वेदको आँखा नै पञ्चाङ्ग निर्णायक समितिमा बसेका केहि पदाधिकारीहरुले बिगारिरहेका छन्
![](https://ediaryexpress.com/wp-content/uploads/2021/01/Balaram-ji.jpg)
० पञ्चाङ्ग निर्णायक समितिमा बसेका केहि लोभी पापी पदाधिकारीहरु, सफ्टवयेर र पात्रो ब्यापारीहरुको कारण देश वर्वादीको चरम अवस्थामा पुगेको छ ।
० पञ्चाङ्ग निर्णायक समितिका केहि पदाधिकारी र पात्रो व्यापारीहरु जनता सुसुचित होलान् कि भन्ने आशंकामा चिन्ता गरिरहेका छन् ।
० कोरोना बीमाका लागि असारमा भुक्तानी दाबी गरेपनि अहिलेसम्म पाएका छैनन् ।
० बीमा संस्थानलाई लथालिङ्ग बनाउने काम नै बीमा समितिबाट गरिएको छ ।
० तपाई पर्व समय सुधार राष्ट्रिय समाज नेपालका महासचिव हुनुहुन्छ । अहिले यो समाजले के काम गर्दैछ ?
तपाईले यहाँसम्म बोलाएर मलाई केहि शव्द राख्ने मौका दिनुभएकोमा डायरी एक्सप्रेस युट्युव, इडायरी एक्सप्रेस अनलाइन, डायरी एक्सप्रेस साप्ताहिकलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । पर्व समय सुधार राष्ट्रिय समाज नेपाल गठनको मूख्य उद्देश्य चाहिँ हामीले मनाईरहेका चाँड पर्वहरुको समय मिलेन । हाम्रो पुरानो पात्रो अनुसार वैशाख १ र कार्तिक १ मा दिन र रात बराबर हुन्थ्यो । यसरी नै मकर संक्रान्तिमा छोटो दिन हुन्थ्यो । र, कर्कट सक्रान्तिमा लामो दिन हुन्थ्यो । अहिले त्यहि समयमा दिन लामो र छोटो हुन्छन् त ? हुँदैनन् । अहिलेको पात्रो अनुसार पुस ६ गते सबै भन्दा छोटो दिन र असार ६ गते सबै भन्दा लामो दिन हुन्छ । यसरी खासै समयमा हामीले कर्म गरेको खण्डमा मात्रै फल प्राप्त गर्न सक्छौं । तर, समय भन्दा एक महिना पछि कर्म गर्दा फल प्राप्त गर्न सक्दैनौं । त्यसैले ठीक ठीक समयमा चाड पर्व मनाऔ भनेर नै यो संस्थाको दर्ता गरिएको हो ।
बि.स. २०६५ साल पौष १६ मा नेपाल सरकारको मन्त्री परिषद्बाट वि.स. २०६६ को सौर्य चैत्र महिना हटाएर २०६७ को वैशाख सुरु गर्ने निर्णय गरियो । त्यस पछि २०६६ सालको वैशाख महिनामा पर्नेे अधिक वैशाख (अधिक मास)लाई समान्य मास मानेर चाढ र पर्वहरु एक महिना अघि तान्ने भन्ने दोस्रो निर्णय गरियो । यसरी हाम्रा गणना भनेको सौर्य मास र चन्द्रमासको समन्वयत्मक पद्धति हो । सौर्यमास चाहिँ गणनामै आउँदैन । यसरी गणनामा नआउने कुरा भएका कारण सौर्यको चैत्र महिना हटाउने भनेर हाम्रा विद्धानहरुले भनेका रहेछन् । यसरी अधिकमासलाई सामान्य मास भनेर १३ महिनाको अधिकमासलाई १२ महिनाको बनाएर चाड पर्वहरु एक महिना अगाडि तान्ने भन्ने दोस्रो निर्णय गरियो । त्यहि कारण नै हामीले अभियान चालिरहेका छौं । २०७७ सालको आश्विन महिना घटाएर