April 16, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

रसियन खोप प्रयोगमा आनाकानी किन ?: प्रा. डा. जे.एन पाण्डेय ‘हिमाली’

यतिखेर विश्व कोरोना महामारी संक्रमणको चपेटामा आक्रान्त छ । सन् १९१९ को डिसेम्बर महिनामा चीनको हुवान राज्यको एक संसारकै विशाल माइक्रो बायोलोजी अनुसन्धान केन्द्रबाट चुहावट भई फैलिएको कोभिड १९ नाम दिइएको जिवाणुले आज विश्वका अधिकांश मुलुकहरुमा आफ्नो संक्रमणको बिस्तार गरिरहेको देखिन्छ । यो संक्रमणको गतिसँग मानवीय चरित्रको पनि तुलना गर्न सकिने प्रयोगात्मक दृश्य देखिएको छ । समाजवादी देशहरु क्युबा, दक्षिण मेरिक्कोका समाजवाद उन्मुख मुलुकहरु भियतनाम, लाओस र स्वयं चीनका मुलुकहरुको सामुहिक जनघनत्वको अनुशासित संयमित व्यवहारले गर्दा ति देशहरुमा यो संक्रमणको दर निकै कम रहँनु र ब्राजिल, भारत, अमेरिका, दक्षिण अफ्रिका, फिलिपिन्स र केहि अफ्रिकन राष्ट्रहरुमा जनतामा प्रजातान्त्रिक अभ्यासको उछृंखल चरित्रको प्रर्दशनीका कारण कोभिड–१९ को संक्रमणले अत्याधिक असर पारेको देखिएको छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । कोभिड–१९ आफैमा सक्रामक बढाउँदै लैजाने जिवाणु भने होइन । मानिसहरुको अनुशासन हिनताका कारणले नै संमिमयता नअप्नाउँदा यो रोग संक्रमण हुने अवसर पाएको हो । यो भाइरसको जिवाणुहरु यो पृथ्वीमा जिव अस्थित्व रहन सक्ने अवस्था देखि श्रृष्टिकै सुरुमा उत्पत्ति भएको एक कोशिय आरएनएबाट बनेको जिवाणु हो । भने ब्याक्टेरिया आरएनए र डिएनएबाट निर्मित एक कोशिय किटाणुहरु हुन् । त्यसै गरि वनस्पति जगतमा एक कोशिय आनेबा जिवाणुबाट विकसित हुँदै ठूला जिवाणुहरु र बनस्पतिहरुको विकास भएका हुन् भने कतिपय एक कोशिय जिवाणुहरु अहिले पनि पृथ्वी जगतमा बिभिन्न नाम, जाति र प्रजातिका २० भन्दा बढि यस्ता जिवाणुहरु पत्ता लागेको छ । जुन यस्तै खाले संक्रमणजन्य चरित्रका जिबाणुहरु रहेका छन् । र हरेक काल खण्डमा मानवीय समाजले यस्ता जिवाणुहरुको संक्रमण झेलिँदै आएका हुन् । अहिले र भविश्यमा पनि यी जिवाणुका नयाँ नयाँ प्रजातिहरु उत्पन्न भई यस्तै संक्रमणका वातावरण सिर्जना गराउने अवस्यंभावी छ । यसबाट के देखिन्छ भने विश्व समाज जिवाणुजन्य संक्रमणबाट समयकालमा कहिल्यै पनि मुक्ति पाउने वाला देखिइदैन । अहिलेसम्म देखा परेका र भविश्यमा देखा पर्ने यस्ता संक्रमणको रोकथाममा विश्व समुदाय सदैव सचेत हुनुपर्ने देखिन्छ । तर, आजको यो संक्रमणकोे परिस्थितिमा विश्वका धनी र गरिब राष्टहरु बीचमा कोरोना रोकथामका लागि ल्याइएको भ्याक्सिनका बारेमा अन्तििवभेद रहँनु निश्चिय पनि सुखद कुरा होइन ।


कोरोना भाइरस–नियन्त्रणमा डब्लुएचओको भुमिका
