April 12, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पाकिस्तान सरकारद्वारा हवाई दूर्घट्नामा ज्यान गुमाउनेहरुका परिवार प्रति समवेदना


काठमाडौं । नेपालमा भएको हवाई दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली तथा उनका परिवार प्रति पाकिस्तान सरकारले समवेदना प्रकट गरेको छ ।
यहि माघ १ गते पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यात्रु र चालक दलका सदस्य गरी ७२ जना रहेको यति एयरलाइन्सको विमान दूर्घट्ना भएको थियो । पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार र जनताले गहिरो समवेदना प्रकट गरेका छन् ।
जारी विज्ञप्तीमा पाकिस्तान सरकारले भनेको छ । ‘यस दुखद दुर्घटनाको घडीमा हामी असाध्यै दुःखी छौं र हाम्रो विचार र प्रार्थना पीडित परिवारहरु संग छ । हामी नेपाली जनताको दुःखको घडीमा साथमा छौ’ं
पाकिस्तान नेपालको बिपत्तिमा सधै साथ दिने असल छिमेकी हो । २०७२ सालको भूकम्पमा पनि अन्तराष्ट्रिय समुदायबाट उद्दार र राहतका लागि नेपाल आउने पाकिस्तान पहिलो टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.