पात्रो बनाउनुपर्छ भनेर हामीले अभियान पनि थालनी गरेका थियौं । तर, त्यो पनि सफल हुन सकेन । पञ्चाङ्ग निर्णायक समितिमा सुधार गर्नुहुन्न भन्ने दुई जनाको मत छ भने सुधार गर्ने पक्षमा ६ जना हुनुहुन्छ । तर, यसरी ६ जना नै अल्पमतमा परे जस्तो देखिएको छ । अहिले २०७४, ०७५, ०७६ र ०७७ को पात्रो हेरेको खण्डमा हाम्रो एक महिनाको समय बिग्रिएको प्रष्ट देख्न सकिन्छ । यसरी हामीले पौष पूर्णिमालाई उत्तरायण पूर्णिमा भनिन्छ । उत्तरायण भएको छ कि छैन भनेर अहिलेको समयलाई हेरेको खण्डमा यो उत्तरायण मंसिर शुक्ल पूर्णिमामा देख्न सकिन्छ ।
पौष ६ गतेको नजिकको पूर्णिमा कुन हो ? पौष १५ वा माघ १५ को ? यसरी माघ १५ मा स्वस्थानी पूर्णिमा समयमा भयो कि भएन ? समय एकदमै महत्वपूर्ण हुन्छ । हाम्रो ज्यातिषशास्त्र बेदको आँखा हो, जुन अहिलेको अवस्थामा बिग्रिरहेको छ । त्यसबाट ठीक समयमा कर्म नगरेका कारण हामीले पूण्यफल प्राप्त गर्न सक्दैनौं । यसरी हामीले देशका ७७ वटै जिल्लासहित देश विदेशमासमेत यो अभियान पु¥याउने काममा लागेका छौं ।
० तपाईहरुको अभियानमा सुरुवातमा २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । सुधारका लागि समिति पनि बन्यो । उहाँ प्रधानमन्त्रीबाट हटेपछि तपाईहरुको मुद्दा कमजोर बनेको हो ?
जुन बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यो बेलाको काम थालनी हो भनेर सोच्नु नै गलत हो । वास्तवमा यो अभियानको सुरुवात वि.स.२०२२ सालमै भएको हो । त्यसै गरी २०६३ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि यो विषयको प्रसंग चलिरहेको थियो । नेपाल पञ्चाङ निर्णायक समितिका तत्कालिन अध्यक्ष मंगलराज जोशीको सल्लाहमा तीनवटा उपसमिति गठन गरिएको थियो । त्यसकै आधारमा प्रतिवेदन आउँदा २०६४ साल लाग्यो । कार्यन्वयन गर्ने समयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोगबस प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रचण्डले मात्रै सपार्न वा बिगार्न खोजेको भन्ने होइन । तर, यो मिसनमा एक जना केशवराम जोशी बाहेक सम्पूर्ण विद्दानहरु सहमत हुनुभएको थियो । केशव राम जोशीले प्रस्ताव गरे अनुसार ७२ वर्षमा एक दिन अघि सार्नका लागि उहाँहरु राजी हुनुभएन । तर, हाम्रो मनमन्त्र व्यवस्था अनुसार एक महिना नै अघि सानुपर्ने भएका कारण सरकारमा प्रस्ताव पेश गरियो । अहिले पञ्चाङ्ग निर्णायक समितिमा बसेका केहि लोभी पापी पदाधिकारीहरु, सफ्टवयेर र पात्रो ब्यापारीहरुको कारण देश वर्वादीको चरम अवस्थामा पुगेको छ ।
० नेपालमा मात्रै एक महिना अघि सार्दा संसारभरका पात्रोहरुको समय बिग्रिने हुन्छ नी ?
