पदका पुलिन्दा र आश्वासन बाडिनु एमालेपन र प्रवृत्ति होइन

अध्यक्ष ओलीसहितका नेताहरु
काभ्रेको धुलिखेलमा ओलीको सनसनीपूर्ण त्यो सम्बोधन
वैशाख २८ गते नेकपा एमाले काभे्र जिल्ला अधिवेशनलाई अध्यक्ष ओलीले सम्बोधन गरेपछि विषयले खुबै चर्चा पायो । प्रधानमन्त्री हुँदा नजिकको विश्वासिलो बनाएर सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारको प्रवक्तासमेत बनाएका गोकुल बास्कोटालाई ओलीलेसँगै मञ्चमा राखेर कार्यकर्तालाई दास जस्तो सम्झेको, जिल्लामा गुटबन्दी गरेको, प्रतिनिधि छनौटमा धाधली गरेकोलगायतका थुप्रै आरोप लगाएर हायल कायल नै गरे । । कुनै समय एमालेका अध्यक्ष ओलीका दाहिने हात माएका भक्तपुरका महेश बस्नेत, खोटाङका विशाल भट्टराई, मोरङका भानुभक्त ढकाल, प्युठानका सूर्य थापा, काभ्रेका गोकुल बास्कोटा, भोजपुरका शेरधन राई, झापाका अग्नी खरेल र दुर्गा प्रसाईहरु अहिले कोहि जानी दुस्मन त कोहि सास्कृतिक विचलन साथै जनताबाटै तिरस्कृत भएका कारण अध्यक्ष ओलीकै बदनाम गरेकाले अहिले एक पछि अर्को गर्दै गलहत्तिमा पर्दैछन् । काभ्रे जिल्लाको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा सोचे जस्तो चुनावी परिणाम नआउनुमा आन्तरिक गुटबन्दी नै भएको भन्दै उनले मञ्चबाटै असन्तुष्टि जाहेर गरे । प्रस्तुत छ केपी शर्मा ओलीको सनसनीपूर्ण त्यो सम्बोधनः
हामीले मिसन २०८४ भनेपछि अहिले केहि पार्टीहरुले पनि मिशन २०८४ भन्ने गरेका छन् । अन्य पार्टीले भन्ने मिशन २०८४ र नेकपा एमालेले भन्ने गरेको मिशन २०८४ बिल्कुलै फरक विषय हो । अन्य पार्टीका मिशन ०८४ देश बनाउन व्यवधान गर्नुसँग सम्बन्ध छ । नेकपा एमालेको मिशन ०८४ भनेको राष्ट्रिय शक्तिलाई विकास गरेर देशलाई प्रगति र सुशासनको बाटोमा अघि बढाएर समृद्ध नेपाल सुखि नेपाली बनाउनु नै हो । यस मिशनलाई सफल पार्नका लागि नेकपा एमालेले सर्वत्र बहुमत हासिल गर्न जरुरी छ । नेकपा एमालेले आफु बलियो बन्न, सरकारमा पुग्न होइन देश निर्माणका लागि मिशन ०८४ भनेको हो । देश बनाउनका लागि तिनै तहका सरकारमा एमालेको बहुमत हुनुपर्दछ । तबमात्र तालमेलका साथ विकास सम्भव छ । हामीसँग कसैको प्रतिस्पर्धा छैन । अन्य पार्टीहरु स्वार्थका लागि राजनीति गरिरहेका छन् । त्यसैले नै नेकपा एमाले शान्ति र सुशासनका लागि मरिमेटेर अघि बढिरहेको छ ।
हामी देशलाई औधोगिकिकरण, बजारीकरण गरी अघि बढाउने छौं । देशलाई आधुनिक र व्यवसायिकतातर्फ लैजानुपर्ने आवश्यकता छ । त्यसकारण यस्ता कार्यक्रमहरु अघि बढाउन नेकपा एमाले बाहेक अन्य पार्टीहरु छैनन् । हामीले निर्वाचन जित्नका लागि पार्टीले बलियो आधार तयार गर्नुपर्दछ । हाम्रो पार्टीको सहि विचार र दृष्टिकोण छ । त्यसको आधारमा जहाँ नेपाली जनता छन् त्यहाँ नेकपा एमाले छ । देश भित्र मात्रै नभएर देश बाहिर पनि । किनकी यो जनताको पार्टी हो ।
