April 14, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

ऐतिहासिक रूपमा महामारीले सिकाएका पाँच पाठ


मधु कुमार मरासेनी
पृष्ठभूमिः सन् १६३५ मा बेलायतमा फैलिदो वेवोनिक प्लेगको महामारीबाट बचाउन क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थीहरूलाई आ–आफ्नो घर पठाईन्छ । जसमध्ये एक थिए आइज्यक न्यूटन । उनी महामारीबाट जोगिन आफ्नो गाउँको कृषि फर्ममा बस्न पुग्छन् ! भनिन्छ त्यहि फर्मको स्याउ बगैचामा बोटबाट स्याउ भुईमा झरेको दृश्यबाट प्रेरित भएर पछि उनले गुरुत्वाकर्षणको सिद्धान्त (थ्यौरी अफ ग्राभिटी)) प्रतिपादन गर्न पुगे !
क. क्वारेन्टाईनमा बस्नेः सन् १३७७ जुलाईमा ब्लेक डेथको महामारीबाट आफ्ना नागरिक बचाउन इटालियन सिटी रगुसाले पहिलो क्वारेन्टाईन कानून पास गरेको थियो ! त्यतिबेला रगुसा छिर्नेलाई १ महिनाको क्वारेन्टाईन अनिवार्य गरिएको थियो ।
ख) सामाजिक दूरी कायम गर्ने ः सन् १६२९/३१ को इटालियन प्लेग देखि सामाजिक दूरी कडाईका साथ अपनाउन थालियो । पसलेहरूले साना साना झ्यालबाट सामान बेच्थे । फ्लोरेन्स सहरमा मात्रै १५० बाट वाइन विण्डो बनाईएका थिए । यसैबाट प्रेरित भएर कोभिड–१९ को संक्रमणका बेला न्यूयोर्क सहरका बारहरूले कक्टेल विण्डोबाट आफ्नो ब्यापार चलाए ।
ग) मास्क लगाउनः मास्क सुरूमा मुख्यतः नाक छोप्नेगरि लगाईन्थ्यो दुर्गन्ध नआओस् भनेर । पछि त नाक मुख दूबै ढाक्ने गरि लगाउन थालियो ! सन् १९१८ को माहामारीको बेला डाक्टरहरू विरामीसँगको दूरी कÞायम गर्न चराको ठुड जस्तो लामो नाक भएको मास्क लगाउथे ।
घ). हात धुने र भुईं सफा राख्नेः पहिले पहिले हात धुने कुरो ठूला बडाको शानको रूपमा हेरिन्थ्यो । तर, महामारीले सर्वसाधारणलाई पनि हात धुन सिकायो ! बाथरूममा सेता टलक्क टल्कने मार्वल राखेको पनि फोहोर झरे सेतोमा देखिहालिन्छ र तुरून्तै सफा गर्न सकिन्छ र माहामारी फैलिन पाउदैन भनेर रैछ !
ङ). स्वच्छ हावाः सन् १९१८ को स्पेनिश फका बेला स्वच्छ हावा हुने ठाउंमा स्कूल संचालन गर्ने चलन जर्मनीले चलायो ! भनिन्छ सिटी प्लानरहरूले सहरमा प्रसस्त हरियाली र खुल्ला बगैचाहरू निर्माण गर्ने चलन सहरको सुन्दरता कायम राख्नका अतिरिक्त यस्तै माहामारीबाट बचाउनका लागि पनि हो रहेछ ।
इतिहासबाट सिकौ । कोरोनाबाट आफु पनि बचौ र अरूलाई पनि बचाऔ !
(स्रोतः इतिहास डट कम र गुगल)

(मरासेनी नेपाल सरकारका सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.