October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भविश्यको निर्माणलाई परस्पर मिलेर काम गर भनेर विपत्तिले इशारा गरेको छः राष्ट्रकवि

आज २०७७ साल भाद्र २ गते अपरान्ह पाँच बजेर ५५ मिनेट जाँदा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षमा निधन भएको छ ।
२०७२ साल वैशाख १२ गते गएको महाविनासकारी भूकम्पमा झण्डै दशौं हजार जनाको ज्यान गयो । साथै खबौं रुपैयाको क्षति भयो । यसै विषयमा वैशाख १९ गते शनिवार “राष्ट्रकविको भोगाईमा १९९० र २०७२ सालको महाभूकम्प” का विषयमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले उहाँकै निवास लैनचौरमा गरिएको विशेष सम्बादः


१९९० सालको भूकम्पमा म मात्र १४ वर्षको थिए । भूकम्प जान्छ भन्ने मलाई त्यो बेलासम्म थाह थिएन । हाम्रो गाँउमा त्यो बेलामा घिमिरेहरुको ५० घर मात्रै थियो । जहाँ डाँडो परेको ठाँउमा हाम्रो घर पनि थियो । त्यो बेलामा म आगनमा खेल्दै थिए । हाम्रो संयुक्त परिवार थियो । मेरी जेठी आमा कराउदै केटाकेटीहरु कता गए भन्दै कराउनुभयो । मलाई त सबै आफै कामेका हुन की जस्तो लाग्यो । ठूला डाँडाहरु यसरी हल्लिए कि मलाई त अचम्मै लाग्यो । मेरो बुढी हजुरआमा बाहिर निस्केर बस्नुभयो । त्यतिबेलाको भूकम्प ८.४ रेक्टर स्केलको थियो भन्ने मलाई पछि मात्र थाह भयो । त्यो भूकम्पका कारण मलाई मेरो आफ्नै इतिहास पनि थाह भयो । धेरैले सोध्ने गरेको तपाईले कहिले देखि कविता लेख्न शुरु गर्नुभयो भन्नुहुन्छ । मैले १४, १५ र १६ वर्ष भन्ने गरेको थिएँ । तर मैले भोली पल्टै मैले नेपाली कागजमा कविता लेखेको थिए । त्यो कविता भूँइचालोसँग सम्बन्धित नै थियो । तर मलाई त्यो कवितामा के लेखेको थिए थाह भएन । त्यो कविता भएको नेपाली कागज मैले चर्केको घरमा लगेर नाग टासे जसरी टाँसीदिए । मैले हजुरआमालाई भने यो भगवानले गराएको हो टासे पछि ठिक हुन्छ । यसरी त्यही समय देखि नै मैले कविता लेख्न शुरु गरेको हुँ ।
भूकम्पको बारेमा त्यो समयमा काठमाडौंबाट यसरी हल्ला गयो कि त्यो समयमा धेरै संरचनाहरु भत्किए । धराहरा पनि भत्कियो । शहरहरु पनि सबै भत्किएको छ रे भन्ने सुनियो । त्यो बेलामा भत्किएको धराहरा पनि पुर्ननिर्माण गरियो । वि.स. १९९० को त्यो भूकम्पलाई पनि महाभूकम्प भनिन्थ्यो । हाम्रो गाँउमा के पनि हल्ला भयो भने टँुडीखेल फाटेर पानी निस्कियो र त्यहाँबाट दुईवटा नाग र नागिनी निस्किए भन्ने हल्ला गरियो । त्यही बेलामा जुद्ध शम्शेरले जुद्धसडक बनाए । जुन भूकम्प पछि त्यसरी चौडा बनाइयो । हामीले यो महाभूकम्पबाट शिक्ष लिएर अव काठमाडौंका घरहरु जहाँ साना गल्लिहरु छन् तिनीहरुलाई कसरी हुन्छ फराकिलो बनाउनुपर्दछ ध्यान केन्द्रीत हुनुपर्दछ । हुनत झट्ट देख्दा कसैले दुई इन्च जमिन छाड्न मान्दैनन् कसरी सम्भव हुन्छ त । तर संकल्प गरेमा सबै काम हामी आफैले गर्न सकिदोरहेछ । अहिले विश्वबाटै भूकम्प पिडितको सहायताका लागि पैसा लगायत धेरै सामान आएको छ । धेरै देशबाट धेरै सामानहरु आउन थाल्यो । हुँदाहुँदै जहाज नै ओर्लन नमिल्ने गरी सामान आयो । एक्कासी आएको भूइचालाको कारण पहिला कुनै तयारी नै छैन अलमलमा पर्नु स्वाभाविकै नै हो । सरकारले पनि यो बेलामा जे काम गर्छ यसको ऐतिहासिक उपलव्धि ठहरिन्छ । सबैको सद्भावना नै चाहिन्छ । मेरो पार्टीको झण्डामुनी राहत सामाग्री लिन आउ भनेर केही हुँदैन । विदेशबाट आएको सहायत कुनै पार्टी विशेषको पनि होइन । यो त देशको विपत्ति देखेर दिएका हुन् । राहत सामग्रीमा राजनीतिक रंग देखाउनु भएन । तर पार्टीका मानिसहरुले पनि सक्रिय रुपमा परिचालन हुनैपर्दछ ।
१२ गते शनिवार जुन दिन ठूलो भूकम्प गयो त्यो दिन म दुई वटा कार्यक्रममा जाँदै थिएँ । म र मेरो श्रीमतीको अभिनन्दन गछौ भनेर आयोजकले हामीलाई पजेरो लिएर लिन आएका थिए । राजदरवारको उत्तरपट्टिको बाटोहुँदै गैरीधारा चौकतिर जाँदै थियौं । उत्तरगेट तर्फको पर्खाल ढल्नुभन्दा तिन मिनेट अगावै हामीहरु निस्किसकेका थियौं । हाम्रो गाडीको पनि चालकले स्टार्ट बन्द गरे के गरेका होलान भनेर मैले बुझिन । भूँइचालो पो आएको रहेछ । त्यो दिन म अन्य ठाँउमा भएको भए कति दिन सम्म झस्कने थिए होला ? त्यो पजेरोमा चाँहि त्यति थाह नै भएन । त्यसपछि म घर फर्कै । किनकी घरमा पनि केहि भएको छ कि भन्ने चिन्ता भयो । घरमा सबै अलमलमा परेका रहेछन् । छोराहरुले आयोजकलाई रिसाएर फोन गरेछन् । त्यो दिन देखि म एक जना कवि भएकाले देशमा विपत्ति परेकाले पत्रिका बाहेक कुनै पनि पुस्तक पढेको छैन । किनकी देशमा यो भन्दा ठूलो विपत्ति के नै हुन्छ र ?


राजनीतिक रुपमा घटेको कुनै घट्ना नभएर यो त केवल राष्ट्रिय विपत्ति मात्र हो । अवको भविश्यको निर्माणलाई परस्पर मिलेर काम गर भनेर यो विपत्तिले हामीलाई इशारा गरेको छ । हामी नयाँ नेपालको संविधान बनाउन गइरहेका छौ । मिलेर बनाँउ है सहमतिमै भनेर यो संकेत गरेको छ । अव मधेस, पहाड र पर्वत भनेर भएन उद्धारका लागि सबै एक जुट हुनुप¥यो । अहिले पहाडमा परेको पिडालाई मधेस र हिमाल दुबैले लिनुप¥यो । जनकपुरको जानकी मन्दिर भत्कियो भने पहाडियाको पनि त चित्त दुखनुप¥यो । हिमालका गुम्वा भत्किए भने मधेसले चित्त दुखाउनुप¥यो । अहिले ऐतिहासिक धराहरा भत्किएको छ सबैले चित्त दुखाउनुप¥यो । अव सबै जना मिलेर देश बनाउनुपर्दछ ।

यो महाभूकम्पले धेरैको ज्यान लियो त्यो सबै फर्कन पनि सक्तैन । यो समयमा एउटा महत्वपूर्ण कुरा के हुनुप¥यो भने एतिहासिक धराहराको भवन जुन भत्किएको छ त्यसको एउटा इट्टा वा काठको टुक्र पनि दायाँ वा बायाँ हुनुभएन । किनकी यसलाई युनेस्कोले सम्पदा सूचिमा राखेको छ । किनकी यो त भविश्यको ऐतिहासिक नासो पनि हो । यो यथावतै रुपमा निर्माण हुन सकोस ।
भादगाँउको जसरी त्यही मात्रै कुर्नुपर्दछ भन्ने मेरो विचारमा लाग्दैन । खासगरी ऐतिहासिक धरोहरलाई यथावतै राखेर हाम्रा आर्किटेक्चर हरुलाई लगाएर शहरको विस्तार गरिनुपर्दछ । उही नै अवस्थाको शहर हैन आधुनिक शहर पनि बनाउने प्रयास होस् । अवको शहरको विस्तारमा दूईवटा कुरामा सोच्नुप¥यो । हाम्रो निर्माणको संरचना वैज्ञानिक किसिमको हुनुप¥यो तर देख्दा हाम्रो मौलिक संस्कृ पनि समेटिनुप¥यो । त्यो खालको नक्शालाई नगरपालिकाले प्रथामिकता दिनुप¥यो । जसले नक्शा विपरित घर बनाउछन् तिनीहरुलाई सँजायपनि दिनुप¥यो जस्ले गर्दा अन्यले त्यो गल्ति नगरुन ।


मलाई त संघियता देश संघियता तर्फ गएपनि राष्ट्रिय एकता चाँहि कायमै हुनुप¥यो । विदेशमा जाँदा म मधेसको भनेर हुँदैन नेपाली नै भन्नुप¥यो । नेपाली भएकामा हामी सबैले गर्व गर्नुप¥यो । यो सक्रमणकालमा बनेको संविधान हो । आखिरी शाहवंशको अन्त गर्नका लागि पनि त अढाई वर्ष लाग्यो नि त । अमेरिकाको संविधान बनेको एकसय वर्ष भन्दा पनि बढी भएको छ । अलिअलि बदल्दै जानुपर्छ । हिन्दुस्तानको संविधान पनि संशोधन हुँदै गएको छ । त्यसको मूल रुप बदल्न भएन । सबै मिलेर त्यो खालको परिकल्पना गर भन्ने संदेश यो प्राकृतिक विपत्तिले दिएको छ । विपत्तिले हामीलाई तिमी अप्ठ्यारामा पर्दा जोकोहीलाई पनि समाएर बाँच र नेपालीले नेपालीलाई समात भनेको छ । म ठिक छु मेरो घर ठिकै छ अन्यको जे भएपनि होस भन्ने हुनु भएन । किनकी कविहरु स्वाभाविकै रुपमा कोमल हुन्छन् ।
हामीलाई विदशीहरुले सहयोग गरिरहेका छन् त्यो सहयोग सम्बन्धित व्यक्तिले पाउन सकुन । त्यसको सदुपयोग गरियोस । किनकी यहाँ धेरै लोभि पापीहरु पनि छन् । जसले रस चाट्न पनि खोज्छन् । केहि रकम खल्तिमा हालौं भन्नेहरुसँग साँवधानी हुनुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.