कथा वस्तुमा सशक्त र मिठो कथा वस्तु रहेको चलचित्रले जहिले पनि दर्शकलाई आकर्षित गर्दछ
नेपाली चलचित्र क्षेत्रमा रहेर अब्बल क्रियशन प्रस्तुत गर्न सफल नाम हो श्याम राजा श्रेष्ठ । उहाँ नेपाली चलचित्रको फाँटमा निर्देशकको रुपमा सशक्त रुपमा आफ्ना प्रस्तति पस्किन सफल हुनुभएको छ । दर्जनौ चलचित्रको निर्देशन मार्फत वाही वाही बटुल्न सफल हुनुभएको छ उहाँले । नेपाली चलचित्रलाई ओस्कार अवार्डसम्म पु¥याउने र अवार्ड प्राप्त गर्ने लक्ष्य लिएर यो क्षेत्रमा दिन रात तल्लिन हुनभएको छ उहाँ । निर्देशक भनेको चलचित्रको टीम क्याप्टेन हो । चलचित्र कस्तो बनाउने भन्ने कुरा निर्देशकमा भर पर्दछ । निर्देशकलाई सम्पूर्ण कुराहरू जस्तै क्यामेराको एङ्गललगायतका कुराहरू जानकारी हुन आवश्यक छ । त्यस्तै निर्देशकले कथा, कलाकारहरूको छनोटमा पनि ध्यान पु¥याउन सक्यो भने राम्रो चलचित्र निर्माण हुन्छ । टीम क्याप्टेन जस्तो भयो त्यस्तै चलचित्र निर्माण हुन्छ भन्ने श्यामसँग डायरी एक्सप्रेसका साप्ताहिकका लागि नारायण प्रसाद शर्माले गरेको कुराकानीको संक्षिप्त अंशः–
० अहिले के गर्दै हुनुहुन्छ ?
एउटा चलचित्रकर्मी भएकाले यही कर्ममा आफूलाई तल्लिन नै राखेको छु । तर, पछिल्लो समय हामीसबैलाई थाहै छ कोरोना भाइरस (कोभिड–१९) कारण सबै क्षेत्रमा यसले प्रभाव पारेको छ । विश्वलाई नै आक्रान्त बनाएको यो भाइरसका कारण हामी कहाँ पनि थुप्रै समस्या ल्याएको छ । कोरोना कहरबाट बच्दै केही सामाजिक कार्य, केही कला क्षेत्रका कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यस्तै आफ्ना केही व्यक्तिगत र सामाजिक कार्यमा नै आफूलाई व्यस्त राख्दै आएको छु पछिल्लो समयमा । केही चलचित्रको नयाँ प्रोजेक्टको कुराहरू पनि अघि बढिरहेको छ । पछिल्लो समय केही सहज वातावरण भएसँगै अब फेरि रंगकर्ममा छौ हामीहरू ।
० कलाक्षेत्रमा तपाईंको लगाब ?
स्कूलमा विविध सांस्कृतिक कार्यक्रमहरु हुन्थे । ती कार्यक्रमहरूले मलाई आकर्षित गर्दथ्यो । म टाढा बसेर हेर्थे र भित्रभित्रै उनीहरूको अभिनय आफूले पनि गरिरहन्थे । मेरो अन्तरकुनामा अभिनयको गोरेटो त्यही बेला नै कोरिएको थियो । प्रत्येक हप्ताको शुक्रवार स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो स्कुलमा हुने सांस्कृतिक कार्यक्रमहरु टाढाबाट हेर्दाहेर्दै विस्तारै म त्यसको समिपमा पुग्न थाले । पछि यही सम्बन्धि अध्ययन गरे अनि होमिए यो क्षेत्रमा ।
० तपाईं लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, नेपाली चलचित्र क्षेत्रलाई राम्रो बनाउन के कस्ता पहलहरु हुन आवश्यक छन् ?
हाम्रो नेपाली चलचित्र क्षेत्र अहिले जिरोको अवस्थामा नै रहेको म पाउँछु । तर, समय समयमा नेपाल बाहिर पनि नेपाली चलचित्रहरूको प्रर्दशनले यसलाई सरभाइव गर्न सजिलो बनाएको छ । चलचित्र क्षेत्रलाई राम्रो बनाउन सबै भन्दा पहिला त सरकारी क्षेत्रबाट नै विशेष पहलको आवश्यकता छ तर हामीकहाँ अहिलेसम्म त्यसतर्फ पाइला चालेको देखिदैन जुन बहुत जरुरी कार्य हो । त्यस्तै चलचित्रको ग्रेड छुट्टिन आवश्यक छ । हामीकहाँ अहिले के भएको छ भने आठ÷दश लाखमा बनेका चलचित्र र सत्तरी÷असी लाखदेखि एक दुई करोडसम्म बनेका चलचित्रलाई एउटै टोकरीमा हालिएको छ । न्यून बजेटमा बनेका चलचित्र र सम्पूर्ण कुराहरुमा कम्प्रोमाइज नगरिकन बनाएका चलचित्रलाई एउटै टोकरीमा हाल्न मिल्दैन । यसको ग्रेट छुट्टिन आवश्यक छ भन्ने लाग्छ मलाई ।
० नेपाली चलचित्रका दर्शकहरू कस्तो चलचित्र हेर्न चाहेको पाउनुहुन्छ ?
