January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भरतपुर आँखा अस्पताललाई पाकिस्तानी दुतावासको सहयोग


भरतपुर आँखा अस्पताललाई पाकिस्तानी दुतावासको सहयोग
चितवन । नेपालको बिनासकारी भूकम्पलगायतका बिपत्तिमा उद्दार र राहत सामाग्री सहयोग स्वरुप प्रदान गर्दै आएको मित्र राष्ट्र पाकिस्तानले «भरतपुर अस्पतालका लागि नवनिर्मित भवन र एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले भरतपुर आँखा अस्पताललाई आज गुलाम इशाक खान आँखाको अपरेसन थिएटर र एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको छ ।


चितवनमा एक कार्यक्रमका बीच नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले अस्पतालका अध्यक्षलाई भवन हस्तान्तरण गरेका हुन् । सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै राजदूत हाश्मीले उक्त उपहार नेपाल र पाकिस्तानबीचको मित्रताको प्रतीक भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित भवनको उद्घाटन गर्दै सहयोगका लागि पाकिस्तानलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.