April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जनस्वास्थ्य दृष्टिकोणमा संक्रमण रोग व्यवस्थापन रणनीतिक मार्गचित्र (सन्दर्भःकोभिड–१९ महामारी)

1 min read

प्रा.डा.पाण्डेय, जे.एन (हिमाली)










जनस्वास्थ्य भनेको आम जनताको सुस्वास्थ्यका विषयमा अध्ययन, अध्यापन, खोज अनुसन्धान, उपचारात्मक, प्रवधानात्मक, निरोधात्मक र परिचालनका विषय क्षेत्रलाई समेट्ने एक वृहत स्वास्थ्य गतिविधिलाई स्वास्थ्य राख्ने विषय मानिन्छ । यसरी जनस्वास्थ्यको दृष्टिकोणले हेर्दा संक्रामक रोगहरु र त्यसका रोकथाम साथै नसर्ने रोगको उपचारमा व्यवस्थापन गर्ने विषयका रुपमा लिइन्छ । रोग लाग्नै नै नदिनु साथै रोग लाग्न भन्दा रोग लागिसकेपछि उपयाको खोजी र निराकण गरी जनस्वास्थ्यलाई स्वास्थ्य राख्नु जनस्वास्थ्य प्रशासनको प्रमुख लक्ष्य हो ।
चिकित्सा क्षेत्रमा व्यवस्थापनका विषयभित्र रोग निरोधात्मक, उपचारात्मक, प्रवधानात्मक र परिचालात्मक स्वास्थ्यका विषयहरु पर्दछन् । जनस्वास्थ्य व्यवस्थापनका विषयमा विश्लेषण गर्नुपर्दा निम्न लिखित व्यवस्थापनका विषयहरु पर्दछ ।
क) संक्रमण रोगका सामान्य अवधारणा
सर्ने रोगहरु यस्ता खालका जिवाणु वा किटाणुहरु संक्रमण हुने गर्दछ । जो एक सक्रमित ब्यक्तिबाट अर्को स्वास्थ्य व्यक्तिमा हावा, पानी, संसर्ग, स्वास प्रश्वास र सम्सर्गबाट सर्दै जान्छ । यस्ता रोगलाई बाहिरबाट शरिरमा प्रवेश हुने रोग भनिन्छ । त्यस्तै गरी अंगगत रोग भनेको व्यक्तिको आफ्नै शरिरको अंगभित्रबाट उब्जने रोगहरु हुन् । यस्ता रोगहरु संसर्गबाट सर्दैनन् । त्यसैले जनस्वास्थ्य व्यवस्थापनको पूर्वाधार भनेको संक्रमण रोगहरुलाई नियन्त्रणमा राख्नु हो । भने जनस्वास्थ्यभित्र आम जनतालाई हट्टाकट्टा बनाई राख्नु पोषणयुत्त खानाको व्यवस्थापन गर्नु संक्रमण रोगलाई रोकथाम गर्ने उपया गर्नु । यस्ता रोगहरु उत्पत्ति हुन नदिनु । उत्पत्ति भइहालेको खण्ठमा संक्रमण हुन नदिनु । आदि क्रियाकलापहरु यस भित्र पर्दछन् ।


ऐतिहासिक समयको कुरा गर्ने हो भने १६ औ शताव्दीमा नै हावाबाट सर्ने संक्रामक रोगको पहिचान गरिएको थियो । सन् १७८४ मा प्लेग जस्तो सक्रामक रोगको पहिचान भएको थियो । त्यसै गरी १९ औ शताब्दीमा आएर संक्रामक रोगको कारण अति नै सुस्म जिवाणुबाट हुने गर्दछ भने अति सुक्ष्म जिबाणुबाट हुने गर्दछ भन्ने अनुसन्धानबाट पत्ता लगाइएको थियो । त्यसपछि नै सक्रामक रोग सर्ने प्रजातीको छुट्टै रोग हो भन्ने पहिचान गरिएको थियो । जसमा सन् १८९४ मा रसियाको युद्द चिकित्सा प्रज्ञाले यस विषयलाई छुट्टै विषयगत अध्ययन र व्यवस्थापनका रुपमा स्थापित गरिएको हो ।
