March 28, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मेडिकल माफियाहरुको अकल्पनीय लहरोमा डा. कोइराला


भरत दाहाल, राजनीतिक विष्लेषक


आयुर्वेद र प्राकृतिक उपचारको कुरा गर्नेहरु डा. भगवान कोइरालाको निशानामा परेका छन् । उनी एलोपेथी चिकित्सा क्षेत्रमा भगवानका रुपमा चिनिन्छन् । तिनै प्रा.डा. कोइरालाको पहलमा भाद्र १८ गते डाक्टरहरुको एउटा समूहको बैठक बसेको थियो । सो बैठकमा प्रा.डा. कोइरालाको प्रस्तुती अनौठो खालको थियो । उनले बैठकमा कोरोना ‘महामारी होइन’ र यसको संक्रमणलाई आयुर्वेद, प्राकृतिक चिकित्साका साथै अन्य सजिलो घरेलु विधिबाट रोक्न सकिन्छ भनेर प्रचार गर्नेहरुलाई थुनेर कार्वाही गर्नु पर्छ भन्ने कुरा उठाएका छन् । स्मरण रहोस् प्रा.डा कोइराला नेपाल मेडिकल काउन्सिलका बाहलवाला अध्यक्ष हुन् । उनी गत कार्तिकमा नियुक्त भएका थिए ।


विकास हुँदाखेरिको एलोेपेथी चिकित्सा प्रणाली नराम्रो थिएन । तर, अहिले यो माफिया दुनियाँको हतियार भैसकेको छ । बिल गेट्स र विश्व स्वास्थ्य संगठनको अहिलेको एलोपेथी मान्छे मार्ने, लुट मचाउने र रोगहरुको पुनरुत्पादन गर्ने माध्यम बनेको छ । नेपालका निजी अस्पतालहरु हेर्दा र उपचारमा गरिब तथा निम्न मध्यम वर्गको पहुँच समाप्त भएको अवस्था हेर्दा मात्र पनि वर्तमान अवस्थाको एलोेपेथी भनेको के हो भन्ने कुरा बुझिन्छ । यसलाई केही होइन भन्नेहरु माफिया हुन् ।
भगवान कोइरालाले को सँग मिलेर नेपाली जनताहरु लुट्ने सपना देखेका छन् ? दुई सय बर्ष उमेर नपुगेको उनको उपचार पद्धतिको विकास हुनुभन्दा पहिले संसारका मानिसहरुलाई कसले उपचार गरिरहेको थियो ? आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोेपेथीबाट मानिसहरु स्वस्थ्य हुँदा यिनीहरुको टाउको किन दुख्छ ?

मानिसहरुलाई उपचार गर्नेहरुमाथि कार्वाहीको कुरा गर्नेहरु डाक्टर हुन् कि डाक्टरको आवरणमा अरु पनि धन्धा गर्ने मानिसहरु हुन् ? यो बहस चर्किन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.