भावी सन्ततीको श्राप खाने काम बन्द गरौं
राष्ट्रका राष्ट्रबासीहरु निदाउनुभएको छ ? बिउझेर मात्र हेर्नुहोस् बाहिर महंगीले चौपट पारेको छ । ठमेल, महाबौद्ध, बागबजार, असन, न्यूरोडमा पनि ‘टु लेट’ अर्थात घर भाडामा छ भनेर लेखिएका छन् । दैनिक उपभोग्य वस्तु छोइसक्नु छैन । राज्यका कुनै पनि निकायहरु नियन्त्रण भन्दा बाहिर छन् । ब्यापार व्यवसाय छ तर, विक्री वितरण छैन । हामी निम्न स्तरीय भन्दा मध्यम वर्गका राम्रै ढंगले ब्यापार ब्यवसाय गर्ने मान्छेले पनि भाडा तिर्न नसकी सामान छाडेर भागिरहेका छन् । फुटपाथे ब्यापारीहरुलाई नगरपालिकाले लखेट्ने गरेकाले बिचल्लीमा छन् । यहाँ रहेका नेपाली गामेन्ट पनि पलायन भइसकेका छन् । होटलहरु कसका छन् भने भारतीय मारवाडी र केहि चिनियाहरुको लगानीमा चलेका मात्रै ।
कतिपय घरधनी नेवार समुदायले व्यवसाय जेनतेन धानेका छन् । सर्वसाधारण मानिसलाई लगानीका लागि राज्यले एक पैसा दिँदैन तर, प्रति व्यक्ति थाप्लोमा भने ७६ हजार ऋण भएको समाचार आएको छ । विदेशी ब्यापारीहरुले भने आफ्नै राष्ट्रबाट ऋण लिएको सुनिन्छ । हामी नेपालीहरु आफ्नो देश नेपालबाटै पलायन हुँदैछौं । विदेशीको आगमन बढिरहेको छ । हामी नेपालीको अहिले नै बिचल्ली भइसकेका छौं । दैनिक उपभोग्य सामाग्रीहरुको उत्पादन हामी कहाँ छैन । हामी पुरै परनिर्भर भएका छौं । राज्यले रोजगार दिन पनि सक्तैन । गरी खाने वर्ग शिक्षक आन्दोलनमा, गाई र गोरु काटेर खान पाउनु पर्छ भन्दै आन्दोलनमा, वडाध्यक्ष र सेवाग्राहीले कुटे भन्दै डाक्टरहरु आन्दोलनमा, तराईबासीहरु पनि प्रायोजित आन्दोलनमा, राजाबादीहरु पनि राजा आउनुपर्छ भन्दै आन्दोलनमा लागेका छन् । तर, हामीहरु पनि हिजोका राजाको शासन देखेकै हौं । सरकारमा बस्ने ज्ञानेन्द्र शाही, रबि लामिछाने, राजेन्द्र लिङदेन, कमल थापाहरु नै हुन् । के हिजो उनीहरुको शासनमा सबै रामराज्य नै थियो त ?
गत विगत देखि आजसम्मका शिषर्थ नेताज्यूहरु भाषणबाजीबाटै आएका हुन् । भाषणले राष्ट्रको विकास हुँदो रहेनछ । काम गरेर नै देखाउन जरुरी छ । त्यसो नभई अहिलेका राजावादीहरु पनि भाषण गर्दै जनशक्ति बटुल्दै आएको देखिन्छ । हिजोको भाषणले जनता र राष्ट्रको विकास हुन सकेको थिएन । भोलि पनि राष्ट्रको विकास र सुरक्षा गर्लान् भन्ने के ग्यारेन्टी ?