सरुवा रोगको खोज पडताल र निदान गर्नका लागि सुक्ष्म जिबाणु विशेषज्ञ, परजिबाणु विशेषज्ञ, संक्रमण विशेषज्ञ, वंशानुगत विशेषज्ञ र रोग प्रतिरक्षात्मक विशेषज्ञहरुको संयुक्त टोलीको सहकार्य आवश्यक पर्दछ । नसर्ने रोगहरुको भन्दा सर्ने रोगहरुको गुरुत्वबल बढि हुने भएकाले यो रोगको रोगथाममा विशेष ध्यान दिनुपर्ने हुन्छ । सरुवा रोगबाट बर्षेनी दशलाख मानिसहरु बिमार भइरहेका हुन्छन् भन्ने कुरा सन् १९७१ मा विश्व स्वास्थ्य संगठनले भनेको थियो ।
अहिलेको विश्वको कोरोना महामारीको सन्दर्भलाई हेर्ने हो भने विश्वभर जुन ५, २०२१ सम्म १७ करोड ३३ लाख असी हजार संक्रमित, ३७ लाख २९ हजार एक सय एकासी जनाको मृत्यु र १५ करोड ६१ लाख ५३ हजार नौ सय ३३ जना निको भइसकेका छन् । यसरी मानवीय क्षतिको हिसावले यो महामारीलाई तेस्रो विश्वयुद्दकै रुपमा बिनास गरेको मान्न सकिन्छ ।
ल्याटिन भाषामा infection (संंंक्रमण) भन्नाले फोहोरमैला भन्ने बुझाउँछ । जसमा मानिस र सुक्ष्म जिबाणुका बीचको वातावरणको अवस्था खलबल भएको खण्डमा सुक्ष्म जिबाणु मानिसको शरीरभित्र प्रत्यारोपण हुन जान्छ । जसले गर्दा मानिसको शरीरका अंगहरुको क्रियाकलापहरुमा नकरात्मक असर पु¥याउने गर्दछ । त्यस्त जिबाणुहरु सहज अवस्थामा मानिसहरुका शरिरका लागि नभई नहुने जिवाणुका रुपमा रहेका हुन्छन् । तथापि शारिरीक अवस्थामा परिवर्तन आएको खण्डमा तिनै जिवाणूहरु शत्रु जिबाणुका रुपमा परिवर्तन हुने गर्दछन् ।


कतिपय जिवाणुहरु शरिर भित्रैबाट पनि उत्पत्ति हुन सक्छन्, भने कतिपय बाहिरी वातावरणबाट पनि शरीरमा प्रवेश गर्न सक्छन् । साथै कतिपय भने यौन क्रियाबाट र शरिरका नरम तोचाबाट सर्ने गर्दछन् । शरीरमा प्रवेश गरेका जिवाणुहरुलाई प्रयोगशालाको विधिबाट किटाणु पत्ता लगाउने गरिन्छ । शरीरभित्र किटाणु पसिसकेपछि कतिपयले बिस्तारै लक्षणहरु देखाउँछन् भने कतिपयले निश्चित समयभित्र लक्षणहरु देखाउने गर्दछन् । त्यस्ता लक्षणहरु मध्ये टाउँको दुख्नु, आलस्य लाग्नु, घुडाका जोर्नीहरु दुख्नु शरीर थिलो थिलो हुनु, निन्द्रा र भोक नलाग्नु, तापक्रम बढेर ज्वरो आउनु, बान्ता हुनु, दिशा लाग्नु लगायत थुप्रै किसिमका भौतिक क्रियाकलापमा कमि आउनु, नसाहरु शिथिल हुनु, अन्तरग्रन्थी, मुटु, रगत, स्वास प्रश्वास मा गडबढि आउनु, रक्तचाप र नाडीको चाप बढ्नु । जस्ता अनेकन लक्षणहरु देखिन सक्छन् । कतिपय स्नायु प्रणालीमा संक्रमण गर्दा झिजो लाग्नु, जाँगर नचल्नु, शरिर मक्किनु । टाउको दुख्नु, धमिलोपना देख्नु । निन्द्रा नलाग्नु, कम्पन हुन्ु । शरिर काप्नु, मन उदासीन हुनु, जस्ता लक्षणहरु देखिन्छन् भने, यस प्रकारका संक्रमण रोगहरु संक्रमण किटाणूको संक्रमण हुने समय फरक फरक हुन सक्तछन् . रोगको तह साह्रो, ठिक्कको र सामान्य, नदेखिने पनि जुन सक्तछ ।


