October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चैत्र देखि रोकिएको विद्यार्थीहरुको पढाई हाम्रो नगरपालिकामा असोज ११ देखि २५ गतेसम्म पहिलो ट्रायल अन्तर्गत सञ्चालन गरिँदै छः नगरप्रमुख


कागेश्वरी मनोहरा नगरपालिकाले एन्टिजेन प्रविधिवाट रू. २००० रुपैयामा (दुई हजार) मा आधा घण्टा भित्रै पीसीआर परीक्षणको रिपोर्ट पाउन सकिने व्यवस्था मिलाएको छ । नगर प्रमुख कृष्णहरि थापा उपत्यकाका नगरप्रमुखहरुको तुलनामा उत्कृष्ट रुपमा २४ सै घण्टा जनताको काममा खटिरहँनुभएको छ । यहि आश्विन १ गते देखि नगरपालिकाले मुलपानी नगर अस्पतालवाट नेपाल सरकारबाट मान्यता प्राप्त एन्टीजेन प्रबिधिबाट स्वाव कलेक्सन गरि कोरोना भाइरसको परीक्षण गर्ने कार्य शुरू गरेको हो । त्यसो त नगरपालिकाले दुई वा तीन सिफ्टमा मिलाएर असोज ११ गते देखि २५ गतेसम्म विद्यार्थीहरुको पठन पाठन गराउने योजना बनाएको छ । वैकल्पिक विधिबाट अधिकांश विद्यार्थीहरुको पहुँच नपुग्ने भएकाले यो व्यवस्था गरिएको नगर प्रमुख थापाले बताउँनुहुन्छ । डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले नगरपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि अहोरात्र खटिइरहँनुभएका नगरप्रमुख थापासँग कोरोना भाइरसको महामारी र नियन्त्रणका साथै २०७६ चैत्र देखि नै बन्द रहेका विद्यालय सञ्चालनका विषयमा गरिएको अन्तर्वार्ताः


० काठमाडौंमा अन्य अस्पताल फिवर क्लिनिक सञ्चालन नहुँदै कागेश्वरी मनोहरामा व्यवस्था गरिएको थियो ।
० स्वाव परीक्षणको रिपोर्ट एन्टिजेन प्रविधिबाट आधा घण्टामै दिन सकिन्छ ।
० कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो ट्रायल अन्तर्गत असोज ११ देखि २५ गतेसम्म विद्यालय सञ्चालन गरिँदै छ ।

० विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ नियन्त्रणका लागि केन्द्र सरकारले लकडाउन निषेधाज्ञा पनि सुरु ग¥यो । यो अवधिमा कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखको हैसियतमा के के कामहरु गर्नुभयो ?
कागेश्वरी मनोहरा नगरपालिकालगायत सबै स्थानीय तहले कोरोना भाइरस नियन्त्रणका लागि ७ महिना जत्ति नै काम गरिसके । २०७६ चैत्र ११ गते देखि जुन लकडाउन (बन्दा बन्दी) सुरु भयो । त्यसपछि हामीले पहिलो चरणमा अत्याआवश्यक भएका जनतालाई राहत बाड्यौं । दोस्रो चरणमा खाना ख्वाउने कार्यक्रम नै चलायौं । नगरपालिकाले राहतका निमित्त रोजगारी भन्ने कार्यक्रम ल्यायो । यो बन्दाबन्दी साउनको ७ गते मात्रै खुला गरियो । कागेश्वरी नगरपालिकामा २०७७ साल वैशाख १ गते आरडीटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखियो । त्यसपछि हामीले पीसीआर परीक्षणका लागि टेकुमा पठायौं । दुई जनामा पोजेटिभ नै देखियो । बागमती प्रदेशमै पहिलो कोरोना भाइरस पोजेटिभ देखिएको नगरपालिका नै कागेश्वरी मनोहरा नगरपालिका हो । यसरी चीनमा गत साल २०१९ को डिसेम्बरमा देखा परेको कोरोना भारइस नियन्त्रणका लागि तिब्र गतिमा काम गरिरहेको अवस्था हो ।
२०७६ साल चैत्र १२ गतेबाट हाम्रो नगरपालिका अन्तर्गतको मुलपानी नगर अस्पताललाई हामीले २४ सै घण्टा सञ्चालन ग¥यौ । काठमाडौंमा अन्य अस्पतालमा फिवर क्लिनिक सञ्चालन नहुँदै कागेश्वरी मनोहरामा व्यवस्था गरिएको थियो । अहिले उक्त अस्पतालमा कोरोनाको उपचार मात्रै गरिने व्यवस्था गरिएको छ । त्यसै गरी अहिले फिबर र कोरोना संक्रमित लक्षण देखिएका बिरामीहरु जाँचिन्छ । वैशाख देखि हामीले निरन्तर रुपमा हप्ताको दुई पटक शुक्रवार र सोमवार आरडिटी परीक्षण गराएका थियौं । यो नगरपालिकामा अहिलेसम्म १३४४ जनाको आरडीटी परीक्षण गरिसकेका छौं । साथै झण्डै तीन हजार तीन सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ । अहिलेसम्म यो नगरपालिकामा २५५ जना संक्रमित भेटिएको छ । जसमध्ये ११६ जना निको भइसक्नुभएको छ । १६ जना आइसोलेसनमा र ७०/८० जना होम आइसोलेसनमा हुनुहुन्छ । बाँकी १८ जना अन्य अस्पतालमा हुनुहुन्छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड–१९ संक्रमित बिरामीहरुलाई निशुल्क रुपमा खाना र बस्नको व्यवस्था गर्दै आएको छ । साथै, डेडिकेटेट एम्बुलेन्स पनि सञ्चालन गरिएको छ । जुन एम्बुलेन्सबाट कोभिड–१९ संक्रमित बिरामीलाई लैजान र ल्याउनका लागि प्रयोग गरिएको छ ।