जनताको मन मनमा नेकपा एमाले छ तर, निर्वाचनमा किन विजयी हुन सकिरहेको छैन ? यसका दुई वटा कारणहरु छन् ःपहिलो कुरा हाम्रा विरोधीहरुले हामी माथि असाधारण ढंगले हमला गरेँ । देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा रहेर नेकपा एमालेलाई घेराबन्दी गरेँ । नेतृत्वलाई खुइल्याउन र विस्थापित गर्न, नीति र विचारहरु सहि छैनन् भनेर देखाउन अनेक प्रयासहरु गरिए । दोसो कुरा उनीहरु नेकपा एमालेलाई विभाजन गर्न लागे । जसरी पनि विभाजन गराई छाडे । त्यो विभाजन यत्तिकै भएको पनि होइन । पार्टीमा भएका वैचारिक मतभेदका कारण भएको पनि होइन । त्यसमा कुनै ब्यक्तिक मतभेदका कारण पनि त्यसो भएको होइन । तर, पनि नेकपा एमालेलाई सरकारबाट हटाउने, पार्टीलाई नै ध्वस्त पार्ने काम गलत मनसायबाट गरिएका थिए । नेकपा एमालेलाई सिध्याउने गतिविधि र कामहरु असफल पारियो । अहिले सुदृढ संगठन स्पष्ट विचारबाट नेकपा एमाले अघि बढेको छ ।
पार्टी भित्रैबाट पार्टीलाई सिध्याउने प्रयास असफल बनायौं । उनीहरुको उद्देश्य पार्टीलाई फुटाउनु मात्रै थिएन । नेकपा एमालेलाई ध्वस्त बनाउनु पनि थियो । तथापि ध्वस्त भएन मजबुत शक्तिको रुपमा उदायो । तर, हामीले उनीहरुले फिजाएका अनेक प्रकारका भ्रमहरु, अन्यौलका तुवालोहरु, सरकार ढाल्नका लागि गरिएका प्रपञ्चहरुले हाम्रो पार्टिमा अन्यौल छायो । त्यस प्रकारका कुराहरुले हाम्रो सफलतामा धक्का पु¥याएको थियो । अहिले हामीले केहि सम्हालीसकेका छौं । सुदृढ संगठन, अनुशासित र एकतावद्ध भएर गन्तब्यतर्फ अघि बढेका छौं । हामीलाई अहिले कसैले पनि पराजित गर्न सक्ने अवस्था छैन ।
भरखरै सम्पन्न उपनिर्वाचनको परिणामले देखाएको छ । हामीले इलाममा विजयी हासिल गरेका छौं । त्यहाँ पहिले पनि जितेका थियौं । तर, बझाङमा हारेको ठाउँमा पनि जितेका छौं । बझाङमा हामीसँग कोहि पनि मिलेको थिएन । इलाममा चाहिँ माओवादी पार्टीले पनि साथ दिएको थियो । तर, पनि त्यहि भोटले मात्रै जितेको होइन । एमाले सिद्धियो भन्ने हल्ला चलाएका छन् । हामीले देश ब्यापि रुपमा सभा गरेका थियौं । एउटा सभा काभ्रेमा पनि भएको थियो । २०७९ भदौमा पार्टी विभाजन भयो हामी आश्विनमा गोदावारीको सनराइज हलमा विधान महाधिवेशन गरायौं । त्यसपछि हामीले महाधिवेशन गरायौं । त्यो समयमा विशाल मानवसागर नै जम्मा भयो । त्यसपछि हामीले देशका बिभिन्न ठाउँहरुमा ठूला आमसभा ग¥यौं । काठमाडौंमा पनि एउटा सभा गरेका थियौं । त्यसबाट नेकपा एमाले सिद्धिएको छैन र फेरी अघि बढ्छ भन्ने सन्देश दियौं ।
हामीले झुलाघाट चिवाभञ्ज्याङ यात्रा ग¥यौं त्यसमा पनि लाखौं जनाको सहभागिता भयो । मजदूर, किसान, साहित्यकार, चित्रकार, कलाकार, शिक्षक, विद्यार्थी, पत्रकारदेखि बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु सहभागि भएर झुलाघाट चिवा भन्ज्याङ यात्रा सम्पन्न गरियो । नेकपा एमाले सिद्धियो लोकतन्त्रप्रति जनताको विश्वास टुट्यो, प्रतिगमन चाहियो र लानुपर्दछ भन्ने तत्वहरु निस्किए । यस्ता खाले तत्वलाई यो झुलाघाट देखि चिवाभन्ज्याङ यात्राले जवाफ दियो । अराजकता चाहियो भन्नेलाई पनि जवाफ दियो ।
