हेम बहादुर मल्ल सम्मान डा.दासलाई
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई एक सबल र सक्षम बनाउन मूख्य भूमिका निर्वाह गरेका तत्कालिन प्रसिडेन्ट हेम बहादुर मल्लको नाममा स्थापित हेम बहादुर मल्ल सम्मान–२०७५ बाट डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको छ । साल्ट टे«डिङ कपोरेशनको प्रायोजनमा नेपाल जनप्रशासन संघले यो पुरुस्कार २०६० साल देखि नै प्रदान गर्दै आएको छ ।
राष्ट्रपति विद्या देबी भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनबाट स्थापित उक्त पुरुस्कार एक कार्यक्रम बीच शित्तल निवास महाराजगञ्जमा यहि फागुन १३ गते प्रदान गरेकी हुन् । उक्त पुरुस्कारबाट हालसम्म केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देबेन्द्र राज पाण्डे, कुलमान घिसिङ र सन्दूक रुइत सम्मानित भइसकेका छन् ।
यसरी सम्मानित हुनेहरुमा माथेमाले त्रिविविमा उपकुलपति हुँदा इमान्दारपूर्वक उलेख्य काम गरे बापत, चादनी जोशीले महिला विकास र महिला सशक्तिकरणमा योगदान गरेका कारण, वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोइरालाले शहीद गंगालाल हृदय रोग अस्पतालमा नेतृत्वदायी भूमिका निर्वाह गरे बापत, पूर्व मूख्य सचिव डा. बिमल कोइरालाले पुरै प्रशासनमा सुधारका कारण, महाविर पुनले मेगासासे पुरुस्कारबाट सम्मानित भई आविस्कार केन्द्रको स्थापना गरेर देशमा सेवा गरे बापत, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पर्यटन व्यवसायमा योगदान गरे बापत, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले संविधानसभाको पहिलो निर्वाचनमा निस्पक्ष ढंगले सफलतापूर्वक सम्पन्नन गरे बापत, पूर्व सभामुख दमन नाथ ढुंगानाले मानव अधिकार र शान्तिका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेर योगदान गरे बापत, प्रा.डा. सुरेश राज शर्माले काठमाडौं विश्व विद्यालय स्थापना गरेर २२ वर्ष उपकुलपति भई संस्थालाई उत्कृष्ट नेतृत्व गरे बापत, सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश तथा मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रीमण्डलको सफल नेतृत्व गरेबापत, मैनालीले लोकसेवा आयोगमा निस्पक्षता, स्वतन्त्रता, पवित्रता र निर्भिक्ताका साथ काम गरे बापत, पूर्व मूख्य सचिव तथा अमेरिकाका लागि नेपाली राजदूत दामोदर गौतमले अमेरिकाको राजदुत हुँदा निर्वाह गरेको भूमिका बापत, पूर्व मन्त्री डा. देबेन्द्र राज पाण्डेले नागरिक अगुवाको रुपमा लोकतन्त्र स्थापनार्थ भूमिका बापत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अध्यारो नेपाललाई उज्यालोमा रुपान्तरण गरे बापत र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दूक रुइतले आँखा नदेख्ने लाखौ मानिसलाई आँखा देख्ने बनाए बापत, गौरी शंकर लाल दास एक जना रोल मोडेल नै भएका कारण हेम बहादुर मल्ल सम्मान प्रदान गरिएको नेपाल जनप्रशासन संघ (पान)का अध्यक्ष तथा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले बताए ।