कोरोना भाइरस नियन्त्रणमा डब्लु एचओको भूमिका अत्यन्तै फितलो देखिएको छ । पहिलो कुरा त कोरोना भाइरस चुहावट भएको विषय पत्ता लगाई विश्व समुदायमा आश्वस्त पार्न नसकेको हो । खोप उत्पादन गर्ने मुलुकहरुको खोपलाई आपत्तकालिन प्रयोजनका लागि स्वीकृति दिने विषयमा पनि पक्षपातपूर्ण व्यवहार गरेको, गरिब राष्ट्रहरुलाई खोप वितरणमा चासो नदेखाएको, सोभियत रुस जस्तो विश्वको शक्तिशाली र विज्ञानका विधामा अन्तरिक्षलाई समेत चलायमान गर्न सक्ने मुलुकले तयार पारेका खोपलाई आपत्तकालिन प्रयोजनका लागि स्वीकृति नदिनुभित्रको नियत कलुषित रहेको, संक्रमण रोगको रोगथाम र उपचारात्मक विधिको विधि सिफारिस गर्न नसकेको, वैज्ञानिक तौर तरिकाको सामुहिक प्रयोजनका लागि जस्ता थुप्रै कुराहरुमा डब्लुएचओका नेतृत्वले जिम्मेवारी बहन गर्न नसकेको देखिन्छ । यसबाट के पनि देखिन्छ भने डब्लुएचओ आसेपासेलाई भर्ति गर्ने र गरिब मुलुकहरु माथि धनी राष्ट्रहरुले आफ्नो इच्छा प्रयोग गर्ने एक संयन्त्र हो जस्तो देखिन आएको छ । कोरोनाको व्यवस्थापनको सन्दर्भलाई निहालेर हेर्दा भ्याक्सिन ब्यापारीलाई सयर, सरकारलाई रहर र जनतालाई साह्रै कहर जस्तो भान भएको छ ।

सोभियत रुसले तयार पारेको स्पुतनिक खोप र स्पुतनिक लाइट खोप प्रयोगमा निकै सहज र अति नै प्रभावकारी भन्ने कुराको प्रमाणित भएता पनि यस खोपलाई आपतकालिन प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिइनु र खोपलाई विश्व समुदायमा अभाव सिर्जना गर्नु, चीनको झण्डै ५७ प्रतिशत मात्रै प्रभावकारी देखिएको खोपलाई स्वीकृति प्रदान गर्नु, र खोप उत्पादन गर्न सक्षम विकासिल देशहरुलाई खोप उत्पादनमा सहजिकरण नगरिदिनु जस्ता विषयलाई निहालेर हेर्दा विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य व्यवस्थापनमा आफ्नो सक्षम भूमिका निर्वाह गर्न नसकेको हो कि भन्नेमा शंका गर्न सकिन्छ ।
के हो त सोभियत रुसको खोप ?
सोभियत रुसबाट उत्पादित भ्याक्सिनको कुरा गर्दा सोभियत रुसको स्वास्थ्य प्रणाली, शिक्षा प्रणाली, स्वास्थ्य र शिक्षाको व्यवस्थापन प्रणाली र वैज्ञानिक प्रणालीको उपलब्धीको विचार गर्नुपर्ने हन्छ । सोभियत रुस यद्यपि अन्तरिक्ष प्रणाली माथि दःखल जमाउन सक्ने क्षमताको शक्तिशाली मुलुक हो । जुन कुराको विश्व समुदायले स्वीकार गरेको छ । पूर्व सोभियत संघको स्वास्थ्य शिक्षा प्रणालीलाई सोभियत संघको पतन पछिको अवस्थामा सोभियत रुसबाट ग्रहणित शिक्षा प्रणालीलाई विश्व शिक्षा प्रणालीको मापदण्डमा समानान्तर गराउँदा पूर्व सोभियत संघको शिक्षा सम्बन्धी मापदण्डलाई दुई तिन तह सम्म माथि उचालेर डब्लुएचओको मापदण्डमा समानान्तर