खालिस्तानको माग र अप्रेसन ब्लुस्टार
1 min readखालिस्तान आन्दोलनकै कारण ३१ अक्टुवर १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो
पृष्ठभूमिः तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले शिखहरुको खालिस्तान आन्दोलन दबाउन अमृतसरको स्वर्ण मन्दिरमा अप्रेसन ब्लुस्टार सञ्चालन गरिन् । त्यही कारण उनको पनि आफ्नै बडिगार्ड शिखबाट हत्या भयो । उनको हत्या ३१ अक्टुवर सन् १९८४ भएको थियो । उनको जन्म १९ नोभेम्बेर १९१७ मा भएको हो र आफ्नै सिख सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४मा उनी मारिइन् । सन् १९६६ देखि १९७७ सम्म तीन पल्ट र सन् १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन् । भारतीय खुफिया एजेन्सी Research and Analysis Wing “रअ” कै प्रतिवेदनका आधारमा तत्कालीन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराई भागलाई भारतमा गाभ्ने योजना बनाएकी थिइन् । उक्त कुरा मिसन रअ भन्ने पुस्तकमा रअकै अधिकारी आरके यादवले लेखेका छन् । तर, त्यही योजना बनाउँदै गर्दा खालिस्तान आन्दोलन चर्केर गयो । खालिस्तान आन्दोलन दबाउनका लागि इन्दिरा गान्धीले अप्रेसन ब्लुस्टार सञ्चालन गरिन् । खालिस्तान राज्यको माग गरी गोल्डेन टेम्पलको अकाल तख्तमा सिख सेनाहरुसित बसेका सन्त जर्नेल सिंह भिन्ड्रानवाले सहित झण्डै पाँच सयलाई ६ जुन सन् १९८४ को सैनिक कारबाहीमा मारियो । साथै, जनरल सावेग सिंह पनि मारिएका थिए । जसलाई भारतीय सेनाको पुरै तागत खर्चिनु प¥यो । उक्त आन्दोलनमा १०औ हजार सिखहरु मारिए । भने एक लाख जत्ति युवाहरु देश छाड्न बाद्य भए ।
अमृतसरको स्वर्ण मन्दिरमा गरिएको अप्रेसन ब्लुस्टार नामक सैनिक कारबाहीमा धेरै सिख धर्मावलम्बीहरुको हत्या गरेकै कारण प्रधानमन्त्री इन्दिराको सिख बडिगार्डबाटै हत्या भयो । इन्दिराको हत्यापछि उनकै छोरा राजीब गान्धी प्रधानमन्त्री बने । उनी पनि पन्जावको समस्याले नेपालको तराई भारतमा गाभ्ने योजनामा ध्यान दिन सकेनन् । त्यसपछि ‘रअ’को प्रमुख पनि परिवर्तन भए । र, नेपालको तराईलाई भारतमा गाभ्ने विषय नै थाति रह्यो । इन्दिराको हत्या पश्चात भारतीय राजधानी दिल्लीमा मात्रै झण्डै तीन हजारको संख्यामा रहेका सिखहरु दर्दनाक तरिकाले मारिए ।
के थियो खालिस्तान आन्दोलन ?
