January 22, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

वनारसी शिक्षा र राजनीतिले नेपालीको प्रगति खोज्नु दिवा सपनामात्रै

मिठाराम पौडेल , तामाकोशी गाउँपालिका वडा नम्बर ३, जफे, दोलखा


हाम्रा पुर्खाले इशापूर्व देखि नै होला वनारसी शिक्षाका पाठ्यसामाग्री अध्ययन गरेका थिए । अहिले २१औ शताब्दीमा आइपुग्दा नेपालीको अवस्था अधोगति भन्दा पनि अधोगतितर्फ उन्मुख भएको छ । त्यसपछि उच्च शिक्षा हासिल गरे के त भन्दा माक्र्सवाद, लेनिनवाद, माओवाद, च्येगोवारावाद, गान्धीवादका विषयमा यिनीहरुले लेखेको कितावमा हाम्रो देशका ६ हजार ७ सय ४३ वडाका जनशक्तिलाई त्यहि वडामा यो वस्तुमा उत्पादन गर्न सकिन्छ र राष्ट्रको भकारी भरी जनशक्तिलाई आत्मनिर्भरतामा बचाउन सकिन्छ भनेर कुन कितावमा लेखेका छन् देखाउन सक्नुहुन्छ ?


त्यस प्रकारका विद्धानहरु यस राष्ट्रमा रहेनछन् । रहेछन् त उहि प्रचण्ड, नारायणमान, बाबुराम, मनमोहनलगायतका यि विद्धानहरुले कस्तो पुस्तक लेखेका छन् भने समाजवाद, सामान्तवाद, साम्राज्यवाद जस्ता विषयमा कितावहरु लेख्छन् । नारामा चाहिँ मुर्दावाद भन्ने गर्छन् । आजका युवा नेताहरुले यहि नै सिकेका छन् । भावी पुस्तालेसमेत यहि नै सिक्नेछन् । अव भन्नुहोस् देशको विकास कहिले हुने हो ? देश कहिले समृद्ध बन्छ ? आशा गर्ने ठाउँ नै रहेन । त्यसैले यस देशका कलम चलाउने लेखक, साहित्यकार, प्राध्यापक, विद्यार्थी, कलाकार र पत्रकारलगायत सबैले भावी युवा नेताहरु सबैलाई आ–आफ्नो तर्फबाट झकझकाउन ढिला भइसकेको छैन र ?


हामी निम्न वर्गका जो जति जनसमुदायहरु छौं हाम्रो मुन्टो चालिस कोदाली माटो निकालेर बनाइएको खाल्डोमा गाडिएको जस्तो भान भएको छ । किनभने हामीले प्रतिव्यक्ति ८० हजार ऋणमा टाउको गाडेका छौं । किनभने यो ऋण व्यक्तिगत नभई राज्यले हामीलाई जवर्जस्त उपहार दिएको हो । मेरो घरमा भएका ६ जना परिवारमा ८० हजारका दरले ४ लाख ८० हजार हुन्छ । यो ऋण भुक्तान गर्न भने म सक्तिन ।
किनभने म पनि ६५ वर्षको जेष्ठ नागरिक हुँ । मेरो ऋणको भार पनि मेरै छोराले व्येहोर्नु पर्ने अवस्था छ । जुन ऋण आम जनता माथि नथोपर्नका लागि केहि पनि कदम चालेको देखिदैन । छिमेकी दुई राष्ट्र विश्वका विकसित राष्ट्रको ब्यापारिक पकेट क्षेत्र नै नेपाल हो । एनजिओ आइएनजिओ, आयोजनाबाट मनग्ये कमाएर आफ्नै राष्ट्रमा नाफा कमाएर अवैद्य रुपमा लगिएको छ ।