कहिले काँही एउटै जिबाणु मात्रै संक्रमण हुन्छन् भने कहिलेकाँही धेरै जिवाणुहरु संक्रमण पनि हुन सक्छन् । संक्रमण पहिलोचरण, दोस्रो, तेस्रो र बहुचरणका पनि हुन सक्छन् । साथै एउटै संक्रमण दोहोरिन पनि सक्छन् । रोगको वर्गिकरण जिबाणुको कारणगत, विकारगत, संक्रमणगत र शारिरीक संरचनागत गरिन्छ । जस्तै किटाणुको प्रवेश दार अनुसारै पाचन प्रणालीगत, स्वास प्रश्वासगत, रक्त प्रणालीगत, चर्मगतलगायत थुपैद्धारबाट प्रवेश गरेका हुन्छन् ।


ख) संक्रमण रोग निदानको सिद्धान्त
संक्रमण रोग निदानका लागि संयुक्त रोगको वयान, लक्षण, रोगको संक्रमण, प्रयोगशाला विधि आदी तरिकाहरु प्रयोग गरिन्छ । भने बिरामीको स्वास्थ्यगत जीवन चरित्रको सम्पूर्ण तथ्यहरु छानविन गरिन्छ । प्रत्यक्ष चिकित्सकीय अनुसन्धानमा बिरामीको चेतनाको अवस्था, मानसिक अवस्था, आनीबानीको अवस्थाहरु हेरिन्छ । त्यसै गरीे छाला, आँखाको परेला, गाँठागुँठी हेरिन्छ । भित्री अंगहरुमा मुटु, फोक्सो, पेट, मिर्गौला, स्नायुहरुको जाँच गरिन्छ । यन्त्रगत अनुसन्धानमा गुदद्धार यन्त्र, एक्सरे, रेडियोलोजी, आदी प्रयोग गरिन्छ । प्रयोगशाला अनुसन्धानमा किटाणुजन्य, शेरोजन्य, जीव विज्ञानजन्य, प्रतिरक्षात्मकजन्य विषयको अनुसन्धान गरिनुपर्दछ । साथै रगत, दिशा, पिसाव, खकार, मेरुदण्डको पानी, बान्ता, बायोप्सी, स्वाव जस्ता विषयहरुमा हेर्ने गरिन्छ । भने जिबाणु अनुसन्धानका लागि विधिहरु अप्ठ्यारा नै छन् । यी सबै तथ्यहरु प्राप्त भइसकेपछि संक्रामक रोगको तथ्य पत्ता लगाउने गरिन्छ ।


ग) संक्रमण रोगको उपचारको विधिगत सिद्धान्त
संक्रमण रोगमा संयुक्त उपचार विधि अप्नाइन्छ । जसमा कारणगत, बिकारगत, जिबाणुगत, किटाणुगत, ढुसीगत र शेरोगत उत्तेजनात्मक प्रतिरक्षा प्रणाली सुचारुगत संयुक्त उपचारका सिद्धान्तहरु हुन् । प्रिस्क्रिप्सनमा गढबढि, मात्र र समय अवधिमा गढबढी भई अनियमितता भएको खण्डमा उपचारमा जटिलता आउन सक्छ ।
उपचार विधिमा, खोप उपचार रोकथामका लागि गरिने उपचार हो । खोपहरु सक्रिय र निश्क्रिय र रासायानिक गरी तीन प्रकारका हुन्छन् । ति खोपहरु रोगको अवस्था र जिबाणुको किसिम अनुसार फरक फरक हुने गर्दछन् । खोप प्लाज्मा, भिटामिन, भौतिक उपचार पनि समष्टिगत उपचार भित्र पर्ने गर्दछन् । सरुवा रोगमा हर्मन थेरापीको महत्व त्यति नुहने भएपनि कहिँ कतै कुनै सरुवा रोगको बिकारको अवस्थामा भने प्रयोग गर्ने गरिन्छ । यो ओषधि प्रयोग गर्दा झण्डै १५ किसिमका जटिलताहरु ल्याउने हुनाले प्रयोगमा सावधानी अप्नाउनु जरुरी हुन्छ । जथाभावी प्रयोग गर्नु हुँदैन ।


घ)संक्रमण रोगलाई व्यवस्थापन गर्ने सिद्धान्त
