कोरोना भाइरसको विश्वब्यापी महामारी भएको अवस्थामा आयुर्वेद एवं वैकल्पिक उपचारमा संलग्न जनशक्ति,औषधि लगायत अन्य साधनहरुलाई पनि राज्यले राम्ररी प्रयोग गर्न जरुरी छ: प्रा.डा. डि बी रोका (एम.डी, काय चिकित्सा)
1 min read
प्रा. डा. डिबी रोका, तस्वीरः डायरी एक्सप्रेस साप्ताहिक
वनारस हिन्दू विश्वविद्यालयआयुर्वेद क्याम्पस किर्तिपुरमा दुई कार्यकाल क्याम्पस प्रमुख भई काम गर्नुभएका प्रा.डा. डि.बी. रोकाले कायचिकित्सामा एमडी गर्नुभएको छ । अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेर कोरोना भाइरस विरुद्ध लडिरहेको छ । तर, आयुर्वेद चिकित्सकलगायतका अन्य वैकल्पिक चिकित्सा पद्धति अन्तर्गत कार्यरत संघ सस्थाहरु एवं जनशक्ति र औषधिहरुलाई संयोजन गरी एकीकृत रुपमा सहयोग लिन सकिरहेकोे छैन । यहि विषयमा केन्द्रीत रहेर प्रा. डा. रोकासँग डायरी एक्सप्रेसका कार्यकारी सम्पादक नारायणप्रसाद शर्माले गरेकोे विशेष अन्तर्वार्ताः
० राज्यले वैकल्पिक चिकित्सा विधिका स्वास्थ्यकर्मीहरु किन परिचालन गरेको छैन ?
० आफ्नो देशमा भएका प्राकृतिक स्रोतहरुलाई पनि प्रयोग गर्दै विश्वभरीकै मापदण्ड लागू गरौं ।
० यसरी हाम्रो राम्रो र वैज्ञानिक एकीकृत चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्न जरुरी छ ।
० हरेक चीजमा पश्चिमीकरण ठीक छ भन्दा अहिले स्वास्थ्य दुर्घट्नामा परेको अवस्था हो ।
० ‘एन्टी बायोटिक्स’ ‘इम्युनो सप्रेसन्’ साथै स्टेराइट्स आदि औषधिहरुको अत्याधिक प्रयोगले एकछिनलाई आराम भए पनि दिर्घकालिन रुपमा मानिसको रोग प्रतिरोधात्मक शक्ति कमजोर बन्दै जान्छ ।
०अहिले नोभल कोराना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीका रुपमा फैलिएको छ । यो अवधिमा सरकारले आयुर्वेद एवं वैकल्पिक चिकित्साको सहयोग आवश्यकता नदेखेको हो ?
अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको कामलाई सन्तोषजनक नै मान्नुपर्दछ । जसले गर्दा अहिलेसम्म बढिमा १०९ मात्रै संक्रमित मात्रै देखा परेका छन् । साथै पहिचान भइसकेका संक्रमित बिरामीहरु पनि उपचार पश्चात निको भएर फर्किरहेका छन् । अहिलेसम्म पनि कसैको मृत्यु भएको छैन । यसबाट के बुझिन्छ भने, केहि हदसम्म स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्ध गरिएका गतिविधिहरुको परिणाम हेर्दा सन्तोषजनक नै मान्नुपर्दछ । तर, हाम्रो रणनीतिमा नेपाल भौगोलिक रुपमा चीन र भारतसँग सीमा जोडिएको छ । त्यसैले भारतमा जति प्रकोप बढ्दै जान्छ त्यति नै निरन्तर रुपमा नेपाली समाजमा यस रोगको असर पर्दछ । भारत सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका गतिविधिहरुसँग नेपाल पनि नजिक रहेर संयुक्त रुपमा काम गर्नुपर्दछ ।नेपालको दक्षिण नाकाहरुमा अझ बढि परीक्षण बढाएर रोगको पहिचान गरिसकेपछि यसको उपचारका लागि कतिपय प्राविधिकहरु एवं अन्य जनशक्तिको कमि भयो भन्ने विषय पनि उठिरहेको छ । त्यसका आयुर्वेद एवं वैकल्पिक चिकित्सा अन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरु राम्रोसँग परिचालन गर्नुपर्दछ । किनकी वैकल्पिक चिकित्सा एवं अन्य स्वास्थ्यकर्मीहरु यस कोरोना भाइरस अन्तर्गतका लडाईमा सहयोग गर्न इच्छुक छन् । उनीहरुले पनि आधारभूत सरुवा रोग सम्बन्धि अध्ययन गरेका छन् । मासिक रुपमा कर्मचारीले पाउने तलव भत्ता पनि लिइरहेका छन् । यसबाट अतिरिक्त आर्थिक व्यवभार पनि सरकारलाई पर्दैन ।