विकसित राष्ट्रहरु आफ्नो राष्ट्रको ब्यापारिक पकेट क्षेत्र बनाएर राखिरहँन चाहन्छन् । जसका कारण राणाकालिन शासन ढालियो । पञ्चायती व्यवस्था ढालियो । दुई पटक बहुमत आएको नेपाली कांग्रेसका सरकार ढालियो, २०५१ सालमा बनेको नेकपा एमालेको सरकार ढालियो, माओवादीको नौ महिनाको सरकार ढालियो । त्यसै गरी नेकपा एमाले र माओवादी केन्द्रबाट झण्डै दुई तिहाई पुगिसकेको सरकार पनि ढालियो । यसरी १७ हजारको आहुति दिएर ल्याएको गणतान्त्रिक व्यवस्थाको घाटी निमोठ्न पनि हामी नै लागिरहेका छौं । यस राष्ट्रमा भएका कुनैपनि दलका नेता र हामी सर्वसाधारण जनताहरु किन बुझ्दैनौं ? यसरी उचाल्ने र पछार्ने गराएर आपसी कलह गराउने नेपालमा सदाबहार उथलपुथल गराएर राख्ने प्रपञ्च कसले रचिरहेको छ भनिरहँन नपर्ला ।


सदाबहार अस्थिरताको राजनीतिमा हाम्रा शिर्ष नेताहरुले किन रमाई रहेका छन् ? नयाँ विकल्प अप्नाएर स्थिरताको राजनीति गर्न किन सक्तैनन् हाम्रा नेताहरु ? हामी सारा राष्ट्रबासीहरु पर्ख र हेर भन्ने अवस्थामा छौं । सबैले भन्छन् बालेन शाह जन्मिए भनेर, उनले पनि यहि अस्थिरताको बाटोमा अघि बढेको भान परिरहेको छ । कारण उहाँले सुरुमा भन्नुभएको थियो, फोहोरलाई मोहोरमा बदल्छु भनेर । निर्वाचित भएपछि केहि दिनमा उनले कुहिने र नकुहिने फोहोर अलग अलग राख्नु भन्ने निर्देशन दिइयो । त्यसका लागि सल्लाह पनि ्िदइयो । हामी सर्वसाधाणहरु अति नै खुशी भयौं । तर, न कुहिने फोहोरबाट मल उत्पादन गरियो नत नकुहिने फोहोरबाट नै मल उत्पादन गरियो । बालेनले पनि बन्चरे डाँडामा लगेर सबैं प्रकारका फोहोर थुपारिदिए । अहिले बालेनको पनि कबाडी संघले राजिनामा मागेका छन् । यस्तै २२ नम्बर वडाका अध्यक्ष चिनकाजी श्रेष्ठ र सडक विभाग र नगरप्रमुखको टसलले सडक पिच गर्ने र उप्काउने गर्दा दशौंलाख नोक्सानी परिसकेको होला । यसरी झगडाका कारण महानगरकै ग्रिलहरु भाचियो । यसको क्षतिपुर्ति कसले ब्येहोर्ने ? त्यहाँ राखिएका पुराना वस्तुहरु पुनः प्रयोग गरिएका छन्् कि फालिएका छन् । भित्र कतै पनि प्रयोग गरिएको देखिदैन । यस्तै गराएर सारा जनतालाई ऋणी बनाएर राखिएको छ । यसरी उनी पनि जुन जोगी आए पनि कानै चिरेका भन्ने उक्तिमा मेल खाएका छन् । अव जनताले कसलाई विश्वास गर्ने ? आम राष्ट्रबासीहरु निरासमा थियौं


