राष्ट्रसेवा र कर्तब्य पालनामा तल्लीन हुँदा वृति विकासको बाटो छायाँमा पर्यो
वि.स. २०२२ साल पौष २१ गते तनहुँको साविक किहु ७ , हालको भिमाद नगरपालिका १, वोमामा जन्मेर हाल कावासोती नगरपालिका २ पूर्वी नवलपरासीमा बसोबास गर्नुहुने विजयराज पौडेलको सार्वजनिक जीवन फुटकर कथा संग्रह जस्तो रहेछ, झण्डै तीन दशक सार्वजनिक सेवा क्षेत्रमा बिताउनु भएका पौडेलले वि.स.२०४० सालमा तनहुँमा मलेरिया फिल्ड वर्करका रुपमा एक वर्ष सेवा गर्नु भएको; २०४३ सालमा पोखरा औद्योगिक क्षेत्रको विजय साबुन उद्योगमा १८ महिना स्टोर किपरको रूपमा, २०४६ देखि २०४८ सालसम्म दुई वर्ष महेन्द्रोदय निम्न माध्यामिक विद्यालय, भुलभुले तराञ्चे लम्जुङमा निमाबीमा स्थायी शिक्षक, २०४८ देखि २०५३ सम्म चितवन र काठमाडौंमा कानून व्यवसायी, २०५३ पौष देखि २०८० पौष सम्म निजामति सेवामा शाखा अधिकृत देखि बिभिन्न पदमा (प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला समन्वय अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ अध्यागमन अधिकृत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय प्रमुख नेपालगञ्ज) रहि सार्वजनिक सेवा गर्नुभयो । सहसचिवको मुखमै पुगेर हाल सेवा निवृत पश्चात पुनः कानून व्यवसायीका रुपमा सक्रिय जीवन बिताईरहँनुभएकोे छ । वहाँ नेपाली लोकसंगीत कला प्रेमी पनि हुनु हुन्छ । हालै १६औं अखिल नेपाल कानून व्यवसायी सम्मेलनको अवसरमा उहाँका सार्वजनिक जीवन सम्बन्धमा गरिएको विशेष वार्ताः
० तपाई लामो समय प्रशासनिक क्षेत्रमा सक्रिय भई हाल कानून व्यवसायमा संलग्न हुनुहुन्छ, कस्तो अनुभव भईरहेको छ ?
सेवा त अहिले पनि सेवामै छु, स्वरूप मात्र परिवर्तन भएको हो, अवकास पश्चात पुनः आफ्नै मातृपेसा (कानूनी पेसा) मा संलग्न हुँदा मलाई सन्तुष्टी नै मिलेको छ । जीवनका बिभिन्न कालखण्डमा हासिल गरेका ज्ञान र अनुभवलाई मिश्रण गरेर कानून व्यवसाय पेसालाई अगाडि बढाउने जमर्को गरिरहेको छु ।
० तपाई लामो समय नेपालको प्रशासनिक क्षेत्रमा प्रशासक भई बिताउनु भयो । सार्वजनिक प्रशासनमा तपाईले गरेको सेवाका विषयमा बताईदिनुहोस् न ?
म मलेरिया फिल्ड वर्कर, स्टोर किपर, स्थायी निमावि शिक्षक, कानुन व्यवसायी हुँदै २७ वर्ष निजामती सेवामा रहिँ सेवा गरेको हुँ । यसलाई मैले आफ्नो अहोभाग्य सम्झेको छु । मलाई लागेको छ कि मैले कर्तव्य पालनाको सिलसिलामा गर्नुपर्ने कतिपय कार्यहरू गर्न नसकिएको पनि हुन सक्छ तथापि आफुले गरेको सेवा प्रति म पूर्णतः सन्तुष्ट छु ।
० लामो समय सेवा त गर्नुभयो ति मध्ये तपाईलाई मूख्य रुपमा कुन कुन कार्यलाई सम्झिदा गर्व महुसुस गर्नु हुन्छ ?