अव स्थानीय तहको निर्वाचन आउन झण्डै तीन वर्ष बाँकी छ । संघ र प्रार्देशिक सभाका लागि पनि झण्डै तीन वर्ष नै समय बाँकी छ । यो समयमा मिशन ०८४का लागि हामीले सम्पूर्ण तयारी गर्नुपर्नेछ । त्यसकारण पनि जिल्ला अधिवेशनका लागि यहि नेतृत्वले तयारी गर्नुपर्छ ।
बिभिन्न जिल्लाहरुमा उठाउन मन लागेका भन्दै १० जनालाई वडाध्यक्ष पद बाडिएका छन् । पालिकामा एउटा अध्यक्षको ठाउँमा दशौं जनालाई पद बाडिएको छ । सांसद र मन्त्री पद पनि बाडिएको छ । यस्ता खालका आश्वासनका पुलिन्दा नै बाडिनु एमाले पन र प्रवृत्ति होइन । अहिले नेकपा एमाले भित्र गुट बनाउने पक्ष विपक्ष बनाउने काम नेकपा एमालेको होइन । अहिले पार्टीमा एकतावद्ध बनाउने हो । हामीलाई कसैले हराउन सक्तैन तर, पार्टीभित्रको अनेकताले नै हराउन सक्छ । हामी कहाँ लोकतान्त्रिक अभ्यास, प्रतिपर्धा गर्नुपर्छ भनिन्छ । पार्टीभित्रको संघर्ष भन्ने कुरा गलत हो । पार्टीभित्र छलफल, विचार विमर्श हुनुपर्छ । पार्टीका नीतिहरु बुझ्ने हो, संघर्ष गर्ने होइन । जव प्रतिस्पर्धाका मैदानमा उत्रिनुपर्छ त्यसपछि आन्तरिक प्रतिस्पर्धाका कारण कमजोर बनिसकेका हुन्छौं । खेलाडीहरु धेरै ब्यायाम नगर्नुहोस् थाकेर रिङभित्र पस्ने बेलामा थुचुक्क बस्नुहोला । हामीले प्रतिस्पर्धा त बिपक्षी पार्टीहरुसँग गर्ने हो । समृद्ध नेपाल र सुखि नेपाली बन्न दिन्न भन्ने विषयमा प्रतिस्पर्धा हुनुुहँुदैन । लोकतान्त्रिक अभ्यास भन्दै एउटा नेताले एक जना, अर्कोले अर्को एक जना गर्दै बाडेर लोकतान्त्रिक अभ्यास भनिन्छ त्यो ठीक होइन । बलजफती जिताएर भेडा जस्तै बनाईन्छ । साढे जुधाए जस्तै गरी जुधाएर लोकतान्त्रिक पद्दति भनिन्छ ।
जब संगठनमा रथ तान्दा जस्तै गरी आधाले एकातर्फ तान्ने र अर्को आधाले अर्कोतर्फ तान्दा अवस्था के होला ? एकजनाले मिशन ०८४ यता भन्ने अर्कोले उता भन्दा अवस्था के होला ? मिशन ०८४ भनेर एकैतिर तान्नुहोस् । चुनावै भएको खण्डमा नेताहरु तल नओलिनुहोस् ।
सातौ महाधिवेशनमा माधव नेपालहरुले गरेको दादागिरी देखेर चितवनका पुराना कमरेड देवेन्द्र घिमिरेले त्यति बेलाको जनवादलाई उहाँले ‘राता आँखे जनवाद’ भन्नुभयो । राता आँखा देखाएर कार्यकर्तालाई तर्साउने नगर्नुहोस् । जनवादको अभ्यास गर्नुहोस् राता आँखे जनवाद होइन, प्रतिस्पर्धा गराउने हो भने नेताहरु मैदानमा नउत्रिनुहोस् । मैदान छाडिदिनुहोस् । छानिएका प्रतिनिनिधिहरुले बुद्धि पु¥याएर मत दिनेछन् । तपाईहरु सकेसम्म सहमति नै गर्नुहोस् । सहमति नै सर्वोत्तम डेमोक्रेसी हो । कुनै हालतमा प्यानल नबनाउनुहोस् । पक्ष बिपक्षको प्यानल नबनाउनुहोस् । अर्काले उठाउने र बसाउने गरी काम नगर्नुहोस् । प्रतिस्पर्धा भए पनि स्वास्थ्य होस् । मिशन ०८४ मा जाँदा नेकपा एमालेको कार्यकर्ता भन्ने कुरा अनुहार हेरेर नै थाह होस् । उज्यालो झल्कियोस् । जनतासँगको आत्मियता, मर्यादा, शिष्टता देखेर नै एमाले रहेछ भन्ने जनताले चिन्न सकुन आइडी कार्ड देखाउन नपरोस् ।
