October 3, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चीनको प्राचिन इतिहास—१

Photo: Narayan Prasad Sharma

लेखकः सत्यकेतु विद्यालंकार
अनुवादकः नारायण प्रसाद शर्मा


चीनका धेरै ठाउँमा अहिले पनि प्राचिन अवशेषहरु पाईन्छ । यसैबाट पनि प्रष्ट हुन्छ, धेरै पहिला देखि नै चीनमा मानव जातिको बसोबासका साथै सभ्यताको पनि विकास भएको थियो । उक्त समयमा पनि उनीहरु ढुंगाबाट बनेका सुन्दर उपकरणको प्रयोग गर्दर्थे । भाडाकुँडा बनाउँदथे । त्यसपछि उनीहरु खेती गर्ने र अन्न उत्पादनका लागि लागेका थिए । चीनमा सबैभन्दा प्राचिन र उन्नत सभ्यताको विकास भएको ठाउँ भनेको ह्वाङगो र याङ्सेकियाङ नदीको किनारमा रहको सभ्यताहरु हुन् । यी दुबै नदी तिब्बतको उत्तरी पर्वतमालाबाट बग्ने गर्दछन् । साथै यी नदीहरु हजारौं माइल बगेपछि प्रशान्त महासागरमा मिसिन्छन् । यीे नदीहरुको किनारामा एकदमै उब्जाउँ क्षेत्रहरु रहेका छन् । त्यो समयमा प्रत्येक राज्य स्वतन्त्र र नगर राज्यका रुपमा अवस्थित थिए ।


प्रतापी सम्राटको उदय
यी बस्तीका छिमेकमा पशुपालनमा लागेको मानिसका बस्तीहरु थिए । समय समयमा यो सभ्य बस्तीमा हमाला हुन्थ्यो । आफ्नो सुरक्षाका लागि नगरमा यस्ता व्यक्तिहरुको पनि जन्म भयो, जसले सेनाको गठन नै गरिदिए । त्यसपछि त पशुपालक जातिहरुलाई कसैले हमला गर्न सक्ने सम्भव नै भएन । जुन वीर पुरुषहरु विदेशीको आक्रमणबाट बचाउनका लागि आफ्नो देशको रक्षाका गर्न सेनाको गठन गरे । तिनीहरुले नै बिभिन्न नगरराज्यको शासन आफ्नो हातमा लिए । त्यसपछि उनीहरुले स्वतन्त्र राजा जसरी शासन गर्न लागें । चीनमा यस्ता प्राचिन राजाहरुको संख्या सयौको संख्यामा थिए । विस्तार विस्तारै प्रभावशाली राजाहरु आफ्नो कमजोर छिमेकीहरुलाई जितेर आफ्नो राज्यमा एकीकरण गरे । यसरी स्वतन्त्र राजाहरुको संख्यामा कम हुँदै गयो । त्यसपछि केहि प्रभावशाली सम्राटहरुको उदय भयो । जसले ह्वांहो र याङसे—कियांग नदी क्षेत्रका सबै राजाहरुलाई जितेर आफ्नो अधिनमा लिए । यसरी पहिलो चीनका चक्रवर्ति सम्राट शांग वंशका थिए । यो वंश ईश्वी पूर्व १६५० देखि ईश्वी पूर्व ११२५ सम्म शासन गरेका थिए । शांग वंश पछि चाउ वंशको शासन ११२५ देखि २२१ ईश्वीपूर्व सम्म रहन गयो । यी दुबै राजाहरुको शासन कालमा अन्य राज्यहरुमा हस्तक्षेप गरेनन् । यी सामन्त राजा सम्राटको कमजोरीको फाइदा उठाएर विद्रोह गर्न वा स्वतन्त्र रुपमा शासन गर्नका लागि सधै जनताहरु तत्पर थिए, किनकी यो समयमा शान्ति सुरक्षाको एकदमै कमजोर अवस्था थियो । इश्वी पूर्व चौथो शताब्दीमा शक्तिशाली सम्राटको अभावमा धेरै राज्यहरु स्वतन्त्र हुनका लागि आपसमा युद्ध गर्न लागे ।