हेम बहादुर मल्ल सम्मानबाट सम्मानित ९६ वार्षिय डा. दास नेपालको निजामती सेवामा प्रवेश गरी २०३५ देखि २०४७ सम्म लोक सेवा आयोगको सदस्य, २०५७ देखि २०६२ सम्म मानवअधिकार आयोगको सदस्य हुनुको साथै नेपाल रेडक्रस सोसाइटी र कुष्ठरोग निवारण संस्था, बिपिआइ फाउण्डेशन, नेपाल चिकित्सक संघ, टिबी एवं छाती रोगलगायतका दर्जनौ संघ सस्थामा रहेर काम गरेका थिए । पछिल्लो समयमा डां दासले २०४८ सालमा स्थापित पौढ कल्याण संघको अभियन्ताका रुपमा काम गरिरहेका छन् । हालको जेष्ठ नागरिक महासंघका संस्थापक मध्येका एक हुन् ।
सम्मानपछि सम्वोधनका क्रममा डा. दासले आफ्ना जिवनका तिता मिठा छडहरुको अत्यन्तै रोचक तरिकाले प्रस्तुत गरेका थिए । ९६ वर्षिय डा दासमा सक्रियतामा नै कमि नआएको पनि सहजै देख्न सकिन्थ्यो ।
पुरुस्कारको छनौट बिधि र प्रक्रिया पनि अत्यन्तै पारदर्शी बनाइने गरिएको छनौट समितिका संयोजक नेपाल कनून आयोगका अध्यक्ष, पूर्वमन्त्री तथा सचिव माधव पौडेलले बताए । ९० जना व्यक्तित्वहरुबाट आफुहरुले एक जना छान्नुपर्दा निकै कष्टप्रद भएको उल्लेख गरे । सम्मान छनौट समितिमा पूर्व सचिव पुण्य प्रसाद न्यौपाने, जीवन प्रभा लामा पनि सहभागि थिए । कतिपय अवस्थामा त छनौट समितिका सदस्यहरु बीच नै भोटिङ गर्नुपरेको रोचक कुराको जानकारी संयोजक पौडेलले खुलासा गरे । कार्यक्रममा साल्ट टे«डिङ कर्पोरशनका अध्यक्ष लक्ष्मी दास मानन्धर, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको साथै पूर्वमन्त्रीहरु विद्याधर मल्लिकलगायत नेपाल जनप्रशासन संघ (पान) का संस्थापक सदस्यहरुकोसमेत उपस्थिति रहेको थियो ।
को थिए हेम बहादुर मल्ल ? उनका किस्साहरु यस्ता छन्
वि.स २०२० सालमा साल्ट ट्रेडिङ कर्पोरेशनमा नायव सुब्बाबाट जागिर सुरु गरेका हेम बहादुर मल्लका बारेमा अनौठा किस्साहरु छन् । दश लाख मात्रै कारोबार हुने साल्ट ट्रेडिङ कर्पोरेशनलाई अर्बौको सम्पत्ति बनाउने श्रेय पनि उनैलाई जान्छ । “सत्य मेव परं धनं” भन्ने साल्ट ट्रेडिङ कर्पोरेशनको लोगोको आविस्कारक पनि स्वर्गिय मल्ल नै थिए । मल्लले शोभा भगवति, इन्द्रायणी, दक्षिणकालिमा पुजा गर्दै हिडेछन् । किन पुजा गरेको भनेर सोध्दा उनले ‘साल्ट ट्रेडिङलाई नाफा होस् भनेर’ भनेछन् । त्यसै गरी एकपटक मध्येरातमा साल्ट ट्रडिङमा चोर आएको खवर आयो उनी प्रहरीलाई खबर गर्नु भन्दा आफै एक्लै नै घरबाट टुटु बन्दूक लिएर चोर लखेट्न पुगेछन् । यसरी प्रसिडेन्ट आफै संस्था बचाउनका लागि त्यो भावना लिएर हिड्ने बिरलै मानिसहरु मध्ये उनी एक थिए ।
साल्ट ट्रेडिङका प्रेसिडेन्ट मल्लको त्यो समयमा तलब मात्रै प्रति महिना दुई हजार रुपैया रहेछ । तर, उनी तलब बढाउन कहिल्यै मान्दैनथे । एक दिन सञ्चालक समितिले जवर्जस्ती बाहिर निकालेर मात्रै उनको तलब दुई हजारबाट चार हजार पु¥याउने निर्णय गरेछ । यसरी राष्ट्रको धन जसरी पनि खानुपर्छ भन्ने केहि कर्मचारीहरुका निमित्त मल्ल फरक चरित्रका उदाहरणीय पात्र नै थिए ।