October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

हित बहादुरका आठ दशक सामाजिक हितमा

सामाजिक अभियन्ता हित बहादुरका प्याकुरेल (धर्म)


समाजमा अधिकांश मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गर्छन् । झनै २१ औ शताव्दीको विश्वब्यापीकरणको प्रभावले हरेक क्षेत्रमा व्यक्तिवादी चरित्र हावी भएको छ । एकदमै कम मानिसहरु मात्रै गरिव, दुःखी र असाहायहरुको पीडामा मल्हम पट्टि लगाउने काममा तयार हुन्छन् । त्यस्ता प्रकारका व्यक्तिहरुको जीवन नै पहाड भन्दा गर्हौ हुन्छ भने समाजका लागि केहि नगर्ने व्यक्तिहरुको अस्थित्व चराको प्वाख भन्दा हलुका हुन्छ भनेर सामाजमा ब्याख्या गर्ने गरिन्छ । समाजसेवामा पहाड भन्दा गह्रौ जीवन बनाएका एक जना मुर्धन्य ब्यक्ति हुने नुवाकोटका हित बहादुर प्याकु¥याल । २०१८ साल माघ १७ गते पुरातत्वविद तथा अन्वेषक योगी नरहरिनाथको पे्ररणाले समाजसेवामा लागेका प्याकु¥यालले सूर्यगढी नगरपालिकाको चोकदे मैदानमा धार्मिक मन्दिरहरु निर्माण गरी सह्रानीय काम गरेका छन् । तीनै इमान्दार र व्यक्तिगत लोभ र मोहको परित्याग गरेका एक जना पात्र हुन् उनै प्याकु¥याल ।
२०१८ सालमा नुवाकोटको चोकदे मैदानमा योगी नरहरिनाथसँग भेट भएपछि विद्यालयमा निशुल्क पढाएर र समाजसेवाका काम गर्नु भनेका कारण बागेश्वरी माध्यामिक विद्यालयमा १४ वर्ष सम्म निशुल्क पढाएका थिए । जसबाट विद्यालयले आर्थिक, भौतिक र शैक्षिक प्रगतिमा गति लिएको थियो । उनले विद्यालयलाई जग्गा जमिन पनि निःशुल्क प्रदान गरे । त्यहि विद्यालयमा २०७२ साल वैशाखमा गएको महामारी भूकम्पका कारण क्षत विक्षत भएको अवस्थामा पनि आफुले निशुल्क अध्यापन गरेको विद्यालय हातामा सरास्वतीको मन्दिर बनाइदिएका छन् । साथै फलफूल रोपेर शान्ति बाटिका निर्माण गरी विद्यालयलाई हस्तान्तरण पनि गरेका छन् ।
हित बहादुरको पहलमा कानूनी, राजनीतिक र आर्थिक रुपमा धेरै जना महिला, असाहाय र गरिबहरुले न्याय पाएका छन् । त्यसका लागि आर्थिक, नैतिक र भौतिक रुपमा उनले सहयोग गर्दै आएका छन् । ८५ वर्षको उमेरमा पनि समाजसेवाको भावनाले ओतप्रोत रहँदै आएका उनको जोश जागर र सक्रियता कुनै युवाको भन्दा कमि छैन । २०६४चैत्र २८ गतेको पहिलोे संविधानसभा सदस्यको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २.बाट नेकपा एकीकृतको तर्फबाट संविधानसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।
प्याकु¥यालले आफ्नै करोडौं रुपैया खर्चेर सूर्यगढी नगरपालिका –३ मा सिद्धि विनायक गणेश मन्दिर, राधाकृष्णको मन्दिर, प्रजापिता ब्रम्ह बाबाको तस्बीरहरु राखेका छन् । मन्दिरका साथै सूर्यगढी भंगेरी सामुदायिक वन उपभोक्रा समूहको कार्यक्षेत्र भित्र रहेको तीन थुम्कामा शिवमन्दिर बनाएका छन् । त्यहि शिवमन्दिरलाई गाउँपालिकाले भत्काएर पालिकाका लागि भवन बनाउन लाग्दा त्यस विरुद्ध न्यायलयमा गई आदेश गराई रोकेका थिए । त्यसै गरी सूर्यगढी नगरपालिकाका प्रमुखसमेतले कार्यपालिकाका पास गराएर पुरातात्विक महत्वको चौतारो, ढुंगेधारा भत्काएका थिए । गाउँपालिकाका अध्यक्षको गलत क्रियाकलापका विरुद्ध समाजसेवी प्याकु¥यालले नै उच्च अदालत पाटनमा निवेदन दिएपछि पालिकाले गरेको ऐन कानून विरुद्धको जबर्जस्ती कार्र्य रोकिएको थियो । यसरी पटक पटक स्थानीय जनप्रतिनिधिको बक्रदृष्टिमा परेको राज्यको यो सम्पत्ति कानून व्यवसायीसमेत रहेका समाजसेवी प्याकु¥यालको निवेदनका कारण जवर्जस्ती कार्य रोकिएको हो ।
पछिल्लो समयमा तीन थुम्की मन्दिरमा शिवमन्दिर बनाउने र त्यसको झण्डै एक करोड आफ्नै ब्यक्तिगत रकम खर्च गरी पुनःनिर्माण गराउने योजनामा लागेका प्याकु¥याल त्यहाँ जिर्ण अवस्थामा रहेको शिवमन्दिर दुई हजार वर्ष अघि निर्माण भएको पुरातात्विक महत्वको साथै प्राकृर्तिक सौन्दर्यताले भरिपूर्ण र नेपाल राज्यकै नमुना भएको बताउँछन् ।
पछिल्लो समयमा राजनीतिमा भन्दा ओम शान्तिमा समर्पण भई राजयोगको शिक्षाबाट ओतप्रोत भएर सादगी जीवन बिताउँदै आउनुभएका प्याकु¥याल देशको अवस्था बारेमा रातोदिन चिन्तित हुने गर्दछन् । तथापि राजनीतिमा लागेर समाज परिवर्तन भन्दा पनि समाजसेवामै लागेर गरिव, पीडित र न्यायका लागि भौतारिकाहरुको सेवामा समर्पित हुने उनको चाहना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.