रास्वपाको गतिविधि देख्दा आशा गर्ने ठाउँहरु केहि थिए । उनीहरु पनि लघुवित्त र सहकारी पीडितका विषयलाई तोडमोड गर्न लोकेशन पत्ता लाग्यो भनेको पनि एक हप्ता हुनै लाग्यो, हामी जस्ता लघुवित्त पीडित सारा नेपालीहरुलाई उल्लु बनाई गृहमन्त्रालयमा टासिरहँने अधिकार कसरी प्राप्त गरे ? यसमा प्रचण्ड ओली र शेर बहादुर देउवा होइनन् ? उनीहरुमा अलिकति पनि अनुशासन, मर्यादा र इमान्दारिता र कर्तब्य निष्ठ रहेनछन् । सरकारमा रहिँरहँनुपर्ने यस्ता नेताहरुबाट भ्रष्टाचारका फाइलहरु छानविन होला ? लहरो तान्दा पहरो थर्किने अवस्था देखिन्छ । अन्य भ्रष्टाचार काण्डहरुमा ठूला नेताहरु नै छानविनमा परिरहेका छन् भनिन्छ । जडीबुटी र औषधिका नाममा पतञ्जली योगपीठलाई ंंंंंंंंंंंंडाँडा पाखा र पखेराका नाममा सबै बेचिसके भन्दा म जस्ता आम नेपालीहरु चिन्तामा परेका छन् । म अहिले वृद्ध भएको छु । किनकी आफ्नै देशमा बिक्न सकेको छैन । किनकी ६० वर्ष पुगेपछि काम गर्न सक्नुहुँदैन भन्छन् । तथापि इन्द्रिय शक्ति म भित्र भरिपूर्ण छ । पेटमा चारो हाल्नैपर्छ । म जस्तै ७०, ८०, ९० र १०० वर्षका कति होलान् ? तिनीहरु सबै बिचल्लीमा छन् । यस्तै बालबच्चाहरुको पनि बिचल्ली नै हुने देखियो । देश बेचुवा नेताहरु हो, तिमीहरु अन्न खाँदैछौं कि घाँस अन्यथा किन बिचल्लीमा पार्छौं ? सारा राष्ट्रबासीहरु सबैबाट आ(आफ्ना नेताहरुलार्ई किन प्रश्न गर्नुहुन्न ? आफ्ना जनतालाई यो बिचल्ली किन पारिरहँनुभएको छ भनेर । यहाँहरुले भन्नुप¥यो कि नेपालमा अप्रिय घट्ना घटेको खण्डमा पूर्ण जिम्मेवार तपाईहरु नै हुनुपर्छ भनेर । तपाईहरु भागेर कहाँ पो जाने हो र ? कुनैपनि दलका नेता र कार्यकर्ताहरु यहि देशमा जन्मिएका हु्न् ।
आफ्नो जन्मभूमि नै हाम्रो मुटु हो । त्यसका माया कसलाई पो हुँदैन र ? आफ्नो जनशक्ति आत्मनिर्भरतर्फ उन्मुख गराउँदै सदियौं देखि शिर्ष नेताहरु जो जत्ति छन् सबै बाह्य दवाव र प्रभावमा रहेछन् । बहुदलिय व्यवस्थाको पुनस्र्थापना पछि अझ दवाव र प्रभाव थपियो । त्यहि थेग्न नसक्नुको कारण राष्ट्रमा छरिएर रहेको सम्पत्ति भोगचलनमा ल्याउन नसकिएको हो ।


श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहबाट २२ से २४से राज्यलाई एकीकरण गरेका थिए । त्यस अभियानमा सरिक हुँदा केहि समयभित्र हजारौले रगत बगाएका थिए । जसका कारण नेपाललाई ४ जात ३६ वर्षका रुपमा चिनाएका थिए । जुन फूलबारीमा भमराले मेरो मात्रै अधिपत्य हो भनेर भन्ने गर्छ । तर, भुसुना, झिंगा, अरिंगाल, मौरी, लामखुट्टे सबैले फूलको रस चुसेका हुन्छन् । त्यसको अर्थ धर्म र जातिका विषयलाई लिएर आपसी झै झगडा नगरौं । अर्कोतर्फ २२ से २४ से राज्यका रजौटा र तिनका शाखा सन्तानहरु यहि नेपालमै छन् । मिलेर राज्य गर । यो देश दुई ढुंगाबीचको मिठो तरुल हो । कसैलाई खोस्न नदेउ भन्नुको अर्थ बाह्य व्यक्ति छिर्न नदेउ भनेर २२से २४से सबै मिलेर राष्ट्रको सुरक्षा र विकास गरी राष्ट्रघाती काम नगरौं । त्यसै अनुसार नै हाम्रा शिर्ष नेताहरुले सपथ खाएका छन् । सिचाई र गोरेटो बाटो बनाऔं । जनताको धन नै राष्ट्रको धन हो । ‘जनता धनी हुन्या नै राष्ट्र धनी हुन्या’ भन्ने महावाणीले राष्ट्रको विकास गरौं । हाम्रा देशमा ठकुरी, मगर, किरातलगायतका कतिपय जातजातीको पनि राजा रजौटाहरु थिए भन्ने पढिएको थियो । त्यसको अलवा हामीले नै सांसद जिताउँछौं, सरकार बनाउँछौं, संसदमा पनि सबै जात जातिका सांसद हुुनुहुन्छ । जनताले त जिताएर पठाउने हो । प्रधानमन्त्री, उपप्रधानमन्त्री बन्ने त केहि मापदण्ड होलान् नी ? तपाईहरु सिद्धान्तको सांसद मात्रै नबन्नुहोस् देश र जनताका नेता बन्नुहोस् । जनतालाई एक आपसमा लडाएर देशको सम्पत्ति बहलुट नबनाउनुहुोस् । परिवारका मानिसले मात्रै मत दिएर नेता बनिदैन । शिर्ष नेतृत्वहरुले भन्दै आएका अर्को दलले यत्ति जना मारे र भ्रष्टाचार गरे भन्दै खोतल्दै जाने हो भने देखिने पनि देखिन्छ । नदेखिने पनि देखिन्छ । उत्कर्षमा पुगिन्छ । देश हामी सबैले भष्मासुर हुने गरी बिगारेका छौं ।