सेवा अवधिमा भएका सबै भूमिका र कार्यहरु एउटा राष्ट्रसेवकले पालना गरेका नियमित कार्य हुन्, मैले आफ्नो कर्तव्य पालना गरेको विषय लाई यसो गरे उसो गरे भन्नु त्यति उचित होइन । तैपनि खास खास कार्य र भूमिकाको विशेष याद हुने रहेछ । जस्तै मुलुकमा सशस्त्र द्वन्द चलेको बेला गृहमन्त्रालयमा रहन बस्न खासै कोही अनिच्छुक रहेको बेला २०५८ सालमा गृहमन्त्रालयमा प्रवेश गरी मुलुक बिरामी परेको बेला, गृह प्रशासनलाई चुनौती थपिएको बेला जाजरकोट र इलाममा पमुख जिल्ला अधिकारीको भूमिकामा रही २४ महिना कुशलतापूर्वक शान्ति सुरक्षाको नेतृत्व गरेको क्षण, २०७६÷०७७ मा भएको कोभिड १९ संकटकालको अवधिमा पनि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहिँ अर्घाखाँची जिल्लामा कोभिड १९ रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि २४सै घण्टा सक्रिय रहिँ कार्य गरेको क्षण र सोहि आर्थिक वर्षको श्रीमान गृहसचिवज्यू सँग भएको कार्यसम्पादन मुल्यांकनमा ७७ जिल्ला प्रशासन कार्यालय मध्ये मेरो नेतृत्वको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची सहित तीन जिल्ला संयुक्त रुपमा प्रथम स्थान प्राप्त गरेको क्षण, २०७२ सालको संविधानले मात्रै छुट्टै जिल्ला भनि उल्लेख गरेको तर व्यवहारमा छुट्टै जिल्लाको रुप धारण गर्न नसकेको नवलपरासी बसुपु जिल्ला (नेपालको कान्छो जिल्ला) मा प्रथम साविक स्थानीय विकास अधिकारी पछि परिवर्तित पद जिल्ला समन्वय अधिकारिको रुपमा खटिई आफ्नै पहलमा छुट्टै जिल्लाको स्थापना र सरकारी कार्यालयहरुको व्यवस्थापन गरेको भूमिका, वि.स.२०५६ सालको संसदीय निर्वाचनमा गोरखा धुवाकोटमा खटाएको मतदान अधिकृत जान नसक्ने भै अपर्झट रूपमा मलाई काठमाडौ बाट सो स्थानमा खटाइएको र सफलतापूर्वक मतदान सम्पन्न गरेको भूमिका, ०७४ को स्थानीय तह निर्वाचनमा मुगुको मुगाम कार्वारोङ गाउँपालिकामा नियुक्त गरेको निर्वाचन अधिकृतले निर्वाचन गराउन जान इन्कारी गरेको कारण इमर्जेन्सी रूपमा निर्वाचन आयोगले मलाई खटाएको र बाँदरले मान्छेले हानेको ढुङ्गा छले झै माथि भीरबाट निरन्तर झर्दै गरेको ढुङ्गा छल्दै दस् घन्टा पैदल विकट बाटो हिड्दै पुगेर निर्वाचन सम्पन्न गरी फर्केको भूमिका, र दोस्रो कोभिड महासंकट मा रुपन्देही जिल्लामा हुँदा नौं जिल्लामा रहेका विभिन्न अस्पतालहरूमा अक्सिजन ग्यास सिलिन्डर व्यवस्थापनको जिम्मा प्राप्त भै लगातार ४५ दिन रातभर जिल्ला प्रशासनको गेटमा बसि कुपन व्यवस्थापन गरी बिरामीको प्राण बचाउन निर्वाह गरेको भूमिका प्रति छुट्टै खुसी र गौरव अनुभूत गरेको छु ।
० तपाईको सार्वजनिक सेवा अवधिमा अति पीडा र दुःख कष्ट ब्येहोरेका घट्नाहरु पनि छन् कि ?