एन्टिजेन प्रविधिबाट कोरोना भाइरसको परीक्षण
अहिले भाद्र ३१ गते देखि नै यो नगरपालिकाले नयाँ प्रविधिमा आधारित एन्टिजेन परीक्षणबाट पीसीआर गरिरहेको छ । आरडीटी गर्दा रगतबाट गरिन्थ्यो । तर, एन्टिजेनका लागि स्वाव लिएर नै परीक्षण गरिन्छ । स्वाव परीक्षणको रिपोर्ट यो प्रविधिबाट आधा घण्टामै दिन सकिन्छ । नेपाल सरकारले २०७७ भाद्र २८ गते परिपत्र गरेको थियो । त्यसपछि हामीले भाद्र ३१ गते नै त्यसको कार्यन्वयन ग¥यौं । हामीले दुई हजार रुपैयामा आधा घण्टामै पीसीआर रिपोर्ट दिनसक्छौं । यसरी पहिलो लटमा पाँच जनाको परीक्षण गर्दा एक जनाको एन्टिजेनमा पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँको पुनः स्वाव संकलन गरी टेकु अस्पताल पठाएका छौं । यसमा कसैलाई हत्तारमा परीक्षण गर्नुपरेमा त्यसको निर्देशिका पनि बनाएका छौं । सेना र प्रहरीका रुपमा काम गरेकाहरुलाई मास रुपमा परीक्षण गर्न यो प्रविधिलाई प्रयोग गर्न सकिन्छ । यो प्रविधिमा कन्ट्रायाक्ट ट्रेसिङ गर्नुभन्दा अघि तुरुन्तै पत्ता लाग्ने हुँदा फाइदाजनक छ । हुनतः अहिले नेपाल सरकारले पीसीआर परीक्षण पनि दुई हजार मै गर्नु भनेर निर्देशन जारी गरेको छ । पीसीआर परीक्षण हाम्रो नगरपालिकाले निशुल्क नै गराउँदै आएको छ । तर, त्यसको परिणाम आउन दुई÷तीन दिन लाग्ने हुँदा त्यसको विकल्पमा यो प्रविधि ल्याइएको हो ।
अहिले आइसोलेसनमा राख्ने, पीसीआर परीक्षण गर्ने, एम्बुलेन्समा बिरामीहरु लैजाने काममा कागेश्वरी मनोहरा नगरपालिका, छिमेकी शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र ३२ वडाबाट पनि यहाँ आउनुहुन्छ । प्रहरी र सेनाबाट पनि यहाँ आउने गर्नुहुन्छ । यसरी मुलपानी नगर अस्पतालबाट हामीले सेवा पु¥याईरहेका छौ ।

