कस्मेटिक व्यवसायीद्वारा उपप्रमुख डंगोल सम्मानित
काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघले २१ गते शनिवार काठमाडौं महानगरपालिकाका उपप्रमुख र २४ वडाका अध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका २४ वडाका अध्यक्ष विनोद राजभण्डारी, महिला सदस्य सुनिता महर्जन, सदस्य कृष्णमान महर्जन र रत्नाकर बज्राचार्यलाई सम्मान गरियो ।
झण्डै पाँच सय सदस्य रहेको कस्मेटिक व्यवसायी संघको सम्मान कार्यक्रमको प्रायोजन साछी अगानिक मेहन्दीका सञ्चालक लालबाबु कानु साहले गरेका थिए । कार्यक्रममा नेपाल कस्मेटिक संघका कानूनी सल्लाहकार धनन्जय खनाल, संस्थापक अध्यक्ष लक्ष्मी पौडेल, अध्यक्ष ऋषिकेश तिमल्सिना, वरिष्ठ उपाध्यक्ष सीता पराजुली, उपाध्यक्षहरु केशव ज्ञावली, मछिन्द्र खकुरेल, सचिव चित्र बस्नेत, सहसचिव नन्दी केशर रिजाल, कोषाध्यक्ष टेक बहादुर काफ्ले, सहकोषाध्यक्ष सुवास गोयल, सदस्यहरु मुकेश अग्रवाल, सुरिता गोरा, दिपेन्द्र श्रेष्ठ, तिर्था कुमारी भण्डारी, कमल दुगड, सन्तोष शाह, नारायण न्यौपानेको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ऋषिकेश तिमिल्सेना र कार्यक्रमको सञ्चालन चित्र वस्नेतले गरेका थिए ।
कस्मेटिक व्यवसायी संघले व्यवसायलाई सेवामूखि र उपभोक्तालाई विश्वसनिय बनाउन पहल गर्दै आएको छ । बिभिन्न खालका केमिकलयुक्त सामाग्रीहरुको विक्रीलाई रोक्न सरकारका बिभिन्न अनुगमन निकायसँग सहकार्य पनि गर्दै आएको छ । संघले आफ्ना सदस्यहरुलाई करका समस्या, न्यूनबिजिकरणका समस्या र दर्ताका समस्याहरुमा सहजिकरण गर्दै आएको छ । निकट समयमै देशभरका व्यवसायीहरुलाई एउटै छातामुनी संगठित गराई व्यवसायिक हित, पारदर्शि कर प्रणालीमा आवद्धता, राज्यका स्टेक होल्डरहरुबाट हुने अनुगमनमा सहजिकरणमा पहल गर्ने अध्यक्ष ऋषिकेश तिमल्सिनाले बताए ।