राखिएको छ । तापनि आफैले निर्धारण गरेको शैक्षिक समानताको पूर्वाधारमा वैज्ञानिक र अग्रणी क्षमता प्रयोग गरी बनाइएको सोभियत रसियन स्पुतनिक खोपलाई आपत्तकालिन प्रयोगका लागि विश्वका कतिपय गरिब राष्ट्रहरुमा खोपको हाहाकार हुँदा हुँदै उत्पादन भइरहेका खोपलाई पनि स्वीकृति नदिनु आफैभित्र रहस्य लुकेको छ । किनभने सोभियत रुसले लेनदेनको व्यवहार र खुसामत कहिल्यै गर्दैन र आफ्नो पनबाट पनि पछाडि फर्किदैन । साथै विश्व स्वास्थ्य संगठनलाई पनि आफ्नो प्राज्ञिक क्षमता भन्दा माथिको प्राज्ञिक क्षमतावान संस्थाको रुपमा पनि हेर्दैन । किनभने सोभियत रुसको रोग निरोधात्मक, उपचारात्मक, प्रवधानात्मक, परिचालानत्मक र सन्तुलानात्मक विकसित प्रणालीमा आधार स्तम्भ खडा गरी आफ्नै स्वास्थ्य क्षमता अभिवृद्धिमा निर्भर रहेको मुलुक हो ।
सोभियत रुसको शिक्षा प्रणालीको कुरा गर्दा सन् १९१७ मा सोभियत संघको उदय भएपछि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन भएपनि शिक्षाको गुणस्तरीय क्षेत्रमा भने जार शासनको मापदण्डमा नै राखियो । यो सोभियत संघको विशेषता थियो । हाम्रो मुलुकमा जस्तो राजा फालेपछि राजाका सबै अवशेष फाल्नुपर्दछ भन्ने कुरा सोभियत संघका कम्युनिस्ट नेताहरुले नेपालमा जस्तो पूर्वाग्रह राखेनन् । यो नै सोभियत संघका कम्युनिस्टहरुको उदारताको लक्षण नै मान्नुपर्दछ । सोभियत संघको शिक्षा प्रणालीको कुरा गर्दा एक कक्षा देखि १० कक्षा सम्मको हाइस्कूल शिक्षा जसमा नेपालको तुलनामा बिएससी तहको पढाई हुन्छ । त्यसपछि तीन वर्षिय प्राविधिक शिक्षा एकातर्फ दिइन्छ भने डिग्री तहको ६ वर्षको उच्च शिक्षा हुने गर्दछ । अध्ययन अध्यापनका क्रममा कुनै हडताल, बन्द आदि जस्ता कुराहरु हुदैनन् । ३६५ दिनमा मात्रै चार दिन राष्ट्रिय विदा बाहेक अन्य दिनमा आठ घण्टाको पढाई हुने गर्दछ । जसमा शत प्रतिशत विद्यार्थीहरु उपस्थित हुनुपर्दछ । अध्ययन अध्यापन सैद्धान्तिक र व्यवहारिक दुबै बराबर किसिमले सञ्चालन गरिन्छ । व्यवहारिक शिक्षाको क्रममा प्रत्येक समूहका विद्यार्थीहरुलाई शिक्षकले प्रत्येक दिन उसले पढेको पाठको व्याख्या र वर्णन गर्न लगाईन्छ र साथै सीपको व्याख्या पनि गर्न लगाईन्छ । र विद्यार्थीको अभिव्यक्ति प्रदर्शन अनुसारको प्रत्येक दिन अंकभार दिने गरिन्छ । यदि कुनै विद्यार्थीहरु आफुलाई लिएको परीक्षणको अंकभारमा सफल हुन सकेन भने छुट्टै समयमा उसले एक हप्ताभित्र पुनः परीक्षा दिई अंक भारग्रहण गर्न सक्नुपर्दछ । यदि असफल भयो भने वार्षिक सत्र प्रणालीबाट बन्चित हुन्छ । अन्ततः लगातार असफाल हुँदा बहिर्गमन हुन सक्ने अवस्था पनि आउँछ । परीक्षा प्रणाली पनि एक देखि