कोरोना भाइरस ‘लिभिङ टुगेदर’ को आधारमै कार्य सञ्चालन
उपत्यका नगर फोरममा पनि हामीले छलफल गरेका छौं । अहिले संक्रमित बढ्दै गएका छन् । लामो समय पछि अहिले राज्यले सार्वजनिक यातायात सञ्चालन गरेको छ । साथै एयरलाइन्स पनि सञ्चालन गर्ने भनिएको छ । त्यसैले कोरोना भाइरससँग पनि ‘लिभिङ टुगेदर’ को आधारमै काम गर्दै जानुपर्दछ । रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय महामारी शाखाको निर्देशन पालना गर्दै सबै सेवाहरु सुचारु गर्नु पर्छ भनेर हाम्रो नगरपालिकाले प्रस्ताव ग¥यो । नेपाल सरकारले नहटाए पनि निषेधाज्ञा खुकुलो पारिसकेको छ । तथापि मान्छेको जनजीवन अझै सामान्य बनिसकेको छैन । साउन ७ गते लकडाउन हटाएपछि जनजीवन सामान्य बनिसकेको थियो । भाद्र तीन गतेपछि निषेधाज्ञा थपिएका कारण मानिसहरुमा फेरी असहज अवस्था आयो । निषेधाज्ञा लगाउने अधिकार स्थानीय तहमा दिनुपर्छ भनेर हामीले माग पनि गरेका थियौं । किनकी हामीले कतै निषेधाज्ञा लगाउनु परेमा वा शिल गर्नुपरेको खण्डमा पनि सहज हुन्छ । कागेश्वरी मनोहरा नगरपालिकाको १ देखि ९ वडा सम्ममा कुन कुन क्षेत्र प्रभावित छ ? त्यसका लागि सहज हुन्छ । काठमाडौं संघीय सरकारको राजधानीसमेत भएकाले यहाँ संघीय सरकारको पनि निर्देशन चल्छ ।
यो नगरपालिकामा हामीले कन्ट्राक्ट टे«सिङमा पनि परीक्षण गरिरहेका छौं । तथापि ‘अनाआवश्यक रुपमा नगर्नुहोस्’ भनेर भनिरहेका छौं । यसरी दुई पटक गरी दैनिक सय÷डेडसयको परीक्षण गरिरहेका छौं ।


विद्यालय सञ्चालन सम्बन्धमा
हामीले शिक्षा समितिको बैठक गरेर स्कूल सञ्चालनका लागि पहल गरिरहेका छौं । २०७७ असोज ११ गते देखि स्कूलहरु सञ्चालन गर्ने निर्णय नै गरेका छौं । वैकल्पिक माध्यमबाट सिकाई गर्नका लागि हामीले स्वीकृति पनि लिइसकेका छौ । तर, यसरी पढाउँदा पनि कतिपय ठाउमा त्यसको पहुँच पुग्दैन । हाम्रो नगरपालिकाको गागल वडा नम्बर १ को बालुवाटार माविमा इन्टरनेटको सुबिधा नै छैन । वैकल्पिक विधिबाट मात्रै कसरी हुन्छ ? हामीले हप्तामा तीन दिन विद्यार्थीहरुलाई स्कूलमै उपस्थित गराएर विद्यार्थीका आधारमा बिहान र बेलुकी दुई सिफ्ट वा विद्यार्थी धेरै भएका ठाउँमा तीन सिफ्ट नै गरेर पनि कक्षा सञ्चालन गर्न सकिन्छ । कक्षा एक देखि पाँच सम्मका विद्यार्थीलाई हामीले ११ बजे देखि दुई बजेसम्म समय तोकेका छौं । ६ कक्षा देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीहरुलाई बिहान ७ बजे देखि १० बजेसम्म विद्यार्थीलाई स्कूलमै उपस्थित गराएर पढाउने व्यवस्था मिलाइने छ । साथै धेरै विद्यार्थी हुने स्कूलमा तीन सिफ्ट पनि गर्न सकिनेछ । साथै यसमा पनि जोर र बिजोर बारका आधारमा सुचारु गर्ने भनिएको छ । यसरी हप्तामा अधिकतम तीन दिन स्कूलमा पढ्ने गरी व्यवस्था मिलाइदैछ । एक दिन पढ्न आएका विद्यार्थीलाई दुई दिनका लागि गृहकार्य दिने । त्यसका लागि अभिभावकसँग राय सल्लाह लिएर फर्म भराउने गरिन्छ । वैकल्पिक शिक्षामा पढाउने कि स्कूलमा गएर पढ्ने त्यसका निमित्त असोज ५ गतेभित्रै अभिभावकले निर्णय गर्नुपर्दछ ।
अभिभावकले स्कूलमा पढाउदिन र वैकल्पिक माध्यमबाटै सिकाइमा संलग्न गराउँछु भनेको खण्डमा दुई दिनका लागि विद्यालयबाट दिएको गृहकार्य पुरा गरि बुझाइदिनुपर्दछ । यो व्यवस्था हामीले असोज ११ गते देखि २५ गतेसम्म गरिनेछ । त्यसपछि लगत्तै दशै आउने र बाहिर जाने पनि भएकाले यो व्यवस्था गरिएको हो । यसरी पहिलो ट्रायलका रुपमा यो व्यवस्था गर्नका लागि नगरकार्यपालिकाले निर्णय गरिसकेको छ । साथै सबै विद्यालयमा सर्कुलर पनि गरिइसकिएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेका मापदण्डहरु अभिभावक र विद्यालय दुबैले पालना गराउनुपर्नेछ । मास्क लगाउने, सेनिटाइजर गर्नुपर्ने जस्ता कुराहरु अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । यसरी संस्थागत विद्यालयमा यसको खर्च विद्यालयले अभिभावकसँग लिन पाउनेछन् । तर, सामुदायिक विद्यालयमा भने त्यसको खर्च नगरपालिकाले ब्यहोर्ने भनिएको छ । यो मोडेलमा पहिलो पटक हामी जान खोजिरहेका छौं । दशै पछि भने कोभिड–१९ को संक्रमणको अवस्था हेरेर केन्द्र सरकारको निर्देशन अनुसार गरिने छ ।
विद्यार्थीलाई पढाई भन्दा पनि मनोपरामर्शको खाँचो
चैत्र देखि विद्यालय बन्द भएका कारण अहिले विद्यार्थीहरुमा मनोपरामर्शको खाँचो भएको छ । त्यसैले कोभिड–१९को बारेमा पनि विद्यार्थीहरुलाई पढाउन सकिन्छ । अहिले दोलखा जिल्लामा घर घरमा गएर पढाउन भनिएको छ । नजिक नजिकका विद्यार्थीहरुलाई अभिभावकले नै गाडीमा ल्याउने व्यवस्था मिलाउने छन् । आधा घण्टामा जुन सुकै ठाउँबाट पनि विद्यालयमा पुग्न सकिन्छ । यसरी हाम्रो जनजीवन सामान्यतर्फ फर्काउन जरुरी छ ।


