैगरि खुल्ला सदस्यहरुमा सन्तोष सुवेदी, विजय शेखर श्रेष्ठ, अनिता राई, सप्टिका राई र कल्पना तामांग चयन हुनु भएको छ ।
अधिवेशनले प्रदेश परिषद सदस्यमा टकलाल राई,बिकास घिमिरे,नयराज नेपाल,सुखकला राई र देवकला कार्की चयन गरेको छ भने केन्द्रीय परिषद सदस्यमा सञ्जयसन्तोषी राई, रमेशचन्द्र अधिकारी र मानवी मोक्तान चयन हुनुभएको छ । स्थापनाकालदेखि सर्वसम्मतरुपमा नेतृत्व चयन हुँदै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको यस अधिवेशन पनि सर्वसम्मतरुपमै जिल्ला शाखाको नेतृत्व चयन गरिएको हो । महासंघको तीनै तहको निर्वाचन आज बिहान १० बजेदेखि ४ बजे सम्म हुने भएकोले औपचारिक रुपमा परिणाम भने घोषणा हुन बांकी रहेको छ ।


स्याङ्जाको अध्यक्षमा कोइराला
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रेस युनियनका प्रदिप कोइराला निर्वाचित भएका छन् । उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट गठबन्धन गरी उम्मेद्वार बनेका थिए । माओवादी निकट प्रेस सेन्टरबाट उम्मेद्वार प्रतिक्षा काफ्ले बिच चुनावी प्रतिष्पर्धा भएको थियो । गठबन्धनको तर्फबाट उमेद्वार बन्नेका कोइराला ३४ मत प्राप्त गरि महासंघको अध्यक्षमा निर्वाचित भए भने प्रेस सेन्टरकी उमेदवार काफ्लेले १३ मत प्राप्त गरेकी छन् । यसैगरी सहसचिवमा भएको प्रतिस्पर्धामा एकबहादुर गोदार (रमेश) ३० मतसहित विजयी भए उनका प्रतिष्पर्धी खेमप्रसाद खनालले (केपी) १६ मत प्राप्त गरे । गठबन्धन र प्रेस सेन्टरबीच अध्यक्ष, खुला सहसचिव,४ खुल्ला सदस्य सहित १ समावेसी सदस्यका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यतर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाहा ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत सहित विजयी भए भने शालिकराम पाखरेलले १० मत प्राप्त गरेका थिए । त्यस्तै समावेसी सदस्यमा हिमलाल घर्तीले ३५ मत सहित विजयी हुँदा प्रतिष्पर्धी कामना सुँनारले ११ मत प्राप्त गरिन् । महासंघमा ५४ सदस्य रहेकामा ४९ जनाले मतदानमा भाग लिएका थिए ।
यसअघि खुल्ला उपाध्यक्षमा एमाले निकट प्रेस चौतारीको तर्फबाट माधव गैरे, युनियनबाट महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा चौतरीबाट हरीप्रसाद सुवेदी(सुशील) समावेशी सह–सचिवमा चौतारीकै कला राना र कोषाध्यक्षमा युनियनका जोगराज पाठक निर्विरोध निर्वाचित भएका थिए छन् । यसैगरी महिला सदस्य युनियनबाट आरती कुँवर, दलित सदस्यमा सेन्टरबाट नारायण विश्वकर्मा र जनजाति सदस्यमा युनियनबाट विनोद रखाली निर्विरोध निर्वाचित भएका थिए । केन्द्रिय परिषद सदस्यमा युनियनबाट ओमप्रकाश शर्मा र पार्वती पाण्डे प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, फुलमाया भट्राई, रामु भट्राई निर्विरोध निर्वाचित भएका छन् ।


मोरङको अध्यक्षमा पाठक
नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धि नवराज कट्टेलले ५९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२–८२ वराबर मत प्राप्त गरेका छन् । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।
महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् । केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.