अहिले हामीले विरामीलाई अन्य व्यक्तिमा रोग सर्नबाट बचाउन क्वारेन्टाइन वा आइसोलेसनमा १४ दिनसम्म राख्ने गरेका छौं । कतिपय अवस्थामा रोगीहरु १४ दिन भन्दा पनि बढि समय राख्नुपर्ने अवस्था हुन्छ । जुन समयमा उक्त मानिसहरु मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर) झनै घट्दै जान्छ । त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्सा दिँदा मानसिक तनावलाई कम गर्न सकिन्छ । साथमा तनाव कम गर्ने खालका वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्न सकिने औषधिहरुको प्रयोग गर्न बान्छनिय हुन्छ । जस्तै मन्डुकपणि, ब्राम्मी, शंखपुष्पी, ज्योतिषमति, बोझो, जटामांसी, अश्वगन्धा आदि औषधिहरु प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिन्छ । त्यसै गरी भाइरससँग पुरै लड्न सक्ने शारिरीक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि चरक संहिता अन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधिहरु जस्तै तुलसी, हरिद्रा, जेठी मधु, द्राक्ष्य, सतावरी, आमालाकी, पाँच औले, चिराइतो, गुरुची (गिलोय), कपिकक्षु, भूआमालकी, वासा, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित निरमसी, आदि चिकित्सा अन्तर्गत प्रयोग हुने औषधिहरुको साथमा अर्गानिक र सुपाक्ष्य पौष्टिक खानाहरु दिन सकिन्छ । खानामा जंक फूड (पत्रुखाना) भन्दा प्राकृर्तिक रुपले पाइने गेडागुडी, दाल, हरियो सागसब्जी, दुध र प्राकृतिक भिटामिनहरु च्यवनप्राश आदि खानुपर्दछ । वेदमा लेखिएका कतिपय कुराहरु व्यवहारमा वैज्ञानिक र व्यवहारिक देखिएका छन् । त्यहि अनुसार आयुर्वेदका ग्रन्थमा लेखिएका औषधि एवं चिकित्साका विधिहरु किन प्रयोग नगर्ने ?स्वास्थ्य मन्त्रालय आयुर्वेद विभाग अन्तर्गतका चिकित्सालय, स्वास्थ्यकेन्द्र एवै औषधालयबाट केहि हदसम्म प्रयोग गरिँदै आइरहेको पनि छ । भने अहिले कोरोना भाइरसको संक्रमणको विरुद्धमा लड्नका लागि उपरोक्त औषधि र विधिहरु एकीकृत रुपमा प्रयोग गरेर बिरामीको रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने प्रयास किन नगर्ने ?नेपालमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र, होमियोपथिक स्वास्थ्य केन्द्र, युनानी चिकित्सा, हिमाली क्षेत्रमा सञ्चालित आम्ची स्वास्थ्य केन्द्र, तिव्वतियन हर्वल चिकित्सा केन्द्र, अक्कुपञ्चर, अक्कुपे्रसर, योगा, प्राकृतिक चिकित्सा, चिनियाँ परम्परागत चिकित्सा विधिहरुलगायतलार्ई विश्व स्वास्थ्य संगठनले पनि परम्परागत चिकित्सा विधिहरु भनेर मान्यता दिएको अवस्थामा तिनीहरुको समुचित प्रयोग कुनैपनि महामारी रोगसँग लड्नका लागि एकीकृत रुपमा किन प्रयोग गर्नुपर्दछ ।अहिले नेपालमा आयुर्वेद विभाग छ । आयुर्वेद विश्व विद्यालय पनि खुलेको छ । आयुर्वेद कलेज र चिकित्सालयहरु पनि छन् । साथै अनुसन्धान र तालिम केन्द्रहरु पनि छन् । ति सबैको समुचित र एकीकृत रुपमा सहयोग लिन जरुरी छ । हामीले ज्वरोको उपचार गर्दा सिटामोलको साथै चिराइतो, मृत्युन्जय, रामबाण, महासुदर्शन, गिलोयसत्व, आदि ज्वरोको उपचारको निमित्त १५०० बिसी देखि नै प्रयोगमा आएका यी औषधिहरुलाई हामी किन नजरअन्दाज गर्ने ? पहिल्यै देखि प्रयोग हुँदै आएका औषधि र विधिहरु यस खालको जनउपध्वशंजन्य महामारी रोगको विरुद्धमा प्रयोग किन नगर्ने ?