कुनै पनि सरुवा रोगको बिरामी हो भनेर रोग निदान हुनासाथ बिरामीलाई तुरुन्तै संक्रमण रोग अस्पतालमा भर्ना गरिहाल्नुपर्दछ । त्यसका लागि सबै संक्रमण रोग सम्बन्धी नियमहरु पालना गर्नुपर्दछ । छुट्टाछुट्टै संक्रमित रोगीका लागि छुट्टाछुट्टै आइसोलेसनमा राख्नुपर्दछ । संक्रमण फैलावट, अन्तरदेशीय फैलावट, अन्तराष्ट्रिय फैलावट भएका संक्रमण रोगका रोगथामका लागि सम्भावित जोखिम भएका समूह जस्तै होस्टेल, होटेल, घर, गाउँ, कारखाना, सामाजिक समूह, सेवारत समूह, बाल उद्यानहरुलाई पनि आइसोलेट (छेकबार) गर्नुपर्दछ । यस्तो संक्रमण व्यवस्थापनका लागि शहरका बस्तीमा छुट्टै एम्बुलेन्स, विशेष सरसफाई यातायात, व्यक्तिगत यातायात, बालक र वयस्क संक्रमित अस्पताल (जसमा आधुनिक विज्ञान तथा प्रविधिको प्रयोगथ गर्न सकिन्छ ।) मा भर्ना गर्नुपर्दछ । रोग निदान र उपचारको पाटोमा बहिरंग (खास किसिमको संक्रामक रोगको अस्पताल), विशेष संक्रामणलाई छेकबार गर्ने कोठा, सिग्राती र जीवनदायी उपचार शैया विभाग, शल्य क्रिया कोठा, एक्सरे कोठा, भौतिक उपचार कोठा, प्रयोगशाला कोठा, केन्द्रीय शुद्धीकरण भवन, फोहोर जलाउने ठाउँ, मुर्दाघर, डक्टर्स कोठा, प्रशासनिक कोठा, सामान ढुवानी ईकाई, लेखा, भान्सा, निर्मलीकरण, अभिलेख, धुलाई, भण्डारण कोठा, ग्यारेज र वरिपरि बगैचा भएको संक्रमण अस्पतालको संरचना जनघनत्व भन्दा बाहिर एकान्तमा हुनुपर्दछ ।
अस्पताल कति तला बनाउने भन्ने कुराको आवश्यकता अनुसार नै निर्णय लिन सकिन्छ । औषत संक्रमण रोगको अस्पताल निर्माणमा छुट्टा छुट्टै एकतले ब्लकका भवन पनि बनाउन सकिन्छ । यस्तो अस्पतालमा केन्द्रीय निर्मलीकरणको व्यवस्था गरिनुपर्दछ । साथै बिरामी र स्वास्थ्यकर्मीहरुको प्रवेशद्धार फरक हुनु नै पर्दछ । यस्तो अस्पतालको निर्माणमा चिकित्सा वैज्ञानिक मेल्चर बक्स प्रणालीलाई आधार मानिन्छ ।

ङ संक्रमण रोगको रोकथामको सिद्धान्त
संक्रमण रोगको रोकथाम र निवारणका लागि आजको युगमा पनि कोरोनाको सन्दर्भलाई लिएर हेर्दा निकै चुनौतिपूर्ण देखिन्छ । अन्तरदेशीय र अन्तराष्ट्रिय संक्रमण रोगको रोकथामका लागि अन्तर्राष्ट्रिय सम्झौताका आधारहरुलाई पछ्याउनुपर्दछ । रोगको जोडदार रुपमा रोकथामको उपया अप्नाउनका लागि संक्रमण विशेषज्ञ, सरसफाई विशेषज्ञ, सरुवा रोग विशेषज्ञ, किटाणु विशेषज्ञ, जिवाणु विशेषज्ञ, निर्मली विशेषज्ञहरुको परिचालन गरी क्षेत्रगत, स्थलगत, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको संक्रमणलाई निरुपण गर्न सकिन्छ । यो निरुपणको सफलताको आधार सरसफाई, सक्रमणको अवस्था, सरुवा रोगको स्रोत, संक्रमणका माध्यम, शरिरको रोग प्रतिरोधात्मक क्षमता आदीमा भर पर्दछ ।
कारणवस जानकारीमा नआएका विशेषगत र छिपेका संक्रमण सम्भावित बिरामीहरुलाई घरमै वा आइसोलेसन अस्पतालमा राख्नुपर्दछ । जसमा स्थानीय स्तर र माथिल्लो तहका सरुवा रोग विशेषज्ञ डाक्टरहरुको निगरानीमा राख्नुपर्दछ । सबै खाले शंकास्पद् बिरामीहरुलाई नियमित निरीक्षणमा राखिनुपर्दछ । क्वारेन्टाइन शव्द फ्रेञ्च भाषाबाट आएको हो । जसको अर्थ हुन्छ चालिस । कतिपय सरुवा रोगका बिरामीहरुको बिजारोपणको समय ४० दिनसम्म पनि रहँने हुँदा त्यो बिजारोणको समयलाई क्वारेन्टाइन भनिएको हो । कुनै पनि सरुवा रोगहरुको फैलावट देखिना साथ विश्व स्वास्थ्य संगठनलाई जनाउँ दिनुपर्ने हुन्छ । रोग निवारणका लागि महत्वपूर्ण दृष्टिगोचर दोस्रो तेस्रो लहरका महामारी नफैलियोस् भन्नाका लागि गरिन्छ । खाना र पानीजन्य झिंगा, लामखुट्टे, फोहोर मैला, हात र फोहोर मैला घरको अवस्थालाई सामान्य सरसफाईको दायरामा ल्याउनुपर्दछ । सामाजिक सरसफाईमा शहरी भोजनालय, स्कूल, कलकारखानाहरु, सामाजिक क्रियाकलापका ठाउँहरु रेल स्टेशन, यातायात, होस्टेल, सार्वजानिक शौचालयहरुको सामाजिक सरसफाईका कार्यक्रमहरु निरन्तर रुपमा अपनाईहँनुपर्दछ । त्यसका साथै संक्रामक रोगको रोकथामको आधार खोपलाई नै लिइन्छ ।
खोप लगाउँदा पनि मानिसमा बिभिन्न खालको प्रतिक्रियाहरु देखिन सक्छन् । सामान्य ज्वरो आउनु, टाउँको दुख्नु, छट्टी हुनु निन्द्रा नलाग्नु, जोर्नीहरु दुख्नु, पाचन प्रणालीमा गडबडी हुनु आदि हुन सक्छन् । खोप स्वास्थ्य संस्थामा मात्रै लिनुपर्दछ । खोपको अलवा संक्रमण रोग रोकथामका लागि प्रतिरक्षात्मक झोल रगत फोहोर मैलामा काम गर्नेहरुका निमित्त दिन सकिन्छ । साथै गामा ग्लोबुलिन पनि दिन सकिन्छ । खोप नियमित तरिकाले संक्रमण भएपनि वा नभएपनि पेसागत समूह र बालबच्चालाई दिन सकिन्छ ।
खोपहरु सक्रिय टिबी लागेका बिरामी, मुटुको गहिरो असक्षमता, मिर्गौलाको रोग, कलेजोको रोग, अति बढि ज्वरो आएको अवस्था र गर्भिणी महिलाहरुलाई दिइनु हुँदैन । खोप दिइनुको मतलव रोगलाई घटाउँछ , निवारण गर्छ र सामान्य गतिको रोगलाई निमुल पार्नेछ । साथै मृत्युदर पनि घटाउँछ ।
सरुवा रोगको सामान्य परिचय, संक्रमण रोग निदानका सिद्धान्तहरु, उपचारका सिद्धान्तहरु व्यवस्थापनका सिद्धान्तहरु र संक्रामक रोगको रोकथामको बारेमा दिइएका वर्णनहरु सार र संक्षिप्त हुन् । विस्तृत व्यवस्थापन र कार्ययोजनाका सिद्धान्तहरु आवश्यकता परेका बखत प्रस्तुत गर्न सकिनेछन् । हाल विश्व जगतमा कोरोना १९ को महामारीले प्रथम दोस्रो र तेस्रो चरणको अल्फा, बेटा, गामा र डेल्टा किसिमको लहर विश्वभर एक पछि अर्को फैलिइदो छ । यस रोगको नियन्त्रण र रोकथामका लागि विश्वका धनी र गरिब राष्ट्रहरु बीच दूरी बढ्नु, धनी राष्ट्रले गरिब राष्ट्रलाई उपभोगजन्य औजारका रुपमा हेर्नु, विश्व संगठनको मत एकत्रित नहुनु र समष्टिगत रुपमा विश्व संगठनभित्र रहेका राष्ट्रहरुको संयुक्त बल प्रयोगमा यो रोगलाई नियन्त्रण गर्ने प्रयासमा रुचि नभएको जस्तो देखिइनु, आदि