दुःख र पीडाका घट्ना धेरै होलान्, प्रतिनिधि घट्नाका रुपमा मात्रै यहाँ केहीउल्लेख गर्न चाहन्छु । म निमाबिको शिक्षक रहँदा विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको क्रममा लम्जुङको बाह्रपोखरीमा जुन ठाउँ घनघोर जङ्गलको बीचमा रहेछ, चारैतिर छ घण्टाको पैदल दूरीमा कुनै मानव बस्ती नरहेको स्थानमा राती बास बस्ने क्रममा अकस्मात बीमार परी सात क्लास पढ्ने वीर बहादुर परियार नामको विद्यार्थी आफ्नै काखमा दुःखद् देहावसन भएको घट्नाले अझै पनि मलाई झस्काई रहन्छ । २०५६ सालमा गोरखामा मनदान अधिकृत भई चुनाव गराउँन जाँदा चुनाव हुनुभन्दा अघिल्लो दिन राति सुरक्षा इन्चार्जको सुझाब अनुसार सुरक्षाको हिसाबले अलि सुरक्षित उच्च स्थानमा रहेको बारीको कुनामा (छेउबाट हलो जोत्दै जादा घाचमा बनेको हलोको डोब) माछा सरह लम्पसार परी ननिदाई सुतेर रात बिताई भोलिपल्ट चुनाव सम्पन्न गरेको घटना याद आइरहन्छ । यसै गरी २०५९ सालमा जाजरकोटमा सद्भावना टोलीको नेतृत्व गर्दै घुम्ति सेवा सञ्चालन गर्दै हिडेको तेस्रो दिनमा सशत्र बिद्रोही पक्ष र सरकारी पक्षबीच मुडभेड हुँदा ज्यान बचाउन भनि चार घण्टासम्म भैसीको गोठमा लुकेर बसेको दुःखदायी घट्ना अझै पनि सम्झिरहँन्छु । यस्तैगरी २०६२ सालमा इलाममा सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेको तर म आफु काम विशेषले काठमाडौं आएको बखत जिल्ला सदरमुकाममा दोहोरो भिडन्त हुँदा चियाबारीको बीचमा रहेको सहायक प्रजिअको निवासमा रहेका श्रीमती र पाँच वर्षिय छोरी रातभर पलङमुनि लुकेर सुरक्षित रहेको घटनामा ( जबकि गो कोठाभरि गोली यत्रतत्र छरिएका थिए) आफू त्यहाँ नरहेपनि जीवनको कहालीलाग्दो घटनाको रूपमा स्मरण गरेको छु ।
० तपाईले नेपालको सार्वजनिक प्रशासनलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
नेपालको सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्न २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको कार्यकालमा निजामती सेवा ऐन २०१३ जारी भएपछि सार्वजनिक प्रशासनको क्षेत्रमा व्यवस्थित सुरुवात भएको हो, निजामती सेवा ऐन लाई सार्वजनिक क्षेत्रको छाता ऐनको रूपमा चिनिन्छ । सार्वजनिक क्षेत्रका अन्य ऐन नियमहरू पनि तर्जुमा गरिएका छन्। समष्टिमा सार्वजनिक प्रशासन व्यवस्थापन गर्ने ऐन नियमहरु नेपालमा सुन्दर र सबल नै देखिन्छन् । तर कानुनहरु जति सुन्दर छन्,कार्यान्वयन पक्षमा त्यति सुन्दरता भने देखिंदैन। नेपालमा राष्ट्रसेवकहरु योग्य, सक्षम र काबिल नै रहेको अवस्था हो, संगठन संरचना पनि मजबूत नै छन्, यसरी कानुन, जनशक्ति, सङ्गठन सशक्त हुँदाहुँदै पनि सार्वजनिक प्रशासन आमजनताले अपेक्षा गरेजस्तो हुन नसकेको र बिभिन्न चोटिला आलोचनाहरु खेप्न परेको अवस्था छ ।
० सार्वजनिक सेवा सक्षम र व्यवसायिक हुन नसक्नुको कारण के हो ? अडातन्त्र प्रणाली एक उपप्रणाली हो । यो मूल प्रणाली राजनीतिक प्रणाली बाट निर्देशित हुन्छ । कुनैपनि प्रसासनयन्त्र उक्त मुलुकको सरकार भन्दा राम्रो हुन सक्दैन। नेपालमा राजनीतिक अभ्यास, प्रणाली, संस्कार, मनोवृति स्वयं परिष्कृत नहेकोले यसको प्रतिकुल प्रभाव प्रशासनयन्त्रमा परेको हो । दोस्रो कारण प्रशासनयन्त्रलाई परिचालन गर्ने राजनीतिक शैली पनि राजनीतिमैत्री मात्र देखियो, प्रसासनमैत्री हुन सकेन। तेस्रोकारण प्रशासनयन्त्र भित्रका उच्च र मुख्य भूमिकामा रहेका केहि कर्मचारीको निहित स्वार्थ स्वएम पनि प्रशासन यन्त्र सवल र व्यवसायिक हुन नसक्नुको कारण बनेको छ ।
अव न्यायका क्षेत्रमा प्रवेश गरौं । भरखरै मात्रै कानून सम्मेलन सम्पन्न भएको छ । सम्मेलन कस्तो रह्यो ? उपलब्धि के के भए ? दशौं हजार हाराहारीमा रहेका देसभरका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसन हों । उक्त संस्थाको अगुवायीमा १६औं अखिल नेपाल कानून व्यवसायी सम्मेलन भर्खर मात्र सम्पन्न भएको छ । न्याय क्षेत्रमा रहेका यथार्थ स्थिति,विकृति र विसंगतिबारे ब्यापक रुपमा विश्लेषण र छलफल भई सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेको छ । हामीले आशा गरेका छौं कि यो घोषणपत्र साविककै जस्तो औपचारिक र कर्मकाण्डी मात्र नभएर साच्चिकै कार्यन्वयनमा जानेछ । नेपाल बार, देशभरका अन्य बार इकाईहरु र समस्त कानुन व्यवसायीहरु यसैतर्फ लक्षित छौं ।
० सार्वजनिक सेवा सक्षम र व्यवसायिक हुन नसक्नुको कारण के हो ?