० कोरोना भाइरस रोकथामका लागि आयुर्वेद उपचार के हुन सक्छ ?
आयुर्वेद उपचारमा माथि उल्लेखित औषधि र विधिहरु प्रयोग गर्न सकिन्छ । यसको अतिरिक्त भाइरसका विरुद्धमा अनेकौं औषधिको खोज गर्न सकिने आधारहरु पनि छन् ।० नोभल कोरोना भाइरसका कारण गरिब देशमा भन्दा विकसित देशमा मानिसको मृत्युदर किन बढि भयो ?जति मानिसहरु किटाणुबाट टाडा रहन खोज्छ अर्थात प्राकृतिक वातावरणबाट टाढा रहँन खोज्छ, उत्तिकै मानिसको रोग प्रतिरोधात्मक क्षमता निश्क्रिय हुँदै जान्छ । त्यसैले मानिस प्रकृतिको साथमा रहेर भाइरससँग लडिरहेको खण्डमा बिस्तारै बिस्तारै हाम्रो रोग प्रतिरोधात्मक शक्ति सक्रिय भइरहन्छ । त्यसैले नेपालमा भन्दा कोरोना भाइरसको मृत्युदर विकसित देशमा बढि भएको हुनसक्छ । समय समयमा सानो तिना खालको भाइरस एवं अन्य जिवाणूको संसर्ग हुँदै प्रकृतिसँग नजिक रहँदै गर्दा यस्ता भाइरसहरुसँग शरीर ग्रहण गर्दै अभ्यस्त हुँदै जान्छ । अर्थात शरीरभित्र एण्टीबडीको विकास हुँदै जान्छ । त्यसपछि हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) बलियो हुन्छ । त्यसैले किटाणु मुक्त भनिएका विकसित देशमा यस रोगबाट मानिसको मृत्यु बढि हुनुको कारण माथि उल्लेखित रोग प्रतिरोधात्मक क्षमता क्रियाशिल नुहुनु वा कमजोर हुनु नै हो । अन्य कारणहरुमा नेपाल एवं पूर्वीय देशहरुको संस्कृति, स्वाभाव, आहार विहार र वातावरण आदिको कारणले पनि नेपाल जस्तो देशमा कम मृत्युदर हुन सक्तछ ।
० स्वास्थ्य मन्त्रालयले एकीकृत रुपमा काम अघि नबढाउनुमा आयुर्वेद विभागका विज्ञहरुले पहुँच नपु¥याएर हो कि सरकारले विश्वास नगरेको हो ?