पाँच कक्षा सम्म तहगत रुपमा हुने हुँदा एक देखि दुई सम्म असफल र तीन तहलाई ६० प्रतिशतको उत्तिण अंकभार मानिन्छ । चार तहलाई ८० प्रतिशत उत्तिर्ण अंकभार र ५ तहलाई शत प्रतिशत उत्तिर्ण अंकभार मानिन्छ । यसरी शत प्रतिशत उत्तिर्ण अंकभार ल्याई दिक्षित भएका स्वास्थ्य जनशक्तिलाई राज्यको तह र तप्काबाटै प्रतिस्पर्धा गराई इच्छुक व्यक्तिहरुले शत प्रतिशत नै अंक भार ल्याई उत्तिर्ण भएका मध्येले बिभिन्न क्षेत्रका स्वास्थ्य विशेषज्ञमा विज्ञता आर्जन गर्न पाउँछन् । सोभियत रुस संसारकै विकसित राष्ट्र भएका नाताले उच्च शिक्षाको तहमा स्नातक तह हुँदैन । जहाँ स्नातकोत्तर तह मात्रै हुने गर्दछ । त्यहि स्नातकोत्तर तहबाट नै राष्ट्रब्यापि प्रतियोगिता मार्फत उत्तिर्ण भएका विशेषज्ञले चिकित्सा विद्या अध्ययन गर्न पाउँछन् । केहि समयको कार्यअनुभव प्राप्त गरेपछि इच्छुक जनशक्तिले देश ब्यापि प्रतिस्पर्धाबाट विद्याबारिधीका लागि छनौट हुन सक्छन् । विद्याबारिधीको अनुसन्धान समय तीन वर्ष र विद्याबारिधिका लागि योग्यताका लागि शत प्रतिशत अंक भारमा प्रध्यापकको सिफारिस सहित उमेर हद ३५ वर्ष ननाघेको हुनुपर्दछ ।
यसरी ३८ वर्षमा विद्याबारिधी गरेपछिको अध्ययनलाई परम विद्याबारिधी भनिन्छ । विद्याबारिधी गरे पछि नगन्य शैक्षिक जनशक्ति मध्येबाट उच्च शैक्षिक जेहेन्दारिताका क्षमताका आधारमा सरकारको योजना आयोगबाट तोकिएको क्षेत्रको वैज्ञानिक अनुसन्धान प्रक्रिया पुरा गर्नका लागि तोकिएको अनुसन्धान कोटामा विद्याबारिधी मध्येबाट राष्ट्रब्यापि प्रतिस्पर्धा गराई त्यस अनुसन्धानको परम विद्याबारिधीको योग्यता छनौटका लागि तयार गरिन्छ । जसको उमेरको हद ४५ वर्ष कायम गरिएको हुन्छ । यसरी शैक्षिक योग्यता उपार्जनका लागि तोकिएको उमेरको हद बेनेफिट एनालाईसिसका आधारमा तोकिएको हुन्छ । नेपालमा जसरी जत्तिसुकै उमेरका मानिसले पनि विद्याबारिधी गर्न पाउने र त्यस प्रकारको विद्याबारिधीका लागि राष्ट्रिय परीक्षा आयोग बिनै कुनै शिक्षण संस्थाको विभागीय स्तरमा विद्याबारिधिको प्रहसन गराई उपाधि प्रदान गर्ने र त्यो उपाधि अनुसारको राज्यले ब्यवहारमा प्रयोग नल्याउने जस्ता मुफतका शैक्षिक अब्यवस्थाको प्रणाली सोभियत रुपमा रहेको छैन । यस्तो छनौट प्रक्रियाबाट तयार भएका वैज्ञानिक अनुसन्धानकर्ताबाट विगतमा तयार गरिएका बिभिन्न संक्रामक रोगहरुका खोपहरु सोभियत संघ आफैले उत्पादन गरी आत्मनिर्भर हुँदै आएको थियो । र, अहिलेको कोरोना –१९ को विषम परिस्थितिमा पनि सोभियत रुसले सहज र गुणस्तर युक्त स्पुतनिक खोपको आविस्कार गरी आफ्नो मुलुकलाई आत्मनिर्भर बनाएर जनस्वास्थ्यको सुरक्षा र हेरचाह गरेको देखिन्छ । यसरी हेर्दा सोभियत रुस स्वास्थ्यको मात्रै नभएर हरेक क्षेत्रमा विशिस्ट सेवा प्रदान गर्नुका साथै गुणस्तर र आत्मनिर्भर बन्न सकेको छ । यसरी रुस जस्तो शैक्षिक पृष्ठभूमि बोकेको राष्ट्रबाट त्यहाँको शैक्षिक मापदण्ड पुरा गरी उत्तिर्ण भएर आएका चिकित्सा वैज्ञानिकहरुलाई नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा भरपुर उपयोग गर्न सरकार गम्भीर रुपमा चुकेको छ । साथै कोरोना भाइरसको महामारीमा पनि सुझाव लिने काम समेत भएका छैनन् । फाइलको बढुबाबाट जागिर खाएकाहरुबाट कोरोना महामारीका रोकथाममा व्यवस्थान गरिएकोले पनि यो महामारीमा सफलता हासिल हुन सकेको छैन । तापनि विज्ञ, बिद् र चिकित्साबेत्ताहरुलाई सहभागि गराउने काम गरिएको छैन । यो हुनुको पछाडि सोभियत संघ जस्तो कम्युनिस्ट मुलुकमा अध्ययन गरी आएकालाई उपयोग गर्नु हुँदैन भन्ने भूतले अहिले पनि खाइरहेको जस्तो देखिएको छ ।

सोभियत रुसले त्रासदीपूर्ण कोरोना १९ को संक्रमणलाई आफैले निर्माण गरेको भ्याक्सिन र आफ्नै दक्षता र क्षमताको माध्यमबाट स्वास्थ्य जनशक्तिलाई परिचालन गराई नियन्त्रणमा लिइसकेको अवस्था छ । यस्तो त्रासदीपूर्ण अवस्थामा पनि सोभियत रुस र चीनको संयुक्त सहकार्यमा चन्द्रमामा होटल लगायत लगायत बस्ती बसाउने काममा ब्यस्त रहेको देखिन्छ । यतातिर भने उतातिरका केहि विकसित शक्ति सम्पन्न राष्ट्रहरु कोरोनाको त्रासदीपूर्ण माहोलमै अलमलिएको भाव हुँदैछ । शक्तिशाली राष्ट्र सोभियत रुसलाई अहिले पनि पश्चिमा राष्ट्रहरुले पूर्व सोभयत संघको भूतबाट त्रसिद भएको पाईन्छ । यसरी हेर्दा सोभियत संघको खोपलाई अत्याआवश्यक रुपमा प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनले रोक्नुपर्ने अवस्था देखिइदैन । तथापि यो अवस्थामा पनि स्वीकृति नदिनु दुःखद कुुरा हो । नेपालले पनि स्पुतनिक खोप बिना हिच्किचाहट आयत गरी जनमानसमा समयमै उपयोग गराउनु उचित हुनेछ ।
कोभिड –१९ र दोस्रो विश्वयुद्धको तुलना
कोभिड –१९को विश्वब्यापी संक्रमणले तेस्रो जैविक विश्वयुद्धको उदाहरणीय चित्रणको संकेत आभास देखिन्छ । हालत संक्रमण र मृत्युदरको अनुपात हेर्ने हो भने विगतमा भएका संक्रमणजन्य रोगहरुले निम्त्याएको संक्रमण र मरणको अनुपात यो भन्दा पनि भयावह भएको देखिन्छ । प्लेग र स्मलफक्स जस्ता विश्वब्यापी महामारीको चपेटामा त्यति बेलाका मानिसहरुको चेतनाले भोग्नुपरेको दुःख कष्टहरु र मरणका इतिहासहरु आजको अवस्थाका मानिसहरुले भोगेको भन्दा निकै मर्मस्पर्षि थियो । त्यो समयमा पनि ति रोगहरुसँग लड्न त्यो समयमा अनेक उपयाहरु प्रयोग गरिएको थियो । र ती प्रयोगहरु आज पनि त्यसै अनुरुपमा प्रयोग भइरहेका छन् । फरक