January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतमा ‘मिस पोखरा’ सृष्टि खड्का

नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतमा ‘मिस पोखरा’ सृष्टि खड्का

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले ‘मिस पोखरा–२०२४’ सृष्टि खड्कालाई सद्भावना दूत नियुक्त गरेको छ । प्रतिष्ठानले काठमाडौंमा एक समारोहबीच उनलाई सदभावना दूतमा नियुक्त गरेको हो ।


‘द हिडन ट्रेजर’का निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारको प्रमुख आतिथ्यमा आयोजित समारोहमा सृष्टि खड्कालाई प्रतिष्ठानको सद्भावना दूतबाट सम्मान गरिएको थियो । साथै, कार्यक्रममा दिवाकर राजकर्णिकारले यस क्यान्सर निवारण प्रतिष्ठानले सामाजिक सेवामा एउटा आयाम थप्ने कार्य गरिरहेको र धेरैभन्दा धेरै जनमानसमा यसको प्रचारात्मक कार्य गरिरहेको बताए ।


‘मिस पोखरा–२०२४’का आयोजक इभेन्ट फोर युका अध्यक्ष विशाल गुरुङले क्यान्सर निवारण प्रतिष्ठान जस्तो संस्थाले यस प्रकारको कार्यक्रम गरी सद्भावना दूतको रुपमा सम्मानित गरेकोमा खुशी व्यक्त गरे । साथै, उनले प्रतिष्ठानका परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा सृष्टि खड्काले प्रतिष्ठानको सद्भावना दूत नियुक्ती गरेकामा खुसी व्यक्त गर्दै भनिन्, ‘क्यान्सर निवारण प्रतिष्ठानले मलाई सद्भावना दूत नियुक्त गरेकामा हार्दिक प्रशन्नता व्यक्त गर्दछु ।’


कार्यक्रममा प्रतिष्ष्ठानका कोषाध्यक्ष फूपु तेन्जिङ्ग शेर्पाले सम्पूर्ण आगन्तुकलाई स्वागत गरेका थिए भने वरिष्ठ ¥यापर गायक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, प्रतिष्ठानका सद्भावना दूत मिस मंगोल २०२४ एन्जल राई, मिस हङकङ अन्जना पुन २०२४, मिस नेवाः २०१३ सुदिना श्रेष्ठ, अफिसियल कोरियोग्राफर मिस पोखरा, सिनियर मिडिया पर्सनालिटी जैन सुब्बा मानन्धर, इन्जिनियर जुनु त्वायना,सन्नी सुब्बा, पदम सागर कक्षपति, संजय शाही, जगत नारायण महर्जन, अन्जना शाक्य, मिस पोखरा २०१८ सारा बजिमय, दिनेश शाक्य, विवेक मानन्धर, सिद्ध वाग्ले, पिन्की चौहान लगायतको उपस्थिति थियो ।


प्रतिष्ठानमा अध्यक्ष तथा वरिष्ठ गीतकार, समाजसेवी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानबाट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्य गर्दै आइरहेको श्रद्धा क्षेत्रीले जानकारी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.