February 25, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

काठमाडौं । अरमान तामाङको ¥याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय ¥यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गरे । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको थप प्रष्ट पारे ।
अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।
दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । पुष्कर खत्रीको मिक्सिङ मास्टरिङ रहेको गीत फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
भिडियोका बारेमा बोल्दै निर्देशक पाख्रिनले पछिल्लो समय ¥यापमा युवापुस्ताको क्रेजलाई पछ्याउँदै अरमानले राम्रो प्रयास गरेको बताए । आफ्नो पहिलो प्रयासलाई सबैले माया गरिदिन अरमानले आग्रह गरे । त्यस्तै संगीतकार विनोद ढकालले ¥यापमा आउने नयाँ पिडीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ । कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो । सो अवसरमा भिडियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

डियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.