ललितपुर बारको निर्वाचनमा प्रगतिशिल, समाजवादी र लोकतान्त्रिकको संयुक्त प्यानल

ललितपुर–.ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।
बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशिकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यहरुमा सावन्ता थापा र शिरिसा श्रेष्ठ, खुल्ला सदस्यहरुमा लीलानाथ घिमिरे, बिष्णुकुमार गिरी, सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
संयुक्त समावेशी प्यानलको प्रतिस्पर्धा गणतान्त्रिक प्रगतिशिल पेशागत कानुन समूहका राम श्रेष्ठको नेतृत्वको प्यानलसँग हुने छ । अहिलेको कार्यसमितिले दुई बर्षको कार्यकाल लम्ब्याउँदै निर्वाचन पर सार्दै आएको थियो । झण्डै तीन बर्षपछि नयाँ नेतृत्व चयन हुँदैछ ।
बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूहले बार एसोसिएसनलाई बिधानले तोकेको अबधि भित्र निर्वाचन गराएर पूर्ण लोकातान्त्रिक संस्कार स्थापित गराउने, बारलाई पारदर्शी बनाउने, नबोदित कानुन ब्यवसायीहरुको बृत्ति विकासको लागि आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने, भ्रष्टाचार मुक्त सक्षम, स्वतन्त्र र जबाफदेही न्यायपालिका बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ ।