April 16, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मकवानपुरे समाजको दोस्रो साधारणसभा सम्पन्न


कठमाण्डौं । मकवानपरे समाजको दोस्रो साधारणसभाले अरुण कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्वाचित गरेको छ । समाजको दोस्रो साधारणसभामा रक्तदान कार्यक्रम समेत गरिएको थियो । साथै अपाङ्ग र असक्तका लागि दुई थान ह्वीलचेयर समेत वितरण गरियो । साधारणसभामा ५० जनाले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा महालक्ष्मी विकास बैंक, डल्लुशाखा, लाइन्स क्लब अफ मकवानपुर इनोभेटिभले सहकार्यमा सम्पन्न गरिएको थियो । सो अवसरमा मकवानपुरको भीमफेदी स्थित बालमन्दिरका असाहाय ५० जना बालबालिकालाई ट्रयाकशुट र खेलकूदका समाग्रीहरु समेत वितरण गरियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य, सभासद तथा वरिष्ठ अधिवक्ता राम नारायण बिडारीले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै मकवानपुर जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्नेहरुले एक आपसमा मर्दा र पर्दा सहयोगी भावना लिएर समाजिक कार्य गर्नुपर्नेमा जोड दिँदै प्रदेशको राजधानी हेटौडामै राख्नका लागि समाजले गरेको आन्दोलनको स्मरण गराए । प्रमुख अतिथि बिडारीले आफुलाई अहिलेको अवस्थामा पु¥याउने काम पनि मकवानपुरले नै गरेको भन्दै संस्थामा सहयोगका लागि आफु सदैव तत्पर रहँने प्रतिवद्धता जाहेर गरे । संस्थाको काममा आर्थिक पारदर्शिता हुनै पर्ने भन्दै आफुले कमाएको केहि प्रतिशत रकम दिएर असाहाय र अशक्तलाई सहयोग गर्नुपर्नेमा जोड दिए । अर्का विशिष्ट अतिथि डा. अंगुर कार्कीले आगामी दिनमा आफ्नो क्षेत्रबाट संस्थालाई सकेसम्म योगदान गर्न कुनै कसर बाँकी नराख्ने बताइन् । कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीलगायतका व्यक्तित्वहरुकोसमेत उपस्थिति रहेको थियो । संस्थामा अहिले झण्डै चार सय पचास जना सदस्य छन् । संस्था २०७५ साल असोज १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको थियो ।


राजनीतिक वितिष्णा भएकै कारण राजनीतिक दलसम्बन्धी संघ सस्थाहरु धेरै रहेपनि गैर राजनीतिक संस्थाहरुमा आवद्ध हुन चाहनेहरुको संख्या पछिल्लो अवस्थामा बढेको छ । त्यसैले समाजमा मर्दा र पर्दाको अवस्थामा यस्ता संघ संस्थाहरु अहिले सक्रियपूर्व लागेको पाईन्छ । मकवानपुरे समाजले आपसमा हातेमालो गर्दै कोभिड–१९ को आक्रन्त पारेको समयमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको थियो । विदेशमा बसेका मकवानपुरबासीहरुको सहयोगमा हेटौडामा सञ्चालित आइसोलेसन वार्डमा सहयोग उपलब्ध, कोभिड–१९ को महामारीमा मनोहरा गाउँपालिकामा ३०० घर धुरीलाई राहत वितरण, मकवानपुरका १७ वटा सरकारी विद्यालयमा सेनिटारी प्याड वितरण, गढी गाउँपालिकाको सेतीदेवी आधारभूत विद्यालयमा जाडोको समयमा ३ सय ५० जनालाई न्यानो कपडा वितरण, असाहायहरुका लागि स्थापना गरिएको मामाघर नामक संस्थामा आश्रित ५० बालबालिकाहरुलाई ज्याकेट वितरण, संस्थाको स्थापना दिवसमा जेष्ठ नागरिकहरुलाई खाना र खाद्यन्न वितरण, कोभिड अगाडि तीज विशेष कार्यक्रम सञ्चालन, मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीहरुलाई नगदसहित ताम्रपत्रबाट सम्मान जस्ता कार्यक्रमहरु गरेर सक्रिय रुपमा उल्लेखनिय कार्य गरिरहेको छ ।
आगामी दिनमा आवश्यक क्षेत्रमा आम नागरिकको पहिलो प्राथमिकतामा रहेको स्वास्थ्य शिविर गरिने र त्यसका निमित्त सहयोगका लागि वरिष्ठ चिकित्सक डा गोपाल रमण शर्मा र डा. अंगुर बाबा कार्कीको विशेष पहल रहने संस्थाका अध्यक्ष अरुण कुमार गुरुङले जानकारी गराए । अरुण कुमार गुरुङको अध्यक्षतामा संस्थाको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वय दीपक कार्की र केशव अधिकारी, महासचिवमा जीवन कुमार वस्नेत, सचिवमा विधान रिजाल, कोषध्यक्षमा राजेश कुमार थापा, सदस्यहरुमा सरिता कार्की, जुनु श्रेष्ठ, मनोज अधिकारी, हरेराम कार्की, सबिना गौतम, विजय वीर विक्रम श्रेष्ठ, पदम बहादुर बलामी र नारायण प्रसाद न्यौपाने निबिरोध निर्वाचत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.