राम्रा बनेका चलचित्रहरु पहिले पनि चलेका थिए । अहिले पनि चलेका नै छन् । नेपाली चलचित्रका दर्शकहरू राम्रै हुनुहुन्छ । कथा वस्तुमा सशक्त र मिठो कथा वस्तु रहेको चलचित्रले जहिले पनि दर्शकलाई आकर्षित गर्ने गर्दछ । यस्ता चलचित्र हिजो पनि चलेका थिए आज पनि चल्छन् । हामी चाहिँ वर्तमानमा यतिकै आतिइ रहेका छौ तर राम्रो प्रस्तुति, राम्रो कथा, नेपाली परिवेश र मिठो शब्द भयो भने चलचित्र नचल्ने भन्ने प्रश्न नै हुँदैन । नेपाली चलचित्रका दर्शकहरूको कमी छैन ।
एउटा चलचित्र सफल हुनका लागि निर्देशकको कतिको भुमिका रहने गर्दछ ?
निर्देशक भनेको चलचित्रको टीम क्याप्टेन नै हो । चलचित्र कस्तो बनाउने भन्ने कुरा निर्देशकमा भर पर्दछ । निर्देशकलाई सम्पूर्ण कुराहरू जस्तै क्यामेराको एङ्गललगायतका कुराहरू जानकारी हुन आवश्यक छ । त्यस्तै निर्देशकले कथा, कलाकारहरूको छनोटमा पनि ध्यान पु¥याउन सक्यो भने राम्रो चलचित्र निर्माण हुन्छ । टीम क्याप्टेन जस्तो भयो त्यस्तै चलचित्र निर्माण हुन्छ । कतिपय चलचित्रका सम्पूर्ण कुराहरू राम्रो हुँदा हुदै पनि निर्देशनका कारण नै राम्रो चलचित्र बन्न नसकेको म पाउँछु ।
० पछिल्लो समयमा चलचित्र क्षेत्रमा के कस्तो परिवर्तन भएको पाउनुहुन्छ ?
सधै एकनास हुँदैन समय अनुसार हरेक कुराहरुमा परिवर्तन भइ नै रहन्छ । त्यो कुरा चलचित्र क्षेत्रमा पनि लागु हुन्छ । फेरि यो क्षेत्रमा हरेक क्षेत्र नयाँ नयाँ कुराहरू अर्थात क्रियशनको खोजी गरिएको हुन्छ त्यसैले परिवर्तन सबै भन्दा बढी आवश्यक कुरा हो । प्राविधिक क्षेत्रमा पछिल्लो समयमा फड्को नै मारेको छ यस क्षेत्रले । त्यस्तै नयाँ नयाँ भाइ बहिनीहरू यो क्षेत्रलाई पढेर, जानेर, बुझेर यस क्षेत्रमा केही गरौ भन्ने उद्देश्य लिएर आउँनु भएको छ यसलाई प्राविधिक क्षेत्रले अझ थप उचाइ प्रदान गरेको छ । यसमा प्रस्तुति मौलिक भयो भने हाम्रो चलचित्र क्षेत्रले फड्को मार्ने थियो ।
० अहिले हाम्रो चलचित्र यो धार उ धारको भन्ने गरेको पाईन्छ । के चलचित्र फरक फरक धारका हुन्छन् ?
मलाई के लाग्छ भने चलचित्रको यो धार उ धार भन्ने नै हुदैन । मैले पनि सुन्दै आएको हो, चलचित्रको धारका विषयमा तर मलाई त्यस्तो लाग्दैन । चलचित्रको विषय वस्तुमात्र हुन्छ धार छुट्टिदैन । चलचित्र रोमान्टिक, हिस्टोरीकल, समाजिकलगायतका हुन्छन् धार हुँदैन । वलिउड, हलिउडमा मैले यो धार उ धार भनेको पाउँदैन यो हाम्रो नेपालमा मात्र यस्तो सुनिन्छ ।
० नायिकाबिनाकोे नेपाली चलचित्र कल्पना गर्न सकिदैन तपाईं यसलाई कसरी लिनु हुन्छ ?
हो, हामिले बनाउने चलचित्रमा अर्थात हामी कहाँ निर्माण हुने चलचित्रमा नायिका बिना कल्पना गर्न सकिदैन् । महिलालाई पछिल्लो समयमा नेपाली चलचित्रमा सेक्स सिम्वलको रुपमा मात्र लिने गरेको पाईन्छ तर उसलाई ग्ल्यामरको साथ साथै एउटा सशक्त अभिनयका रुपमा प्रस्तुत पनि त गर्न सकिन्छ । फेरि हाम्रा कति नायिकाहरूले सस्तो पब्लिसिटीका लागि त्यस्तो पनि गरेको पाईन्छ ।
० अन्त्यमा ?
नेपाली चलचित्र क्षेत्र फड्को मार्नेक्रममा रहेको मैले पाएको छु । राम्रो चलचित्र हेर्न र नराम्रो चलचित्रलाई साइडलाई दिनु दर्शकको कर्तव्य हो । नयाँ पिढी जो पढेर, सिकेर यो क्षेत्रमा आएको छ यस पिढीबाट नेपाली चलचित्रले आशा गरेको छ । भोली नेपाली चलचित्रलाई कहाँ लैजाने उहाँहरुकै हातमा छ । नेपाली चलचित्रक्षेत्र दिन प्रतिदिन व्यापक हुँदै गएको छ । यसमा आउने र आफ्नो भविश्य खोज्नेहरूको सङ्ख्या पनि बढदो छ । तर, वर्तमानमा देखिएको समस्या भनेको यसको व्यवसायिकता हो । चलचित्रको लगानी बालुवामा पानी हुनबाट बचाउन सके मात्र यो क्षेत्रको दीगोपन हुन सक्छ । जानेर बुझेर र अध्ययन गरेर मात्रै यो क्षेत्रमा आउँ यतिकै हाम नफालौ भन्न चाहन्छु अन्यथा पछुताउनु बाहेक अन्य कुनै हात लाग्ने छैन ।