आयुर्वेद एवं वैकल्पिक चिकित्सामा कार्यरत हामी जस्ता प्राध्यापकहरुले चिकित्सकलाई तालिम दिँदा सरुवा रोग सम्बन्धि आवश्यक सबै खालका ज्ञान एवं सीपहरुको बारेमा अध्ययन अध्यापन गराईरहेका कुरा स्वास्थ्य मन्त्रालयलाई अवगत नै छ । समय समयमा स्वास्थ्य मन्त्रालयलाई उहाँहरुले मागेको बेलामा हामीले सल्लाह र सुझव दिँदै पनि आएका छौं । तर, किन प्रशस्त रुपमा यसलाई मन्त्रालयले उपयोग गरिरहेको छैन ? यो मन्त्रालयसँग सोध्नु पर्दछ । हाल कार्यरत आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद चिकित्सक संघ,ं वैकल्पिक चिकित्सा परिषद संगठन, आयुर्वेद महाविद्यालय एवं विश्वविद्यालय, चिकित्सालय, अनुसन्धान एवं तालिम केन्द्र, आयुर्वेद एवं वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद औषधि व्यवस्था विभाग, आयुर्वेद औषधि निर्माणशाला, सिंहदरवार वैद्यखाना, वन एवं जडीबुटी विभाग, कृषि एवं पशु विभाग, खानी एवं भूगर्व विभाग, नेपाल आयुर्वेद स्वास्थ्य अनुसन्धान परिषद्लगायत अन्य सम्बन्धित विभागका विज्ञसहितको महामारी विरुद्ध लड्न एकीकृत रुपले अभियान चलाउनुपर्दछ ।
० स्वास्थ्य मन्त्रालयले एकीकृत रुपमा टास्क फोर्स बनाउनु पर्दैन ?
सरकारले आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रहरुमा ठूलो धनराशी अहिले पनि खर्च गरेको छ । त्यसैले यस प्रकारको महामारीका विरुद्धमा एकीकृत टास्क फोर्स बनाउन जरुरी देखिन्छ ।
० विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकृति नदिएको हुनाले ति आयुर्वेद एर्व वैकल्पिक चिकित्सामा प्रयोग औषधिहरु प्रयोग नगरेको हो की ?
डब्लुएचओले भनेको मापदण्ड पनि ठीकै छ । तर, त्यो मापदण्ड अनुसार उपचारमा केहि पनि कमि गर्नु हुँदैन । साथै आफ्नो देशमा उपलब्ध स्रोतको प्रयोग किन नगर्ने ? हाम्रा आदिम युग देखि प्रयोग हुँदै आएका साधन, औषधि र विधिहरु पनि त प्रयोग गर्नु पर्छ नी ? डब्लुएचओको एक अंग परम्परागत चिकित्सा विज्ञान पनि त यसै अन्तर्गत रहेको छ । यदि स्वास्थ्य मन्त्रालयले यसका लागि अझ प्रभावकारी काम गर्ने हो भने अन्य राष्ट्रले गरिरहेका र ‘डब्लुएचओ’ले भनेका कुराहरुका ं साथै आ–आफ्नो राष्ट्रमा उपलब्ध साधनहरु किन प्रयोग नगर्ने ? हाम्रा कैयौं वर्ष देखि प्रयोग हुँदै आएका र वेद एवं आयुर्वेदमा वर्णन गरिएका औषधि योग्य वनस्पति, जडीबटी एवं खनिज र जान्तव जस्ता चिजहरुको किन प्रयोग नगर्ने ? यी औषधि प्रयोग गर्दा सकेसम्म फाइदा नै हुन्छ । तर, नोक्सान त भने केहि पनि हुँदैन । यसरी आफ्नो देशमा भएका स्रोतहरुलाई प्रयोग गर्दै विश्वभरीकै स्वास्थ्य मापदण्ड पनि लागू गरौं । जसले गर्दा कोरोना भाइरसको महामारीलगायत अन्य स्वास्थ्य सम्बन्धि समस्या विरुद्ध लड्न स्वास्थ्य मन्त्रालयले एकीकृत रुपमा सरकारको मातहतमा स्वास्थ्य सम्बन्धि संघ संस्थाहरु मार्फत अनेक उपया र विधिहरुलाई परिचालन गर्न जरुरी छ ।
० एकीकृत संयन्त्र नबन्नु र स्वास्थ्य सामाग्री खरिदमा पनि अनेक बखेडा उत्पन्न हुनु स्वास्थ्य मन्त्रालय अन्तर्गतक नेतृत्वको कमजोरीकै कारणबाट हो ?
