October 7, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

दलका शिर्ष र युवा नेतासँग मेरो प्रश्न

मिठाराम पौडेल , तामाकोशी गाउँपालिका वडा नम्बर ३, जफे, दोलखा



सरकार फेरबदल नै राष्ट्रको उन्नति र प्रगतिको मूल आधार हो ? अन्यथा हामीले किन एक अर्काको विश्वास लिन वा दिन नसकेको ? हाम्रो देशमा सदियौं देखिको झै झगडा सत्ता प्राप्तीका लागि मात्रै देखियो । अहिले स्थायी सरकारको रुपमा रहेको राष्ट्रसेवक कर्मचारीहरु मिलेर सिंचाईका लागि नहर र कुलोहरु, उन्नत मल र बीउँ विजनहरु कृषक जनताका आधारभूत मागहरु हुन् । त्यसका लागि बजेटको व्यवस्था गर्ने जस्ता कार्यहरु कार्यन्वयन गर्नु पर्छ भन्ने जनताको चाहना हो । यस्ता चाहनाहरु पुरा गरेको भए देश आत्मनिर्भर भएर बाच्न सक्ने अवस्था हुन्थ्यो । जनताको प्रतिव्यक्ति आयको वृद्धि हुने थियो । समद्ध बन्ने थिए । कर्मचारी र युवा कार्यकर्ताहरु नेताका मात्रै पोल्टाका भए । नेतृत्व चाहिँ ब्यक्तिगत पोल्टाका भए । कसैको नियन्त्रणमा रहन सकेनन् । त्यसकारण बिना मियोको दाई मात्रै नभएर भाँडो भैलो नै भइदियो । अन्ततः हरेक जनताका थाप्लोमा प्रतिव्यक्ति ८० हजार भन्दा बढि ऋण भार पुग्यो । राजनीति शब्द आदर्श भए पनि त्यसको कार्यन्वयनले फोहोरी खेल बन्न पुग्यो । कार्यन्वयनका हिसावले लाजनीति बन्न पुग्यो । यसका लागि हामीले नयाँ विकल्प अप्नाउनुपर्दछ । यो नयाँ विकल्पबाट नै देशको अवस्थालाई सहजतातर्फ ल्याउनु नै राष्ट्रसुधार नीतितर्फ अटाउनु हो । अहिले हाम्रो देशमा सत्तापक्ष र प्रतिपक्ष चिन्नै सकिएन ।


यसका लागि हामीले आर्थिक क्रान्ति अप्नाएर बिकट गाउँहरुमा अवस्थित जनशक्तिको पसिना र परिश्रमले मात्रै आयआर्जन गरी आत्मनिर्भर बनाएर राष्ट्रको भकारी भनुपर्दछ । देशलाई विकसित शक्ति राष्ट्रका रुपमा रुपान्तरण गर्नुपर्दछ । कमजोर जनशक्तिले अरु बिग्रनतर्फ जान सक्छ । जस्तै सबैजनाले तरकारी खेती गरिरहेका हुन्छन् । त्यसमा कसैको कम फल्छ भने कसैको बढि । बढि फलाउन सक्नेले मुनाफा कमाएर भइरहेको घाटालाई पुर्ति गर्न सक्छ ।


यत्तिखेर हामीलाई अवसर आएको छ । त्यसैले आर्थिक उन्नतिको लागि कार्य थालनी गरिहँल्नुपर्छ । यसका लागि एक वडामा ७ देखि ८ जनासम्म विषयगत प्राविधिकहरु चाहिन्छ । ती प्राविधिकहरुले कसरी काम गर्छन् । तिनीहरुले काम गर्नका लागि कामदारको माग गर्छन् । उनीहरुले वडामा कमाण्डर र आवश्यकीय सामग्रीको माग गर्छन् । यहाँ रहेका जिम्मेवार व्यक्तिहरु जो जत्ति छौं हामीले विभिन्न मुद्दामा जेल जीवन बिताएकाहरुलाई त्यस प्रकारको काममा लगाएर कारागार नै खाली गराउँनुपर्दछ । यस्तो कार्यबाट मजदूरका माग पनि पुरा हुनसक्छ । राज्यलाई पनि भार कम हुन्छ । यसरी देशमा विदेशी ऋण लिएर खाना ख्वाएर राखिएका कैदीहरु उत्पादनशील काममा लगाएर खाली गराउनुपर्छ । यसबाट चोरी, लुटपाट, बलात्कार र गण्डागर्दी जस्ताकाममा पनि न्यूनिकरण हुँदै जान्छ । कृषि र पशुपालनमा मजदूरहरुको धेरै आवश्यकता रहन्छ । मौरी पालन, भेडा च्याङग्रा, लगायतका पशुपालन, कुुखुुरापालन, तरकारी खेती नगदेबालीहरु उत्पादन सुरुङमार्गको निर्माणलगायतका काममा धेरै मजदूरहरुको आवश्यकता पर्दछ ।


देशका सम्पूर्ण राष्ट्रबासीहरुलाई हामीले रोजगारी दिन सकिन्छ । यसरी, फलफूल उत्पादन, कपडाका लागि धागो उत्पादन, नगदेबालीहरु आलु,गहुँ जौ, कोदो, मकै , औषधिजन्य वस्तुहरु जडिबुटीहरुको उत्पादन गरी आयुर्वेदिक विज्ञहरुको व्यवस्था गरिन्छ । आफ्नै देशमा औषधि उत्पादन गर्ने कम्पनी बनाउन सकिन्छ । हामीले देशमै जे उत्पादन हुन्छ त्यहि खान र लगाउने व्यवस्था गरिएको खण्डमा मात्रै समृद्ध बनाउन सकिन्छ । त्यसो गरिएको खण्डमा मात्रै विदेशी बस्तुहरुको आयतमा भरपर्नु पर्दैन । यसरी हामीले निर्यात गर्न सकिन्छ । नकरात्मक तर्फ हामी जाँदै नजाउँ । किनकी हामीमा अथाह सम्पत्ति बाँकी नै छ ।


यी कार्यहरु गर्दा हामी छुवाछुत जस्ता जघन्य अपराधका कामहरु पनि हटेर जान्छन् । हामीसँग प्रशस्त समय छ यी कार्यहरु गरिहालौं । हाम्रो देशमा उत्पादन गर्नका लागि प्राथमिकता दिने हो भने यहाँ स्वाभाविकै रुपमा कारागारको आवश्यक्तै पर्दैन । किनकी सबै जना अभियोगीहरुलाई काम दिएको खण्डमा उनीहरु अपराधकाममा लाग्दैनन् । हामी देशको वैदेशिक र आन्तरिक दुबै ऋण तिर्न सकिन्छ ।


उल्लेखित लेख आर्थिक क्रान्तिका लागि रुपरेखाहरु नै हुन् । देशका पढेलेखेका विद्धानहरुसँग त्यसको भिजन भए तत्कालै कार्यन्वयन गर्नुहोस् । यदि छैन भने आर्थिक र सामाजिक सल्लाह र सुझावहरु पाउँ । तत्कालै कार्यन्वयन गर्न सकिन्छ । यसरी सदियौं देखिको बैमनस्यताले नेपाल र नेपालीको अस्थित्व जोगाउन सकिदैन । प्राकर्तिक शक्तिलाई नपेलौं भोलि हुने जोखिमलाई न्यूनिकरण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.