खालिस्तान भनेको पवित्र स्थान हो । यो शिखहरुले पञ्जाबमा गरिएको राष्ट्रवादी आन्दोलन हो । पञ्जाब एक नयाँ ऐतिहासिक देश बनाउन गरिएको आन्दोलन थियो, जुनको उद्देश्य अलग देश बनाउनु थियो । र नाम खालिस्तान राखिने बताइन्थ्यो । यसलाई राष्ट्रवादी शिख आन्दोलन भनियो । भारत र पाकिस्तानको बिभाजन पश्चात पञ्जाव दुई देशमा बाडियो ।
गुरु नानकले शिख धर्मको प्रतिपादन गरे । साथै गुरु राम दासले अमृतसर सहरको नामाकरण गरे । अमृतसरमा हर्मेन्द्र शाह पाँचौं थिए । त्यसपछि गुरु अर्जन देबले यो सहर सन् १६०५ मा तयार गरे । जसलाई गोल्डेन टेम्पल (स्वर्ण मन्दिर) भनिन्छ । महाराजा रन्जित सिंहले यो मन्दिरमा सुनको जलप लगाए । जसमा गुरु नानकको प्रवचन लेखिएको छ । गुरु अर्जनदेवलाई मुगल बादशाह जहाँगिरले मारिदिए । उक्त समयमा शिख र मुगल बादशाह बीच लडाई चलिरह्यो । यसरी मुगल बादशाह र शिखहरुको लडाई १७ औं र १८ औं शताब्दीमा लगातार चलिरहको थियो । महाराजा रन्जित सिंहले १७९९ मा आफ्नो साम्राज्यको स्थापना गरे । उनले झण्डै ५० वर्ष शासन चलाए । साथै अमृतसरको राजधानी लाहोर बनाए । यसरी ५० औं वर्षसम्म शिख साम्राज्य चल्यो । पछि अंग्रेजसँग सिख साम्राज्य हा¥यो । त्यसपछि अंग्रेजले सिख प्रान्तका रुपमा पुरै एरियामा शासन चलाए । भारतको स्वतन्त्रपछि पञ्जावको धेरै भाग पाकिस्तानमा प¥यो । सुरुमा भागवलपुर, पटियाला लगायत पञ्जावमै थियो ।
१९२० मा अकाली दलको स्थापना भयो । यो राजनीतिक पार्टी थियो । शिख धार्मिक संस्था (शिरोमणि गुरुद्धारा प्रवन्धक कमिटी) भन्ने संस्था थियो । १९४७ मा पञ्जाव जहाँ धेरै शिखहरु बस्ने गर्दर्थे । भारतको स्वतन्त्रता पश्चात दुई भागमा बाडियो । यसरी यो प्रान्त एक हिस्सा पाकिस्तान र अर्को हिस्सा भारतमा प¥यो । यसमा ठूलो नोक्सान सिखहरुलाई भयो । पाकिस्तानको पञ्जावमा पनि शिखहरु धेरै थिए । सन् १९४७ मा हिन्दु, मुश्लिम र शिखहरु बीच दंगा भड्कियो । त्यो समयमा पनि सबै भन्दा बढि नोक्सानी सिखहरुकै भयो । यसरी भारतको स्वतन्त्र पश्चात सिखहरुले पनि अलग राज्यको माग उठाए । सन् १९५६ मा राज्य पुनःसंरचना आयोगले सरकार समक्ष एक रिपोर्ट पेश ग¥यो । रिपोर्टमा सिखकोे मागलाई पुरै खारेज गरिदियो । यो रिपोर्ट सिख समुदायका लागि ठूलो आघात थियो । सिख राज्य स्थापना नभएपछि उनीहरुले स्वयत्तताको कुरा उठाए । त्यसपछि खालिस्तान आन्दोलनको जन्म भयो ।
कि त पुरै स्वयत्तता वा पुरै स्वतन्त्र (मुक्त) हुनुपर्दछ भन्ने माग उठ्यो । तर, धेरैको माग स्वयत्तताको नै थियो । सन् १९५१ मा पन्जाव, हरियाना र हिमाञ्चल प्रदेश मिलाएर बनाइएको थियो । सन् १९५६ मा हिमाञ्चल प्रदेश अलग गरियो । यसरी उक्त समयमा भाषा र धर्मका दुई मुद्दा उठाइयो । यहाँका बहुसंख्यक मानिसहरु सिख धर्मावलम्बी थिए । र पञ्जाबी भाषा बोल्थे । यसरी पञ्जाव मात्रै अलग गर्दा भाषा पञ्जावी र धर्म शिखको बाहुल्य हुने नै थियो । सन् १९६६ मा भारत र पाकिस्तानको युद्धपश्चात यो मुद्दा झनै चर्कियो । उनीहरुले पञ्जाबी भाषा र संस्कार संरक्षणका लागि पनि अलग पञ्जाव राज्य चाहन्थे । यसरी अकाली दलले भाषालाई प्रथामिकतामा राखेर माग अघि बढायो । अन्य राज्यलाई भाषाकै आधारमा बाँडफाड गरिएको छ भने पञ्जावमा पनि किन नगर्ने भन्ने मुद्दा अघि सारियो ।