भ्रष्टाचार त मानिसको प्रवृतिका कुरा भए । हो कतिले यहि मौकामा मुनाफा कमाउँ भन्ने पनि हुन सक्छन् । साथै बजारमा अभाव भएको मौका हेरेर डबल र त्रिवल मूल्यमा समानहरु किन बेच गर्ने मौका पर्खेर बसेका पनि हुन सक्छन् । यस प्रकारको मानसिकता भएका मानिसहरु देशमा धेरै थोरै हुन सक्छन् । कहिलेकाँही हत्तारमा नियत सफा हुँदा हुँदै पनि अर्काको भरपर्दा दूर्घट्नावस महंगोमा परिएको पनि हुन सक्छ । त्यसकारण कोरोना विरुद्धको लडाईमा मात्रै होइन अन्य जुनसुकै ठाउँमा पनि भ्रष्टाचार हुन सक्छ । यसका लागि सरकारका संयन्त्रले छुुट्टै काम, अनुसन्धान एवं छानविन गर्नुपर्दछ ।अहिले राष्ट्रमा फेरबदल गर्न सकिने विषयहरुमा आहार विहारमा परिवर्तन गराऔं । हात नमिलाई नमस्ते गरौं । केहि चिजलाई छुनु अगाडि साबुनले हात धोऔं वा आयुर्वेदमा उत्पादित सेनिटाइजरको प्रयोग गरौं । हाम्रो पूर्विय संस्कृति अनुसारको बानी ब्यहोरालाई व्यवहारमा ल्याऔं । आइसोलेसनमा बसेकाहरुलाई चाउ चाउ होइन, मकै भटमास एवं सकेसम्म प्रोटिन प्राप्त अर्गानिक खाना ख्वाऔं । योगा म्याडिटेशन गराऔं । सत्वाजय चिकित्सा (मनोपरामर्श) गराऔ । र, हजारौं वर्षदेखि प्रयोग हुँदै आएका आयुर्वेद एवं वैकल्पिक चिकित्सा अन्तर्गतका औषधि एवं विधिहरु पनि समुचित रुपले प्रयोग गरौं जसले गर्दा यस्ता कोरोना भाइरस जस्ता महामारीका स्वास्थ्य समस्याहरुसँग लड्न अरु छिटो र गुणात्मक र दिर्घकालिन रुपमा सफल हुन सक्नेछौं ।
० नेपालमा कोरोना भाइरस रोकथामका लागि चीन, दक्षिण कोरिया वा इटाली मोडल कुन चाहिँ उपयुक्त हुन सक्छ ?
चीनमा कोरोना भाइरस छिटो नियन्त्रण हुनुमा चिनियाँ परम्परागत औषधि एवं विधिहरु एकीकृत रुपमा प्रयोग गरिएको थियो । जुन नेपालको आयुर्वेदिक एवं वैकल्पिक उपचार जस्तो हो । कमसेकम पश्चिमी उपचार पद्धति शत प्रतिशत ठीक छैन भन्ने त प्रमाणित भयो नि ? हरेक चीज र व्यवहारमा पश्चिमीकरण ठीक हो भन्दा अहिले स्वास्थ्य दुर्घट्नामा परेको अवस्था छ । खाने, बस्ने सबै संस्कृतिहरु पश्चिमीकरण गर्दा अहिले यो अवस्था भयो । पश्चिमाहरुले अंगालो हाल्ने, चुम्बन गर्ने र एक अर्काको जुठो खाने आदि गर्दछन् । तर, हाम्रो संस्कारमा ति सबै गर्दैनथ्यौं । हामी नमस्ते गर्दछौं । एक अर्काको जुठो पनि खाँदैनौं । कतिपय हाम्रो संस्कारमा पश्चिमाहरुले असभ्य भनेका संस्कृति र बानी ब्येहोरा र संस्कृतिहरु स्वास्थ्यका लागि वैज्ञानिक पनि त रहेछन् नी । यसरी हाम्रो राम्रो र वैज्ञानिक बानी ब्येहोरा र पूर्विय संस्कृतिलाई प्रवद्र्धन गर्न जरुरी छ । पश्चिमी रहनसहन र बानी ब्येहोराबाट नै एड्स रोगको पनि सुरुवात भएको हो । त्यस्तै कैयौ रोगहरु पश्चिमी संस्कारबाट उत्पत्ति भएको पाईन्छ ।