अड्डातन्त्र प्रणाली एक उपप्रणाली हो । यो मूल प्रणाली राजनीतिक प्रणाली बाट निर्देशित हुन्छ । कुनैपनि प्रसासनयन्त्र उक्त मुलुकको सरकार भन्दा राम्रो हुन सक्दैन। नेपालमा राजनीतिक अभ्यास, प्रणाली, संस्कार, मनोवृति स्वयं परिष्कृत नहेकोले यसको प्रतिकुल प्रभाव प्रशासनयन्त्रमा परेको हो । दोस्रो कारण प्रशासनयन्त्रलाई परिचालन गर्ने राजनीतिक शैली पनि राजनीतिमैत्री मात्र देखियो, प्रसासनमैत्री हुन सकेन। तेस्रोकारण प्रशासनयन्त्र भित्रका उच्च र मुख्य भूमिकामा रहेका केहि कर्मचारीको निहित स्वार्थ स्वएम पनि प्रसासन यन्त्र सवल र व्यवसायिक हुन नसक्नु को कारण बनेको छ।
0 अव न्यायका क्षेत्रमा प्रवेश गरौं । भरखरै मात्रै कानून सम्मेलन सम्पन्न भएको छ । सम्मेलन कस्तो रह्यो ?
उपलब्धि के के भए ? दशौं हजार हाराहारीमा रहेका देशभरका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसन हों । उक्त संस्थाको अगुवायीमा १६औं अखिल नेपाल कानून व्यवसायी सम्मेलन भर्खर मात्र सम्पन्न भएको छ । न्याय क्षेत्रमा रहेका यथार्थ स्थिति, विकृति र विसंगतिबारे ब्यापक रुपमा विश्लेषण र छलफल भई सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेको छ । हामीले आशा गरेका छौं कि यो घोषणपत्र साविककै जस्तो औपचारिक र कर्मकाण्डी मात्र नभएर साच्चिकै कार्यन्वयनमा जानेछ । नेपाल बार, देशभरका अन्य बार इकाईहरु र समस्त कानुन व्यवसायीहरु यसैतर्फ लक्षित छौं ।
० न्यायलयमा विकृति र विसंगति अन्त्यका लागि तत्कालिन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको प्रतिवेदनले दिएको सुझाव कुन रुपमा कार्यन्वयन भएको छ ?
उक्त प्रतिवेदनमा पेश गरिएका सुझावहरु केहि मात्रमा कार्यन्वयन भइसकेको अवस्था छ । गोला प्रथा सुरुवात, स्वचालित पेशी प्रणाली यसका उदाहरणहरु हुन् । अन्य सुझावहरु पूर्ण रुपमा कार्यन्वयनका लागि नेपाल बार एशोसियसनले नियमित पहल गरिरहेको अवस्था छ । यस पालिको सम्मेलनमा पनि उक्त प्रतिवेदन पूर्ण रुपमा कार्यन्वयन गराउन जोडदार रुपमा विषय उठान भएको छ । काठमाडौं घोषणपत्रमा पनि यो विषय परेको छ । आशा गरौं सम्बन्धित पक्षबाट प्रतिवेदन कार्यन्वयन गराउनमा संवेदनशील भई ध्यान दिइनेछ । यसमा हाम्रो प्रयास निरन्तर रहिरहँनेछ ।
० तपाईले नेपालको न्याय प्रणालीलाई कसरी हेर्नुभएको छ ?