पञ्जावको ऐतिहासिक राजधानी लाहोर पाकिस्तानमा परेको थियो । अहिले पनि पञ्जाबीहरु ठूलो संख्यामा प्रवासमा रहेका छन् । उनीहरु बेलायत, क्यानाडा, अमेरिकामा बसोबास गर्दछन् । १९७० मा जगदिश सिंह चौहान क्यानाडा, बेलायत र संयुक्त राज्य अमेरिका पुगे । र, उनले खालिस्तानको राज्यको मागको विषय उठाए । त्यसका निमित्त उनले रकम संकलन गरे । १९७१ मा उनले खालिस्तान अलग राज्य भएको घोषणा न्यूयोर्क टाइम्स मार्फत गरे । चौहानले फरक राज्य भएको घोषणा सँगसँगै फरक मुद्रा छाप्न पनि सुरु गरे । उनको घोषणालाई अधिकांस सिख नेताहरुले समर्थन गरे । अकाली दलले चाहि अलग देश होइन स्वयत्तता चाहेको बतायो । उसले आफ्नो क्षेत्रमा रहेको पानीको स्रोत लगायतका मुद्दाको विषय उठाएको थियो ।
१९७३ मा आनन्दपुरमा एक रिजोलुसन (संकल्प) पास गरियो । अकाली दलका नेताहरु शिख धर्म बचाउन पनि यो संकल्प जरुरी ठान्थे । साथै त्यसका लागि उनीहरु विकेन्द्रीकरण चाहन्थे । बास्तवमा भन्नु पर्दा उनीहरु केन्द्रीय सरकारको हस्तक्षेपबाट मुक्त चाहन्थे । आनन्दपुर रिजोलुसनमा भूमि सुधार र पञ्जावमा उद्योगहरु स्थापना हुनुपर्ने, कमजोर तप्काहरुको अधिकारको रक्षा गर्नुपर्ने, अल इण्डिया गुरुद्धारा कमिटी बनाउनुपर्ने, पञ्जाव बाहिर अन्य राज्यमा रहेका शिखहरुको आरक्षण हुनुपर्ने लगायतका विषयहरु थिए ।
यो रिजोलुसन (संकल्प) एक पटक पास भयो । १९८० सम्म यो चलिरह्यो । त्यसपछि पुरै निस्क्रिय बन्यो । १९८२ मा फेरी यो रिजोलुसनका विषय उठान गरियो । भिन्ड्रावाले जस्ता नेताहरुले यसको माग उठाए, साथै अकाली दलले पनि साथ दियो । त्यसपछि विरोधको आन्दोलन शुरु भयो । जुन धर्मयुद्ध मोर्चाका रुपमा अघि बढाइयो ।
इन्दिरा गान्धीले आनन्दपुर रिजोलुसनलाई देश बिरोधी डकुमेन्ट भनेर सिधै अस्वीकार गरिन् । उनले आनन्दपुर रिजोलुसनको एकतर्फी रुपमै खारेज गरेको घोषणा गरिन् । १९७५ देखि ०७७ सम्म भारतमा संकटकालको घोषणा गरिएको थियो । संकटकालमा केन्द्रीय सरकार र पञ्जावमा समेत कंग्रेसकै सरकार थियो । जब १९७७ मा संकटकाल हट्यो । त्यसपछि भएको निर्वाचनमा इन्दिराको पार्टी कंग्रेस आईको सर्मनाक हार भयो । पञ्जावमा पनि अकाली दलकै जित भयो । कंग्रेसमा करेस्मेटिक (चमत्कारिक) नेताको आवश्यक थियो । जस्ले गर्दा अकाली दल तर्फ जनता आकर्षित नहोउन् । भिन्ड्रानवालेले निरंकारी शिखको विरोध गरे । १९७८ मा उनीहरुको बीच द्वन्द्व भयो र १३१५ जना मारिए । कंग्रेसले “फुटाउ र शासन गर” नीति अनुसार अकालीदलको बिरोधीलाई सहयोग गरेर अगाडी बढाउनु थियो । त्यसैले १९७० मा पञ्जावका चिफ मिनिष्टर बनेका कंग्रेसका बरिष्ठ नेता ज्ञानी जैल सिंहले इन्दिरा गान्धीका कान्छा छोरा सञ्जय गान्धीलाई सुझाव दिए “जनरल सिंह भिन्ड्रवालेको समर्थन गरेपछि अकाली दल कमजोर बन्नेछ” । यसैकारण कंग्रेस आईका तर्फबाट भिन्ड्रावालेलाई सुरक्षा र समर्थन सहित पैसा समेत दिए ।
