चीन आफ्नो सुरक्षाप्रति ज्यादै चिन्तित छ
1 min read
दीपक सेन ठकुरी, अधिवक्ता
० अमेरिकी हतियार खम्पा विद्रोहीहरुलाई उपलब्ध गराइएको थियो
० चिनियाँ राष्ट्रपति अध्यक्ष माओत्सेतुङले राजा वीरेन्द्रलाई सोझै सम्पर्क गरेर भने ‘सुरक्षाको खत्तरा भयो खम्पाहरुलाई हटाउनुहुन्छ कि हामीले नै सेना पठाएर निशस्त्रिकरण गरौं ?’
० खम्पाहरुको हतियार नेपाली सेनाले खोस्न सफल भयो
० कमाण्डर वाङ्दीलाई अरिदमन गुल्मका तत्कालिन जमदार दान बहादुर चन्दले गोली हानी मारिदिएका थिए
० दफा ६८७ मा एमसीसीलाई नेपालको संसदबाटै अनुमोदन भएकाले अमेरिकी कानून लाग्ने भनिएको छ
० भारतीय सेना नेपाल आएको खण्डमा चिनियाँ सेना पनि नेपाल आउँछ
० नेपालमा पाँच लाखको संख्यामा सेना भर्ना गर्नुपर्छ ।
० पछिल्लो राजनीतिक परिदृश्य पछि चीन र भारतको व्यापार सम्झौता भएको क्षेत्र लिपुलेकमा पनि डेड दुई लाख चिनियाँ सेना तैनाथ गरिएको छ
पेसाले कानून व्यवसायी, दीपक सेन ठकुरी मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा भएको खम्पा अप्रेसनको नजिकबाट जान्ने एक जना ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ । पछिल्लो समयमा नेपालको जेनजी आन्दोलनमा भएका घुसपैठका कारण देशको महत्वपूर्ण डकुमेन्ट भएको सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्रलगायत जलाएर खरानी बनाइयो । यसमा खम्पाहरुको ब्लड जोडिएको तिबेतन ओरिजिनल ब्लड टिसर्टधारीहरुको पनि संलग्नता रहेको पाइयो । खम्पा अप्रेसनका विषयमा विशेष जानाकार ठकुरी आफुलाई महेन्द्रवादीका रुपमा चिनाउनुहुन्छ । उहाँसँग धादिङको गाउँमा रहेकै अवस्थामा डायरी एक्सप्रेस साप्ताहिकका लागि नारायण प्रसाद शर्मासँग गरिएकोे विशेष अन्तवार्ताः
सन् १९७४ अर्थात २०३१ सालमा चलाइएको खम्पा (तिबेतन लडाकु) अप्रेशनका विषयमा तपाई एक जना जानाकार हुनहुन्छ, यसको विषयमा बताईदिनुहोस् न ?
यो खम्पा छापामार युद्ध अमेरिकाले चीन विरुद्ध चलाएको मिशन होे । त्यो समयमा चीनको सीमा नजिक मनाङमा आएर खम्पाहरु बसोबास गरेका रहेछन् । त्यसको टोली नेता वाङ्दी लामा थिए । उनले छापामार लडाईको तालिम दिने गर्दथे । मुस्ताङ र मनाङको वरीपरी कुनै पनि नेपालीलाई जान दिँदैनथे । नेपालीहरुलाई घास दाउरा लिन, चौरीहरु चराउन पनि दिएका थिएनन् । २०२० साल देखि नै अमेरिकाको पहलमा मनाङ, सोलु, रामेछाप, रसुवा र काभे्रपलाञ्चोकमा खम्पाहरुको तालिम केन्द्र स्थापना गरी बसेका थिए । उनीहरुले गाउँका दिदी बहिनीहरुलाई जबर्जस्ती गरी यौन दूव्यवहारसमेत गरेका थिए । त्यो अवस्थामा मनाङको नार्खु उपत्यका भद्राङ गाउँ क्षेत्र र च्याखु चुनाङ र च्याङमा बेस क्याम्प खडा गरेका थिए । अमेरिकाले कोलोराडोमा खम्पा तालिम केन्द्र बनाएको थियो । त्यहाँ पहिलो लटमा छ जनालाई तालिम दिएकोमा खम्पा कमाण्डर वाङदी पनि सम्मिलित भएका थिए । चीनसँग युद्ध गर्नका लागि खम्पाहरुलाई यो हतियार अमेरिकाले उपलब्ध गराएको थियो । जुन ताप्लेजुङको ओलाङचुङगोला देखि दार्चुलासम्म फैलाइएको थियो । यसरी हिमालको फेदीबाट टुक्रा बनाएर देश बनाउने उद्देश्यमा यो काम गरिएको थियो । अमेरिकी सहयोग र निर्देशनमा यो सबै काम गरिएको हो । यसरी अमेरिकी हतियार खम्पाहरुलाई उपलब्ध गराइएको थियो । मुस्ताङमा खम्पाहरु तालिम लिने दिने गरिएको थियो । खम्पाहरुले चीनसँग युद्धका लागि तालिम लिएका थिए ।
राजा महेन्द्रले नेपालमा रहेका सम्पूर्ण देशका दुतावासहरु एकैठाउँमा बनाउनका लागि स्युचाटारमा जग्गा अधिकरण गरेका थिए । तथापि त्यहाँका जनताहरुले दिएनन् । त्यसपछि उक्त ठाउँमा एयरपोर्ट बनाइएको थियो । त्यहाँ अमेरिकाले प्रयोग गरेको थियो । ट्वीनेटर जहाजबाट अमेरिकनहरुले खम्पाहरुका लागि हतियार ल्याएका थिए ।
त्यो हतियार कहाँबाट ल्याए ?