हामी सबै एक ढिक्का भएर देश सपार्नेतर्फ लागौं ।
कसरी सुधार्ने देश ?
० राष्ट्रमा शिर्ष नेताहरु र सर्वसाधारण जो जत्ति छौं राष्ट्र सुधार नीति र सत्ता राजनीतिभित्र सबैजना अटाऔं ।


० पाँच वर्षसम्म तपाईहरुले सरकार चलाई रहँनुहोस् ।


० राष्ट्र सुधार नीतितर्फ लाग्ने जो जत्ति छौं राष्ट्रको सुधार गर्दै जान्छौं ।


० राष्ट्रसुधार गर्ने भनेको दूर्गम जिल्लाका गाउँका वडाहरुबाट सुधारको सुरु गर्ने हो ।


० प्रत्येक वडामा रहेका जनशक्तिलाई त्यहि वडाको उत्पादनले आत्मनिर्भरतामा बाच्ने आधारको पाँच वर्ष भित्रमा गरिसक्नुपर्नेछ । आदि कार्य गर्न सुरुमा एक वडाका लागि एक करोड आवश्यक पर्छ । हाम्रो राष्ट्रमा ६ हजार ७ सय ४३ वडाहरु छन् । यसमा जम्मा ६७ अर्ब ४३ करोड आवश्यक पर्दछ । राज्यबाट कति रकम जुट्छ ? अन्य स्रोतबाट कति जुटाउने प्रयास हुन्छ ।


० यसरी ३० वर्षसम्म नै राष्ट्र सुधार नीति र राजनीति गरिरहँनुपर्छ । ६ पटक रोकिएको चुनावी खर्चले प्रतिव्यक्ति ८० हजारका दरले लागेको ऋण तिर्न पुग्छ । यो कार्य तत्कालै सुरु गरौं । किनभने हाम्रा शिर्ष नेताहरु उमेरले ७० देखि माथि नै भइसक्नुभएको छ । भावी पुस्तालाई गर्ने काम यहि नै हो । भनि सकरात्मक बाटो देखाउनुका साथै देश बिगार्ने पनि यिनीहरु हुन भने देश सपार्ने पनि यिनीहरु नै हुन् । संसारका लागि यस्तो छाप छाड्नु छ । यस्ता कार्यहरु सम्पन्न गर्न सारा राष्ट्रबासी एक ढिक्का भएर मात्रै माथि उल्लेखित कार्य गर्न सकिन्छ । विदेशमा अध्यन र रोजगारीका लागि गएका सम्पूर्ण नेपालीहरुले आ(आफ्नो तर्फबाट यहाँका शिर्ष नेताहरुलाई झकझकाएर नेपाल र नेपालीको अस्तित्व उच्च स्थानमा राख्ने गरी काम गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.