नेपालको न्याय प्रणालीलाई संविधानबाट नै सुदृढ, स्वतन्त्र र निष्पक्ष अंगको रुपमा स्वीकार र व्यवस्थित गरिएको छ । ऐन र नियमहरु कार्यविधिले समेत यसलाई सबल बनाइएको छ । संसारिक रुपमा भन्नुपर्दा नेपालको न्यायप्रणालीका बारेमा सुन्दर कल्पना गरिएको छ । तथापि अझैपनि न्याय क्षेत्रको अभ्यास बारे सुधार गरिनुपर्ने धारणा आम जनमानसमा रहेको पाइन्छ ।
० नेपालको न्याय प्रणाली आम मानिसहरुको पहुँचमा छैन भनिन्छ नि ?
न्याय प्रणालीलाई आम मानिसहरुको पहुँचमा राख्नकै लागि नै बिभिन्न ऐन, कानून र कार्यविधिहरु तर्जुमा गरिएका छन् । संरचना पक्ष पनि सोहि अनुसार व्यवस्थित छन् । तैपनि आशा र अपेक्षा अनुरुप हुन नसकेको हुन सक्छ । यसलाई समय सँगसगै परिमार्जित गर्दै लगे जनताको आशा र भरोसालाई छुन सक्नेछ भन्नेमा विश्वस्त छु ।
।
० अहिले निर्वाचन प्रणाली र शासकीय स्वरुपकै कारण एउटै दलले बहुमत प्राप्त नसक्ने अवस्थाका कारण सरकार अस्थिर बनिरहँने अवस्था छ । संविधानको संशोधनका विषयमा तपाईको के धारणा छ ?
कुनैपनि मुलूकको कुनैपनि शासकीय स्वरुप तथा निर्वाचन प्रणाली स्वयंमा असल र खराव भन्ने हुँदैन । कार्यन्वयन कसरी गरियो, मूल र अहम विषय यो हो । जहाँसम्म संविधान संशोधनको प्रसंग छ, समय अनुकूल संविधान पनि संशोधन हुँदै जानुपर्ने विषय हो । हाम्रो संविधानको हकमा राय, तर्क र विचार त बिभिन्न कोणबाट,बिभिन्न तप्काबाट आइरहँने हुन्छ । गणतन्त्रमा समानुपातिक निर्वाचन प्रणालीलाई अतिशयोक्ति मान्नु त हुँदैन तर, सरकार निर्माण र स्थायित्वमा यसले प्रतिकूल असर पारेको तथ्यलाई भने स्वीकार गर्नैपर्छ । अतः समानुपातिक संख्या घटाई न्यून बनाउँदा उत्तम हुने देख्दछु । यो बाहेक संवैधानिक अंगका संरचना लगायत अन्य विषयहरू पनि परिमार्जन हुनुपर्ने विज्ञ तथा सरोकारवलाहरुको माग रहेको देखिन्छ ।
० तपाई अहिले कानून व्यवसायमा हुनुहुन्छ । खास गरी कुन क्षेत्रका मुद्दाहरुमा तपाईको दखल छ भन्ने मान्नुहुन्छ ?
दखल र अनविज्ञ भन्दा पनि कानुन व्यवसायी भै सकेपछि सबै खाले इसुहरुमा मैले चाख राखेको हुन्छु ।
० तपाई कहाँ आम मानिसहरुले कस्ता मुद्दाहरु लिएर आउने गर्छन् ?
मेरो दोस्रो प्रयासको अवधि धेरै लामो भइसकेको छैन । जति सम्पर्कमा आउनु भएको छ,प्राय सबै क्षेत्रका विषयहरू रहेका छन् ।
० सार्वजनिक पदमा त रहनु भयो, तर कर्मचारी प्रशासनको उच्च पदमा पुग्न सक्नु भएन किन होला ?
यो कोणमा म पनि असन्तुष्ट छु, दोष केलाई दिनु र, आफैलाई दिने होला, यसको साथै समय परिस्थिति पनि अनुकूल रहेन, जागिर सजिलो गरी, फुर्सतिलो गरी, सुगममा रहेर खाने अवसर रहेन, कठिन कठिन समय, जिम्मेवार भूमिका, दुर्गम दुर्गम ठाउँमा रहनु परी ऐन मौकामा अध्ययन पनि अघि बढ्न सकेन र बढुवामा पछि परियो, सारमा भन्दा राष्ट्रसेवा र कर्तव्य पालनामा तल्लीन रहँदा बृत्ति विकास को पाटो छायाँमा प¥यो ।
० अन्तमा केहि थप भन्नु छ कि ?
तपाईसँग तिता मिठा अनुभव शेयर गरी कुराकानी गर्ने अवसर मिल्यो तपाई प्रति आभारी छु ।