त्यो हतियारहरु भारतबाटै ल्याएका थिए । कोहि दुतावासका लागि ल्याइएका लगेजबाट खानतलासी बिनै गोली गठ्ठा पनि भित्राएका थिए । यसरी सामुद्रिक मार्गबाट ल्याइएका हतियारहरु कलकत्ता बन्दरगाह हुँदै नेपालमा ल्याइएको थियो । ठूला ठूला तरकारी र आलुका बोरामा राखेर ल्याइएको भन्ने सुनिन्थ्यो । यो विषय चीनले थाह पायो । त्यसपछि चिनियाँ राष्ट्रपति अध्यक्ष माओत्सेतुङले राजा वीरेन्द्रलाई डाइरेक्ट नै फोन गरेर भने ‘सुरक्षाको खत्तरा भयो खम्पाहरुलाई हटाउनुहुन्छ कि हामीले नै सेना पठाएर निशस्त्रिकरण गरौं ?’ चिनियाँ राष्ट्रपतिले भने ‘हाम्रो सेना उनीहरुलाई निशस्त्रीकरण गरेर फर्कने छ ।’ राजा वीरेन्द्रले भने ‘हाम्रो सेना पठाउँछु तपाईको सेनाको जरुरत पर्दैन ।’ त्यसपछि राजाले सेनाका टुकडीलाई बुझ्न पठाए । त्यसपछि थाह भयो त्यहाँ खम्पाहरुको तालिम भइरहेको, नेपालीलाई प्रवेश निषेध गरिएको रिपोर्ट प्राप्त गरे । त्यसपछि चार बाहिनीका बाहिनीपति ब्रिगेडियर जनरल आदित्य शम्शेर जवराको नेतृत्वमा त्यो क्षेत्रमा सेनालाई पठाइएको थियो । आदित्य शम्शेर खुकुरी दलका संस्थापक भरत शम्शेर जबराका भाइ हुन् । खम्पा अप्रेशनको कमाण्ड देवी दत्त बटालिइनका लेफ्टिनेन्ट कर्नेल सचित शम्शेर जबराले गरेका थिए । उनी पछि नेपाली सेनाको चिफ अफ दि आर्मी स्टाफ बने । अमेरिकन लाइब्रेरीमा उल्लेख भए अनुसार एक जना Kenath Nous भन्ने अमेरिकन व्यक्तिले लेखेको पुस्तक Earth of the Cold War मा खम्पा अप्रेशनका विषयमा उल्लेख गरिएको छ । उनी सिआइएका अफिसर थिए । उक्त पुस्तकमा अमेरिकाले कसरी हतियार ल्याएर खम्पाहरुलाई दिएको थियो पूर्ण जानकारी पाउन सकिन्छ । पुस्तकमा नेपाललाई कसरी टुक्राएर अर्कौ हिमाली देश बनाउने लक्ष्य थियो भन्ने पूर्ण जानकारी राखिएको छ ।
कस्ता कस्ता हतियार ल्याइएको थियो ?