सम्राट चिन शिह —ती
ईश्वी पूर्व तेस्रो शताब्दीमा चीनमा एक शक्तिशाली सम्राट चिन शिह—तीको उदय भयो । उनले चीनका धेरै राजा र सामान्तीहरुलाई जितेर आफ्नो अधिनमा ल्याई व्यवस्थित राज्यको रुपमा शासन गरे । यो समयमा चीनमा हूणहरुको आक्रमण तिब्र थियो । उनीहरु असभ्य र जंगली जातीहरु थिए । यिनीहरु चीनको उत्तरी प्रदेशमा बसोबास गर्दथे । यिनीहरुसँग लड्नका लागि सम्राट चिन शिह—तीले तीन लाख सेनाको शक्तिशाली संगठन बनाए । यो सेनाको अगाडि हूणहरु टिक्न सकेनन् । भविश्यमा हूण जातिहरुले आक्रमण नगरुन् भन्नाका खातिर उनले चीनमा विशाल पर्खालको निर्माण सुरु गरे । जसको लम्बाई १८०० माइल थियो । यो पर्खाल बनेपछि हूण जातीबाट चीनको रक्षा गर्न सहज बन्यो । यसपछि चीन विशाल रुपमा परिवर्तन भयो । यसरी उक्त समयमा लगाइएको पर्खालको ठाउँ ठाउँमा सेना राखेर बाहिरी आक्रमणबाट सुरक्षा गरिएको थियो । यसरी उक्त समयमा १८०० माइलको पर्खाल बनाइनु सहज कुरा थिएन । यसरी सम्राट चीन शिह—ती र उनका उत्तराधिकारीहरुको शासनकाल कति समृद्ध र उन्नत थियो ? यहि पनि एक प्रमाण हो ।


चिन वंश

सम्राट चिन शिह—ती चिन वंशका थिए । यसै वंशका कारण देशको नाम नै चीन रहँन गयो । सम्राट चिन शिह—ती जसले हूण जातिको रक्षाका लागि १८०० माइल लामो पर्खाल बनाए, उनका अनुभवमा देशको रक्षाका लागि यस्तै खालको उपया गर्नुपर्ने ज्ञान भयो । सम्राट चिन शिह—तीको शासन हुँदा भारतमा सम्राट अशोकको शासन थियो । चिन शिह—तीले स्वतन्त्र र छुट्टा छुट्टै राज्य थिए भन्ने आभास पनि पनि नहोस् भनिकन चिकित्सा शाश्त्र र विज्ञानका बाहेक अन्य पुस्तकहरु जलाइदिएका थिए । अर्थात गलत र नकरात्मक इतिहास कसैलाई पनि थाह नहोस् भनेर यो काम गरेका थिए ।


हान वंशको उदय
ईश्वी पूर्व २०९ मा चिन शिहन्तीको मृत्यु भयो । त्यसपछि विशाल चिनिया साम्राज्यका लागि राजगद्धी हत्याउन झगडा सुरु हुन थाल्यो । यस्तो अवस्थाको फाइदा उठाएर हान वंशका एक जना साहसी व्यक्तिले चिन वंशको अन्त्य गरी नयाँ वंशको प्रारम्भ गरे । यसरी हान वंश ईशापूर्व २०६ बाट सुरु भएर २२० ईशा पूूर्वसम्म कायम रह्यो । चीन शिहन्तीको अथक प्रयत्नबाट चीनमा राजनीतिक एकता कायम भएको थियो । हान सम्राटको शासन कालमा पनि यो अवस्था स्थिर नै रहन पुग्यो । यो वंशको सबैभन्दा प्रसिद्ध सम्राट वृन्ति थिए । उनको समयमा चीनको साम्राज्य विस्तारमा चरम सीमासम्म पुगेको थियो । त्यो समयमा पूर्वमा प्रशान्त महासागर देखि पश्चिममा केस्पियन सागरसम्म एक छत्र शासन थियो । मध्य एशियाका सबै जातिहरु उनको अधिनमा थिए । हान वंशको चिनी साम्राज्यको विस्तार सिकनदरको मेसिडोनियन साम्राज्य र ट्राजनको रोमन साम्राज्य प्रति जनताका असाध्यै धेरै अपेक्षाहरु थिए ।