जस्ता कारणहरुले गर्दा कोरोना–१९ को प्रकोपले विश्वभर झण्डै ३७ करोडको ३३ लाख ४० हजार हाराहारीमा जनसंख्या कोभिड –१९ बाट संक्रमित भएका छन् । त्यसै गरी ३७ लाख २८ हजार जत्तिले मृत्युवरण गरिसकेको अवस्था छ । यसै गरी १५ करोड ६१ लाख निको भइसकेका छन् । अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तेस्रो विश्व युद्धकै अवस्थामा प्रभावित बनाएको छ ।
यस्तै अवस्था रहिरहँने हो भने प्रभावितको संख्या अझै वृद्धि हुनेमा शंका छैन । खोप उत्पादन र वितरणमा समेत समृद्ध राष्ट्रहरुले एकात्मक र प्रतिस्पर्धात्मक मुनाफाजन्य दृष्टिकोण अप्नाउनु दृष्टिकोणबाट पनि यो रोगले दिर्घकालिन प्रभाव रहिँरहने संकेत जनाउँछ । हुनत नयाँ संक्रामक रोगहरु आउनु र जानु प्रकृतिपरक नियम र जीवन अस्तित्वमा आधारित छ । त्यसैले कोरोना –१९ लाई मात्रै अन्तिम रोगका रुपमा हेरिनु हुँदैन । संक्रामकजन्य रोगको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने १८ औ शताव्दी भन्दा पहिलाको मानिसको अस्थित्वले प्राणघातक संक्रामक रोगहरु झेलेर पनि वंशजहरु आज यो अवस्थामा संसारभर फैलिइरहेका छन् । यसो हुनुको पछाडिको उपलब्धी चिकित्सा विज्ञान नै हो भन्दा फरक पर्दैन । नेपालमा कोरोना १९ को पहिलो चरणको महामारीको व्यवस्थापन र दोस्रो चरणको महामारीको बीचमा अनमेल देखिएको छ । वास्तवमा भन्ने हो भने त्यो अन्यौलता संक्रामक रोगको व्यवस्थापनका सिद्धान्तमा आधारित स्वास्थ्य संरचना, संक्रमण स्वास्थ्य जनशक्ति नै नभएको र स्वास्थ्यका क्षेत्रमा उपचारात्मक स्वास्थ्यलाई मात्रै बढि ध्यान दिइएका, प्रवर्धानात्मक स्वास्थ्यका लागि केहि खोपहरु प्रयोगमा ल्याइएको भएतापनि संक्रामक रोग निवारणका लागि खासै पहल नभएको र मुलुकभर केन्द्रीय स्तरमा एउटा मात्रै संक्रामक तथा उष्ण जलबायु रोगजन्य अस्पताल (टेकु) बाहेक अन्यत्र सरुवा रोग उपचारका लागि छेकबार वा क्वारेन्टाइन र आइसोलेसन कहिँ कतै नभएको र चिकित्सकीय जनशक्ति पनि नभएको र गराउने सो र प्रयास नभएको पछाडिको कारण केहि पाँच दशक अघिका चिकित्सकहरुले स्वास्थ्य क्षेत्रलाई उपचार प्रविधिमा मात्रै सिमित गराएर आफ्नो पकडमा राखेका प्रतिफलले गर्दा आठ दशकमा आइपुग्दा पनि सक्रामक रोग रोगथाममा पनि कमिकमजोरको श्रेय तिनै लाई जाने देखिन्छ । गतः वर्षको फागुन महिनामा एउटा कोभिड संक्रामक बिरामी फेला परेकोमा चैत्र ११ २०७६ देखिचार महिना बन्दी गरियो । जसका वावजुद पनि एक हजार सात सय जति मात्रै मानिसहरु कोभिड १९ का कारण मरे । देशको अर्थतन्त्र डाबाडोल बन्यो । दोस्रो चरणको कोभिड आइसकेको भने थाह हुँदा हुँदै सीमा नाकामा भरपर्दा परिक्षण र छेकबार (क्वारेन्टाइन) को एथेष्छ पूर्वाधारको खडा