खम्पासँग पोल्याण्ड र अमेरिकामा बनेका अत्याधुनिक हतियारहरु थिए । अहिलेका इन्सास जस्ता अत्याधुनिक राफल, ग्रिनेडहरु पनि थिए । यसरी खम्पाहरुको हतियार नेपाली सेनाले खोस्न सफल भयो । लड्न आउनेहरु मारिए । कैयौ जना पक्राउ परे भने अन्यले आत्मसमर्पण गरे । उनीहरुलाई त्यहाँबाट पोखरामा ल्याइयो । नेता वाङ्दी सेतो घोडा चढेर भागे ।
वाङ्दी कहाँ मारिए त ?
खम्पाहरुले घोडा हिड्न मिल्ने गरी आलाङचुङगोलाबाट दार्चुलासम्म घोडेटो बाटो बनाइसकेका रहेछन् । भाग्दै गर्दा सेनाले खेद्दै र लखेट्दै जाँदा दार्चुलामा पुगेका कमाण्डर वाङ्दीलाई अरिदमन गुल्मका तत्कालिन जमदार दान बहादुर चन्दले गोली हानी मारिदिएका थिए । खम्पाहरुलाई मनाङ र मुस्ताङबाट निशस्त्रिकरण गरेपछि नेपाली सेनालाई दुई भागमा विभाजन गरिएको थियो । एउटा टोली खम्पाको कमाण्डर वाङ्दीको पछि लाग्यो, अर्को टोली अर्कै बाटोबाट उछिन्ने गरी अघि लाग्यो । यसै क्रममा दार्चुलामा बाटोबाट पुल मुनि लुकेका शाही नेपाली सेनाले घोडा चढेर आएको वाङ्दीलाई गोली हानेर मारे । त्यसको पारि भारतमा वाङ्दीलाई फूलमाला र अबिर लिएर स्वागत गर्नका लागि उच्च तहका ब्यक्तिहरु पर्खिएर बसेका थिए । नेपाली भूभागमै वाङ्दी मारिएपछि भारतीयहरु हिस्स परे ।
नेपाली सेनाको नेतत्वमा चलेको निशस्त्रिकरणमा कति जत्ति खम्पा मारिए ?
त्यो समयमा ३०/३५ जना खम्पाहरु मारिएका थिए ।
विद्रोह दबाउन कति जना नेपाली सेनाको टुकडी पुगेको थियो ?
खम्पा विरुद्ध झण्डै ७० जना नेपाली सेनाहरु लड्न गएका थिए ? कतिपय गएकाहरु पनि लेक लागेर फर्किएका थिए ।
गत भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा पनि तिवेतन नागरिकहरु आपराधिक कार्यमा सामेल भएका थिए भनिन्छ नि ?
अहिले दलाई लामाको ग्रुपले तालिम दिएर बुलेटमा चढेर झण्डै एक सय जना टिओबी लेखिएका टिसर्ट लगाएका तिबेतनहरु जेनजी आन्दोलनमा घुसपैठ गरी सिंहदरबारलगायतका सरकारी भवनहरु जलाए । उनीहरु वाङ्दीका भाइ भतिजाहरु होलान् । सुदन गुरुङ जस्ता नेपाली नागरिकता लिएकाहरु अहिले पनि प्रशस्त छन् ।
टीओबीको गतिविधिलाई उत्तरको छिमकी चीनले कसरी हेरेको छ ?
चीनले नेपालको सीमा नजिक अढाई लाख सेना खटाएको छ भन्ने सुनेको छु । नेपालीहरु चीन जानका लागि रोकेको छ । किनकी अहिले चीन नेपालमा टीओबीको सक्रियता बढेका कारण सुरक्षा जोखिम बढेको ठान्दछ । त्यसो त सन् २०२३ मा चीनले आफ्नो देशमा खत्तरा भएको ठानेमा सेना परिचालन गर्न सकिने कानून बनाएको छ । एमसीसी सम्झौताको दफा ६८७ मा एमसीसीलाई नेपालको संसदबाटै अनुमोदन भएकाले अमेरिकी कानून लाग्ने भनिएको छ । अमेरिकाले ठूलो संख्यामा हातहतियार ल्याएर नेपालमा राखेको छ भन्ने सुनेको छु । नेपालबाट अध्ययन गर्न गएका विद्यार्थीहरुलाई अमेरिकामा तालिम गर्न लगाएर नेपालमा फर्काइएको छ । अर्कोतर्फ एमएनओ (मंगोल नेशनल अर्गनाइजेशन) ले पूर्वी पहाडी क्षेत्रमा तालिम दिइरहेको छ । जुन सिक्किम र बर्माबाट सञ्चालित छ । देखि पूर्वी क्षेत्रको नेपाल टुक्राउने मिशन रहेको छ ।
अहिले पनि पाँच सय जत्ति कै संख्यामा खम्पाहरुका सन्तानलाई नेपालको बंसजको नागरिकता दिएको भन्ने समाचार आएको छ नी ?