हान वंशको शासनकालमा चीनमा बौद्ध धर्मको प्रवेश भयो । सम्राट अशोकको समयमा बौद्ध भिक्षुले आफ्नो धर्म प्रचारका लागि विदेश जान सुरु गरेका थिए । विस्तार बिस्तार सम्पूर्ण चीन नै बौद्ध धर्मका अनुयायी बने । वौद्ध भिक्षुहरु चीनमा भगवान गौतम बुद्धको सन्देश फैलाएर मात्रै सन्तुष्ट भएनन्, कोरिया तथा जापानमा समेत पुगेर धर्मको प्रचार गरे । बौद्ध धर्मको प्रचारका कारण चीन र भारतको पनि सम्बन्ध बढ्न थाल्यो । भारतीय व्यापारीहरु समुन्द्री मार्गबाट व्यापारका लागि चीनमा गए । चीनको व्यापारिक सम्बन्ध रोमसँग पनि स्थापित भयो । पहिलो शताव्दीमा रोमको साम्राज्य पूर्वमा केस्पियन सागर र टिग्रिस नदीसम्म थियो । यसरी चीन साम्राज्यको पश्चिमी सीमा पनि केस्पियन सागरसम्म नै थियो । यो समयमा दुबै साम्राज्यको परस्पर ब्यापारको उन्नति भएको थियो ।


हान वंशको शासनकालमा चीनमा छापखानाको आविस्कार पनि भयो । काठको ब्लक बनाएर चिनियाँहरु छपाईका लागि सामानहरु बनाए । यो समयसम्म पश्चिमी संसारमा छापाखानाको सुरुवातै भएको थिएन । त्यहाँको सिकन्दरिया आादि पुस्तकालयहरुमा पुस्तकको कपि गर्नका लागि राखिएका थिए । हान वंशको शासनकालमा नै चीनमा परीक्षा प्रणालीको सुरुवात भयो । जुन त्यहाँ दुई हजार वर्षसम्म कायमै रहन गयो । यो समयमा अन्य देशमा राजकीय पदमा नियुक्तिका लागि कुनै परीक्षाको जरुरी थिएन । राजकुल तथा उच्च धनी वर्षका लागि नियुक्तिका लागि केहि पनि आवश्यक थिएन । कुन पदमा कुन व्यक्ति कुन पदमा नियुत्ति गर्ने हो ? राजाको इच्छामा भर पर्दथ्यो । तर, हान सम्राटले चीनको बिभिन्न राजकीय पदमा नियुक्तिका लागि परीक्षा पद्धतिको सुरुवात गरिदिए । जुन व्यक्ति चीनको पुरातन ग्रन्थमा विद्धत छ त्यहि नै राज्यद्वारा सञ्चालित परीक्षामा उत्तिर्ण हुन्थे । राजकीय पदमा नियुक्तिका लागि कुनै जात, जन्म र कुलको भेदभाव हुँदैनथ्यो ।

हान वंशको शासनकालमा चीनको बिभिन्न राजकीय पदमा नियुक्तिका लागि परीक्षा पद्धतिको सुरुवात गरे । जुन व्यक्ति चीनको पुरातन ग्रन्थमा विद्धत छ त्यहि नै राज्यद्वारा सञ्चालित परीक्षामा उत्तिर्ण हुन्थे । राजकीय पदमा नियुक्तिका लागि कुनै जात, जन्म र कुलको भेदभाव हुँदैनथ्यो । त्यसै गरी विश्वमा छापाखानाको आविश्कार पनि चीनमै भएको थियो ।
सम्राट चिन शिह—तीले भविश्यमा हूण जातिहरुले आक्रमण नगरुन् भन्नाका खातिर उनले चीनमा विशाल पर्खालको निर्माण सुरु गरे । जसको लम्बाई १८०० माइल थियो ।


