January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राष्ट्रिय वाणिज्य बैंक लि. र संघीय संसद सचिवालय बीच सम्झौता


काठमाडौं । छोरा, छोरी र बुहारीलाई जागिरमा राख्ने लोभमा सांसद र कर्मचारीहरुको तलव भारतीय पञ्जाव नेशनल बैंकको अधिकांश शेयर रहेको एभरेष्ट बैंकमार्फत कारोबार गरिरहेको संसद सचिवालयमा बारम्बार आलोचना पश्चात अहिले मात्रै नेपाली बैंक राष्ट्रिय वाणिज्य बैंकलाई पहुच दिएको छ । एभरेष्ट बैंकलाई एक्स्टेन्सन काउन्टर राख्न दिए बापत संंसद सचिवालयका तत्कालिन महासचिव, सचिव र केहि कर्मचारीहरुले आफन्तलाई एभरेष्ट बैंकमा जागिर लगाएको डायरी एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । सांसद र कर्मचारीहरुको करोडौं रुपैयाका कारोबार एभरेष्ट बैंकमार्फत हुँदै आएको थियो । राष्ट्रबैंकका कर्मचारी र केहि नेताहरुको पहुँचका भरमा एभरेष्ट बैंकले सिंहदरबारको पुतली बगैचामा एक्स्टेन्सन काउन्टर राख्न सफल भएको थियो ।
यसैबीच राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देल लगायत बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.