नगरेको र खुला सिमानाका कारण अवैज्ञ रुपमा सीमा आवज जावत रोकथाम गर्न नसकेको र संक्रमणको स्थानीय, घरेलुतह, गाउँ , जिल्ला र क्षेत्रगत तहमा छुट्टै छेकबारका प्रणालीहरु स्वास्थ्यका कानूनी अवधारणा परिचालन गरी समुदाय बीचमा फैलिन सक्ने स्वास्थ्य पूर्वाधारहरुको पालना गर्ने सिलसिलामा अवज्ञा गर्ने व्यक्ति विशेषलाई कडा कानूनी दण्डको व्यवस्था गर्न नसक्नु, जनतालाई अनुशासनको दायरामा राख्न नसक्नु र केहि सञ्चार माध्ययमबाट मात्रै होशियारीका सूचनाहरु प्रशारण गरिनु, छिमेकी राष्ट्रबाट भित्रिएका नेपाली वा विदेशी नागरिकहरुलाई छुट्टा छुट्टै छेकबारका विधिहर अप्नाउन नसक्नु, आइसोलेसनका चिकित्सकिय पूर्वाधारहरु नुगत आइसोलेसनका बिरामीहरुलाई रेखदेख नुहनु, होम आइसोलेसनको निरीक्षण नगरिनु, कन्ट्याक्ट ट्रेसिङमा फजुल खर्च गरिनु, सामान्य रुघा खोकी र कोरोनाको संक्रमण बीचको लक्षणका आधारमा रोग निदान गर्न नसक्नु , चिकित्सकीय रोग निदानका आधारमा कमि कमजोरी देखिनु, परीक्षणका नाममा फजुल पीसीआर परिक्षणका नाममा व्ययभार थप्नु, रोगको लक्षणको तहगत आधारमा उपचार नगरिनु, सबैलाई भद्रगोल बनाएर उपचार प्रक्रिया अप्नाइनु आदि इत्यादी कमजोरी पक्षहरु कोरोना रोकथामको प्रवृतिमा देखिएका छन् । कोरोनाले पु¥याएको आर्थिक क्षतिलाई दृष्टिगोचर गर्ने हो भने बाटोघाटो घर निर्माण, कलकारखाना, खेति किसान जस्ता कुरामा रोक नलगाएको भए सायदै यति ठूलो आर्थिक क्षति ब्यहोर्नु पर्ने थिएन । सरकारले पनि यस्तो सल्लाह जनस्वास्थ्य सल्लाहकारसँग राय लिइएको पाइएन । राजनीतिक दलको दृष्टिकोणबाट कोरोनाका व्यवस्थापनलाई हेर्ने हो भने भरखरै शिथिल अवस्थामा झरिरहेको कोरोनाको महामारीमा कुनै दलभित्रको व्यक्ति विशेषको मनमुटावले निम्त्याएको कचहरी आमसभा, वृहत आमसभा, घुमफिर, संसर्ग आदी मेची देखि महाकाली सम्मका क्रियाकलापले संक्रमण विगत वर्षको फागुन महिनामा आइपुग्दा उत्कर्षमा पुगेको यथार्थ प्रमाणित भएको यथार्थ छ । सरकार र दल मातहतका राजनीतिक प्रतिनिधिहरुबाट नै यस्तो आधारभूत स्वास्थ्य मापदण्डको उलंघन गरी संक्रमण फैलाउने वातावरण बनाएपछि निमछरो जनताले के गरुन् । दलले दिएको आदेश जनताले मान्नै परेको छ । एकातर्फ यस्तो चित्र देखिएको छ भने अर्को तर्फ प्राविधिक दृश्यतर्फ जिबाणुजन्य उपचारको अन्तराष्टिय मापदण्डको पालना गरेको देखिएन । मापदण्ड बनाउने भन्दा समेत विज्ञहरुको राय लिइएन । आम जनस्वास्थ्यको प्रतिरक्षात्मक प्रणाली के कस्तो छ ? आयुर्वेदिक औषधिबाट उपचार गरिएका कोरोनाका बिरामीहरुमा के साच्चिकै प्रतिरोधात्मक शक्ति प्रवर्धन भएको हो त ? भन्ने प्रयोगशालागत खोज गरिनुपर्दछ । मेची देखि महाकालीसम्मका पुरुष, महिला वृद्धावृद्धाको प्रतिरक्षात्मक