तीन राज्य

हान वंशको शक्तिशाली राजाका वैभवपूर्ण र विशाल साम्राज्य इशापूर्व तेस्रो शताब्दीमा समाप्त भयो । सुदृढ शासनको वावजुद पनि चीनमा एकता कायम हुन सकेन । ईशापूर्व २२० मा चीन तीन भागमा विभाजन हुन पुग्यो । जुन सातौ शताब्दीसम्म रहन पुग्यो । यो समयमा भारतका बौद्ध भिक्षुहरु ठूलो संख्यामा चीनमा गए । उनीहरुले धर्मको अलवा ज्ञान, विज्ञान र कलाको प्रचार प्रसार गरे । चीनीयाहरु उक्त समयमा भारतलाई आफ्नो धर्मभूमि सम्झेका थिए । त्यसैले त्यो समयमा धेरै चिनियाहरु भारत भ्रमणमा गएका थिए । चिनियाँहरु भारतमा आएर बिभिन्न विद्यापीठमा धर्म र दर्शनको अध्यन गरे ।


तांग वंश
६१८ ईश्वीमा चीनमा तांग वंशको शासन सुरु भयो । यो वंशका पहिलो राजा काओ त्सु थिए । उनी असाध्यै महत्वकांक्षी थिए । उनले सम्पूर्ण चीनभित्रका साना तिना राज्यलाई जितेर विशाल साम्राज्यका रुपमा चीनको निर्माण गरे । कम्बोडियालाई पनि विजय गरी आफ्नै राज्यमा गाभे । तांग वंशको शासन ईश्वी पूर्व ९०७ सम्म रहन गयो । यो वंशको शासनकालमा चीनमा अत्यन्तै उन्नती भएको थियो । यि सम्राट असाध्यै उद्दार तथा वैभवशाली थिए । विदेशमा ब्यापार वृद्धिका लागि अनेक प्रयत्न गरेका थिए । उनले विदेशीहरुलाई पनि अति आदर गर्दथे । साथै नयाँ नयाँ कुरा सिक्नका लागि अति नै उत्सुक थिए । यसै कारण यो समयमा इसाई र मुस्लिम धर्म प्रचारकहरु पनि ठूलो संख्यामा चीनमा गएका थिए । यसरी रोम सम्राट जस्तै तांग सम्राटहरु पनि धर्मको मामिलामा हृदय संकीण र असिष्णु थिएनन् ।


सुंग वंश
तांग वंश पछि दशौं शताब्दीमा चीनमा सुंग वंशको शासन चल्यो । यो समयमा चीन राजनीतिक दृष्टिकोणले एक थियो । सुंग वंशको सम्राट राजनीतिमा कुशल थिए । जनताको हितका लागि उनले अनेक कानूनहरु बनाए । सातौ, आठौं र नवौं शताब्दीमा भारत अनेकौं राज्यमा विभक्त थियो । राज्यहरु बीचको आपसी युद्दका कारण देशमा शान्ति सुरक्षाको अत्यन्तै अभाव थियो । यो समयमा रोमन साम्राज्य पनि बिभिन्न खण्डमा बिभाजित थियो । पश्चिम एसियामा केहि समयका लागि अरब राष्ट्रले व्यवस्थित साम्राज्य खडा गरेको थियो । संसारका अन्य देशको तुलनामा यो समय चीनमा व्यवस्थित र शान्तिपूर्ण शासन व्यवस्था थियो । युरोपमा शासन व्यवस्था अत्यन्तै अस्थिर थियो । रोमन साम्राज्य बिभिन्न खण्डमा बिभाजित थियो । यो समय चीन संसारको शिरोमणि नै थियो । चीनमा छापाखानाका साथै बन्दूक र बारुदको पनि आविश्कार गरेका थिए । त्यसो त उक्त समयमा चीन संसारको विकसित देश होइन भन्नेमा शंका नै थिएन ।


बाँकी आगामी अंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.