October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सिग्देलको यात्रा सस्मरण निवृत्त पाइला बिमोचन


भिमाद, तनहुँ । माघ १२,लेखक नारायण कैलाशको दशौं कृति एवम् पहिलो यात्रा सस्मरण निवृत्त पाइला तथा ३५ औँ नियमित काव्य शृङ्खलाको भिमाद नगरपालिकाका नगर प्रमुख एवम् साहित्यकार दधिराज सुबेदीले एक विशाल साहित्यिक कार्यक्रममा बिमोचन गरे ।
कृतिको समिक्षा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक परशुराम कोइराला, गण्डकी साहित्य सङगमका अध्यक्ष भिम रानाभाट, शुक्ला साहित्य सङगम दुलेगौंडाका अध्यक्ष टुकादेवी आचार्य, साहित्य प्रेमी मोहनबहादुर भुजेलले गरेका थिए । मुख्य समिक्षक एवम् विशिष्ट अतिथि परशुराम कोइरालाले लेखक निवृत्त भए पश्चात् 2072 सालदेखि 2078 सम्मका उनले गरेका 7 यात्राहरुलाई समेटेर प्रकाशित गरेको कृतिमा तत् ठाउँका सामाजिक , आर्थिक, शैक्षिक एवम् भौगोलिक अवस्थाका बारेमा गहन रूपले प्रकाश पारेका छन भनेका थिए । यसभन्दा अगाडि नै १.सस्मरण १. समसामयिक सङ्कलित लेख सङ्ग्रह १.इतिहास ४.उपन्यास १.कविता सङ्ग्रह १.कथा सङ्ग्रह हुँदै यात्रा सस्मरणमा आइपुगेका लेखकको यस् कृतिमा भाषा, शब्द चयन र शैलीलाई अपूर्व रूपमा खारेको बताएका थिए । यात्रा गरिसकेकाहरुका लागि पढेर पुनः सस्मरणमा राख्न सकिने र यात्रा प्रारम्भ नगरेकाहरूकालागि पथप्रदर्शकका रूपमा यस पुस्तकले अचुक काम गर्ने हुनाले सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
विशिष्ट अतिथिको तर्फबाट बोल्दै भिमाद नगरपालिका काका आमा एवम् नगर उपप्रमुख शारदा खनालले हाम्रो भूगोलले जन्माएको साहित्यकारलाई हामी सबैले सक्दो सहयोग गर्नुपर्ने बताइन् । भिमाद नगरपालिकाका प्रमुखले साहित्यको क्षेत्रमा लेखकले निवृत्त पस्चात अनवरत रूपमा
देखाएको जाँगर, उनको साहस र लगनशीलतालाई प्रशंसा नगरी बस्न सकिंदैन भनेका थिए । उनले सेतिकाली साहित्य सङगमले 2080 को पुनित अवसरमा प्रकाशन गर्न लागेको प्रथम मुख पत्र प्रकाशनको लागि सक्दो सहयोग गर्ने बताए ।
सेतीकाली साहित्य सङ्गम, भिमाद तनहुँका संस्थापक अध्यक्ष लेखक नारायण कैलाशको अध्यक्षमा बसेको सो साहित्य विमोचन कार्यक्रम सस्थाका सदस्य एवम् पत्रकार ध्रुबराज सुबेदीले गरेका थिए । कार्यक्रम नेपाल मगर सङ्घको इकाई नम्बर २ को समाज भवनमा सञ्चालन भएको थियो । सो कार्यक्रममा तीन विविध विधामा अक्षयकोषको पनि घोषणा गरिएको थियोे । जसमा भिमाद 7, राङरुङ निवासी ( हाल बेलायत ) भरतकुमार श्रेष्ठले 30 हजार, भिमाद 1 किहुँ निवासी केसरसिं राना (हाल बेलायत ) ले रु 35 हजार र लेखक स्वयं ले रु 25 हजार रुपैयाँ संस्थालाई उपलब्ध गराउने कबुल गरेका थिए । नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापा मगर किसानीले लेखकलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.