प्रणाली कस्तो छ । कुन औषधि प्रयोग गर्दा कस्तो प्रभाव देखिन्छ भन्ने कुराको प्रयोगशालागत अनुसन्धान गर्ने कुराको पनि सम्बन्धित क्षेत्रबाट वेवास्ता गरिनु, कोरोना उपचारका प्रयोजनका लागि छुट्टै अस्पताल बनाउनु पर्ने अवस्थामा नसर्ने रोगको अस्पताललाई कोरोना उपचारमा प्रयोग गरियो । यसरी नसर्ने रोगका दिर्घकालिन बिरामीलाई उपचारमा बन्चित गराइनु जस्ता काम गरिएन । सरुवा रोगका लागि एकान्त ठाउँमा उपचार गरिनुपर्नेमा ठूलो जनघनत्व भएका ठाउँमा वेवास्ता गरि उपचार गरियो ।
जिवाणुको कारकगत उपचार हालसम्म नभएको अवस्थामा रेम्डीसिभिर जस्ता औषधिको प्रयोग गरिनु, संक्रमणजन्य जिवाणुको उपचारमा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्दा पनि एकदमै कम मात्रमा व्यक्ति विशेषलाई विकारको प्रकृति अनुसार प्रयोग गर्नुपर्नेमा जथाभावी लामो समयसम्म स्टेरोइड औषधिहरु प्रयोग गरिनु । रेशनल (फारु) किसिमले प्रयोग गर्नुपर्ने प्राणवायु (अक्सिजन) लाई जत्ति सक्दो, जथाभावी, जहिले सुकै प्रयोगमा ल्याई त्यसको नकरात्मक असरलाई वेवास्ता गरी मरण वायु र प्राणवायु बीचको रगतमा सन्तुलनको घटीबढी गराएका कारण कतिपय बिरामीहरुले प्राणवायु लिँदा दिँदै मृत्युवरण गरेको पनि यहि कारण हो । रगत जमेर मृत्यु हुनाका कारण, आन्द्रा गढबडी भएर झाडापखलाका कारण, उपचार पछि कालो, निलो र हरियो ढुसी पलाउनुका कारण शरीरको प्रतिरक्षात्मक प्रणालीमा क्षिण भएका कारण र जिवाणुको आन्तरिक र बाह्रय विष, औषधिको नकरात्मक असर, रोगको लक्षणमा तहगत उपचारको कमि, पौष्टिक जन्य खानापानमा कमि हुनका साथै अन्य रोगहरुको साथ पनि सँगसँगै भएका कारण बिरामीमा मर्छु भन्ने अत्यन्तै नकरात्मक चिन्ता र मनोबल खस्किनु, स्नायु प्रणालीमा गढबडी हुनु, उत्तेजना, आवेग, छट्पटी, अनिन्द्रा जस्ता मनोवैज्ञानिक सहनसिलताका आधारहरुमा खलबल हुनुका कारण नै मृत्युसंख्या बढेको पाईन्छ ।
अझैपनि जनस्वास्थ्य विज्ञ, चिकित्सा विशेषज्ञ, विद् र वेत्ताहरुको सरसल्लाह र उनीहरुले अप्नाउने मापदण्डको व्यवहारिक मापदण्ड समयमै नअप्नाउने हो भने, कोरोना व्यवस्थापनको आइसोलेसन, क्वारेन्टाइन र मानवीय व्यवहारको व्यवस्थापन क्षेत्रगत संक्रमण अस्पताल र हाल अस्तित्वमा रहेका आइसोलेसन वार्डहरुलाई कायमै राखि सरुवा रोग विशेषज्ञ चिकित्सकहरु, स्रोत साधानको जगेर्ना गरी उल्लेखित अन्तर्राष्टिय मापदण्डको सिद्धान्त अनुसार रोग नियन्त्रण र रोकथामका उपयाहरु अबलम्बन गर्ने प्रयासहरु नअप्नाउने हो भने अवश्यम्भावी तेस्रो लहर वा नयाँ प्रजातिको कोरोना महामारीलाई रोक्न कठिन हुनेछ ।

लेखकः जनस्वास्थ्य विज्ञ, चिकित्सक विशेषज्ञ, विज्ञ, विद तथा वेत्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.