October 7, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कानून व्यवसायी कार्कीमाथि मुुद्दा हेरेकै कारण बिपक्षीबाट आक्रमण


काठमाडौं । पीडितको मुद्दा लिएकै आधारमा कानून व्यवसायी माथि कुटपिट भएपछि कसरी बहस पैरवी हुन सक्छ ? पारपाचुके मुद्दामा श्रीमतीको मुद्दा हेरेका कानून व्यवसायी माथि नै श्रीमान्ले कार्यालयमै आएर मेरो श्रीमतीको तर्फबाट किन मुद्दा हेरिस भन्दै अभद्र व्यवहार गरी हातपात गरेका छन्, त्यो पनि अन्य कानून व्यवसायीकै सामु । कानूनी राजमा त्यो भन्दा निर्लज्ज के हुन सक्छ ? यहि अवस्था रहिरहेमा पीडितले कसरी सहज न्याय पाउलान् ?
सर्वोच्च बार एशोशियसनका सदस्य अधिवक्ता हरि बहादुर कार्की माथि मंगलबार दिउँसो बागबजारस्थित कार्यालयमै हातपात भएको छ । कार्कीले मुद्दा हेरिरहेका एक झगडियाका बिपक्षी तथा श्रीमान् तपेन्द्र बहादुर दर्नालले कार्यालयमै आई ज्यान मार्ने धम्की दिँदै हातपात नै गरेका छन् । दर्नालले अधिवक्ता कार्की माथि इट्टासमेत प्रहार गरेका थिए । उनले इट्टा प्रयोग गरी आक्रमण गरेको अर्का कानून व्यवसायीले भिडिओ रेकर्डसमेत बनाएका छन् । अहिले दर्नाललाई महानगरीय प्रहरी वृत सिंहदरबारमा थुनामा राखिएको छ । तथापि बाल बाल ज्यान जोगाएका
काठमार्डौं महानगरपालिका वडा नम्बर –४, बस्ने निता खड्कीले पति तपेन्द्र बहादुर दर्नालले पटक पटक अत्यन्तै दूव्र्यवहार गरी बस्नै नसक्ने अवस्था आएको हुँदा आफुले पारपाचुके गर्नका लागि तयार भई कानून व्यवसायी समक्ष आएको बताईन् । मुद्दा हेरकै आधारमा कानून व्यवसायी माथि गरिएको निर्लज्ज प्रकारको आक्रमण र धम्कीलाई कसरी लिनुहुन्छ भन्ने विषयमा नेपाल बार एशोशियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसँग सम्पर्क गर्दा आफुहरु अत्यन्तै गम्भीर भएको र सर्वोच्च अदालत बारसँग समन्वय गरी अघि बढ्ने बताए । अधिवक्ता कार्कीलाई प्रहरीकै अगाडि पनि ज्यान मार्ने धम्की दिएको कार्कीले बताए । सर्वोच्च अदालत बार ईकाईका सचिव ऋषिराम घिमिरेसँग बुझ्न खोज्दा कानून व्यवसायीलाई आक्रमण गर्नु एकदमै गम्भीर विषय भएकाले सल्लाह गरेर अघि बढ्ने बताए ।
२०४७ सालमा कास्कीको अन्नपूर्ण बोर्डिङ स्कूलमा एक जना बिद्यार्थीको रहस्यमय मृत्यु भएको विषयमा स्कूलका संस्थापक विकल शेरचनका तर्फबाट बहस गर्ने क्रममा चन्द्र बहादुर गुरुङलगायतका व्यक्तिहरुले इजलासमै वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह माथि इजलासमै हातपात गरेका थिए । त्यसपछि कुटपिट गर्ने समूहलाई तत्कालै नियन्त्रणमा लिइयो उनीहरु थुनामा परे । पछिल्लो समयमा कानून व्यवसायी माथि अभद्र व्यवहार गर्ने हातपात गर्नेहरु माथि कडा कारबाही हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.