खाने कुरामा पनि आधा उमालेर खाऔं भन्ने पश्चिमा पद्धतिमा किटाणुहरु पनि त आधा मरेको हुन सक्छ । हामीहरुले भान्सामा प्रयोग गरिने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, जुवानो, जिम्मु, धनियाँ, जिरा, सोप जस्ता आयुर्वेदिक मसलाहरु प्रयोग गर्दा पनि केहि हदसम्म रोगको रोकथाम हुनसक्ने सम्भावना रहन्छ । जो पश्चिमा संस्कृतिमा छैन । हाम्रो मसालाको रुपमा प्रयोग गरिने बेसारले एन्टिसेपm्टिक, एन्टी टक्सिक,औषधिको रुपमा काम गर्दछ । यसको बारेमा अथर्ववेद र आयुर्वेदमा पनि ब्याख्या गरिएको छ । विदेशीहरुले दिशा, पिसाव र खाना खाएपछि साबुन पानीले हात नधोई ट्वाइलेट पेपरको प्रयोग गर्दछन् । यस बाहेक पत्रुखाना र लामो समयसम्म फ्रिजमा राखिएको खाना खाने गर्दछन्् जसले गर्दा पनि रोगसँग लड्ने क्षमताको कमि हुन्छ ।
० नेपालमा अहिले सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरु कति छन् ?
हामी कहाँ स्नातक (बिएएमएस) र स्नातकोत्तर (एमडी) गरेका चिकित्सकहरु झण्डै पाँच सय जना भन्दा बढि होलान् । त्यसै गरी झण्डै ५ सय जत्ति प्यारामेडिक्सहरु होलान् । प्रशासनिक कर्मचारी पनि एक हजार भन्दा बढि छन् । साथै होमियोपेथी, नेचुरोपेथीक, योग, चाइनिज ट्रेडिशनल तथा अंकुपञ्चर र युनानी उपचारमा पनि धेरै जनशक्तिहरु संलग्नहरु रहेका छन् । यसरी सबै मिलाएर दुई हजारको संख्यामा र सरकारकै तलव लिनेहरु एक हजार भन्दा बढिको संख्यामा रहेका छन् ।सरकारको तलब भत्ता खाएर पनि यो महामारीमा उनीहरुलाई सहि ढंगले सदुपयोग गरिएको छैन । यसरी स्वास्थ्य मन्त्रालयले गरेको कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलगायत अन्य वैकल्पिक क्षेत्रका चिकित्सकहरु प्रयोग नगर्दा लडाई पूर्ण हुन सकेको छैन । सरकारले कोरोना भाइरसको स्क्रिनिङ गर्ने काममा ढिलाई भयो भन्ने आम मानिसको गुनासो एकीकृत सेवाको अभावका कारण यो अवस्था आएको हो । यसलाई आयुर्वेद एवं वैकल्पिक चिकित्साका संशाधनहरुलाई पनि एकीकृत सेवाका रुपमा प्रस्तुत गरेको खण्डमा मात्रै समाधान गर्न सकिन्छ ।०
अहिले राज्यले लकडाउनबाटै कोरोना भाइरसको नियन्त्रण हुन्छ भनेको छ । आम मानिसहरुको आर्थिक गतिविधि ठप्प छ । यसबाट मात्रै नियन्त्रण होला ?