अकाली दल पनि सिखकै पार्टी थियो । शिरोमणि गुरुद्धारा प्रवन्धक कमिटीमा चुनाव हुने गर्दछ । चुनावमा भिन्ड्रवालेले उम्मेदवार खडा गरे । त्यसमा कंग्रेसले सहयोग ग¥यो । तथापि कंग्रेसलाई थाह भएन यो व्यक्ति पछि हाम्रै शत्रु बन्छ । यसरी कंग्रेसले अकाली दललाई कमजोर बनाउनका लागि भिन्ड्रानवालेलाई प्रयोग गरेको थियो । भिन्ड्रावाले एकजना सन्त थिए । तर, एके ४७ राइफल लिएका आप्mना सहयोगीका साथ उनी घुम्ने गर्दर्थे । भिन्ड्रावाले सुरुमा धार्मिक नेता तथा राजनीतिक गुरुका रुपमा चिनिन्थे ।
पछि १९८० मा कंग्रेस पुनः शक्तिमा आयो । कंग्रेसले पञ्जावको मूख्यमन्त्रीमा दरबारा सिंहलाई बनायो । उनी भिन्ड्रनवालेको गतिविधिलाई दबाउन चाहन्थे । तर, कंग्रेसका दोस्रो तहका नेताहरु सञ्जय गान्धी र ज्ञानी जैल सिंह चाहिँ पैसा दिएर भिन्ड्रानवालेलाई समर्थन गरेका थिए । बाबा गुरुबचन सिंह निरंकारी सिखका नेता थिए । उनको सन् १९८० मा हत्या भयो । त्यसको आरोप भिन्ड्रावालेको समर्थकलाई लगाइयो । भिन्ड्रानवालेले बिस्तारै युद्धको लागि तयार गरिरहेका थिए ।
भारतमा सन् १९८१ मा जनगणना भयो । गणकले मातृभाषा सोध्दा पञ्जाबी हो भन्नु भनेर सिकाइयो । त्यसपछि मात्रै भाषाका आधारमा पञ्जाव राज्य प्राप्त हुन सक्दथ्यो । यसरी भाषाको मुद्दा अघि बढ्यो । त्यसै बीच भारतको प्रसिद्ध दैनिक पत्रिका पन्जाव केशरीका मालिक तथा सम्पादक लाला जगत नारायणले आफ्नो पत्रिकामा लेखे “जो हिन्दीभाषीहरु छन् उनीहरुले गणकलाई हिन्दी नै बताउन् ।” यसबाट भिन्ड्रानवाले र उनका समर्थकहरु रिसाए । त्यसपछि उनीहरुले सम्पादक लाला जगत नारायणको हत्या गरिदिए । लाला जगत नारायणको हत्या पश्चात पञ्जावको स्थिति झनै बिग्रन पुग्यो । तथापि कंग्रेसका दोस्रो तहका नेताहरुसँग भित्री साँठगाँठका कारण भिन्ड्रानवालेलाई पक्राउ गरिएन । जब प्रदर्शन भएर दवाव बढ्यो उनलाई पक्राउ त गरियो, त्यसपछि दुई दिनमै उनलाई छाडियो । सरकारले पक्राउ गरेकै कारण भिन्ड्रानवालेको लोकप्रियता अझ बढ्यो । भिन्ड्रानवालेले भने “एक वर्षको राजनीतिक लगानी भन्दा दुई दिनको गिरफ्तारीले आफ्नो लोकप्रियता बढायो” । यसरी भिन्ड्रानवालेको लोकप्रियता बढेको प्रतिस्पर्धि अकाली दललाई पनि मन परेको थिएन ।