जनताहरु शालिनता र विनम्रताले नै आकर्षित होउन । धम्क्याएर, पिटेर आफ्नो बन्न सक्तैन । २०४८ साल देखि २०५१ सालको तीन वर्षको अवधिमा नेपाली कांग्रेसले १२२ जनाको हत्या गरेको थियो । जुन शासन कायम राखिरहँनका लागि थियो । तर, शासन कायम भएन । त्यसपछिको निर्वाचनमा नेकपा एमाले ठूलो पार्टी बन्यो । मान्छेलाई मन र मष्तिस्क ब्यवहारले जित्ने हो ।
काटेर, कुटेर, गोली हानेर मारेर हुँदैन । यदि बर्गिय शत्रु छ भने जसरी पनि मर्दैन । निर्दोष जनता र बर्गिय साथीहरुका वीचमा जाँदा अत्यन्तै विनम्रता र शालिनताका साथ जानुपर्दछ । निहुरिएर शालिन हुँदैमा कसैको उचाई घटेको मलाई थाह छैन । निर्वाचनका बेला चाहिँ भूई छुने गरी नमस्कार गर्ने, निर्वाचन सिद्धिएपछि पापै लाग्ला जस्तो गर्ने यो तरिका ठीक होइन । नेकपा एमालेका कार्यकर्ताहरु सधै शालिन, सधै विनम्र हुनुपर्दछ । योजनावद्ध ढंगले काम गर्नुपर्दछ । जिल्लाको नेतृत्व गर्ने मानिसलाई सबै जनाले चिन्छन् । भोट माग्नु पनि पर्दैन । चुनावपछि यो पक्षको वा त्यो पक्षको भन्ने होइन, हार्ने र जित्नेले प्रतिनिधिको अगाडि एक भएर अगाडि बढेका छौं भन्ने देखाउनुपर्दछ । अस्वस्थ्यता नहोस् ।
नेकपा एमालेका नेताहरुका विरुद्धमा ग्राइण्ड डिजाइन छ । मिडियाको घेराबन्दी नै छ । ३ हजार करोड रुपैया कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको लगानी छ भनेर एउटा हुचिल करायो । केहि प्रायोजित मिडियाले कराए । त्यसपछि अन्तर्राष्ट्रिय मिडियाले यसलाई प्रचार गरे । त्यस समयका सरकारलाई मैले भने तिमीहरु गएर त्यो पैसा ल्याउन । त्यसपछि चुपचाप लागेँ । यस्ता कुराहरुको पछाडि कुनै भ्रम पालेर नलाग्न नेकपा एमालेका कार्यकर्तालाई अनुरोध गर्दछु । हाम्रो नेतृत्व देश बनाउन हिडेको हो । नाती नातिना र छोरा छोरीलाई पोस्नका लागि हिडेको होइन । हामी देश बनाउने संकल्पमा छौं । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने मिसनमा हामी लाग्नुपर्छ । तब मात्रै हामीहरु आँखा जुधाएर लड्न सक्छौं ।
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्दछ । राजनीति छनौटको विषय हो । एमालेभित्र रहेर एमालेकै नेताहरुलाई खुइल्याउने होइन । वामपन्थी एकता चाहिन्छ भनेर हामीले ५७ वटा पार्टी मिलाएका थियौं यहि पार्टीमा लागेर खाएर अगाएका किर्नाहरु खसेर गए । किर्ना अगाएपछि भैसीको पिठ्युबाट खस्छ । एक अर्काको प्रशंसा गर्न सिक्नुहोस् ।