लकडाउनका कारण एक जनाबाट अर्को मानिसमा रोग नसरोस् भन्ने मात्रै हो । तर, दूरी कायम गरेर पनि काम गर्न सकिन्छ । देशलाई नराम्रो असर पर्ने खालका आर्थिक गतिबिधि बन्दनगरीकन बिस्तारै खुलाउनुपर्दछ । जनतालाई घर घरमा पुगेर भाइरसहरु कसरी सर्न सक्छन् ? त्यसका बारेमा सतर्कता रहँने विषयमा जानकारी गराउँनुपर्दछ । कोरोना भाइरस मात्रै होइन भोलि डेंगु, मलेरिया, दादुरा, चिकुन गनिया, कालाज्वर, इन्सफ्m्लाइटिस, हेपाटाइटिस बी र सी आदि जस्ता रोगहरु पनि महामारीका रुपमा आउन सक्छन् । यी रोगहरु पनि महामारीका रुपमा फैलन सक्छन् । यिनीहरुको सरुवा कसरी हुन्छ भन्ने विषयमा जनतालाई गाउँ गाउँमा गएर स्वास्थ्य शिक्षाका विषयमा जानकारी गराउनुपर्दछ । त्यसकारण कारोना भाइरसको नियन्त्रण पश्चात पनि चुप लागेर बस्ने कुरा आउँदैन । साना तिना स्वास्थ्य समस्यामा कसरी रोकथाम गर्न सकिन्छ भन्ने ज्ञान आम मानिसमा दिन जरुरी छ । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा सेनिटाइजर समेत प्रयाप्त मात्रामा बन्न सकेको छैन । हामी यस्ता सामान्य औषधि र साधनहरुमा समेत कहिलेसम्म परनिर्भर बन्ने ? जब समस्या पर्छ तब मात्रै बनाउन सुरु गरेर पनि हुन्छ ?
० नेपालमा कोरोना भाइरसको संक्रमणमा कमि देखिनुमा तपाईलाई के लाग्छ ?
हामी सामान्यतया धेरै प्रकृति वातावरणमा नजिक छौं । र, समय समयका साना तिना भाइरसको संसर्ग हुँदै आफ्नो जीवनलाई अघि बढाइरहेका हुन्छौं । त्यसैकारण पनि हाम्रो रोगसँग लड्ने क्षमता क्रियाशील रहन्छ । अन्य गरिब मूलुकका मानिसहरु पनि यस भाइरसबाट कमै मरेका छन् । विषाणु र जिवाणु फ्रि देश र वातावरण बनाउछु भन्ने त कल्पना बाहिरको कुरा हो । किनकी यो त प्रकृतिबाट पनि आउन सक्छ । भाइरसकै नजिक भएर रोगसँग लड्ने क्षमताको वृद्धि गराउनु नै जरुरी छ । यसरी हाम्रो शरीरमा पनि भाइरस प्रतिरोधी क्षमता क्रियाशिल बनाई राख्नुपर्दछ । यसको अतिरिक्त वातावरणमा बिभिन्न वनस्पतिका वृक्षहरु जस्तै वर, पीपल, समी, पैयु, नीम आदि जस्ता औषधिजन्य वृक्षहरुले पनि यस्ता भाइरसहरुको उत्पादनलाई वातावरणका कमि गर्न सक्छन् ।
० कोरोना भाइरस भ्याक्सिन बन्न पनि समय लाग्यो नि ?
कोरोना भाइरसको भ्याक्सिन बन्यो नै भने पनि शतप्रतिशत काम गर्ला भन्ने ग्यारेन्टी छैन । एक त खर्चिलो पनि हुन्छ नै । टाइफाइड र हैजाकोे भ्याक्सिन जस्तो छ महिना मात्रै काम गर्ने खालको पनि हुन सक्छ । वा क्रियाशिल भाइरस निकाल्न कति सम्भव होला ? तथापि भ्याक्सिन निस्कने बित्तिकै सम्पूर्ण रुपमा यस्तो रोगबाट पूर्ण रुपले निर्मुल हुन्छ भन्ने पनि छैन ।कोरोना मात्रै होइन अर्को भाइरस पनि त आउन सक्तछ । कति थरी भ्याक्सिन बनाइरहँनु ? यसको उत्तम उपया नै मानिसमा रोगसँग लड्ने क्षमतामा विकास गर्नु हो । शत्रुको नजिक रह्यो भने पो उसको चरित्र थाह भएर जित्न सकिन्छ । यो पनि त्यस्तै हो । त्यसैले भाइरस र प्रकृतिसँग नजिक रहेर रोगसँग लड्ने क्षमता विकास गर्नु नै ब्यवहारिक र दिर्घकालिन उपया हो ।
० अहिलेको एलोपेथिक (आधुनिक) भनिएको चिकित्सा पद्धति आफैमा पूर्ण छैन ?