सन १९८२ मा नयाँ आन्दोलन सुरु भयो, त्यो थियो धर्म युद्ध मोर्चा । यो मोर्चामा अकाली दल भिन्ड्रानवालेसँग मिलेर अघि बढ्यो । अकाली दलका नेता सन्त हरिचन्द सिंहले भिन्ड्रानवालेसँग मिलेर आनन्दपुर रिजोलुसनको माग उठाए । ठाउँ ठाउँमा बिरोध प्रदर्शन र रैलीहरु भए । पञ्जावमा कंग्रेसका मूख्यमन्त्री दरबारा सिंह थिए । यसरी झण्डै एक सय जना भिन्ड्रानवाले र अकाली दलका मानिसहरु प्रहरीको गोलीबाट मारिए । झण्डै ३० हजार आन्दोलनकारीकोे पक्राउ गरियो । नोभेम्बर १९८२ मा धर्मयुद्ध मोर्चा र अकाली दलले दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरे । दिल्लीमा एसियाली गेम्स हुन लागेको थियो । यो भारतको प्रतिष्ठाको विषय पनि थियो । किनकी धेरै वर्षपछि भारतले आयोजनाका अवसर प्राप्त गरेको थियो । त्यसैकारण सरकारले हरियाणा र पञ्जावको बोर्डर बन्द गरिदियो । यसरी एक जना सेवानिवृत बरिष्ठ एयरफोर्स अफिसर सिख भएकै कारण चेक जाँच गरियो । जबकी उनी अफिसियल कामका लागि दिल्लीमा जाँदै थिए । त्यसपछि उनी पनि निरास भए ।
अप्रिल सन् १९८३ मा सिनियर आइपीएस अफिसर (DIG) को हत्या गरियो । उनको हत्या गोल्डेन टेम्पलको सिडीमा भएको थियो । जुन पवित्र स्थान हो । यो हत्या भिन्ड्रानवालेको समर्थकले गरेका थिए । जहाँ हतियार जम्मा गर्न सुरु गरिएको थियो । स्थानीय प्रहरीमा भन्ड्रावालेको एकदमै राम्रो छाप रहेको थियो । कुनै पनि प्रहरी गोल्डेन टेम्पलभित्र जान सक्दैनथे । त्यसो त केन्द्र सरकारले पनि भिन्ड्रानवालेको विरुद्धमा कुनै कारबाही गरेको थिएन । चुनावी नोक्सान हुने देखेर कंग्रेसले भन्ड्रावालेलाई संरक्षण गरिरहेको थियो । अक्टुवर सन् १९८३ मा ६ जना हिन्दूको हत्या गरियो । त्यसपछि पञ्जावमा प्रान्तीय सरकारको विघटन गरी केन्द्र सरकारले राष्ट्रपति शासन लगाइदियो । सञ्जय गान्धी र ज्ञानी जैल सिंहको कुटनीति असफल सावित भयो । किनकी भिन्ड्रानवाले कंग्रेसको नियन्त्रणमा थिएनन् । उनीहरुले हरमिन्द्र साहिबकोमा हतियार जम्मा गर्न लागे । प्रहरीले नियन्त्रण गर्न सकेन । १५ डिसेम्बर सन् १९८३ मा भिन्ड्रानवालेले गोल्डेन टेम्पलको एक भाग अकाल्तकमा कब्जा ग¥यो । जहाँ शिखका धार्मिक गुरुमात्रै बस्न सक्छन् । कुनै समय त्यहाँबाट न्याय दिने गरिन्थ्यो । यो सिख धर्ममा एकदमै उच्च अधिकार राख्ने ठाउँ मानिन्छ । त्यही ठाउँमा मुगल बादशाहले आफु बस्ने आसनका लागि एक फिट उच्च बनाएका थिए ।
अप्रेसन ब्लुस्टार र भिन्ड्रानवालेको अन्त्य
भिन्ड्रानवालेले हतियार जम्मा गरेका कारण प्रधानमन्त्री इन्दिरा गान्धीले एक शान्ति प्रस्ताव कंग्रेस नेता नरसिंह राव मार्फत पठाइन् । रावले अकाली दलका नेता मार्फत भिन्ड्रानवालेसँग वार्ता गरे । उनले आनन्दपुर रिजोलुसनको प्रस्ताव मान्न सरकार तयार रहेको बताए । अकाली दलका नेताहरु यो प्रस्ताव स्वीकार गरे । तर, भिन्ड्रानवालेले ठाडै अस्वीकार गरे । रावसँगको वार्ता बिफल भयो । १९८३/०८४ मा पञ्जावको अवस्था झनै बिग्रन थाल्यो । हरियाणामा केहि सिखहरुको हत्या भयो । पञ्जावमा पनि हिन्दूहरुको हत्या भयो । सन् १९८४को सुरुको पाँच महिनामा तीनसय मानिस मारिए । अप्रेसन ब्लूस्टार भन्दा अघि पञ्जाव छुट्टै राज्य घोषणा गर्न तयारी अवस्थामा थियो ।
