January 17, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राष्ट्र चिन्तक राजनेता पाइएला त ?

मिठाराम पौडेल, तामाकोशी गाउँपालिका–३,जफे, दोलखा


शिषर्थ नेताहरुको भाषण र व्यवहार देख्दा वा सुन्दा अब त्यो खालको राष्ट्रचिन्तक नेता पाइएला कि भन्ने आशा जागेको छ । किनभने प्रधानमन्त्री प्रचण्ड भन्छन् । सरकार टिकाउने र गिराउने खेल बाह्य शक्तिको हात छ भने डा बाबुराम भट्टराईले पनि राष्ट्र चलाउने साँचो नै अन्त रहेछ भन्नुले प्रष्ट हुन्छ ।
अन्य शिषर्थ नेताहरुको भनाई के छ भने हामीले बाटो बिराएकै छौं, हामीलाई आशा थियो, स्वतन्त्र वा नयाँ युवाशक्तिबाट आफ्नो जन्मभूमिको भू बनावट अनुसारको भिजन वा खाका कोरी कार्यन्वयन गरेर राष्ट्रमा रहेका जनशक्तिको जीवनस्तर उकास्लान् भन्ने थियो । यस जन्मभूमिलाई पनि विकसित शक्ति राष्ट्रका रुपमा रुपान्तरण गर्न सक्ने भिजन वा खाका तयार पार्लान् भनेका हौं । तर, राष्ट्रलाई विकास गर्न सक्ने कुनै भिजन देखिएन ।


यसरी युवाहरु पनि नत शिषर्थ नेताका विश्वास जित्न सके, नत जनताका प्रियपात्र नै बन्न सके । त्यसकारण पनि हामीले जुनसुकै युवाहरुलाई अधिकार र जिम्मेवारी दिन सकेनौं । किनभने बाटो बिरायौं त भनिरहेका नै थियौं । तर, हामीले जे सिकायौं त्यहि बाटो नै हिडे । कुनैपनि बिकल्प अप्नाएनन् । हामीले सोच्यौं, त्यहि बाटो हिडेभने झन ठूलो विग्रह हुन्छ । अझ अर्कै बाटोतर्फ लागे भने बित्यास हुन्छ भनेर नै नयाँ अनुहारलाई अधिकार हस्तान्तरण गर्न सकेनौं ।
राष्ट्रका कुनै पनि दलका शिषर्थ नेता, मन्त्री र कार्यकर्ताहरुलाई के भन्न चाहन्छु भने राष्ट्रको भूबनावट अनुसार राष्ट्रको विकास गर्न सक्ने भिजन वा खाका मैले कोरेर राखेका छु । यहाँहरुले माग गर्नुभयो भने म उपलब्ध गराउन तयार छु । सबै राष्ट्रबासीले मसँग रहेको भिजन वा खाका तत्कालै माग गर्न सक्नुहुन्छ । मसँग भएको भिजन दिन तयार छु । तर पनि कार्यन्वयन गर्न सक्नुपर्दछ । तपाईहरु कार्यन्वयन गर्न सक्नुहुन्न । किनभने तपाईहरु कमिसन खोरी बनिसक्नुभएको छ । अन्तर्राष्ट्रिय खेलौना बनिसक्नुभएको छ । तपाईहरुलाई तिनै विदेशीबाट रोकावट आउँछ । हामीले देखिसकेका छौं, ३० वर्ष राजाबादीहरुले पञ्चायती व्यवस्थाका नाममा राष्ट्रको बागडोर सम्हाले । ३३ वर्ष भन्दा बढि भयो, बहुदलिय व्यवस्थाका शिषर्थ नेताहरुले राष्ट्रको भूबनावट अनुसार विकास गरी आ–आफ्नो जनशक्तिलाई आत्मनिर्भरतामा बाच्न सक्ने खालको विकास किन गर्न सकिएन । तपाईहरुले थाह पाइसक्नुभएको छ । यदि थाह पाउनुभएको छैन भने आधा घण्टा सोच्नुहोस् । के हाम्रो आन्दोलनको चाहना यहि नै थियो ? पक्कै पनि थिएन । आफ्नो राष्ट्रमा रहेका हामी राष्ट्रबासीहरु आजभन्दा ३३ वर्ष पहिला आत्मनिर्भरतामा बाँचेका हामी जनता अहिले किन भारतले चामल रोक्यो भनेर धुरु धुरु रुवाउने काम कस्ले गरेको छ ?


यत्तिखेर बजार भाउँ छोइसक्नु नै छैन । अराजक ब्यापारी, उद्योगीलगायत व्यवसायीहरु राष्ट्रका कानून निर्माता अधिकारप्राप्त व्यक्तिहरुको नियन्त्रण भन्दा बाहिर पुगिसकेका छन् । यत्तिखेर बजार भाउँ महंगीले गर्दा छोइसक्नु छैन् । मानिसहरुसँग किनमेल गर्ने रकम छैन । युवाहरु विदेशिएका छन् । गाउँ घरका खेतियोग्य जमिन बञ्जर छन् । सरकारले समयमा मल बीउँ उपलब्ध गराउन सक्तैन । किसानले उत्पादन गरेका अन्नबाली, तरकारी बाली बजारीकरणमा ध्यान नदिनु, तथापि जिम्मेवार पदमा बिराजमान भइरहँने अवस्था छ । जनता र कुनै निरिहको जिम्मेवारी लिनै नपर्ने, सारा राष्ट्रबासीलाई आफ्नो राजनीतिको पकडभित्र राख्ने, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाहरु शिषर्थ नेताहरुकै पकड भित्र राख्नुले परनिर्भर होइन अझ परनिर्भरतर्फ राष्ट्रबासीलाई धकेल्दै हुनुहुन्छ र देशलाई नै अनिर्णयको बन्दी बनाउँदै हुनुहुन्छ । के देशबासीको चाहना यहि नै थियो ? पक्कै पनि थिएन । जे होस् अझै सम्पूर्ण बिग्रिसकेको छैन ।


अझैपनि हाम्रो राष्ट्रमा थेगिनसक्नुको धनसम्पत्ति थियो । कतिपयले चाहेर वा नचाहेर कमिसनको लोभमा फसेर अन्यलाई सुम्पियौं । धनी बनायौं तर, आफु खोक्रो बन्यौं । अब खोक्रो बन्ने काम बन्द गरौं । राष्ट्रले अझै थेगिनसक्नुको धनसम्पत्तिको भारी बोकेर बसेको छ । नीति नियम बनाउँ, विधि विधान पनि बनाउँ, यसरी प्रणाली भित्र छिरौं । सबै मिलेर परिश्रम गरौं । पसिना चहाउँ । तबमात्र राष्ट्र पनि धनी बन्छ । हामी पनि बलिया बन्छौं । तब मात्रै राष्ट्रको सुरक्षा र संरक्षण गर्न सक्छौं । यस्ता कामको सम्भव कसरी छ ? त्यसको जवाफ म सँग छ । बिगार्नु र बिग्रनुको पनि सीमा हुन्छ । सीमा नकटाउँ, कटायौं भने गाह्रो हुन्छ । हामी पर्खन्छौं तर, समय पर्खदैन । लैख्दै जाँदा रामायण जस्तै बन्छ । कसले पढ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.