विकास निर्माणका काममा सुचारु हुँदै
तेस्रो नगरसभाले गरेका कतिपय कामहरु लकडाउनका कारण सम्पन्न हुन सकेनन् । ति कामहरुको म्याद थप्न खोजिरहेका छौं । लकडाउनमा समयमा हामीले आगामी वर्षका धेरै टेण्डरहरु खोलेका छौं । त्यसले गर्दा हामीले यो वर्षमा सबै ठेक्का पट्टाको कार्यन्वयन गर्ने समय हो । लकडाउनमा क्रमागत रुपमा खोलिएका योजनाहरुको टेण्डरहरुको आशय–पत्र निकाल्ने, ठेक्काहरुको सम्झौता गराउने भएकाले काम गर्ने अवस्थामा सहज बन्दै गएको छ । वर्षायाम सकिएको कारण पनि धान काटिसकेपछि कोभिड महामारीको हेल्त्रचक्राई नगरी काम गरिने छन् । अहिले नगरपालिकामा पनि मास्क नलगाएको मान्छेलाई १० रुपैया जरिवाना गराएर एउटा मास्क दिने व्यवस्था गरिएको छ । त्यो नै प्रभावकारी बन्दै छ । तथापि कोभिड–१९ को संक्रमणबाट बच्नका लागि अधिकांस मान्छेहरु सचेत पनि छन् ।
कोभिड–१९ संक्रमित र उनका परिवारलाई हेँला नगरौं
कोभिड–१९ जो कोहिलाई पनि लाग्न सक्छ । यसैले संक्रमित र उनका परिवारलाई हेँला नगरौं भनिएको छ । यो अवस्थामा ७० जना भन्दा बढि मानिसहरु होम आइसोलेसनमा राख्न सक्नु पनि ठूलो कुरा हो । अहिले संक्रमित भएर घरमा बस्ने ठाउँ नभएकाहरुलाई हाम्रो अस्पतालमा राखेका छौं । यो अस्पतालमा अक्सिजन सिलिण्डर मात्रै छ । धेरै अप्ठ्यारो भएका आइसीयु र भेन्टिलेटर आवश्यक विरामीहरुलाई संघीय सरकारको अस्पतालहरु पनि नजिकै भएका हुँदा त्यहि रेफर गरि काम चलाएका छौं । अहिलेसम्म कागेश्वरी मनोहरा नगरपालिकामा कोभिड–१९ को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
त्यसमा दुई जना महिला र एक जना पुरुष हुनुुहन्छ । एक जना दमको रोगी, अर्का एक जना मुटु रोगी र अर्का एक जना पेन्क्रियाजको खराबीका कारण मृत्यु भएको छ । यसरी उहाँहरु दिर्घ रोगी भएकै कारण मृत्यु भएको हो । तथापि उपचारको क्रममा कोभिड–१९ को संक्रमण देखिएकाले मात्रै गणना गरिएको हो । खास गरी सिकिस्त विरामीहरु हामी कहाँ छैनन् ।