त्यसैले तीन करोड राष्ट्रबासीहरु, राष्ट्रको विकास यसरी गरिन्छ, पूर्वाधार विकासका लागि खाका कोरी कार्यन्वयन गर्छु भन्ने अठोट गरी राखेको छु । यहाँहरु समक्ष कार्यन्वयन गरेर देखाउन पाउँ । मैले आगामी दश वर्षभित्र यस राष्ट्रको संरक्षण समद्र्धन गर्दै राष्ट्रमा रहेका सारा राष्ट्रबासीलाई आत्मनिर्भर बनाएर बाँच्न सक्ने अठोट गर्दछु ।
हाम्रो राष्ट्रमा प्राकृर्तिक शक्तिबाटै कुनै पनि बाह्य शक्तिले नदेखोस् । आफ्नै राष्ट्रका जनताले देखून भनि छोपिएको अत्याधिक सम्पत्ति नरसंहारकारीहरुले उदाङ्गो पारेर पराईलाई देखाएका छन् । केहि प्रलोभनमा परी अझ खोक्रो पार्न कम्मर नै कसेर लागेका छन् । द्वन्द्वकालमा कसैले हात खुट्टा, आँखा लगायत गुमाएर अपाङ्ग भएको छन् । बाँकी जो जति दुरुस्त छौं, हामी तीन करोड राष्ट्रबासीहरु एकजुट भएर परिश्रम गरौं । पसिना चुहाएर आत्मनिर्भर भएर बाँच्न सिकौं ।
अब हामीले प्रणाली र बिधि विधानभित्र रहेर आफ्नो राष्ट्रभित्रको सम्पत्तिको सरक्षा र संरक्षण हामी आफै गरौं । हामीले नै खेल्ने राजनीतिको थलो बन्द नगरौं । हामीले दुःख र कष्ट पायौ नै, भावी सन्ततीको श्राप खाने काम बन्द गरौं । किनभने भावी सन्ततीले राजनीति गर्ने ठाउँ कहाँ, जबकी देश नै नरहेपछि ।
पचास वटा भन्दा बढि स–साना राज्यहरुमा विभाजित नेपालको एकीकरण देशको इतिहासको एउटा स्वर्णिम पानाका रुपमा राख्न सके भनेर पृथ्वी नारायण शाहको मात्र योगदान देखियो । अन्य योगदान गर्ने र ज्ञानका साथै बुद्धि दिनेको नाम लेख्नुका साथै किर्तिपुरका जनताको योगदान चाहिँ अत्याधिक रहन पुग्यो भन्ने शव्द इतिहासको पानामा थपिदिएको भए सुनमा कति सुगन्ध हुन्थ्यो ? त्यसमा पनि विशेष ज्ञान भएका विद्धानहरु नेपालबाटै निस्कन सक्थे । यो मुलूक नेपाल एकीकरण त गरियो, यसको सुरक्षा र सम्बर्धन गर्दै विकासको काम गर्दै यसै राष्ट्रको आयस्रोतले आत्मनिर्भरतार्फ उन्मुख बनाउन सकेको भए,त्यसैभित्रबाट प्रतिस्पर्धा गर्ने मान्छे जन्मन ेथिए । देशले ठूलो फड्को मार्ने थियो । भारत र चीनका लागि सीमाना र सुरक्षाका लागि हेर्ने परराष्ट्रबाहेक अन्य मन्त्रालय नै राखिदिएको भए लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनिरहँन पर्दैनथ्यो ।
हामीलाई थाहै छ , हाम्रो देशका जनताहरु विदेशमा जान्छन् । विदेशमा गएर निधन भएकाहरुलाई बाकसमा राखेर नेपाल ल्याएर शतगत गराएका छौं । जबकी नेपाल देश नै नरहे हामीले शव कहाँ लैजान्छौं ? त्यसैले निनिदाउनुहोस् बिझेर नै देश बचाउँ । समय आउँछ तर, पर्खदैन । हामी जहाँ जन्मियौं त्यहि म¥यौ भने मात्र शव जलाउने जग्गा किन्नुपर्दैन । अन्यत्र कतै मरेको खण्डमा जग्गा किनेर मात्रै शतगत गर्नुपर्दछ । हामी नेपालीहरु विश्वका भतुवा बन्ने कि नेपालका स्वाभिमानी नेपाली बन्ने तीन करोड नेपालीले निर्णय गरुन् ।
हाम्रो झण्डै एक करोड जनसंख्याबाट पञ्चायतको स्थापना भएको थियो । दुई करोडले पञ्चायत फालेर बहुदल ल्याए । अहिले तीन करोडले बाँडीचुडी खाएर देश बेच्ने लाइनमा छन् । अब तीन करोड जनसंख्याले यो काम गरौं भन्ने नयाँ विकल्प अप्नाएर आफ्नो जन्मभूमिको रक्षा गरौं ।