अहिले वडाका अध्यक्षलाई पैसा दिएपछि नेपाली नागरिकताको लागि सिफारिस भएका छन् । नागरिकता त धेरै जना तिबेतियनहरुले नागरिकता लिएका छन् । बौद्धका गम्बाहरु, सिउचाटार, स्वयम्भुका डाँडाहरुमा भएका गुम्बाहरुमा छन् । त्यहाँ हतियार भण्डारण गरिएको छ भन्ने पनि सुनिएको छ । पचासहजार खम्पालाई तालिम दिने र बस्ने गरी बूढानीलकण्ठमा ब्यवस्था गरिएको सुन्नमा आएको छ ।
यि गुम्बाहरु खालिस्तान आन्दोलनमा लागेका भेन्ड्रानवालेले पञ्जावको स्वर्ण मन्दिरमा जस्तै हतियारको भण्डारण गरिएको छ त ?
यहाँका गुम्बाहरुमा ठ्याक्कै त्यहि अवस्था हो भन्ने लाग्छ । हामीलाई त्यहाँ जान दिदैनन् ।
गुम्बाहरुमा त्यस प्रकारको गतिविधि सुरक्षा निकायले जानकारी नपाएको हो ?
थाह छ तर, थाह नपाएको जसरी बसेका छन् ।
दक्षिणतर्फ बिहारी र युपीबासीहरुलाई नागरिकता दिने उत्तरतर्फ भगौडा तिबेतनहरुलाई नेपाली नागरिकता दिने देश नै नरहँने अवस्था आयो त ?
भाद्र २३ र २४ गतेका जस्ता घट्ना सधै घट्ने अवस्था आउने भयो ?
खम्पाका सन्तानहरुले कालो ड्रेस लगाएर, टिओबी लेखेका टिसर्ट, र ठूलो आवाज भएका डेड सयको संख्यामा बुलेट मोटरसाइकल चलाएर आतंक मच्चाएका थिए । उनीहरुको प्रदर्शन कस्तो थियो ? नेपाली नागरिकता लिएर बसेका इण्डियनहरुको पनि ठूलो संख्या रहेको छ । ३० हजार जत्ति अमेरिकाका सेनाहरु पनि सिभिल ड्रेसमा बसिरहेका छन् । नेपाल अहिले खत्तरनाक जोनमा उभिएको छ । जत्ति बेला पनि जे पनि हुने अवस्था छ । खत्तरा देखेर चीनले बोर्डरमा सेना राखेको छ । भारतीय जासुस यन्त्र रअ, अमेरिकी जासुस यन्त्र सिआइए जस्तै चीनको जासुसयन्त्र पनि सक्रिय नै होला । उनीहरुले नेपालको सीमानामा ल्याएर सेना तैनाथ गरिनु भनेको केहि शंकास्पद् गतिविधि भएकै कारणले हो ।
नेपाल सामरिक महत्वको हिसावले एकदमै महत्वपूर्ण छ । नेपालको सार्वभौमसत्ता बचाउन के गर्नुपर्छ भन्ने लाग्छ ?
यो देश एकीकरण गरेको पृथ्वी नारायण शाहले हो । त्यो समयमा नेपाललाई बचाउनका लागि १२ वर्षका बालक र तीन दिनका सुत्केरीले लडाईमा लडेर वीरगति प्राप्त गरेका थिए । यहाँ राजाले २४० वर्ष राज्य गरे भनेर हौवा फिजाइन्छ । त्यो होइन । पृथ्वी नारायण शाहले मात्रै ३० वर्ष, अढाई वर्ष प्रताप सिंह शाहले महेन्द्रले १० वर्ष र वीरेन्द्रले ३० वर्ष शासन गरेका थिए । १०४ वर्ष राणाले शासन चलाएका थिए । यसरी राजाले मात्रै ६५ वर्ष शासन गरेका थिए । नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाह ५२ वर्षमा बितेका थिए । नेपालमा शान्ति स्थापनाका लागि राजा नै ल्याउनुपर्दछ ।
एकताको प्रतिक गणतन्त्रवादी कोहि नेता देख्नुभएन ।
यहाँका नेताहरु सबैजना झल्लुहरु भए, देश डुबाए । केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा जस्ता खाते प्रवृतिका मान्छेहरुले कामै गरेनन् ।
नेताहरुले त २४० वर्ष राजाले शासन चलाए । हामीले त सपारेका मात्रै छौं भनेका छन् नि ?