सुधार हुनु अघिका हाम्रो गेगोरियन पात्रो जसलाई जुलियन पात्रो भनिन्थ्यो । त्यसलाई पोप गेगोरीले सुधार गरेपछि त्यसलाई गेगोरियन क्यालेण्डर भन्न थालिएको हो । त्यसपछि उनको पात्रोले विश्वभर प्रसिद्धि कमायो । अहिले मन मस्तिक सप्रेका कारण संसारमै चलिरहेको छ । हामीले भन्ने गरेको अक्टुवर क्रान्ति नोभेम्बर ७ मा मनाउँदै आएका छौं । यसरी अक्टुवर २५ को घट्ना हामीले नोभेम्वर ७ मा नै किन मनाउँछौं ?
उनीहरुले चाहिँ सुधार गरिसकेका छन् । त्यसैकारण उनीहरुको देश पनि विकास भयो । हामी सनातन धर्मावलम्बीहरु भने सुधार गर्न नसकेका कारण हजारौं वर्ष देखि चलिरहेको हुँदा झन भन् विग्रदै गएका छौं । यसरी बिग्रनुमा पहिला पहिला मैले पनि नेता र कर्मचारीहरु मात्रै दोषी हुन् भन्थे । तर, अहिले त सबैभन्दा मूल दोषी त पञ्चाङ्ग निर्णायक समितिमा बसेका केहि पदाधिकारीहरु पो रहेछन् । उनीहरु थाह पाएर पनि निदाएको भान पार्ने कुचक्र गरेका छन् ।
० तपाईको अभियानको सुझाव अनुसार पात्रोमा सुधार नगर्दा पर्ने असरहरु के के हुन् ?
हामीले कसैलाई ६ बजे भेट्नका लागि समय दियौं । तर, कोहि साथीहरु ७ बजे आए भने हामीबीच सम्वाद हुन्छ त ? हुँदैन । त्यसको फल पनि प्राप्त हुँदैन । हाम्रो मन मस्तिष्क चन्द्रमाले बनाउँछ । मनको मालिक चन्द्रमा हो । कुनै मानिस पागल भयो भने चन्द्रमा बिग्रियो भनिन्छ । यसरी बेदको आँखा नै पञ्चाङ्ग निर्णायक समितिमा बसेका केहि पदाधिकारीहरुले बिगारिरहेका छन् । अहिले देशमा भएको राजनीतिक उथलपुथल देखि सबै बिग्रिएको नै यसैको कारण हो । समय अनुसार काम गर्न सकिएन भने मानिस अवस्य पनि असफल हुन्छ । हामी कहाँ भएका धर्मशास्त्रमा माघ फागुन महिनामा जाडो हुन्छ भनेर लेखिएको छ । तर, पुषमा जाडो भन्न थालिसकेका छौं । त्यसैकारण एक महिना अघि ल्याउनुपर्दछ भनिएको हो । सुधारकै विषय लिएर हामीले पञ्चाङ्ग निर्णायक समितिका विरुद्धमा मुद्दा दायर गरेका छौं । यसमा पञ्चाङ्ग निर्णायक समितिका केहि पदाधिकारी र पात्रो व्यापारीहरु जनता सुसुचित होलान् कि भन्ने आशंकामा चिन्ता गरिरहेका छन् । २०७७ सालमा ०७४ र ०७५ सालमा लेखिएका कुराहरु पनि पञ्चाङ्ग पात्रोमा हटाएका छन् । जनताले थाह पाउँछन् कि भनेर यसरी हटाएका हुन् ।
० तपाई राष्ट्रिय बीमा संस्थानको एक जना बीमा अभिकर्ता पनि हुनुुहन्छ । बीमा अहिले पनि किन लोकप्रिय हुन सकिरहेको छैन । जनतालाई किन सुसूचित गरिएको छैन ?