१९८४ मा केन्द्र सरकारले पञ्जावलाई पुरै नाकाबन्दी लगायो । सञ्चार बिच्छेद् गरियो । टेलिफोन, टेलिभिजन सबै बन्द गरियो । १९८४ एक जुन पछि सेना र प्यारामिलिटरी फोर्सको परिचालन गरियो । सबै सञ्चार माध्यामका रिपोर्टरहरु अमृतसरबाट बसमा चढाएर बाहिर पठाइयो । इन्दिरा गान्धीले रेडियोबाट सम्वोधन गर्दै आफुले पञ्जावमा शान्ति चाहेको र आन्दोलनकारीसँग वार्ताका लागि तयार रहेको बताइन् । तर, भित्री रुपमा भने सैनिक हमलाको तयारी गरेकी थिइन् । यसरी अप्रेसन ब्लुस्टार १(८ जुन, सन् १९८४ सम्म चलेको थियो । यो सेनाको अप्रेसन थियो । यसको लक्ष्य भिन्ड्रानवाले लगायतकालाई मार्नु थियो । जो स्वर्ण मन्दिरको अकाल तक्तमा हतियार र आफ्ना धार्मिक सेनाका साथ बसेका थिए । किनकी पञ्जावमा हिंसा भिन्ड्रानवालेकै नेतृत्वमा भइरहेको थियो ।
भिन्ड्रानवाले अकाल तक्तमा बसेका थिए । उनलाई विश्वास थियो त्यहाँ सेना र प्रहरी पस्न पाउँदैनन् । अकाल तक्त जो कोहि भित्र पस्दा हतियार र जुत्ता बाहिरै राख्नुपर्दथ्यो । सेनाले खुट्टा राख्ने बित्तिकै पुरै पञ्जावको धार्मिक भावनामा आघात पुग्नेछ भन्ने सिखहरुको विश्वास थियो । ३ जुन १९८४ मा गुरु अर्जनदेवको सहिद दिवस थियो । उक्त दिन धेरै मानिसहरु गोल्डेन टेम्पलमा आएका थिए । तिनीहरु सबैलाई भिन्ड्रानवालेका समर्थकले रोकिदिए । किनकी उनीहरु सबैलाई ढाल बनाउन चाहन्थे । बहिरबाट सेनाले दर्शन गर्न गएका भक्तजनहरु बाहिर आउन माइकिङ ग¥यो । भारतीय सेनाको नेतृत्व मेजर जनरल कुलदिप सिंह नायरले गरेका थिए । भिन्ड्रानवालेको समर्थनमा मेजर जनरल साहविक सिंह थिए । उनी सन् १९७१ को लडाईमा मुक्ति बाहिनीमा थिए । साथै भारतीय सेनाकां सिनियर जनरल थिए । उनले सेनाको अवकास प्राप्त गरेपछि भिन्ड्रानवालेको साथ दिएका थिए । किनकी उनी पनि केन्द्र सरकारको व्यवहारबाट साह्रै दुःखी थिए । त्यसैले उनले भिन्ड्रानवालेका समर्थकलाई सैनिक तालिम समेत दिएका थिए । ५ जुनको राती मूख्य लडाई सुरु भयो । सेनालाई पहिला लागेको थियो सजिलै जित्न सकिन्छ । तर, सैनिक तर्फ पनि ठूलो नोक्सानी ब्यहोर्नुपरेको थियो । भिन्ड्रानवालेका समर्थकसँग पनि एन्टि टेंक, रेकट लञ्चर, मेसिन गन थिए । साथै उच्च बिल्डिङमा स्नाइपर बिच्छाएका थिए । किनकी यसको पुरै व्यवस्थापन मेजर जनरल साविक सिंहले गरेका थिए । यो स्थिति देखेर भारतीय सेनाका मेजर जनरल कुल दीप सिंहले कडा हमलाका लागि सेनाका टेंकहरु मगाए । टेंकबाट अकाल तक्तमा हमला गरे । अकाल तक्तमा रहेका पुराना सिख ग्रन्थहरुमा आगो लाग्यो । यो लडाईमा ठूलो संख्याका समर्थक सहित भिन्ड्रानवाले र मेजर जनरल साहविक सिंहको मृत्यु भयो ।