० तपाईहरुको नगरपालिकामा कोभिड–१९ नियन्त्रणमा खर्चको व्यवस्थापन कसरी गरिरहँनु भएको छ ?
हामीले सुरुमा कोभिड कोषको स्थापना ग¥यौं । वि.स. २०७५ सालमा जनगणनाको जनघनत्वको आधारमा वडामा राहत कोषको गठन गरेका छौं । यसरी सहकारी संस्था, बिभिन्न सामाजिक संस्था, विद्यालयलगायतबाट पचासौं लाख कोषमा जम्मा भएको छ । राहतका रुपमा ९७ लाख रुपैया नगदै कुपन बाड्यौं । चामल, दाल प्याकिङ गरी बाडेनौं । राहत बाड्दा पाँच जना परिवारलाई हजारका दरका पाँचवटा कुपन, दियौं । कुपनमा लगेर पसलमा दिएपछि आफुले दाल चामल पाउने व्यवस्था भयो । उक्त कुपनबाट खाद्य समाग्री बाहेक अन्य किन्न नपाइने गरियो । पसलेले उक्त कुपन वडाबाट साट्न सकिने व्यवस्था मिलायौं । साथै कुपनहरु सहकारीबाट पनि साट्न सकिने व्यवस्था गरियो । यसरी अहिलेसम्म करिब डेड करोड रुपैया खर्च गरिएको छ । अहिले हामीले गरेको पीसीआरमा एक जना व्यक्तिको पाँच सय रुपैया खर्च पर्दछ । किनकी भिटिएम हामी आफै खरिद गछौं । पीपीइ सेट संघीय सरकारसँग लिन्छौं । स्वाथ्यकर्मीको जोखिम भत्ता जम्मा गरी आएको खर्च हो । यसरी स्वास्थ्य क्षेत्रमा अहिले गरिएको काममा नगरबासीहरुले हामीलाई उल्लेखनिय भएको भन्दै प्रसंसा नै गरेका छन् । स्वाथ्यकर्मीहरुलाई पनि हामीले १० दिनको रोटेशनमा सिफ्ट मिलाएर काम गराएका छौं । किनकी स्वास्थ्यकर्मीहरुलाई पनि संक्रमणबाट बचाउनुपर्छ भन्ने हाम्रो पहिलो प्राथमिकता हों । अहिलेसम्म नगरपालिकाका एक जना स्वाथ्यकर्मीमा मात्रै संक्रमण देखिएको छ । यसरी मान्छेको सबैभन्दा ठूलो विषय नै स्वास्थ्य भएकाले हाम्रो नगरपालिका गम्भिर रुपमा लागेको छ ।
अहिले हामीले गरेको माइलस्टोन काम भनेको एक सय बेडको आइसोलेसन वाडको व्यवस्था हो । यसरी पीसीआर परीक्षण र आइसोलेसन स्थापनामा कागेश्वरी नगरपालिकाको स्वास्थ्य शाखा उत्कृष्ट रुपमा काम गरिरहेको छ ।


० अन्तमा केहि भन्नु छ कि ?
म नगरबासीहरुबाट सधै साथ र सहयोग पाएको छु । कोभिड–१९ को संक्रमण जो कोहिलाई पनि हुन सक्छ । त्यसैले संक्रमित र उनका परिवारलाई हौसला प्रदान गरौं । होम आइसोलेसनमा राख्न प्रोत्साहन गर्ने काम गरौं । सधै बसेर मात्रै पनि हुँदैन । कोभिड–१९को संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयको महामारी नियन्त्रण शाखाबाट गरिएको निर्देशन पालना गरौं । आवश्यक काम बाहेक अनाआवश्यक काममा जथाभावी नहिडौं । र रोग लागि हाल्यो भने पनि नआत्तिउँ । किनकी हामी कहाँ ६० हजारलाई संक्रमित हुँदा ४० हजार त निको पनि भइसकेको छ । त्यसैले सबै जनालाई नआत्तिन नगरपालिकाको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.