April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

आमा समूहको अध्यक्षमा पनि पूर्व प्रधानाध्यापक पुरुष


धनराज पोखरेल
तनहुँ । राजनीतिक नेताहरुको पछिल्लो समयमा कुर्सि मोह र नैतिक पतन हुने व्यवहार देखेर आम मानिसहरु छक्क परेका छन् । ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै मुलूकमा गणतन्त्र आएको पनि डेड दर्जन बर्ष बित्न लाग्यो । तर, अहिले पनि समावेशी र महिला अधिकारको कुरा गर्नेहरुको आँखा छलेर तनहुँमा एक पूर्व प्रधानाध्यापक तथा राप्रपाबाट भानु नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका शेरजंग अधिकारी लालीगुराँस आमा समूहका संस्थापक अध्यक्ष भएको समाचार प्राप्त भएको छ । नगरप्रमुखले वितरण गरेको सम्मानपत्रमा पुरुष अध्यक्षको नाम राखेर वितरण गरिएको छ ।


उनको नाम देखेर जिल्लाका बुद्धिजिबीहरु लाजले भुतुक्कै भएका छन् । तिनै अधिकारी पछिल्लो संघीय सदस्य पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार बनेको जिल्लाका नेपाली कांग्रेसका नेताले बताए । माध्यामिक विद्यालयको प्रधानाध्यापक भएर सेवानिवृत भएका ब्यक्तिको बौद्धिकता र नैतिकता देखेर अहिले भानु नगरपालिकाका मानिसहरु दंगदास छन् । बिद्या निकुञ्ज माविका शिक्षकहरुमार्फत लालीगुराँस आमा समूहको भवन निर्माण उठाएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख आनन्दराज त्रिपाठीको पनि उपस्थिति रहेको थियो । नगरप्रमुख त्रिपाठीले नै हस्ताक्षर गरेको सम्मान पत्रमा आफुले शेर जंग अधिकारी आमा समूहको संस्थापक भएको जानकारी नभएको बताए । पूर्व प्रधानाध्यापक शेरजंग अधिकारीसँग प्रतिक्रिया लिँदा आफु संस्थापक अध्यक्ष नै भएको स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.