अकाल्तक्तमा गरिएको हमला र सिख ग्रन्थहरुमा आगो लागेको रिपोर्ट बाहिर आएपछि विश्वभरका सिखहरु भारत सरकारसँग रिसाए । ठाउँ ठाउँमा प्रदर्शन भए । यो हमला पछि अकालतक्तबाट ठूलो परिमाणमा हतियार र गोला बारुद बरामद गरियो । भारतीय सेनाको फौजले लक्ष्य हासिल ग¥यो । तर, यो घट्नामा इन्दिरा गान्धीले ठूलो मूल्य चुकाउनु प¥यो । किनकी ठूलो संख्यामा भारतमा रहेका सिखहरुको धार्मिक भावनामा आघात पुग्न गयो । यो अप्रेसनमा भारतीय फौजका ८३ जना मारिए भने ४८ जना घाइते भएको सेनाले बताउने गरेको छ । साथै ५०० जना भिन्ड्रानवालेका समर्थक पनि मारिए । तर केहि मानिसहरुले भारतीय सेना तर्फ ७०० भन्दा बढि मारिएको आंकलन गरेका छन् ।
अप्रेसन ब्लुस्टारको पछिको अवस्था
भारत सरकारले पहिलो अध्यायको सैनिक सफलता पश्चात अप्रेसन ब्लुस्टारको दोस्रो अध्याय सुरु ग¥यो । उनीहरुले अमृतसर र पुरै पञ्जावको गाउँ गाउँमा भिन्ड्रानवालेका समर्थकहरु पक्राउ गर्न थाले । यो अप्रेसनको केहि महिना पश्चात प्रधानमन्त्री इन्दिरा गान्धीको ३१ अक्टुवर सन् १९८४ मा हत्या भयो । उनका दुई जना सिख बडि गार्ड थिए । सन् १९८५ मा क्यानाडाबाट दिल्ली तर्फ आइरहेको एयर इण्डियाको जहाजमा बम राखिएको कारण मन्ट्रियल र दिल्लीको बीचमा दुर्घटना भई ३२९ जना यात्रुको निधन भयो । जुन जहाजमा पुरै हिन्दु यात्रीहरु थिए ।
सन् १९८५ मै अकाली दलका नेता हरिचन्द सिंहले राजीब गान्धीसँग सम्झौंता गरे । अकाली दलका केहि मागहरु गान्धीले स्वीकार गरे । यहि सम्झौताका कारण भिन्ड्रनवालेका समर्थकले हरिचन्द सिंहको पनि हत्या गरे ।
अप्रेसन ब्लुस्टारका समयमा भारतीय सेनाका सेनाका चिफ अफ आर्मी स्टाफ जनरल ए.एस बरियार थिए । अप्रेसनका चिफ कुलदीप सिंहको भारत सरकारले लामो समयसम्म सुरक्षा दिएर राखेको थियो । उनी कहाँ बस्छन् कसैलाई पनि थाह दिइएन । ३१ अक्टुवरमा इन्दिरा गान्धीको हत्या पश्चात दिल्ली लगायत भारतका अन्य सहरमा धार्मिक दंगा सुरु भयो । सबै भन्दा बढि दिल्लीमै तीन हजार जत्ति सिखको हत्या गरियो ।
दिल्लीमा हिंसा भड्काउने काम दिल्लीका स्थानीय कंग्रेस नेता सज्जन कुमार र जगदीश टाइटलले गरे । उनलाई कंग्रेसले मन्त्री पदबाट पनि हटायो । त्यो समयमा राजिव गान्धीले पनि विवादस्पद वयान दिएका थिए । उनलाई ठूलो धार्मिक हिंसा भइरहँदा रोक्नका लागि के पहल गर्नुभएको छ भनि सोद्धा उनले भनेका थिए । “जब ठूलो रुख ढल्छ जमिन हल्लनु स्वाभाविकै हो” जुन देशका प्रधानमन्त्री बनेका थिए ।
ब्लेक थण्डर अप्रेसन
भिन्ड्रावालेको मृत्यु पश्चात पनि हिंसाको अन्त भएन । दुई पटक उनका समर्थकको विरुद्धमा अप्रेसन गर्नु प¥यो । यो अप्रेसन सन् १९८६ र सन् १९८८ मा गोल्डेन टेम्पल (स्वर्ण मन्दिर)को अकाल तक्तमै भयो । तर, यो समयमा भने सरकारले थोरै सावधानी पूर्वक अप्रेसन चलायो । अप्रेसनका समयमा पत्रकारलाई पनि अनुमति दिइयो । यसरी पञ्जावमा सन् १९९२ सम्म राष्ट्रपति शासन चलिरह्यो ।
स्रोतः बिभिन्न युट्यूव च्यानलहरु