हो, हाम्रो वर्तमान व्यवहारमा अभ्यास भइरहेको आधुनिक चिकित्सा नीति नै पूर्ण छैन । किनकी हाम्रा विरामीमा स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छ । त्यसैकारण उनीहरु चिकित्सक कहाँ गएर छिट्टै सन्चो हुने औषधि एवं उपचार मागेका हुन्छन् । किनभने विरामीहरुलाई औषधि सम्बन्धि पूर्ण ज्ञान हँुदैन । त्यसरी बिरामीहरुले तरुन्तै निको हुन चाहे पनि स्वास्थ्यकर्मीहरुले त्यस उपचारबारे बिरामीलाई बुझाउन जरुरी हुन्छ । छिटो निको गराउन कडा खालका केमिकल औषधिहरुको अधिक मात्रामा प्रयोग गर्दा पछि गएर रोग छिटो निको भएपनि कालान्तरमा रोगीको रोगसँग लड्ने क्षमता र अन्य ‘साइड इफेक्ट’ धेरै हुन सक्छ भन्ने कुरा राम्ररी बुझाउनुपर्दछ । यसरी कडा प्रकारका अनेकौं केमिकल ‘एन्टी बायोटिक्स’ ‘इम्युनो सप्रेसिप्स’ स्टेराइट्स आदि औषधिहरुको प्रयोगले एकछिनलाई आराम भएपनि कालान्तरमा लामो समय र अधिक मात्रामा प्रयोग गर्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर बन्दै जान्छ । र त्यस्तो अवस्थामा कोरोना भाइरस लगायत अन्य नयाँ भाइरस र ब्याक्टेरियाहरुको संसर्ग भएर आसानीसँग विविध प्रकारका संक्रमणजन्य रोगहरु उत्पत्ति हुन सक्छ । त्यसैकारण पनि सकभर केमिकल औषधिहरुको प्रयोग कम गर्नु र आयुर्वेद एवं वैकल्पिक चिकित्साका औषधिहरु बढि भन्दा बढि प्रयोग गर्ने दिर्घकालिन स्वास्थ्यका लागि उचित हुन्छ । यस्तै गरी ‘पेन किलर’ औषधिहरु, एन्टी बायोटिक्सहरु, स्टेराइट्हरु, डाइटिज र हाइपोटेन्सनमा प्रयोग गरिने औषधिहरु र अन्य कडा कडा केमिकल औषधिहरुको प्रभावबारेमा सर्वसाधारणलाई पनि जानकारी गराउँदै सम्भव भएसम्म आयुर्वेद एवं वैकल्पिक चिकित्सामा प्रयोग हुने प्राकृतिक औषधि प्रयोग गर्नका लागि सम्पूर्ण स्वास्थ्यकर्मी एवं जनसमुदायलाई तालिम र जानकारी गाउँ गाउँसम्म पु¥याउन जरुरी देखिन्छ ।यसको अतिरिक्त वेद एवं आयुर्वेदमा वर्णन गरिएका स्वस्थ्यवृत (पर्सनल एण्ड पब्लिक हेल्थ)का व्यवहारिक पक्षलाई मानिसको इम्युनिटी बढाउने वा रोगको संसर्ग र उत्पत्तिलाई रोकथाम गर्ने उपयाहरु वर्णन गरिएको छ । त्यसलाई गाउँ वा शहरका जनताहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन जरुरी
(२०७७, बैशाख २९सोमवार डायरी एक्सप्रेस साप्ताहिकमा प्रकाशित)