यत्ति मात्रै हो कि विश्व समाज एउटा समुन्द्र हो । जसको जीवन कालभित्र अनकौं छालहरुको संघर्षमा जेलिरहेको हुन्छ । यो नै समाजको जीवन जिवन्तको अविरण खेला हो । यस्ता प्राकृर्तिक जन्य संक्रमणका खेला र मानिस आफुले सिर्जना गरेका कृतिम युद्धका खेलाहरुको खेलमा विश्व समाजको जीवन चक्रले संघर्षशील बनिरहेको छ । मानवीय समाजमा अनकौं रोग, भोक र त्रासको संक्रमण रहँदा रहँदै पनि प्रथम विश्वयुद्धको भार थेग्न परेको थियो । त्यस युद्धबाट बौरिएको विश्व समाज केहि तंग्रिन नपाउँदै फेरी सन् १९३५ देखि १९४५ सम्म द्धितिय विश्वयुद्धको भार खेप्न बाद्य भयो । जसमा अत्याधिक मानविय क्षति भयो । ७० मिलियन मानवीय क्षति सोभियत संघ जस्तो एक देशले मात्रै भोग्नु परेको थियो, भने तेस्रो विश्व युद्ध जस्तै रहेको कोरोना भाइरसको क्षति विश्वभर झण्डै तीन मिलियन मात्रै छ ।
यदि सोभियत संघले ७० मिलियन मानवीय जीवनको आहुती नदिएको भए र जर्मनीका नाजीहरुको जित भएको भएँ आज संसारको तस्वीर यस्तो रहँने थिएन । नकि हाम्रै नै जन्म हुने थियो । संसार कस्तो हुने थियो ? भन्ने परिकल्पना गर्न गाह्रो छ । सोभियत संघका कम्युनिस्टहरु खास गरी स्तालिनको नेतृत्वमा नाजी विरुद्धको दोस्रो विश्व युद्धमा विजयी हुनुको पछाडि पुँजीवादी राज्य प्रणालीको विजयी हुनु थियो । भन्न सकिदैन कि नाजीहरुले विश्व जगतलाई साम्राज्यवादी जगतमा परीणत गराएको भए, विश्व पुँजीवादी प्रणालीको भविश्य के हुने थियो होला ? भन्ने सोच अकल्पनिय जस्तै हो । यसरी ७० मिलियन सोभियत संघका मानिसको बलिदानले संरक्षण गरेको यो संसार, दोस्रो विश्वयुद्धले जन्माएको संयुक्त राष्ट्रसंघ र आजको विश्व प्रणालीको तस्वीरले तत्कालिन सोभियत संघले लगाएको त्यो योगदान र बलिदान, युद्धको विजयलाई गुणको हिसावले भन्दा बैगुनको हिसावले सोभियत रुस प्रति डाह, रिस, राग र दाबा राख्नु किमार्थ बौद्धिक चिन्तनको स्वरुप होइन । यो गुनको बदलामा बैगुनले ऋण तिर्नु भने जस्तै हो । सायद त्यसैले होला सोभियत संघले ७० मिलियनको जीवन दान दिएर संरक्षण गरिदिएको पुँजीवादी प्रणालीगत राष्ट्रहरुको दवदवामा झुण्डिएको विश्व स्वास्थ्य संगठनले सोभियत रसियन खोपको स्वीकृतिमा आलटाल गरिरहँनुको तात्पर्य सायद यहि पो हो कि ? कसैले पनि जीवनमा कसैलाई एक पटक गुन लगाउन सक्छ, तर, हरेक पटक सक्तैनन् । सोभियत संघ र सोभियत रुसका जनताले विश्व समुदायलाई द्धितिय विश्व युद्धमा जीवन बचाइदिएका छन् । यसलाई सबैले सह्राहना गर्नुपर्दछ, यो नै विश्व समुदायको चेतनाको आभास हो ।
लेखकः चिकित्सक, विशेषज्ञ, विज्ञ, विद र बेत्ता हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.