February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

विकृति र विसंगतिहरु रोक्नका लागि न्यायपालिका र यसका प्रमुखबाट प्रभावकारी भूमिका खेल्नुपर्दछ । उपाध्यक्ष पदका उम्मेदवार

मुकुन्द पौडेल, उपाध्यक्ष पदका उम्मेदवार, नेपाल कानून व्यवसायी संगठनका तर्फबाट, सर्वोच्च अदालत बार एशोसियसन


० तपाई सर्वोच्च अदालत बार एशोसियसनको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । तपाई विजय हुनका लागि के के एजेण्डाहरु छन् ?
म रवि नारायण खनालको समूहबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु । हामीले उम्मेदवारी दिँदा नै निश्चित एजेण्डाहरु तयार गरेका छौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा बार एशोसियसनको ऐतिहासिक भूमिका रहँदै आएको छ । संवैधानिक सर्वाेच्चता, कानूनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र, सक्षम र प्रभावकारी न्यायपालिकाको लागि जुन खालको ऐतिहासिक भूमिका खेलिरहेको छ, त्यो विरासतमा थप इट्टा थप्ने हाम्रो प्रयास हुनेछ । नेपाल बार एशोसियसनले न्यायपालिकाको शुद्धताका लागि न्यायपालिकामा देखिएका विकृति र विसंगतिका विरुद्धमा सधै आवाज उठाउँदै आएको छ । त्यस सम्बन्धमा थप आवज उठाउँने छौं । साथै न्यायपालिकामा देखिएका विकृति र विसंगतिलाई हटाउने हाम्रो प्रयास हुनेछ ।

० न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेपका विरुद्धमा तपाईहरुको के पहल हुन्छ ?
न्यायपालिकालाई एउटा स्वतन्त्र व्यवसायिक संस्थाका रुपमा विकास गर्ने हाम्रो प्रयास हुनेछ । न्यायपालिका कानून व्यवसायीहरुको संस्था हो । यो सधै अदालतको विधिको शासनको निमित्त वाचडगका रुपमा काम गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो । हामीले बार एशोसियसनका तर्फबाट न्यायलयलाई राजनीतिक मुक्त राख्ने प्रयास गरिरहँनेछौं ।


० न्यायलयमा कहिले काँही हुने अपब्याख्याका कारण विभिन्न समस्या आउने गरेका छन् । त्यस खालको अवस्थामा फैसलाहरुको अध्ययन समिति पनि बन्ने गरेका छन् । यस विषयमा तपाईको राय के छ ?
२०६३ सालमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा न्यायपालिकामा रहेका विकृति र विसंगतिहरु हटाउनका लागि एक अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले न्यायपालिकाको विकृति र विसंगतिहरुलाई वृहत रुपमा अध्ययन गरेर प्रतिवेदन पेश गरेको थियो । सो बमोजिम नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पटक पटक आवज उठाउँदा उठाउँदै पनि प्रभावकारी ढंगले समस्याहरु समाधान हुन सकिरहेको छैन । त्यसपछि पनि नयाँ नयाँ समस्याहरु देखिएको अवस्था छ । अदालतका जिम्मेवार न्यायाधीशज्यूहरुबाट पनि यो कुरा स्वीकार गरिएको छ । यसरी सहि रुपमा पहल भएको हामीले पाएका पनि छैनौं । तथापि अदालतबाटै पनि विभिन्न खालका समितिहरु गठन भएका छन् । तथापि ति समितिहरुको प्रतिवेदन सार्वजनिक गरी पहलकदमी गरे जस्तो हामीले पाएका छैनौं । ति विकृति र विसंगतिहरुलाई रोक्नका लागि न्यायपालिका र यसका प्रमुखबाट प्रभावकारी भूमिका खेल्नुपर्दछ । त्यसमा हामीहरु प्रतिवद्ध भएर आवज उठाउने छौं ।


० ६०५ जना मतदाता सदस्य रहेको सर्वोच्च अदालत बार एशोसियसनमा तपाईको विजयलाई कसरी सनिश्चित गर्नुभएको छ ?
६०५ जना हाम्रा मतदाता जो निर्वाचनमा न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु समक्ष मैले सार्वजनिक गरेका धारणाहरु नै राख्नेछु । मैले विगत २७ वर्ष देखि कानून व्यवसाय गरिरहेको छु । कानून व्यवसाय बाहेक अन्य पेशा र व्यवसायमा लागेको पनि छैन । त्यसैकारण इमान्दारीपूर्वक व्यवसाय गरिरहेको छु । व्यवसायीक मूल्य र मान्यतालाई पालना गरिरहेको छु । विगत लामो समय देखि नेपाल बार एशोसियसनमा पनि जिम्मेवारपूर्ण भूमिका खेलिरहेको छु । २०५५ देखि २०५७ सम्म नवलपरासी बार एशोसियसनको अध्यक्ष भएर काम गरेको छु । त्यसपछि २०७०÷०७१ मा सर्वोच्च अदालत बार एशोसियसनको कार्यसमितिमा सदस्य भएर काम गरेको छु । बारको हितमा र स्वतन्त्र न्यायपालिकाका लागि अहिलेसम्म मैले सकेजत्ति भूमिका खेल्दै आएको छु । त्यसले मतदाताहरुले मुल्यांकन गरेर विजयी गराउनुुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।
न्यायपालिको स्वतन्त्रता र त्यसको प्रभावकारीता हाम्रो पेसासँग जोडिएको विषय हो । त्यसका लागि इमान्दारीताका साथ लागेर अघि बढ्ने छौं । त्यसका लागि मतदाताहरुलाई जुनरुपमा विश्वास गरेर मत दिनुहुनेछ, जुन खालको हामीबाट भूमिका खेलियोस् भन्ने चाहना रहँनेछ । त्यसलाई साकार पार्ने प्रयास गर्नेछौं ।


० अन्तमा थप भन्नु छ कि ?
न्यायलय स्वतन्त्र भएन भने लोकतन्त्र धरापमा जान्छ । यो विश्वव्यापी रुपमा नै प्रमाणित भएको विषय हो । कार्यपालिका र व्यवस्थापिकालाई पनि हामीले भन्नसक्नुपर्दछ । बार र बेञ्चको एकता निर्माण गरेर अघि बढ्न जरुरी छ । साथै कानून व्यवसायीहरुको बीचमा संम्बादलाई अगाडि बढाउँदै हाम्रा योजनाहरुलाई व्यवस्थित गराएर लैजान सफल भयौभने हाम्रा सामु आएका समस्याहरुलाई निराकरण गर्न सफल हुनेछौं । साथै हाम्रो न्यायपालिकालाई सुदृढ बनाउनका निमित्त अनुकूलता मिल्नेछ । हाम्रो विश्वासलाई यसपटक मतदाताहरुले साथ दिनुहुनेछ भन्ने दृढ संकल्पका साथ अघि बढेकाछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.