नेपाल एकीकरण गरिरहँदा भारत पाँच सय टुक्रामा विभाजित थियो । राजा रहेको अवस्थासम्म देश संग्लो थियो । अहिले सीमामा पनि भारतीयले मिचिरहेका छन् । हिजोमात्रै ठोरी स्थित भारतीय सीमा क्षेत्रमा जंगे पिल्लर भत्काएको समाचार पढेको थिएँ ।
जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारको काम कारबाहीलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
अहिलेको सरकारलाई आन्दोलनमा सहभागि भएका जेनजी पुरुतालाई मन परेको पनि छैन । एमाले पार्टी पनि आन्दोलन गर्ने भन्दैछ । राप्रपाले आन्दोलन सुरु गरिसकेको छ । अव वार पारको आन्दोलन हुन्छ ।
दुई दिनको आन्दोलनले देशै खरानी बनायो अवको आन्दोलनले धान्न सक्छ ?
अबको आन्दोलनले सैैनिक शासन ल्याउँछ । सैनिकले कहिलेसम्म शासन गर्छ ? त्यो स्थिति आउँदैछ ।
भारतीय प्रधान सेनापति नेपालको मानार्थ सेनापति बन्ने र नेपालको प्रधान सेनापति भारतको मानार्थ सेनापति बन्ने प्रचलन छ । यसले त देशको स्वाभीमान रहँला त ?
२३ र २४ गतेको आन्दोलनका लागि पनि सहयोग माग भन्दै धरै पटक आग्रह गरेको भन्ने सुनिएको थियो नी ?
भारतीय सेनाका ३८ औ प्रमुख उपेन्द्र द्धिवेदी गोरखपुरमा आएर नेपालमा सेना पठाउनुपर्छ भनेका थिए । दोस्रो दिन २४ गते सेनाले गोली चलाएको भए हजारौं जना मारिन्थे र सेनाकै विरुद्धमा उत्रिन्थे । नेपालको सेनाले काम गर्न नसकेपछि भारतीय सेना शान्तिको नाममा नेपाल आउँथ्यो । त्यसपछि नेपालको स्थिति गाजाको जस्तो हुन्थ्यो । ओलीले अघिल्लो दिनमै राजिनामा दिनुपर्दथ्यो । ओलीकै कारण यो अवस्था सिर्जना भयो । भारतीय सेना नेपाल आएको खण्डमा चिनियाँ सेना पनि नेपाल आउँछ । किनकी अहिले चीन आफ्नो सुरक्षाप्रति ज्यादै चिन्तित छ । त्यसैले भरखरै भारतसँग व्यापार सम्झौता भएको क्षेत्र लिपुलेकमा पनि डेड दुई लाख चिनियाँ सेना तैनाथ गरिएको छ । ओलाङचुङगोला र तातोपानीलगायतका नाकाहरुमा पनि चीनले सेना तैनाथ गरिसकेको अवस्था छ । नेपालमा पनि कोहि चीन र कोहि भारत समर्थक होलान् अवस्था राम्रो देखिदैन ।
देशमा शान्ति स्थापना र राजनीतिक स्थायित्वका लागि के गर्नुपर्ला त ?
अहिले माधव नेपाल, बिप्लव र प्रचण्डलगायतका नेताहरु राजा ल्याउने लाइनमा छन् । केपी ओली बोलेका छैनन् । नेपाली कांग्रेस त राजालाई मान्ने नै छ । म राजावादी हैन, तर, देश, जनता र राष्ट्रका लागि राजा आवश्यक छ । माधव नेपालसहितले राजासँग गद्धीमा बस्नका लागि अनुरोध गरिसकेका छन् । तर, राजाले सबै राजनीतिक दलको सहमति चाहिन्छ भनेका छन् । अन्ततः सबै पार्टी मिलेर राजा राखेको खण्डमा देश पनि रहन्छ । चीन र भारत दुबैले राजालाई समर्थन गर्दछन् ।
अन्तमा केहि भन्नु छ कि ?
नेपाल राष्ट्र रहनुपर्छ । नेपालमा पाँच लाखको संख्यामा सेना भर्ना गर्नुपर्छ । अत्याधुनिक हतियार दिएर सुसज्जित बनाउनुपर्छ । अमेरिकाको कमाण्डो र चीनको लाल सेना जस्तो बनाउनुपर्दछ । सेना शक्तिशाली भएमात्रै देश रहन्छ र देश पनि बलियो हुन्छ ।