बीमा समितिमा सक्षम नेतृत्व जबसम्म आउँदैन तबसम्म अवस्थामा परिवर्तन आउन सक्तैन । हामी कहाँ कोरोना बीमा गरियो । कति अदूरदर्शी रहेछन् त्यहि बाट प्रष्ट हुन्छ । किनभने महामारीको संसारमा बीमा कहिँ पनि गरिदैन । कोरोना बीमाका लागि कसले निर्देशन दियो ? एउटा निजी कम्पनीको लहडमा कोरोना बीमा अघि सारियो । जुन बीमाका लागि असारमा भुक्तानी दाबी गरेपनि अहिलेसम्म पाएका छैनन् । यसले बीमा क्षेत्रको बदनाम भएन ? त्यसैकारण नेपाल बिमित हित संरक्षण संघले त्यस प्रकारका कमि कमजोरी तत्कालै हटाउनका लागि बीमा समितिमा पनि पत्रचार गरेक छ । कम्पनीका पोलिसीहरु अंग्रेजी भाषामा लेखिएको हुँदा सबैले बुझ्न सक्तैनन् । त्यसैकारण नेपालीकरण गर्न हामीले माग गरेका छौं ।
० अहिलेसम्म कति जनाले कोरोना बीमाको भुक्तिानी पाए ?
बीमा समितिका अनुसार झण्डै १५ हजारले बीमा रकम भुक्तानी पाए भनिन्छ । तर, ४० हजारको दाबी छ भन्ने सुनेको छु ।
० राष्ट्रिय बीमा संस्थानले पनि लामो समय देखि आफ्ना आर्थिक वर्षको विवरणसमेत पेश गर्न नसकेको अवस्था छ नि ? सरकारी काम गराईको प्रवृतिका कारण बीमा सम्बन्धि राम्ररी प्रचार प्रसार हुन नसकेको हो ?
वास्तवमा संस्थानको अडिट विवरणका बारेमा बोल्ने अधिकार मैले राख्न सक्तिन । तथापि मैले बुझे अनुसार बीमा समितिले “हलो अड्काउने गोरु चुट्ने” काम गरिरहेको छ । कहाँ कमजोरी छ त्यसको विकल्पसहित सुधार गर्ने मौका दिनुपर्नेमा त्यो गरेको छैन । ‘बिरालोको घाटीको घण्टी फुकाउने’ काममा बीमा समिति नराम्ररी चुकेको छ । बिमा संस्थानलाई कित निकम्मा छ भनेर खारेज गरिदिनुप¥यो, होइन भने २०७७÷०७८ सम्मको विवरण तयार गरेर ‘डेडलक’ फुकाउने काम गरिदिनुपर्दछ । डेडलक पनि फुकाउने काममा ध्यान नदिने खाली अडिट भएन, साधारणसभा भएन भन्दै अड्काएर राख्ने काम गरिएको छ । लथालिङ्ग बनाउने काम नै बीमा समितिबाट गरिएको छ । एउटा निजी कम्पनीको कुनै प्रस्ताव चाहिँ बीमा समितिले एकै दिनमा पास गरेर पठाउने तर, बीमा संस्थानको झुलाएर वर्षौसम्म राख्ने काम गरिएको छ । बीमा संस्थानको कुनै बीमा पोलिसी बीमा समितिमा पेश गरेको खण्डमा बर्षौ लगाइने गरिँदै आइएको छ । यसको अर्थ ‘दालमा कुछ काला हैं’ भन्ने नै त हो ।
० बीमा समितिका कर्मचारीहरु सरकारी स्वामित्वको बीमा संस्थानतर्फ भन्दा निजी बीमा कम्पनीतर्फ आकर्षित हुनुको कारण के हो ?
बीमा संस्थानले पछाडिबाट एक पैसा पनि दिँदैन । तर, निजी कम्पनीबाट त पछाडिबाट पैसा पाउँछन् । सोझै बुझ्न सकिन्छ नि ?
० आम जनताहरु त सरकारी बीमा कम्पनीबाट बढि लाभ लिन सक्थे होलान् नी ?
हो त्यसैकारण बीमा समितिको आगामी नेतृत्वले अहिलेको बीमा सस्थान र राष्ट्रिय बीमा कम्पनीको डेडलक फुकाएर काम गर्ने मौका दिनुपर्दछ ।