October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चार अर्ब रुपैयाको स्वास्थ्य सामाग्री सहयोग प्रदान गर्दा पनि चीन सरकारलाई धन्यवाद दिन समेत कन्जुस्याई ?

फोटो साभारः नेपालका लागि चिनिया राजदूत हाउ याङ्छीको ट्वीटरबाट

काठमाडौं । चीन सरकारले १८ लाख डोज कोभिड विरुद्धको खोप र स्वास्थ्य सामाग्री गरी चार अर्ब भन्दा बढि नेपाली रुपैयाको अनुदान सहयोग नेपाली जनतालाई दिए पनि नेपाल सरकारबाट सामान्य रुपमा धन्यवाद दिएर कुटनीतिक मर्यादा पालना गर्न कञ्जुस्याई गरिरहेको छ । यो हेर्दा ओली सरकारलाई उत्तरको छिमकीलाई धन्यवाद दिन पनि कसैको आदेश त चाहिएको होइन ? प्रश्व उब्जिएको छ । । नेपालको विदेश नीति पञ्चशीलका आधारमा हुनुपर्नेमा भारततर्फको सम्बन्धलाई एकातर्फी रुपमा अघि बढाएको ओली सरकारले चीन सरकारसँग खुलेर सहयोग अनुदानमा स्वास्थ्य सामाग्री माग्न सकेको थिएन । लामो समय भारतीय खोपका लागि मात्रै समय बिताएको छ । २० लाख डोज भ्याक्सिनको रकम अग्रिम लिएपछि सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप १० लाख डोज मात्रै दियो । १० लाख डोजको रकम लिएर सेरम इन्स्टिच्यूट इण्डियाले आफै भारतीय अदालतमा मुद्दा हाल्न लगाएर विश्वका धेरै देशसँग १५ करोड डोजको रकम पचाउने प्रपञ्च गरेको छ । त्यहि भएर प्रधानमन्त्री ओलीले खोप अनुदान माग्न आलांकारिक राष्ट्रपतिको जिम्मा लगाइदिए ।
भारतीय खोप कोभिसिल्ड लगाएका जेष्ठ नागरिकहरुले दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । तथापि सरकारले भुक्तानी भइसकेको खोपका लागि दवाव दिन सकिरहेको छैनन् । प्राथमिकताका आधारमा भन्दै पहुँचवलाहरुले खोप लगाईसकेका छन् । १२ हप्ताभित्रमा लगाउनु पर्ने दोस्रो डोजको खोप लगाउन नपाएपछि अहिले लाखौ जेष्ठ नागरिकहरु चिन्तामा छन् । सरकार भने मौन छ ? जनताको आधारभुत आवश्यक्ताका रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि सरकारको गम्भीर रुपमा ध्यान पुग्न सकेको छैन ।


खोप किन्न सुरज वैद्यलगायतका मेडिकल बिचौलियाहरुले अवरोध गरेको भन्दै तत्कालिन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी बिलौना गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियालाई अन्तर्वार्ता दिँदा समेत नेपालमा कोभिड नियन्त्रणमा रहेको झुठो अभिव्यक्ति दिए । सहयोग गर्न इच्छुक विदेशीहरुलाई सहयोग गर्न पनि कतै कसैलाई सोध्न जरुरी त थिएन ? आम बुद्धिजिबीहरु शंका गर्न थालेका छन् । प्रधानमन्त्रीले अक्सिजन अभावमा ज्यान फालिरहेका नेपालीहरुको पीडा र मर्म सुन्न समेत तयार भएनन् । एक दिन दर्जर्नौ बिरामीहरु अक्सिजनको अभावमा इहलीला समाप्त भयो ।
नेपाल स्थित भारतीय राजदुत विनय मोहन क्वात्राले विक्रीका लागि प्रचार प्रसार हुने उद्देश्यले सुरुमा अनुदान दिएको सेरम इन्स्टिच्युटको १० लाख डोज कोभिसिल्ड खोपका लागि भने प्रधानमन्त्री केपी ओलीले नै खुलेर धन्यवाद दिएका थिए । परराष्ट्रमन्त्रीबाट हटाइएका प्रदिप ज्ञावलीले सम्पत्ति सार्वजनिक गरेर वाहिवाहि पाए पनि किन चार अर्ब भन्दा बढि सहयोग गर्ने उत्तरको छिमकीलाई धन्यवाद दिएर कुटनीतिक मर्यादा कायम गर्न सकेनन् । धन्यवाद दिनका लागि पनि तत्कालिन परराष्ट्रमन्त्री ज्ञावलीलाई कसैको आदेश चाहिएको हो कि भन्ने आशंका जन्मायो । चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले चार अर्ब भन्दा बढि स्वास्थ्य सामाग्री अनुदान दिएर महामारीमा नेपाली जनतालाई गुन लगाउने चीन सरकारलाई धन्यवाद पनि दिन नसकेको प्रति ट्वीट गर्दै असन्तुष्ट व्यक्त गरेका छन् ।
नेपालको बिपत्तीमा सधै बिना स्वार्थ सहयोग गर्दै आएको चीनलाई भारतीय नेताहरुको दवाव र प्रभावमा सामान्य शिष्टाचारसमेत गर्न नसकेको प्रति अहिले राष्ट्रवादी नेपालीहरु आक्रोस पोखेका छन् । जसपाका भारत परस्त नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएपछि अहिले बहुल राज्यका लागि आन्दोलन गर्ने उद्घोस् गरेका छन् । तर, प्रधानमन्त्री ओली रोम जल्दा शासक निरोको जस्तो अभिनयमा ब्यास्त भएर बासुरी बजाईरहेको अभास मिल्न पुगेको छ । यस विषयमा सत्ता नेतृत्वका लागि आन्दोलन गर्ने पाँच दल पनि महतोको अभिव्यक्तिमा मौन छन् । उनीहरु पनि ओली भन्दा बढि दास भएको चारित्रिक मार्कसिट लिएर कम्फर्टबल सरकार बनाउन ब्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.