October 10, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

प्रधानमन्त्री प्रचण्डको मन्त्रीमण्डल गठन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका गरी २० सदस्यीय मन्त्रीमण्डलको गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमवार मात्रै चार सदस्यीय मन्त्रीमण्डलको गठन गरेका थिए । जसमा नेकपा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हित बहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डिपी अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतले सपथ खाएका थिए । रास्पाका रबि लामिछानेले गृह तथा उपप्रधानमन्त्री बन्नका लागिथ निकै ठूलो रस्साकस्सी नै गर्नु परेको छ । उनलाई आफ्नै अध्यक्ष जिबी राईले डुबाएको पोखराको सहकारीका विषयमा गम्भीर आरोप लागेको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको कार्यविभाजन यस्तो छ–
क) एमालेबाट
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२. पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३. हरि उप्रेती, रक्षा
४. भगवती चौधरी, महिला बालबालिका
५. राजेन्द्र राई, खानेपानी
६. दामोदर भण्डारी, उद्योग
७. ज्वालाकुमारी साह, कृषि
८. बलराम अधिकारी, भूमि व्यवस्था
ख) माओवादीबाट
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२. वर्षमान पुन, अर्थ
३. शक्ति बस्नेत, उर्जा
४. रेखा शर्मा, सञ्चार
५. हितबहादुर तामाङ, पर्यटन
ग) रास्वपाबाट
१. रवि लामिछाने, उपप्रधान तथा गृह
२. डीपी अर्याल, श्रम
३. विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४. सुमना श्रेष्ठ, शिक्षा
घ) एकीकृत समाजवादीबाट
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२. धनबहादुर बुढा, सहरी विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.